logo

bar

विश्व खबर

रसियाको आगलागीमा मारिनेमा ४१ बालबालिका

एजेन्सी, मस्को - रसियाको दक्षिण–पश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरको एक ‘सपिङ मल’मा भएको आगलागीमा मृत्यु हुनेमध्ये ४१ बालबालिका छन् । रसियाको रिया नोभोस्ती समाचार समितिले बुधबार सो जानकारी दिएको छ । गत आइतबार भएको सो आगलागीमा ६४ जनाको ज्यान गएको थियो । रुसका स्वास्थ्यमन्त्रीले भेरोनिका स्कभोर्तसोभाले आगलागीमा ४१ बालबालिकाको मृत्यु भएको पुष्टि गरे...

यी हुन् पाकिस्तानकी तेस्रोलिंगी समाचारवाचिका

एजेन्सी, इस्लामाबाद, १५ चैत - पाकिस्तानको एक टेलिभिजन च्यानलले तेस्रोलिंगी समाचारवाचिकालाई स्थान दिएको छ । मारभिया मलिक देशकै पहिलो तेस्रोलिंगी समाचारवाचिका बनेकी हुन् । पत्रकारितामा स्नातक गरेकी मलिक यसअघि मोडल थिइन् । तीन महिनाको तालिमपछि शुक्रबारदेखि उनले पाकिस्तानको निजी टेलिभिजन प्रसारण कोहिनुरमा पहिलोपटक समाचार वाचन सुरु गर्न थालेकी हुन् । समलिंगी मानिसहरूप्रति पाकिस्तानमा विभेद छ...

उत्तर कोरियाली नेता किम अचानक बेइजिङमा

एजेन्सी, बेइजिङ, १५ चैत - केही दिनको अनुमानपछि अन्ततः उत्तर कोरियाली नेता किम जोङ उनले चीन भ्रमण गरेको पुष्टि भएको छ । चीन र उत्तर कोरियाले किमको बेइजिङ भ्रमणलाई बुधबार पुष्टि गरेका हुन् । ‘कसैलाई थाहै नदिई’ रेल चढेर बेइजिङ पुगेका उन चिनियाँ समकक्षी सी जिनपिङ र अन्य उच्च अधिकारीलाई भेटेर मंगलबार प्योङयाङ फर्किसकेका छन् । [caption...

चीन–उत्तर कोरिया सम्बन्ध

नयाँ पत्रिका, १५ चैत - चीनका सरकारी मिडियाले बुधबार बिहानै एल्लो रिभरपारिबाट एक बख्तरबन्द ट्रेनमा सवार भई बेइजिङ पुगेका रहस्यमयी आगन्तुक अरू कोही नभई किम जोङ उन थिए भन्ने पुष्टि गरेका छन् । थाहा भएसम्म २०११ मा सत्तामा आएपछि किम जोङ उनको यो नै पहिलो विदेश यात्रा हो । ६ वर्षभन्दा बढी समयको राजनीतिक सफाइ,...

सपिङ मल आगलागीमा मृत्यु हुने ६४ पुगे

एजेन्सी, मस्को,१४ चैत - रसियाको दक्षिण–पश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरको एक सपिङ मलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । [caption id="attachment_35140" align="alignnone" width="1700"] आगलागीका दोषीलाई कारबाही गर्न माग गर्दै केमेरोभोमा सर्वसाधारणले मंगलबार गरेको प्रदर्शन ।                               ...

रसियाविरुद्ध अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता

एजेन्सी, मस्को, १४ चैत - अस्टेलियाले पनि देशनिकाला गर्यो रसियाली राजदूत बेलायतमा शरण लिएका रसियाका पूर्वगुप्तचर र उनको परिवारमाथिको आक्रमणमा रसियाको संलग्नता रहेको भन्दै ऊप्रति विश्व समुदाय नै रुष्ट बनेको छ । आक्रमणको विरोधमा विभिन्न देशले रसियाली कूटनीतिज्ञलाई देशनिकाला गर्ने क्रम बढ्दो छ । विश्वका विभिन्न मुलुकले रसियाली कूटनीतिज्ञहरूलाई देशनिकाला गरिरहेका वेला ती मुलुकको सूचीमा...

रुसका ६० कूटनीतिज्ञलाई देश छाड्न अमेरिकी निर्देशन

एजेन्सी , वासिङ्गटन, १३ चैत - एक साताभित्र देश छाडिसक्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसका ६० कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएका छन् । अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार निकालिएका कूटनीतिज्ञहरूले अबको एक साताभित्र देश छाड्नुपर्नेछ । त्यस्तै, सिएटलस्थित रुसी महावाणिज्य दूतावास पनि बन्द गरिदिएको छ । यसअघि नै बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको...

झुटो समाचार लेख्नेलाई १० वर्ष जेल सजाय

एजेन्सी , क्वालालम्पुर - मलेसिया सरकारले झुटो समाचार लेख्नेलाई बढीमा १० वर्षसम्म जेल सजाय दिने गरी कानुन बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफू भ्रामक समाचारबाट धेरै पीडित भएकाले त्यसलाई नियन्त्रण गर्न यस्तो कानुन आवश्यक रहेको बताए । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसद्मा प्रवेश गरेको छ । आमनिर्वाचनअगाडि नै त्यो कानुन बनिसक्ने...

क्याटलोनियाको झडपमा ९८ घाइते

एजेन्सी, म्याड्रिड, १३ चैत - क्याटलोनियाका पूर्वनेता कारलोस पुज्डमोनलाई पक्राउ गरिएको विरोधमा बार्सिलोनामा झडप हुँदा ९८ जना घाइते भएका छन् । पुज्डमोनलाई जर्मनीमा पक्राउ गरेर हिरासतमा राखिएको छ । उनको रिहाइको माग गर्दै क्याटलोनियाको स्वतन्त्रता पक्षधरहरूले बार्सिलोनाको सडकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले हमला गर्दा एक सयभन्दा धेरै घाइते भएका छन् । मेडिकल...

अग्नि र ब्रह्मोसको सामना कसरी ?

नयाँ पत्रिका, काठमाडाैँ, १३ चैत - चीन र पाकिस्तानबीचको सम्बन्धले एकपटक फेरि संसारको ध्यान खिचेको छ । चीनले पाकिस्तानलाई एक यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसको उपयोगबाट आकाशमा तेज गतिको मिसाइल सजिलै पत्ता लगाउन सकिन्छ । चीनको यस मद्दतबाट यसले पाकिस्तानलाई उसको मिसाइल कार्यक्रमलाई विकसित र थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ । चाइनिज एकेडेमी अफ साइन्सेज...

लालुलाई अर्को झड्काः चारा घोटालाको चौथो मुद्दामा १४ वर्ष जेल सजाय

एजेन्सी, नयाँदिल्ली, ११ चैत - चारा घोटाला प्रकरणमा भारतको विशेष सिबिआई अदालतले राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाएको छ । चारा घोटाला प्रकरणकोे चौथो मुद्दामा लालुलाई विशेष अदालतले शनिबार सो सजाय सुनाएको हो । अदालतले लालुलाई ६० लाख भारु जरिवाना पनि तोकेको छ । मुख्यमन्त्री हुँदा...

क्याटलोनियाका पाँच पृथकतावादी नेता पक्राउ

एजेन्सी, मड्रिड, ११ चैत - क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेता पक्राउ परेका छन् । मड्रिडस्थित स्पेनको सर्वोच्च अदालतको फैसलापछि उनीहरू पक्राउ परेका हुन् । क्याटलोनिया स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनुवाइ पूरा नभएसम्म उनीहरू भाग्न सक्ने जोखिम रहेको अदालतले जनाएको छ । पछिल्लो गिरफ्तारीले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवार जोर्डी ट्रुलियोलाई क्याटलन...

फ्रान्स बन्धक प्रकरण :अतिवादीविरुद्धका नायक प्रहरीको मृत्यु

एजेन्सी,  पेरिस, ११ चैत - फ्रान्समा शुक्रबार बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरी अधिकारीको मृत्यु भएको छ । शंकास्पद अतिवादीले बन्धक बनाएका व्यक्तिहरूको उद्धारमा नायक बनेका लेफ्टिनेन्ट कर्नेल अर्माड बेल्ट्रेमले अस्वाभाविक साहस देखाएको फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले बताए। उनको साहसका कारण ठूलो मानवीय क्षति टरेको थियो । तथापि, अतिवादीको हमलामा दुई सर्वसाधारण मारिएका...

रसियाका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने

एजेन्सी, ब्रसेल्स, चैत ११ - स्नायु प्रणालीमा असर पुर्याउने एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच बढेको विवाद युरोपेली युनियन (इयू)मा पनि प्रवेश गरेको छ । इयूले रसियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णयसँगै विवाद इयू प्रवेश गरेको हो । ब्रसेल्समा युरोपेली युनियनका शीर्ष नेताहरूको बैठकले बेलायतप्रति ऐक्यबद्धता जनाउँदै आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।...

चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क : व्यापारिक युद्धको जोखिम

एजेन्सी, काठमाडौं, १० चैत - अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र चीनको लगानी सीमित गर्ने निर्णय गरेको छ । वर्षौँदेखि चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै त्यसको बदलास्वरूप अमेरिकाले पछिल्लो निर्णय लिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमले अमेरिका र चीनबीच व्यापारिक युद्धको खतरा बढेको छ । अनुचित प्रतिस्पर्धाविरुद्ध अमेरिकी...

फ्रान्समा सन्दिग्ध अतिवादीको हमलामा २ को मृत्यु

एजेन्सी, पेरिस, १० चैत - फ्रान्समा एक हतियारधारीले सर्वसाधारण मानिसलाई बन्धक बनाई दुईजनाको हत्या गरेका छन् । दक्षिण–पश्चिम फ्रान्सको ट्रेब नगरमा एक सन्दिग्ध अतिवादीले शुक्रबार सुपरमार्केटमा प्रवेश गरी सर्वसाधारणलाई बन्धक बनाई दुईजनाको गोली हानी हत्या गरेको हो । प्रत्यक्षदर्शीहरूका अनुसार ती बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र प्रवेश गरेका थिए । उनले आफू डायस अर्थात् फ्रान्सेली भाषामा...

फेसबुकका संस्थापक जुकरबर्गले स्विकारे गल्ती

एजेन्सी, न्युयोर्क, ९ चैत - सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक राजनीतिक परामर्शदाता कम्पनीले लाखौँ फेसबुक प्रयोगकर्ताको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालाइटिकले राजनीतिक लाभ लिने उद्देश्यले अनुचित ढंगले फेसबुक प्रयोगकर्ताको विवरण उपयोग गरेको आरोप लाग्दै आएको छ । एक विज्ञप्ति जारी गर्दै...

चीनमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी, न्युयोर्क, ९ चैत - ट्रम्प प्रशासनले चीनमाथि प्रतिबन्ध लगाउने भएको छ । बेइजिङले चोरीलाई प्रश्रय दिएको र अमेरिकी व्यापारीबाट बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै ऊमाथि प्रतिबन्ध लगाउने भएको हो । बौद्धिक चोरी अन्त्यबारे विगत तीन वर्षदेखि भएका वार्ताले सकारात्मक परिणाम नल्याएपछि बाध्य भएर प्रतिबन्ध लगाइने भएको राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । अमेरिकी कदमले...

भारतमा ‘गोरक्षा’ समूहबाट भएको हत्यामा ११ जनालाई आजीवन कारावास

एजेन्सी, केरला, ९ चैत - भारतको झारखण्डको एक अदालतले गत वर्ष एक मासु व्यापारीलाई हत्या गरेको अभियोगमा ११ जनालाई आजीवन कारवासको सजाय सुनाएको छ । ५५ वर्षीय अलिमुद्दिन अन्सारीको हत्यामा संलग्न १२ मध्ये ११ जनालाई अदालतले आजीवन कारवासको सजाय सुनाएको हो । गाईको मासु ओसारपसार गरेको आरोप लगाउँदै कथित गौसंरक्षणका नाममा एउटा समूहले अन्सारीको हत्या...

माल्दिभ्समा संकटकाल हट्यो

एजेन्सी, माले, ९ चैत - माल्दिभ्स सरकारले ४५ दिनदेखि जारी संकटकाल बिहीबारदेखि हटाएको छ । राष्ट्रपति अब्दुल्ला यमिनले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । ‘माल्दिभ्सको सर्वोच्च अदालतका न्यायाधीशले संविधान, स्थापित कानुनी मूल्य र मान्यताविपरीत हुने गरी राजनीतिक नेतृत्वसँग मिलेर गरेको फैसलापछि सरकारको आग्रहमा घोषणा भएको संकटकाल यही मार्च २२ देखि लागू हुने...

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

एजेन्सी, यांगुन, ८ चैत - म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति च्वले बुधबार राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी दुई वर्षअघि म्यानमारको राष्ट्रपतिमा निर्वाचित भएका थिए । स्वास्थ्य समस्या उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन । एक औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा सर्वसाधारणले...

सिरिया आक्रमणको छानबिन गर्न संयन्त्र बनाऊ : राष्ट्रसंघ

एजेन्सी, संयुक्त राष्ट्रसंघ,८ चैत - संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा भएको हमला र घातक रासायनिक हतियारको छानबिन गर्न छुट्टै संयन्त्रको गठन गर्नुपर्ने माग गरेको छ । सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै सुरक्षा परिषद्का सबै मुलुकले सरोकारवालालाई जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र गठन गर्न माग गरेका हुन् । सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका...

शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

एजेन्सी, ढाका, ८ चैत - रोहिंग्या समुदायका किशोरीलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको अनुसन्धानबाट देखिएको छ बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन...

हवाई आक्रमणमा २९ तालिवानको मृत्यु

एजेन्सी, लस्करगाह, ८ चैत - अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा कम्तीमा २९ तालिवान लडाकुको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षा फौजले तालिवान लडाकुहरूलाई लक्षित गरी युद्धक विमानबाट आक्रमण गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हेल्मन्ड प्रान्तको...

चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने राष्ट्रपति सी जिनपिङको चेतावनी

एजेन्सी , बेइजिङ, ७ चैत - ताइवान र हङकङमा भइरहेका गतिविधिविरुद्ध चिनियाँ राष्ट्रपति सी जिनपिङ क्रुद्ध चीनका राष्ट्रपति सी जिनपिङले चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने चेतावनी दिएका छन् । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो चेतावनी दिएका हुन् । चीनको राष्ट्रिय एकता नै आमचिनियाँ नागरिकको सामूहिक आशा भएको बताउँदै...

इराकमा अपहरित ३९ भारतीयको हत्या

एजेन्सी , नयाँदिल्ली, ७ चैत - सन् २०१४ मा इराकमा अपहरणमा परी बेपत्ता बनाइएका ३९ भारतीय नागरिकको हत्या भएको पुष्टि भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सो जानकारी दिएकी हुन् । भारतको माथिल्लो संसद् राज्यसभालाई मंगलबार विशेष सम्बोधन गर्दै विदेशमन्त्री स्वराजले तीन वर्षअघि निर्माणसम्बन्धी काममा इराकको मोसुल गएका ३९ भारतीयको अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट...

ड्राइभिङ अनुमति दिने दर्जनौँ अभिभावक जेलमा

एजेन्सी , नयाँदिल्ली, ७ चैत - उमेर नपुग्दै ड्राइभिङ अनुमति दिएको आरोपमा भारतको हरियाणाका दर्जनौँ अभिभावक जेल परेका छन् । उमेर नपुगेका सन्तानलाई ड्राइभिङका लागि उत्साहित गर्ने ३५ अभिभावकलाई हरियाणा प्रहरीले जेलमा राखेको हो । अनुचित ढंगले ड्राइभिङ गर्ने बालबालिका र अभिभावक धमाधम पक्राउ पर्न थालेपछि सर्वसाधारणले सन्तोषको सास फेर्न थालेका छन् । प्रहरीले उमेर नपुगेका...

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद दोषी ठहर

एजेन्सी, राँची, ६ चैत - सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो भारतको सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सोमबार राँचीमा भएको सिबिआईकै विशेष अदालतमा लालुप्रसादलाई दोषी मानिएको भारतीय मिडियाहरूले जनाएका छन् । विशेष अदालतमा चारा भ्रष्टाचारसँग जोडिएका...

चौथो कार्यकालका लागि रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

रासस/सिन्ह्वा , मस्को, ५ चैत - रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो । विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गरेका हुन्...

फिलिपिन्समा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी, मनिला, ४ चैत -  फिलिपिन्समा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ उड्दै गरेको सानो विमान दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको हो । विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयअनुसार शनिबार बिहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले...

अन्तरिक्ष सेना बनाउने ट्रम्पको प्रस्ताव

एजेन्सी, न्युयोर्क, ४ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्यबल (स्पेस फोर्स) गठन गर्ने प्रस्ताव गरेका छन् । अमेरिकी सशस्त्र बलको नयाँ अंगका रूपमा ‘स्पेस फोर्स’ गठन गर्ने ट्रम्पले प्रस्ताव गरेका हुन् । सान डियागोको एक म्यारिन कप्र्स एयर स्टेसनमा सैनिक अधिकारीहरूलाई गरेको सम्बोधनका क्रममा उनले सो प्रस्ताव गरेका हुन् । उनले...

रसियामा राष्ट्रपति निर्वाचन : ‘देशको भविष्य निर्माणका लागि मतदानमा जुटौँ’

एजेन्सी, मस्को, ४ चैत - रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको भविष्य निर्माणका लागि मतदानमा सहभागी हुन सबै रसियालीलाई आग्रह गरेका छन् । ‘देशको भविष्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नुहोस्,’ राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा पुटिनले भने । रसियामा आगामी आइतबार राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा पुटिनसहित सातजना उम्मेदवार छन् । तर, पुटिनको तेस्रोपटक...