logo

bar

विश्व खबर

गाजाको प्रदर्शनमा ८ को मृत्यु, सयौँ घाइते

एजेन्सी, गाजा, २५ चैत - प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा भएको झडपमा कम्तीमा आठ प्यालेस्टेनीको मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीसँग भएको सो झडपमा सयौँ इजरायली घाइते भएका छन् । प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा पर्ने गाजामा विगत केही दिनदेखि प्यालेस्टिनी आन्दोलनकारी र इजरायली सुरक्षाकर्मीबीच झडप हुने गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्रफ...

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई २४ वर्ष जेल सजाय

एजेन्सी, सिउल, २४ चैत - आफ्ना नागरिकले प्रदान गरेको शक्ति राष्ट्रपतिले दुरुपयोग गरेको अदालतको ठहर - दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हायलाई एक अदालतले २४ वर्ष जेल सजाय सुनाएको छ । पदीय दुरुपयोग, आर्थिक अनियमितता र घुस लिएको अभियोगमा अदालतले शुक्रबार उनलाई सो सजाय सुनाएको हो । अदालतले पार्कमाथि १ करोड ७० लाख डलर जरिवानासमेत...

हराएकी छोरी २४ वर्षपछि फेला परेपछि…

एजेन्सी, बेइजिङ, २४ चैत - वर्षौँसम्म हराएको आफ्नो सन्तान फेला पर्दा अभिभावकमा कस्तो अनुभव हुन्छ ? निश्चय नै यस भावुक क्षणलाई शब्दमा उतार्न कठिन हुन्छ, जसलाई चीनका एक परिवारले अहिले प्रत्यक्ष अनुभूति गरिरहेका छन् । २४ वर्षअघि हराएकी छोरीसँग बाबुआमाको पुनर्मिलनपछि चीनको एक परिवार हर्षविभोर छ । वाङ मिङकिङ र उनकी पत्नी लिउ देङयिङले हराएकी...

ट्रम्पले सञ्चारकर्मीको भोज बहिष्कार गर्ने

एजेन्सी, वासिङटन, २३ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीले आयोजना गर्ने रात्रिभोज कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । ट्रम्पले ह्वाइट हाउसका सञ्चारकर्मीले आगामी अप्रिल २८ मा आयोजना गर्ने वार्षिक भोज बहिष्कार गर्ने घोषणा गरेका हुन् । ट्रम्पले गत वर्ष पनि सो कार्यक्रम बहिष्कार गरेका थिए । ‘हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा...

मलेसियामा संसद् विघटन

एजेन्सी, क्वालालम्पुर - मलेसियाली प्रधानमन्त्री नाजिब रजकले संसद्को तल्लो सदन विघटन गरेका छन् । अर्काे संसदीय निर्वाचनका लागि उनले संसद् विघटन गरेका हुन् । मन्त्रिपरिषद्को एक विशेष बैठकपछि प्रधानमन्त्री रजकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद् विघटन गरेका हुन् । संसद् विघटनअघि प्रधानमन्त्रीले राजा सुल्तान मोहम्मद भीको अनुमति लिएका थिए । संसद्...

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई १२ वर्ष जेल सजाय

एजेन्सी, ब्रासिलिया, २३ चैत - ब्रजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको छ । घन्टौसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए । प्रधानन्यायाधीश करर्मेन लुसिया रोचासहित बहुमत न्यायाधीश पूर्वराष्ट्रपति लुलालाई कैद गर्नुपर्ने पक्षमा उभिएका...

६० अमेरिकी कूटनीतिज्ञले रसिया छाडे

एजेन्सी, मस्को, २३ चैत - रसियाले देशनिकाला गरेका ६० अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छाडेका छन् । उनीहरू बिहीबारै मस्कोस्थित अमेरिकी दूतावासबाट बाहिरिएका हुन् । अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारसमेत गरी कैयौँ अमेरिकी मस्कोस्थित दूतावासमा जम्मा भएर बस चढी विमानस्थलसम्म पुगेका थिए । उनीहरूलाई एक साताअघि रसियाले देशनिकाला गरेको घोषणा गरेको थियो । बेलायतमा शरण लिएका...

दुर्लभ कप ४ करोड डलरमा बिक्री

एजेन्सी, बेइजिङ, २३ चैत - चीनको एक ऐतिहासिक कप झन्डै चार करोड डलरमा बिक्री भएको छ । चिनियाँ शासक काङ्जीका लागि बनाइएको सो दुर्लभ कप तीन करोड ९० लाखमा लिलाम बिक्री गरिएको हो । केवल १४ दशमलव ७ सेन्टिमिटर व्यास भएको सो कपलाई चिनियाँ र पश्चिमी प्रविधिको प्रयोग गरी इनामेल लगाइएको छ । कपमा ड्याफोडिललगायतका...

युट्युबको मुख्यालयमा गोली चल्यो

एजेन्सी, सान ब्रुनो, २२ चैत - अमेरिकाको उत्तरी राज्य क्यालिफोर्नियास्थित युट्युबको प्रधान कार्यालयमा एक महिलाले अन्धाधुन्द गोली प्रहारपछि आत्महत्या गरेकी छिन् । आक्रमणकारी महिलाको गोली लागेर तीनजना गम्भीर घाइते भएका छन् । मुख्यालयका कर्मचारीलाई हमला गरेपछि उनले आफ्नै कन्चटमा गोली हानेकी थिइन् । भागदौड मच्चियो स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे अकस्मात् युट्युबको मुख्यालयमा गोली चलेपछि...

कर्नाटकमा सेल्फीविरुद्ध विशेष अभियान

एजेन्सी, कर्नाटक, २२ चैत - दक्षिण भारतीय राज्य कर्नाटकका अधिकारीले सेल्फीविरुद्ध विशेष अभियान चलाएका छन् । विभिन्न राज्यमा सेल्फी लिनेक्रममा पछिल्ला महिनामा युवायुवतीको मृत्यु भइरहेका बेला कर्नाटक राज्यले सो अभियान चलाएको हो । कर्नाटकको राजधानी बेंग्लोरमा एक महिनामा मात्र सेल्फी लिनेक्रममा चारजना विद्यार्थीको मृत्यु भएको छ । केही साताअघि बिदा मनाउने क्रममा मन्दिर परिसरमा पुगेका एक...

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघको प्रस्ताव

एजेन्सी, जेनेभा, २२ चैत - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले यमनमा जारी हिंसा अन्त्यका लागि शान्तिवार्ताको प्रस्ताव गरेका छन् । हिंसा अन्त्यका लागि शान्तिवार्ता एक मात्र विकल्प रहेको भन्दै महासचिव गुटरेजले सो प्रस्ताव गरेका हुन् । जेनेभामा यमनबारे आयोजित दातृ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटरेजले मानवीय सहायताका लागि आग्रह गरे । ‘यमनमा मानवीय सहायताको...

चीनको शुल्कवृद्धिले व्यापार युद्धको खतरा : अमेरिका

एजेन्सी, न्युयोर्क, २१ चैत - चीनले अमेरिकाबाट आयात हुने वस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेकोमा ह्वाइटहाउसले विरोध गरेको छ । चीनको पछिल्लो कदमले व्यापार युद्धको जोखिम बढाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । चीनले लियो बदला विदेशी स्टिल र आल्मुनियममा कर बढाउने डोनाल्ड ट्रम्पको हालैको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात...

चौतर्फी विरोधपछि मोदीद्वारा पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता

एजेन्सी, नयाँदिल्ली, २१ चैत - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुट समाचार लेख्ने वा प्रसारण गर्ने पत्रकारलाई कारबाही गर्न दिएको आदेश फिर्ता लिन निर्देशन दिएका छन् । भारतका सञ्चारकर्मीको तीव्र विरोधपछि प्रधानमन्त्री मोदीले मंगलबार सो आदेश फिर्ता लिन निर्देशन दिएका हुन् । यसअघि सूचनामन्त्री स्मृति इरानीले झुट समाचार लेखेको पुष्टि भएमा सरकारले पत्रकारलाई दिएको मान्यता खारेजी...

अमेरिकी राष्ट्रपति ट्रम्पका यौन स्क्यान्डल

नयाँ पत्रिका , काठमाडौं, २१ चैत - सामान्य जीवनदेखि चुनावी मैदानसम्म मात्र होइन शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति बन्दा पनि डोनाल्ड ट्रम्प विवादको घेराबाट उम्कन सकेनन् । के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साँच्चै यौन दुराचारी हुन् त ? यदि उनी यौन दुराचारी भएको प्रमाणित भएमा उनले पदमा बसिरहन मिल्छ या मिल्दैन ? बहस सुरु भएको छ । तर,...

केजरीवालले माफी मागे

एजेन्सी, नयाँदिल्ली, २० चैत - मानहानिको मुद्दाका सम्बन्धमा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग आम आद्मी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले माफी मागेका छन् । अरविन्दले तीन वर्षपछि जेट्लीसँग माफी मागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१५ को डिडिसिए भ्रष्टाचार सार्वजनिक भएपछि केजरीवालले वित्तमन्त्री जेट्लीलगायत थुप्रै नेतालाई आपत्तिजनक शब्दमा गाली गरेका थिए । जेट्ली र उनका...

२० अक्टोबरमा अफगानिस्तानमा संसदीय निर्वाचन

एजेन्सी, काबुल, २० चैत - अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले २० अक्टोबरमा संसदीय निर्वाचनको मिति घोषणा गरेको छ । सबै दलसँगको छलफलमा २० अक्टोबरका दिन संसदीय निर्वाचनको मिति तय भएको आयोगले स्थानीय एजेन्सीहरूलाई जानकारी दिएको छ । यसअघि १८ जुलाईमा संसदीय निर्वाचन हुने भनिएको थियो । तर, तयारी नपुगेपछि निर्वाचनको नयाँ मिति घोषणा गर्नुपरेको आयोगले सोमबार...

सिरियामा रासायनिक हतियार प्रयोग

एजेन्सी, बेरुत, २० चैत - सिरियामा चलिरहेको द्वन्द्वमा सरकारी सेना तथा विद्रोहीले रासायनिक एवं घातक हतियार प्रयोग गरेको पुष्टि भएको छ । यद्यपि, रासायनिक पदार्थ प्रयोग भए पनि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन । विद्रोहीले केही स्थानमा सरकारी सेनामाथिको हमलामा यस किसिमको हतियार प्रयोग गरेको मानवअधिकारकर्मीहरूले जनाएका छन् । यता, मानवअधिकार तथा राष्ट्रसंघले सिरियाका...

कोस्टारिकामा कार्लोस राष्ट्रपतिमा निर्वाचित

एजेन्सी, सानजोस - कोस्टारिकामा कार्लोस अल्भार्डो राष्ट्रपतिमा निर्वाचित भएका छन् । सत्तारुढ दलका उम्मेदवार कार्लोसले सर्वाधिक ६०.७४ प्रतिशत मत पाएका थिए । कार्लोसका प्रतिद्वन्द्वी फाब्रिसिओ अल्भाराडोले ३९.२६ प्रतिशत मात्र मत पाए । नेसनल रेस्टोरेसन पार्टीबाट अल्भाराडोले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका थिए । नवनिर्वाचित राष्ट्रपति कार्लोसले राष्ट्रको हितमा काम गर्ने बताए । पराजित फाब्रिसिओले...

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास

एजेन्सी , सिउल, १९ चैत - संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ । दक्षिण कोरियाको राजधानी सिउलमा आइतबारदेखि दुई देशबीचको वार्षिक सैन्य अभ्यास सुरु भएको हो । उत्तर कोरिया र दक्षिण कोरियाबीच शीर्ष वार्ताको तयारी र प्योङयाङले वासिङ्टनसँग शिखर वार्ता गर्न लागिरहेकै वेला दुई देशबीच सैन्य अभ्यास सुरु भएको हो...

कडा सुरक्षाबीच नोबेल शान्ति विजेता मलाला गृहनगरमा

एजेन्सी, मिंगोरा (पाकिस्तान), १८ चैत - नोबेल शान्ति पुरस्कारबाट सम्मानित पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफ निकै कडा सुरक्षा व्यवस्थाबीच शनिबार गृहनगर मिगौरा उपत्यका पुगेकी छिन् । महिला शिक्षाका लागि अतुलनीय योगदान गरेको जनाउँदै मलालाले १७ वर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् । नोबेल पुरस्कार पाउनेमध्ये मलाला सबैभन्दा कम उमेरकी हुन् । सेनाको घेराबन्दीमा गृहनगर...

चीन जाँदा किमको आफ्नै बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा

एजेन्सी, प्योङयाङ, १८ चैत - उत्तर कोरियाली नेता उनले चीन भ्रमण गर्दा आफ्नै विशेष बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको चर्चा सेलाएको छैन । उनले चीन भ्रमण गर्दा त्यहाँ के–के गरे भन्ने विषयमा अनुसन्धान हुन थालेको छ । विशेषगरी, पश्चिमा सञ्चारमाध्यमहरूले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग किमको वार्ता...

सिरियाबाट फर्कने योजनामा अमेरिका

एजेन्सी, वासिङ्टन, १८ चैत - आइएस लडाकुहरू परास्त भएका कारण सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने तयारीमा राष्ट्रपति ट्रम्प द्वन्द्वग्रस्त सिरियाबाट अमेरिकी सैनिक छिट्टै फर्कन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गरेका छन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनले शुक्रबार लिएको एक अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिका सिरियाबाट कुनै पनि वेला फर्कन सक्ने अवस्थामा रहेको स्पष्ट पारेका हुन् ।...

विहारबाट सयौँ भारतीय तीर्थयात्री मुक्तिनाथ प्रस्थान, केन्द्रिय मन्त्रीले गरे विदाइ

पर्शुराम काफ्ले, नयाँ दिल्ली, १८ चैत - विहारको हरिहरक्षेत्र गजेन्द्रमोक्षधामबाट नेपालको मुक्तिनाथका लागि हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक यात्रा शनिवार विहारबाट शुरु भएको छ । भारतका केन्द्रिय शुक्ष्म लघु उद्योगमन्त्री गिरिराज सिंह र राज्यसभाका सांसद गोपाल नारायण सिंहले यात्राको उद्घाटन गरेका छन् । नेपाल र विहारका धार्मिक स्थलको प्रचारप्रसार समेत गर्ने तीर्थयात्रीलाई सोनपुरबाट हरिपुरका लागि बिदाइ गरिएको छ ।...

भेटवार्ताका लागि उत्सुक किम र ट्रम्प

एजेन्सी , काठमाडाैँ, १८ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियाका नेता किम जोङ उन ट्रम्पसित भेटवार्ताका लागि निकै उत्सुक छन् । आफूलाई यो कुरा अरू कसैले नभई चिनियाँ राष्ट्रपति सी जिनपिङले बताएको उनले उल्लेख गरेका छन् । ट्रम्पले एक ट्विटमार्फत यो जानकारी दिएका हुन् । चिनियाँ राष्ट्रपति सीले आफूलाई सन्देश पठाएर सी र...

 रसियाद्वारा ६० अमेरिकी कूटनीतिज्ञ देश निकाला

एजेन्सी, मस्को, १७ चैत - रसियाले आफ्नो मुलुकमा कार्यरत ६० अमेरिकी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । आफ्ना ६० कूटनीतिज्ञलाई वासिङटनले देश निकाला गरेको पाँच दिनपछि रसियाले पनि बदलास्वरूप सो कदम चालेको हो । रसियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मस्कोस्थित ६० कूटनीतिज्ञलाई २४ घन्टाभित्र देश छोड्न आदेश दिएको हो । रसियाली...

दुई कोरियाबीचको वार्ताले थप सहज : अमेरिका

एजेन्सी, वासिङ्टन, १७ चैत - उत्तर र दक्षिण कोरियाबीच हुन लागेको शिखर वार्ताले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको प्रस्तावित शिखर वार्तालाई सहज बनाउने अमेरिकाले विश्वास गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सो जानकारी दिएको हो । शिखर वार्ताको वातावरण तय गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले दुई कोरियाबीचको वार्ताले आगामी दिनमा वासिङटन...

विद्रोहीका परिवारसहित सात हजारले छोडे गुटा

एजेन्सी, दमासकस, १७ चैत - सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सयजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पछिल्लो एक सातामा उनीहरूले गुटा छोडेको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको हो । यसअघि विद्रोही र उनका आफन्तले गुटा क्षेत्र छोड्न चाहेमा अनुमति दिने सरकारले जनाएको थियो ।...

‘किमको चीन भ्रमण सकारात्मक’

एजेन्सी, वासिङ्टन,१६ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले यसै साता गरेको चीन भ्रमणलाई सकारात्मक बताएका छन् । किमको भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना कार्यमा सकारात्मक प्रभाव पार्ने ट्रम्पले आशा व्यक्त गरे । ‘किमले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना कार्यका लागि गरेका प्रयास सकारात्मक छन्,’ ट्रम्पले ट्विट गरेका छन् ।...

६ वर्षपछि स्वदेश फर्किन् मलाला

एजेन्सी, इस्लामाबाद,१६ चैत - सन् २०१४ को नोबेल शान्ति विजेता तथा बालिका शिक्षा अभियन्ता पाकिस्तानी नागरिक मलाला युसुफजाई बिहीबार स्वदेश फर्किएकी छिन् । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा तािलवान बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए । त्यतिवेला उनी १४ वर्षकी थिइन् । गम्भीर घाइते उनको बेलायतको बर्मिङ्घमको एक अस्पतालमा उपचार...

उत्तर कोरियालाई चीनको चीनलाई उत्तर कोरियाको भर

नयाँ पत्रिका, काठमाडाैँ, १६चैत - चीन र उत्तर कोरियाबीच आपसी सन्बन्ध महिनौँदेखि चिसिएको थियो । तर, उत्तर कोरियाली नेता किम जोङ उनले चीनको गोप्य भ्रमण गरेसँगै यी दुई देशबीचको सम्बन्धलाई विश्वले निकै चासोका साथ हेरेको छ । किमको अप्रत्याशित चीन भ्रमणले दुई देशको बिग्रिएको सम्बन्धमा सुधार ल्याएको अपेक्षा गरिएको छ । चिनियाँ पक्षका अनुसार परमाणु...

भेनेजुएलामा आगजनी र दंगामा ६८ को मृत्यु

एजेन्सी, कारकस, १६ चैत - भेनेजुएलाको काराबोब राज्यमा आगजनी र दंगामा ६८ को मृत्यु भएको छ । काराबोब राज्यको भ्यालेन्सिया सहरको एक कारागारमा भएको आगजनी र दंगामा उनीहरू मारिएका हुन् । [caption id="attachment_35736" align="alignnone" width="1700"] कैदीका आफन्त र प्रहरीबीच भएको झडप । तस्बिर :एजेन्सी[/caption]   दुवै घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । काराबोब राज्यका अभियोजनकर्ता...

किम अचानक चीन जानुको अर्थ

नयाँ पत्रिका, काठमाडाैँ, १६ चैत - उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो । उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित...