logo

bar

विश्व खबर

क्यानडेली प्रधानमन्त्री ट्रुडो र क्यामेराको एंगल

एजेन्सी, काठमाडौँ - तस्बिर खिचाउने चासोका विषयमा चर्चा गर्ने हो भने अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसैले पनि टक्कर दिन सकेको देखिन्न । अलग–अलग स्थानमा अलग–अलग पहिरनमा मोदीका अनेकौँ पोज–पोजका तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भइसकेका छन् । तर, एकजना अर्का व्यक्तित्व पनि अगाडि आएका छन्, जसले तस्बिर खिचाउने विषयमा प्रधानमन्त्री मोदीलाई च्यालेन्ज गरिरहेको...

अमेरिकाद्वारा उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा

एजेन्सी, न्युयोर्क, १३ फागुन - अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सो घोषणा गरेका हुन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार भइरहेका वेला ट्रम्पले सो घोषणा गरेका हुन् । अमेरिकी घोषणाको उत्तर कोरियाले विरोध गरेको छ । प्योङयाङले अहिले पनि आफ्नो आणविक कार्यक्रमलाई जारी...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति !

एजेन्सी, वासिङ्टन, १० फागुन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो । एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४आैँ स्थानमा परेको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपतिले...

अफगानी शरणार्थी फिर्ता

एजेन्सी, काबुल, १० फागुन - पाकिस्तान र इरानमा शरणार्थी जीवन बिताइरहेका ७६ हजार चार सयभन्दा बढी शरणार्थी स्वदेश फिर्ता भएका छन् । जनवरीदेखि फेब्रुअरीको मध्यसम्म पाकिस्तान र इरानबाट हजारौँ अफगानी शरणार्थी स्वदेश फर्किएको आप्रवासनसम्बन्धी राष्ट्रसंघीय निकाय (आइओएम)ले जनाएको छ । सन् २०१८ को जनवरीदेखि हालसम्म पाकिस्तानबाट तीन हजार ३२ जना अफगानी शरणार्थी फर्किएको आइओएमको भनाइ...

रोहिंग्या शरणार्थीसम्बन्धी दुईपक्षीय वार्ता

एजेन्सी, यांगुन, १० फागुन - रोहिंग्या शरणार्थी फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा दुई महिनाभित्र बंगलादेशमा रहेका हजारौँ रोहिंग्या शरणार्थी म्यानमार फिर्ता हुनुपर्ने सहमति भएको एजेन्सीहरूले जनाएका छन् । दुई देशका रक्षा मन्त्रालयका पदाधिकारीले रोहिंग्या फर्काउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुईपक्षीय वार्ता चलिरहँदा सयौँको संख्यामा रोहिंग्या शरणार्थी...

बन्दुक नियन्त्रण कानुन बनाउन माग

एजेन्सी, न्युयोर्क, १० फागुन - गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछि अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु भएको छ । अमेरिकाका विभिन्न सहरमा विद्यार्थीहरूले बन्दुक नियन्त्रण कानुन तत्काल पास गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको एसोसिएट प्रेसले जनाएको छ । विद्यार्थीहरूले राजनीतिक कारबाहीका लागि दबाब सिर्जना गर्न वासिङ्टनमा राष्ट्रिय भेला आयोजना गर्ने...

१३ सन्तानको जिम्मेवारी जापानी बाबुलाई

एजेन्सी, बैंकक, ९ फागुन - थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ सन्तान जन्माएका एक जापानी पुरुषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ । २८ वर्षीय मित्सुतोकी सिगेतालाई सन्तानको पूरा जिम्मेवारी दिइएको हो । साढे तीन वर्षयता ती बालबालिकालाई थाई सरकारले पालनपोषण गरेको थियो । सन् २०१५ मा उनले तीन सन्तानलाई स्याहारसुसार...

सिरियाली गृहयुद्ध : सेनाको कारबाहीमा ९८ सर्वसाधारणको मृत्यु

एजेन्सी, दमास्कस, ९ फागुन - सिरियाली सेनाको कारबाहीमा कम्तीमा ९८ सर्वसाधारण मारिएका छन् । राजधानी दमास्कसबाट केही किलोमिटर टाढा रहेको पूर्वी घोउटा क्षेत्रमा सेनाको कारबाहीमा ती सर्वसाधारण मारिएका हुन् । सेनाले गरेको हवाई फायर र रकेट हमलामा ती सर्वसाधारण मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । मृत्यु हुनेमा २० बालबालिका छन् । आइतबारदेखि सुरु...

स्वाइनफ्लुबाट २१ को मृत्यु

एजेन्सी , अल्जेरिया - स्वाइनफ्लु निम्त्याउने ‘एचवानएनवान इन्फ्लुएन्जा’का कारण अल्जेरियामा २१ जनाको मृत्यु भएको छ । पछिल्ला दुई सातामा सो रोगबाट उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका रोकथाम निर्देशक जामेल फौरारका अनुसार स्वाइनफ्लुको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ वर्षसम्मका नागरिक छन् । गत डिसेम्बरमा स्वास्थ्यमन्त्री मोख्तर हास्बेल्लाउईले कसैलाई पनि स्वाइनफ्लु...

‘इरान विश्वका लागि खतरा’

एजेन्सी , म्युनिख - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘इरान विश्वका लागि खतरा’ भएको टिप्पणी गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले सो टिप्पणी गरेका हुन् । ‘हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई बिर्सनु हुँदैन । पछिल्लो समयमा इरान विश्वका लागि खतराको घन्टी बनेको छ । यो मेरो व्यक्तिगत धारणा हो । एकपटक आणविक हतियारबाट...

माल्दिभ्समा कालसंकट लम्ब्याउने तयारी

एजेन्सी , माले, ८ फागुन - माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउन संसद्लाई अनुरोध गरेका छन् । राष्ट्रपति यामिनले थप १५ दिन सकंटकालको अवधि लम्बाउन सोमबार संसद्लाई आग्रह गरेका हुन् । माल्दिभ्समा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा माल्दिभ्सको सर्वाेच्च अदालतले राजधानी मालेको एक जेलमा रहेका...

क्यानडाका प्रधानमन्त्रीको भ्रमणलाई किन महत्व दिएन भारतले ?

एजेन्सी , नयाँदिल्ली, ८ फागुन - क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो हाल भारत भ्रमणमा छन् । तर, प्रधानन्त्री जस्टिनको भ्रमणलाई भारत सरकारले महत्व नदिएको स्वयं भारतीयहरूले बताइरहेका छन् । ताजमहललगायतका क्षेत्रमा जस्टिन र उनको परिवारले फोटो खिचाएर भारत भ्रमणको आनन्द लिए पनि प्रधानमन्त्रीको भ्रमणलाई भारतीय सरकारका वरिष्ठ मन्त्रीहरूले बेवास्ता गरेको टिप्पणी हुन थालेको छ । [caption id="attachment_25687"...

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

रासस/एएफपी , मेक्सीको, ६ फागुन - मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो । गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा...

मेक्सिकोमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प

एजेन्सी , मेक्सिको सिटी, ६ फागुन - मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको दक्षिण–पश्चिमी पिनोटेपामा स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हो । पिनोटेपाको ओक्साकामा सहरलाई केन्द्रबिन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पले पु-याएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । भूकम्पपछि केही बेपत्ता भएको...

‘प्योङयाङसँग तत्काल वार्ता गर्नु हतार हुन सक्छ’

एजेन्सी , सिउल - दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले तत्कालै उत्तर कोरियासँग उच्चस्तरको बैठक आयोजना गर्नु हतार हुने टिप्पणी गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो दिइरहेका वेला मुनले सो टिप्पणी गरेका हुन् । पछिल्ला दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । दक्षिण...

रसियाली नागरिकमाथि अमेरिकी चुनावमा हस्तक्षेपको अभियोग

एजेन्सी , न्युयोर्क - संयुक्त राज्य अमेरिकाका विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा १३ रसियाली नागरिकले हस्तक्षेप गरेको अभियोग लगाएका छन् । ‘ट्रोल फार्म’ नामक इन्टरनेट एजेन्सीसँग सम्बद्ध सो समूहले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको सम्भावना बढाउने उद्देश्यले जनमत प्रभावित पार्न अनलाइनमा ठूलो मात्रामा सामग्री राखेको मुलरको कार्यालयले जनाएको छ । ती आरोपले...

अनौठा ट्रम्पका अचम्म लाग्ने आनीबानी

नयाँ पत्रिका, काठमाडौं, ६ फागुन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वाधिक विवाद र चर्चामा छाउँछन् । आफूलाई मन नपर्ने व्यक्तिविरुद्ध प्रस्तुत हुने उनको आक्रामक शैली नै चर्चामा आउने मुख्य कारण हो । सामाजिक सञ्जालबाट उनी विवादास्पद अभिव्यक्ति सार्वजनिक गरिरहन्छन् । ७१ वर्षका ट्रम्पका केही आनीबानी अचम्म लाग्ने खालका छन् : रिमोट छुन अरूलाई मनाही ह्वाइट हाउसमा...

मेक्सिकोमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प

एजेन्सी , मेक्सिको सिटी - मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको दक्षिण–पश्चिमी पिनोटेपामा स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हो । पिनोटेपाको ओक्साकामा सहरलाई केन्द्रबिन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । भूकम्पपछि केही बेपत्ता भएको...

अमेरिकी विद्यालयमा गोलीकाण्ड: आक्रमणकारी किशोरले स्विकारे अपराध

एजेन्सी, वासिङटन, ५ फागुन - क्रुजले स्विकारे हत्या फ्लोरिडाको मारजोरी स्टोनम्यान डोगलास हाईस्कुलमा बुधबार गोली प्रहार गर्ने किशोरले आफ्नो अपराध स्विकारेका छन् । १९ वर्षीय निकोलस क्रुजले आफ्नो अपराध स्विकारेका हुन् । क्रुजले चलाएको गोली प्रहारमा १७ निर्दोष विद्यार्थीको मृत्यु भएको थियो । बुधबारै पक्राउ परेका क्रुजलाई प्रहरीले बिहीबार नै अदालतमा पेस गरेको थियो ।...

डिभी चिट्ठा बन्द गर्ने विधेयक अस्वीकृत

एजेन्सी, न्युयोर्क - डिभी चिट्ठालगायतका विषय समेटिएका आप्रावाससम्बन्धी विधेयकलाई अमेरिकी संसद्ले अस्वीकृत गरेको छ । माथिल्लो सदन सिनेटले डिभी चिट्ठा बन्द गर्ने, आप्रवास, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो । ती विधेयक डेमोक्र्याटिक र रिपब्लिकन सांसदहरूको समर्थनमा बिहीबार संसद्मा पेस गरिएका थिए ।ती विधेयकहरू पारित नभएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट बनेका छन्...

भ्यालेन्टाइन डे मनाउने क्रममा सातको हत्या

एजेन्सी, मेक्सीको सिटी - मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन्स डेको अवसरमा आयोजित कार्यक्रममा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सातजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणी ओक्साका राज्यमा सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डेको अवसरमा डान्स पार्टी मनाइरहेका वेला अज्ञात व्यक्तिले...

सिरिल रामाफोसा दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति

एजेन्सी, केपटाउन - दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिमा सिरिल रामाफोसा चयन भएका छन् । ज्याकोब जुमाले बुधबार साँझ राष्ट्रपतिको पदबाट राजीनामा दिएपछि संसद्ले बिहीबार रामाफोसालाई राष्ट्रपतिमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्मा बोल्दै नवनिर्वाचित राष्ट्रपति रामाफोसाले भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताए । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती...

विद्यालयमा गोली प्रहार गरी १७ को हत्या

एजेन्सी, फ्लोरिडा, ४ फागुन - विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति सोही स्कुलका पूर्वविद्यार्थी हुन् - अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । पार्कल्यान्डस्थित स्टोनमेन डगलस हाई स्कुलमा त्यहाँका पूर्वविद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो । सो गोली प्रहारमा अन्य केही घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान...

अफगानिस्तानमा आत्मघाती आक्रमणबाट मृत्यु हुने बढे

एजेन्सी , काबुल, ४ फागुन - अफगानिस्तानमा सन् २०१७ मा मृत्यु हुने सर्वसाधारणको संख्या बढेको छ । गत वर्ष झन्डै २३ सय सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै, अन्य सयौँ मानिस घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो तथ्य सार्वजनिक गरेको हो । तालिवान र अन्य अतिवादी समूहले गरेको आत्मघाती बम...

जिम्बाबेका पूर्वप्रधानमन्त्रीको निधन

एजेन्सी, जिम्बाबे, ४ फागुन - जिम्बाबेका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता मोरगेन चांगिराईको बुधबार निधन भएको छ । चांगिराईको स्थानीय समयअनुसार बुधबार साँझ ६५ वर्षको उमेरमा उनको निधन भएको हो । क्यान्सर रोगबाट पीडित उनको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चांगिराईको निधनले...

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध मुद्दा चलाउने तयारी

एजेन्सी, तेल अभिभ, ३ फागुन - इजरायल प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध मुद्दा चलाउन महान्यायाधिवक्तालाई सिफारिस गरेको छ । घुस खुवाएको, विश्वास तोडेको र जालसाजी गरेको आरोपमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो । उनीविरुद्ध मुद्दा चलाउने पर्याप्त प्रमाण भएकोसमेत प्रहरीले जनाएको छ । ‘आधारहीन आरोप’ आफूमाथिका सबै आरोप आधारहीन भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाएका...

‘फ्रान्सेलीमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला’

एजेन्सी, जेनेभा, ३ फागुन - फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले सिरियाली सेनाले आफ्ना नागरिकविरुद्ध प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरे फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिएका छन् । विपक्षीलाई दबाउने नाममा रासायनिक हतियार प्रयोग गरेको भन्दै विश्व समुदायले सिरियाली सरकारको आलोचना गरिरहेकै वेला फ्रान्सेली राष्ट्रपतिको सो चेतावनी आएको हो । ‘कुनै पनि फ्रान्सेली नागरिकमाथि रासायनिक हमलाको...

विस्फोटमा पाँचको मृत्यु

नयाँ पत्रिका, नयाँदिल्ली - भारतको पानीजहाज निर्माण तथा मर्मत कारखानामा भएको विस्फोटमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । केरला राज्यको राजधानी थिरुभानान्थापुरमदेखि दुई सय किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान कारखानामा सो विस्फोट भएको हो । एउटा विमान मर्मत...

एएनसीले माग्यो राष्ट्रपति जुमाको राजीनामा

एजेन्सी, प्रिटोरिया, २ फागुन - दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) पार्टीले राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको छ । जुमाले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले औपचारिक रूपमा सो माग गरेको हो । यसअघि जुमाको भविष्यबारे छलफल गर्न मंगलबार बिहान एएनसीका एक सयभन्दा बढी वरिष्ठ नेताहरूले प्रिटोरियाको एउटा होटेलमा घन्टौँ लामो बैठक गरेका थिए...

७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त

एजेन्सी, मस्को, १ फागुन - मस्कोको डोमोडेडोभा अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिमी क्षेत्र ओरेन्गवर्गका लागि उडेको एक सय ४८ यात्रु क्षमताको एक विमान दुर्घटनाग्रस्त भएको छ । विमानस्थलबाट उडेको सात मिनेटभित्रै विमान दुर्घटनामा परेको रसियाली समाचार एजेन्सीहरूले जनाएका छन् । यद्यपि, विमानमा आइतबार ६ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु मात्र थिए । स्थानीय समयअनुसार आइतबार...

पूर्वप्रधानमन्त्रीको रिहाइको माग

एजेन्सी, ढाका, १ फागुन - प्रदर्शनकारीले सोमबार बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग राख्दै ढाकामा प्रदर्शन गरेका छन् । गत साता अदालतले पूर्वप्रधामन्त्री जियालाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय फैसला सुनाएको थियो । समर्थकहरूले जियालाई रिहाइ गर्नुका साथै निष्पक्ष निर्वाचनको मागसमेत राखेका छन् । नेतृ जियालाई पाँच वर्ष जेल सजाय छ । राजनीतिक उद्देश्य समर्थकहरूले...

अमेरिका निसर्त वार्ता गर्न तयार

नयाँ पत्रिका, वासिङ्टन, १ फागुन - अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निसर्त वार्ता गर्न तयार रहेको बताएका छन् । वासिङ्टन पोस्टसँग सोमबार कुराकानी गर्दै उपराष्ट्रपति पेन्सले उत्तर कोरियासँग कुनै पनि समय वार्ता गर्न आफूहरू तयारी अवस्थामै रहेको बताए । उत्तर कोरियासँगको सम्बन्ध सुधार्न अमेरिका तयार रहेको उनको भनाइ छ । यस कार्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले...