logo

bar
logo
Advertisment
SKIP THIS

खेलकुद

विराटनगर वारियर्स प्लेअफमा

नयाँ पत्रिका, काठमाडौं, ८ पुस - विराटनगर वारियर्स जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार प्रतियोगितामानै सर्वाधिक उच्च रन स्कोर बनाएको विराटनगरले चितवन टाइगर्सलाई ७१ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो । एक सय ७४ रनको लक्ष्य टस हारेर पहिले ब्याटिङ गरेको चितवनले...

सेमिफाइनल समीकरण पूरा

नयाँ पत्रिका, काठमाडौं, ८ पुस - योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय सेरिजको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा नेपालका लागि सिंगल्सतर्फको यात्रा क्वार्टरफाइनलबाटै अन्त हुँदा मिक्सतर्फ भने नेपाल सेमिफाइनलमा स्थान बनाउन सफल भयो । डबल्समा सफलता सिंगल्सतर्फ निराशाजनक नतिजा निकालेको नेपालले मिक्स डबल्समा भने सफलता हात पार्‍यो । नेपाली खेलाडीहरू...

दिदीबहिनीलाई डबल्स उपाधि

नयाँ पत्रिका, काठमाडौं, ८ पुस - जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाले १५औँ जयकर स्मृति राष्ट्रिय जुनियर लन टेनिस प्रतियोगिताको यु–१८ गल्र्स डबल्स उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उक्त जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको ब्वाइजमा दाइ संरक्षणभूषण बज्राचार्य र...

इपिएलको चर्चा : महँगा खेलाडीसँग उतिकै आस

प्रकाश कँडेल, काठमाडाैँ - यतिबेला खेल बजारमा इपिएलको चर्चा छ ।  लामो समयदेखि चर्चामा रहेको नेपालकै सर्वाधिक पुरस्कार राशिको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता इपिएल सोमबारबाट सुरु भएको छ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा रहेको इपिएलमा ६ टिम एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा शीर्ष चारमा रहने टिमले फाइनलसम्मको स्थान बनाउने मौका पाउने छन् । शीर्ष स्थानका दुई टिमबीच पहिलो...

काठमाडौं किंग्स विजयी

नयाँ पत्रिका, काठमाडौं, ७ पुस - काठमाडौं किंग्स ११ ले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौंले चितवन टाइगर्सलाई तीन विकेटले हराउँदै इपिएलमा पहिलो जितको स्वाद चाखेको हो । यसअघि काठमाडौं लगातार दुई खेलमा पराजित भएको थियो । चितवनद्वारा चुनौतीपूर्ण लक्ष्य इपिएलको सातौँ खेलमा पहिलो ब्याटिङ गरेको चितवनले...

भारत ९३ रनले विजयी

एजेन्सी, कट्टक, ७ पुस - भारतले पहिलो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ९३ रनको विशाल अन्तरले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८० रनको योगफल बनाएको थियो । श्रीलंका १६ ओभरमै ८७ रनमा समेटियो । टी–२० इतिहासमा भारतले पहिलोपटक विपक्षीलाई ९० रन भन्दामाथिको अन्तरमा हराएको हो ।...

विराटनगरको लगातार दोस्रो जित

नयाँ पत्रिका, काठमाडौं, ६ पुस - एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा बुधबार विराटनगर वारियर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । अर्को खेलमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्स ११ लाई ७ विकेटले निराश पार्‍यो । आफ्नो पहिलो खेलमा पोखराले चितवन टाइगर्समाथि सानदार १० विकेटको जित दर्ता गरेको थियो ।...

नेपालका प्रिन्स र सुनील दोस्रो चरणमा

नयाँ पत्रिका, काठमाडौं, ६ पुस - नेपालका प्रिन्स दाहाल दोस्रो योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा पुगेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिन्सले पहिलो खेल वाकओभर पाएका थिए । दोस्रो क्वालिफायर खेलमा उनले भारतका शुभमलाई २–१ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेका हुन् । उनले...

सैनिकलाई बिभिएस उपाधि

नयाँ पत्रिका, काठमाडौं, ६ पुस - सैनिक आवासीय महाविद्यालयले बुधबार दोस्रो बिभिएस कप यू–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा सैनिकले डिएभीलाई ४ विकेटले पराजित गर्‍यो । पहिलो ब्याटिङ रोजेको डिएभीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन जोडेको थियो । डिएभीका आशिष शाहले १८ र इनाप महर्जनले ११ रन जोडे ।...

अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट

नयाँ पत्रिका, काठमाडौं, ५ पुस - विभिन्न १९ देशका २ सय ५० भन्दा बढी खेलाडी सहभागी अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन बुधबार (आज) बाट सुरु हुँदै छ । नेपालमा नै आयोजना हुने प्रतियोगितामा ३२ नेपाली खेलाडी सहभागी हुनेछन् । नेपालले यस प्रतियोगितामा ठूलो अपेक्षा गरेको छ । राम्रो खेल्ने लक्ष्य छ रत्नजित तामाङ हामीले प्रतियोगितालाई ठूलो मौकाका रूपमा...

एकैदिन मेसीले जिते दुई अवार्ड

एजेन्सी, म्याड्रिड - बार्सिलोनका अर्जेन्टिनी स्टार लिओनल मेसीले एकैदिन दुई अवार्ड जितेका छन् । मेसीलाई स्पेनिस खेलकुद पत्रिका मार्काले दुई अवार्ड प्रदान गरेको हो । सोमबार बार्सिलोनामा आयोजित एक कार्यक्रममा मार्काले मेसीलाई पिचहिची अवार्ड र अलफ्रेड डी स्टेफानो आवार्ड प्रदान गरेको थियो । पिचहिची अवार्ड एथलेटिक बिल्बाओका स्ट्राइकर राफेल पिचहिची मोरेनो अलाजाडीको नाममा...

काकाले लिए सन्न्यास

एजेन्सी, रियो दी जेनेरियो - ब्राजिलियन मिडफिल्डर काकाले व्यावसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय ब्राजिलियन पूर्वस्ट्राइकर काकाले ट्विटरमार्फत सन्न्यासको घोषणा गरेका हुन् । अमेरिकन क्लब ओलान्डो सिटीबाट काका व्यावसायिक फुटबल खेल्दै आएका थिए । महत्वपूर्ण उपाधिका साक्षी काका विश्व फुटबलमा सर्वाधिक चासोका साथ हेरिने फिफा विश्वकप फुटबल, युरोपियन च्याम्पियन्स लिग र फिफा...

इपिएल सुरु : पहिलाे खेलमा ललितपुर र काठमाडौं भिड्दै

नयाँ पत्रिका , काठमाडौं, ३ पुस - एभरेस्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करण आजदेखि राजधानीमा सुरु भएको छ । ६ वटा सहरका फ्रेन्चाइज टोलीको सहभागिता हुने प्रतियोगिताको विजयी टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विदेशी खेलाडीको सहभागिताले सबैको नजर त्यसतर्फ तानेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको...

नेपालले जित्यो इस्टर्न क्रिकेट उपाधि

नयाँ पत्रिका , काठमाडाैँ - सूर्य तामाङ र अजयकुमार लोनियाले ३/३ विकेट लिएपछि नेपालले आइतबार एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले थाइल्यान्डमा सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले यो प्रतियोगिता दोस्रोपटक जितेको हो । सन् २०१४ को संस्करणमा नेपाल पहिलोपटक च्याम्पियन बनेको थियो ।...

आजबाट सुरु हुँदै इपिएल

नयाँ पत्रिका , काठमाडाैँ - एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलमा ६ टोलीबीच १५ पुससम्म प्रतिस्पर्धा हुनेछ । इपिएलको पहिलो संस्करण विजेताले २१ लाख पाउनेछ । नेपालमा हुने क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशि यही हो । उद्घाटन खेलमा काठमाडौं किंग्स–११ र ललितपुर प्याट्रिओट्सबीच...

एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि नेपाललाई, सिंगापुर ७१ रनले पराजित

नयाँ पत्रिका , काठमाडौं, २ पुष - नेपालले एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको छ । थाइल्यान्डको ट्रेडथाइ मैदानमा आज भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधी जितेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछयाएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा १ सय १२ रन जोडदै अलआउट भएको थियो । सिंगापुरका लागि...

नेपाल सेमिफाइनलमा, अब सिंगापुरको सामना गर्ने

नयाँ पत्रिका, काठमाडौं, २ पुस - प्रतियोगितामा सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल सेमिफाइनलमा मलेसियाविरुद्ध पनि आफ्नो प्रभाव कायमै राख्न सफल भयो । समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको नेपालले समूह ‘बी’को उपविजेता मलेसियालाई खुलेर खेल्न दिएन । नेपालले एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिंगापुरको सामना गर्ने भएको छ । प्रतियोगिताको पहिलो...

यस्ता छन् इपिएल स्पोन्सर : हरेक टिमको खर्च करोड माथि

प्रकाश कँडेल, काठमाडौं, २ पुस - नेपालकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी प्रत्येक टोलीले उपाधिमाथि दाबेदारी दिन मनग्य खर्च गरेका छन् । खेलाडीको पारिश्रमिकदेखि तयारीसम्मको खर्च धान्न ६ टोलीले आफ्नो कुल लागतको अधिकांश हिस्सा स्पोन्सरबाट उठाएका छन् । सहभागी टोलीहरूले ६० देखि ८० प्रतिशतसम्म स्पोन्सरबाट टिमको खर्च धानेको जनाएका छन् ।...

नेपालले जित्याे टी–२० काे उपाधि

नयाँ पत्रिका, काठमाडौं, २ पुस - नेपालले प्रथम अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० ह्विलचेयर क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि जितेको हो । नेपालसहित भारत र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको...

सर्वाधिक राशीको राष्ट्रव्यापी फुटबल प्रतियोगिता पुसको दोस्रो साताबाट

शान्ता कमली , लमजुङ १ पौष - विगतका वर्षझै यस वर्ष पनि पौष १२ गते बाट राष्ट्रिय व्यापी फुटबल प्रतियोगिता हुने भएको छ । क्लवले शनिबार पत्रकार सम्मेलन गरी आगामी पुष १२ गतेदेखि राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता २६ औँ त्रिवेणी कप २०७४ सुरु हुन लागेको जानकारी गराएको हो । बेसीशहरको सहजी खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको...

आउँदो सोमबारबाट त्रिवि मैदानमा इपिएल

प्रकाश कँडेल, काठमाडौं, १ पुस - क्रिकेट समर्थकले अब कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगातार १३ दिन चौका र छक्काको मनोरञ्जन लिने छन् । टियु मैदानमा नेपालकै बहुप्रतिक्षित टी–२० क्रिकेट एभरेस्ट प्रिमियर लिग (इपिएल) सुरु हुँदै छ । ३–१५ पुससम्म टियु मैदानमा ६ घरेलु टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् ।   आउँदो सोमबार काठमाडौँ किंग्स ११...

मलेसियाको सामना गर्दै नेपाल

नयाँ पत्रिका, काठमाडौं, १ पुस - एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल शनिबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पहिलो सेमिफाइनल थाइल्यान्डको ट्रेडथाई मैदानमा हुने खेलमा नेपाल यसअघिको आफ्नो आत्मविश्वासलाई कायमै राख्ने ध्याउन्नमा रहनेछ ।   नेपालले समूह ‘ए’ मा सबै खेलमा जित हासिल गरी विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले...

लियोनल मेसीलाई विश्वकप फाइनलको सम्झना ताजै

एजेन्सी, पेरिस - तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको नतिजा अझै पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई झस्काउने गर्छ । मेसीले त्यो नतिजालाई जीवनमा कहिले निको नहुने ‘घाउ’का रूपमा लिएका छन् । ‘त्यो विश्वकपको घाउ कहिले पनि निको हुँदैन होला,’ स्पेनिस पत्रिकासँग कुराकनी गर्दै मेसीले भने । मेसीले अर्को...

क्लब विश्वकपको फाइनलमा रियल

एजेन्सी, अबुधाबी - साबिक विजेता रियल म्याड्रिड लगातार दोस्रोपटक क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अबुधावीमा बुधबार सम्पन्न सेमिफाइनलमा रियलले अल जजिरामाथि २–१ को कठिन जित निकाल्दै अन्तिम दुईमा पुगेको हो । रियलले अब उपाधि रक्षाका लागि फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्नेछ । अल जजिराले खेलको ४१औँ मिनेटमा युरोपियन...

म्यानमार १३ रनमै अलआउट : नेपाल ३३७ रनले विजयी

नयाँ पत्रिका, काठमाडौं, २९ मंसिर - नेपालले एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा बुधबार म्यानमारमाथि ३३७ रनको विशाल अन्तरले विजयी भएकाे छ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरी ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो । प्रत्युत्तरमा म्यानम्यार ११.२ ओभरमै १३ रनमै समेटिँदा नेपाल ३ सय ३७ रनले विजयी भएको हो...

म्यानचेस्टर सिटीले बनायो ५ रेकर्ड

एजेन्सी, म्यानचेस्टर, २८ मंसिर - इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले बुधबार राति भएको खेलमा स्वान्सी सिटीलाई ४–० ले पराजित गर्दै अराजित यात्रा कायमै राखेको छ । म्यानचेस्टर सिटीको जितमा डेभिड सिल्भाले २७ र ५२ मिनेटमा गरी २ गोल गरे । केभिन डे ब्रुइनले ३४ मिनेटमा गोल गर्दा सर्जियो अग्युरोले ८५ मिनेटमा चौथो गोल गरेका...

स्ट्रार्सवर्गसँग पिएसजीको सानदार जित,  लियो बदला

एजेन्सी, पेरिस, २८ मंसिर - पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेञ्च लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा स्ट्रार्सवर्गलाई ४–२ ले पराजित गर्दै पिएसजी अन्तिम आठमा प्रवेश गरेको हो। डि मारिया, ड्यानी अल्भेस चम्किए स्टार फरवार्ड नेइमार अनुपस्थित खेलमा पिएसजीका लागि एन्जेल डि मारिया, ड्यानी अल्भेस र ड्राक्सलरले एक–एक गोल गरे। त्यसअघि स्ट्रार्सवर्गका साल्मियरले...

रोहितको दोहोरो शतकसँगै भारतको सानदार जित

एजेन्सी, मोहाली, २८ मंसिर - भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय खेलमा तेस्रोपटक दोहोरो शतक बनाएका छन् । रोहितको दोहोरो शतकको मद्दतमा भारतले बुधबार श्रीलंकालाई दोस्रो खेलमा १ सय ४१ रनको विशाल अन्तरले हराउँदै सिरिज १–१ को बराबरी गरेको छ । रोहितले नटआउट २ सय ८ रन बनाए । रोहित एकदिवसीय खेलमा १६औँ शतक पूरा गर्न...

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

रासस , काठमाडौँ, २७ मंसिर - दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई, दुई वर्षमा आयोजना हुने भनिएको...

भगवानसँग तुलना नगर्न म्याराडोनाको आग्रह

एजेन्सी, कोलकाता - अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाले आफूलाई भगवान्सँग तुलना नगर्न आग्रह गरेका छन् । नौ वर्षको अन्तरमा दोस्रोपटक कोलकाता भ्रमणमा रहेका म्याराडोनाले मंगलबार समर्थकमाझ आफूलाई फुटबलको भगवान् नभन्न आग्रह गरेका हुन् । उनी भन्छन्, ‘म भगवान् होइन, म सामान्य व्यक्ति मात्र हुँ ।’ समर्थकले प्रदान गरेको ‘गड अफ फुटबल’ उपाधि आफूलाई चित्त...

दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

नयाँ पत्रिका , काठमाडौं, २७ मंसिर - लगातार दोस्रो जित निकाल्दै नेपालले एसिसी यू–१६ इस्टर्न क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । नेपालले मंगलबार भएको दोस्रो खेलमा हङकङलाई चार विकेटले हराउँदै समूह एमा चार अंक बटुल्यो । यसअघि पहिलो खेलमा नेपालले आयोजक थाइल्यान्डलाई हराएको थियो । पहिलो ब्याटिङ गरेको हङकङले ३५ ओभरमा नौ विकेट गुमाएर ८२...

पोखरा रंगशाला निर्माणका लागि ६ कम्पनीको आवेदन

प्रकाश कँडेल, काठमाडौं, २६ मंसिर - राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ग्लोबल टेन्डरमा ६ कम्पनीले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गत ७ कात्तिकमा आगामी वर्ष नेपालमा हुने तय भएको सागलाई ध्यानमा राख्दै १० महिनाभित्र पोखरा रंगशाला निर्माण गरिसक्ने गरी रंगशाला निर्माणको ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो । अधिकांश चिनियाँ कम्पनी आइतबार...