logo

bar

सप्तरंग

श्रीमतीका लागि रिक्साचालक बने अक्षय

नयाँ पत्रिका , काठमाडौं, १२ चैत - बलिउड अभिनेता अक्षय कुमारलाई जब समय मिल्छ तब उनी परिवारसँग समय बिताउन रुचाउँछन् । उनी कहिले परिवारसँग फिल्म हेर्न जान्छन् त कहिले बच्चासँग घुम्न निस्किन्छन् । अहिले उनी श्रीमती ट्विंकल खन्नाका लागि रिक्सा ड्राइभर बनेका कारण चर्चामा छन् । ट्विंकल खन्नाले आफैँ इन्स्टाग्राममा त्यसको तस्बिर हालेकी हुन् । उनले बिहानै...

थापाको श्रीमती फकाउने गीत

कृष्ण कट्टेल, काठमाडाैँ, १२ चैत - मेरी सानु छिनछिनमै रिसाउँछिन् रिसमा पनि पिरती मिसाउँछिन् डाँडै बिसाउनी अरू बानी राम्रो छ मेरी सानुको एउटै बानी सुधार चाँडै रिसाउनी श्रीमती फकाउन गायक तथा सर्जक वसन्त थापाले यो गीत सिर्जना गरे । ख्यालठट्टामै अप्रत्यासित घटना घट्न पुग्छ । कमै महत्व दिएका विषय पनि कसैका लागि बढी महत्वका भइदिनसक्छन् ।...

सोनमको बिहे जेनेभामा

एजेन्सी , काठमाडाैँ, ११ चैत - अनुष्का शर्मापछि अहिलेकी चर्चित अभिनेत्री सोनम कपुरले बिहे गर्ने भएकी छन् । निकै मिल्ने साथी आनन्द आहुजाका साथ सोनमले ११ मेमा बिहे गर्ने पक्का भएको हो । सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा छन् । सञ्चारमाध्यमका अनुसार उनीहरूको विवाह ११ र १२ मेमा जेनेभामा हुनेछ । बिहेबारे सोनम कपुर मौन...

प्रभावशाली अनुष्का

एजेन्सी , काठमाडाैँ, ११ चैत - बलिउड अधिनेत्री अनुष्का शर्मा सामाजिक सञ्जालमा सबैभन्दा बढी समाचारमा छाइरहने प्रभावशाली स्टार भएको एक सर्वोक्षणले देखाएको छ । सबै भाषामा सबै मिडियामा आउने खबरलाई आधार मानेर संसारको अग्रणी टेक्नोलोजी कम्पनी ‘स्कोर ट्रेन्डस्’ ले सार्वजनिक गरेको रिपोर्टमा उनी अगाडि देखिएकी हुन् । आँकडाको आधार फेसबुक, ट्वीटर, १४ भाषामा भएको प्रिन्ट प्रकाशन,...

नेहालाई संस्कृति बिगारेको आरोप

नयाँ पत्रिका, काठमाडाैँ, ११ चैत - ट्रोलर्स (व्यंग्यकार)हरू प्रायः कुनै न कुनै सेलेब्रिटीलाई व्यंग गरिरहेका हुन्छन् । कतिपयले यसलाई ‘बचपना’ भन्दै वास्ता गर्दैनन् । कतिपयले त्यही विषयलाई निकै संवेदनशील रूपमा लिएर अनेक डरसमेत देखाउँछन् । पछिल्लो समय अभिनेत्री नेहा शर्मालाई पनि व्यंग्य गरिएको छ । हालै नेहाले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरलाई लिएर उनलाई व्यंग्य गरिएको...

नाइँ नभन्नू लको पाँचौँ सिक्वेल

नयाँ पत्रिका, काठमाडाैँ, ११ चैत -  ‘नाइँ नभन्नू ल ५’ को काठमाडौंको मैतीदेवी मन्दिरमा शनिबार शुभारम्भ पूजा गरिएको छ । नेपालमा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाइँ नभन्नू ल’ चैत १२ गतेबाट छायांकन हुनेछ । निर्देशक विकासराज आचार्यले निर्माण र निर्देशन गर्ने ‘नाइँ नभन्नू ल ५’मा अभिनेत्री प्रियंका कार्की र बालकलाकार अनुभव रेग्मीले निरन्तरता पाउनेछन् ।...

युएईमा कविता कन्सर्ट

लक्ष्मण खनाल, युएई, ११ चैत - छोेटो समयमा चर्चामा आएका कवि नवराज पराजुली युएईमा प्रस्तुत भएका छन् । कविता कन्सर्ट कार्यक्रममा उनी दुबईको पानारोमा ग्रान्ड होटेलको सभाहलमा प्रस्तुत भएका हुन् । वैदेशिक रोजगारीका लागि खाडीमा रहेका नेपालीको वास्तविकतालाई समेटेर लेखिएको कविता ‘सगरमाथाको गहिराइ’का स्रष्टा पराजुलीको यो खाडी मुलुककै पहिलो कविता कन्सर्ट हो । परालुलीले ‘सगरमाथाको गहिराई’,...

दरबार संरक्षणका लागि कविता

नयाँ पत्रिका, काठमाडाैँ, ११ चैत - धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा शनिबार फरक कार्यक्रमको आयोजना भयो । केही दिनअघि किरातजन्य प्रतिनिधि र प्रहरी प्रशासनबीच घम्साघम्सी भएको स्थानमा मुलुकमा नाम चलेका कविले कविता सुनाए । कविता सधैँभन्दा फरक थिए । झण्डै दुई दर्जन कविले कवितामा पहिचान खोजे, सांस्कृतिक सम्पदामाथिको अतिक्रमणविरुद्ध आक्रोश पोखे, विजयपुर दरबार संरक्षणका लागि स्थानीय...

फरक शैलीमा बाँचिरहेका बब मार्ली

नवीन प्यासी, काठमाडाैँ, ११ चैत - हरकोही कसै न कसैको फ्यान या अनुयायी हुन्छ । कोही खुलेर हुन्छ त कोही सुसुप्त रूपमा । हुन त मान्छे यस्तो प्राणी हो, जसलाई ईश्वर बन्न मन लाग्छ । उनीहरूको मनोविज्ञान त्यसैवरिपरि घुमिरहेको हुन्छ । सबैभन्दा ठूलो कुरा त मान्छे आफ्नो परिचयको लागि दौडिन्छ र दौडिँदादौडिँदै जीवनको रेस रोकिन्छ ।...

पिजे क्लबको अध्यक्षमा कार्कीको निरन्तरता

नयाँ पत्रिका , काठमाडौं, ११ चैत -  फोटो पत्रकारहरूको छाता संगठन ‘पिजे क्लब’ नेपालको अध्यक्षमा अन्नपूर्ण पोस्ट दैनिकका विकास कार्की दोस्रो कार्यकालका लागि चयन भएका छन् । शनिबार अनामनगरस्थित क्लबको कार्यालयमा सम्पन्न नवौँ साधारणसभाले उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका फोटो पत्रकार केशवराज थोकर, महासचिवमा कान्तिपुर पब्लिकेसनका फोटो...

अन्तरजातीय जोडीका पीडा

नयाँ पत्रिका, काठमाडाैँ - कोही परिवारबाट पीडित, कोही समाजबाटै बहिष्कृत भनिन्छ, प्रेम अन्धो हुन्छ । यसका अगाडि जात, वर्ग, धर्मलगायतका विषय गौण हुन् । हाम्रो कानुनले पनि प्रेम र अन्तरजातीय विवाहलाई स्वीकृति दिएको छ । तर, समाजले अन्तरजातिय विवाह गर्नेहरूमाथि अझै पनि विभेद गर्ने र यातना दिनेक्रम जारी नै छ । दैनिकजसो कोही न कोही यसको सिकार भइरहेका...

राष्ट्रसेवक जीवराजको सिर्जना मोह

शिवराज योगी, काठमाडौं, १० चैत - भलाकुसारीका लागि उनको कार्यकक्ष राज्य व्यवस्था समितिको सचिवायलमा पुग्दा उनी ‘आजै र राति के देखेँ सपना मै मरी गएको ...! गीतमा आफैँले तयार पारेको बाँसुरीको धुन मग्न मुद्रामा सुनिरहेका थिए । सम्भवतः मेरो प्रवेशले उनको एकाग्रता भंग भयो । ‘यो मैले बझाङ गएका वेला सेती नदी किनारमा बसेर तयार पारेको...

जसले ४७ सय शव स्वदेश फर्काए

नयाँ पत्रिका , काठमाडौं, १० चैत - शरीर स्वस्थ्य राख्ने उत्तम उपाय हो व्यायाम । अनि दिमागलाई सुचारु राख्ने माध्यम हो पढाइ । हृदयलाई निर्मल र विनम्र बनाइराख्न अरूलाई मद्दत गर्नुजस्तो उत्तम उपाए अरू के हुन सक्छ र ! निःस्वार्थ भावले गरिएको मद्दतले आन्तरिक सन्तुष्टि मात्रै होइन, अद्वितीय शान्ति प्राप्त हुन्छ, जुन अन्य काम वा कुनै रुचि...

नयाँ फिल्म ‘क्याप्टेन’ को तयारीमा अनमोल

नयाँ पत्रिका , काठमाडौं, १० चैत - अनमोल केसी यतिवेला नयाँ फिल्म ‘क्याप्टेन’ को तयारीमा जुटेका छन् । निर्माण पक्ष छायांकनको तयारीमा लागेको बुझिएको छ । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म भुवन केसीले निर्माण गर्न लागेका हुन् । भदौतिर प्रदर्शन गर्ने तयारीमा रहेको उक्त फिल्मलगत्तै अनमोल ‘कृ–२’ मा अनुबन्धित हुने बुझिएको छ । ‘कृ’ का निर्माता सुवास...

उपेन्द्र र सलोना कान्तिपुर आइडल

नयाँ पत्रिका , काठमाडौं, १० चैत - कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको कान्तिपुर आइडल खुला गायन तथा नृत्य प्रतियोगितामा उनीहरूले उपाधि चुमेका हुन् । गायनतर्फ फस्र्ट रनरअप समीर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल भए । नृत्यतर्फ फस्र्ट रनरअप आर्या सुवेदी र सेकेन्ड रनरअप गणेश...

महोत्सवमा १० नाटक देखाइँदै

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, १० चैत - पर्यटकीय नगरी पोखरामा राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको साताव्यापी नाटक महोत्सवमा विभिन्न जिल्लाका १० नाटक प्रदर्शन गरिनेछन् । पोखराको गैरापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारबाट सुरु भएको महोत्सवमा बिहीबार र शुक्रबार सरुभक्तको लेखन र अनुप बरालको निर्देशन रहेको ‘थाङ्ला’...

दुम्लाडाँडाको भिडन्त र सांसदको लोगो

कृष्ण कट्टेल, काठमाडाैँ, ९ चैत - ‘जोगिएर लड्नुहोला साथीहरू, लडाइँ बिग्रिन लागेको छ’ भन्दै घुँडाभन्दा मुनि छिन्नै लागेको आफ्नै गोडा जसोतसो सम्हाल्दै ‘कमरेड अनुभव’ युद्धभूमिबाट पछाडि सरे । मूल नसा मात्रै बाँकी रहेको उनको गोडा आखिरमा छिनिछाड्यो । ०६२ साल पुसको महिना । रोल्पाको दुम्लाडाँडाको मौसम चिसो थियो र पनि छिनछिनमा पारिलो घाम पनि लागेकै हो...

अनुष्का, आलिया र करिनाभन्दा लोकप्रिय क्याट्रिना

एजेन्सी , काठमाडाैँ, ९ चैत - बलिउड नायिका क्याट्रिना कैफ भारतमा मात्रै नभई भारतबाहिर पनि लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ । अनुष्का शर्मा, आलिया भट्ट, करिना कपुर र काजोलभन्दा लोकप्रियतामा उनी अघि छिन् । उनलाई देशभित्र मात्रै नभएर देश बाहिरका युवाहरूले पनि सपनाकी रानी मान्ने गरेको रिपोर्टले देखाएको हो । बलिउड र क्षेत्रीय फिल्मका लागि...

ऋचाले ल्याइन् सुनकेसरीको ट्रेलर

नयाँ पत्रिका, काठमाडाैँ, ९ चैत - अभिनेत्री ऋचा शर्माले निर्माण तथा अभिनय गरेको फिल्म ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।भूतप्रेतको कथावस्तुमा आधारित फिल्म हरर थिममा बनेको बताइएको छ । बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको फिल्मको ट्रेलर निकै डरलाग्दो रहेको छ । आफू हरर फिल्मको फ्यान भएको नेपालमा विदेशी हरर फिल्म हेर्ने युवापुस्ता निकै भएकाले त्यसैलाई मध्यनजर गर्दे...

किताबमा सञ्जय–माधुरीको प्रेम

एजेन्सी , काठमाडाैँ - सन १९९० ताका बलिउडमा सञ्जय दत्त र माधुरी दीक्षितको प्रेमबारे चर्चा भइरहन्थ्यो । पर्दामा हिट भए पनि यो जोडी वास्तविक जीवनमा भने सफल हुन सकेन । हालसालै यासिर अहमदले लेखेको सञ्जय दत्तको जीवनीमा आधरित किताब ‘सञ्जय दत्त : द क्रेजी अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाय’मा सञ्जय–माधुरीको सम्बन्धबारे चर्चा...

शत्रु ठूलो मित्रशक्ति हो : हरिवंश आचार्य

नयाँ पत्रिका, काठमाडाैँ, ९ चैत - साढे तीन दशकदेखि कलाकारितामा लागेका हास्यअभिनेता हरिवंश आचार्य फेरि शत्रु गते फिल्ममार्फत पर्दामा छाउने तयारीमा छन् । आचार्य मुख्य भूमिकामा अभिनीत लोभी पापी, फिलिम, तँ त साह्रै बिग्रिस् नि बद्री, जे भो राम्रै भो र हाँसिदेऊ एकफेरपछि शुक्रबार अर्थात् ९ चैतमा शत्रु गते दर्शकमाझ आएको छ । उनी झन्डै ९ वर्षयता...

लखपति माग्नेको सुटिङ सुरु

नयाँ पत्रिका, काठमाडाैँ, ९ चैत - सवनम मुखियाको निर्देशनमा बन्न लागको फिल्म ‘लखपति माग्ने’को छायांकन आरम्भ भएको छ । प्रकाश महर्जनले निर्माण गर्न लागेको फिल्मको सुटिङ काठमाडौंको पचली भैरवबाट सुरु गरिएको हो । फिल्ममा विष्णु अर्याल, कमलमणि नेपाल, अपेशा खड्का, नीरु खड्का, कुमार गजुरेल, सोनिका शाही, मोहन राई, चन्द्र थापालगायत कलाकारको अभिनय रहनेछ । सन्तोष श्रेष्ठ,...

ढुंगेलको खाली खुट्टे सार्वजनिक

नयाँ पत्रिका, काठमाडाैँ, ९ चैत - ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलद्वारा रचित ‘खाली खुट्टे’ एल्बम बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले सात गीत समेटिएको ‘खाली खुट्टे’ एल्बम विमोचन गरेका थिए । बालकृष्ण ढुंगेल परिवर्तनका लागि लडेकाले राजनीतिक मुद्दा लाग्नु अन्यथा नहुने व्याकुल माइलाले बताए...

युरोपेली शिष्टाचारको अनुसरण

नयाँ पत्रिका, काठमाडाैँ, ९ चैत - यो घटना त्यस वेलाको हो, जतिखेर भारतमा बेलायतको शासन थियो । त्यस समयमा पण्डित ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एकपटक उनले कुनै कामले प्रेसिडेन्सी कलेजका अंग्रेज आचार्य केरसँग भेट गर्न जानुपर्‍यो । केर त्यति वेला जुत्ता लगाएरै मेचमा खुट्टा फैलाएर बसिरहेका थिए । विद्यासागर त्यहाँ पुग्दा पनि उनी...

म डरपोक हुँ, कर बुझाउँछु : इलियाना डिक्रुज

नयाँ पत्रिका, काठमाडाैँ - अनुराग बसुको ‘बर्फी’, ‘रुस्तम’जस्ता सफल फिल्म खेलिसकेकी इलियाना डिक्रुजको अभिनय रहेको फिल्म ‘रेड’ प्रदर्शनमा छ । आम्दानी करका विषयमा बनाइएको रेडले उच्च कमाइ गरिरहेको छ । उनीसँग फिल्म रेडको वरिपरि रहेर गरिएको संवाद :   अजय देवगणसँग ‘बादशाहोँ’पछि ‘रेड’ गर्नुको कारण ? अजय देवगणसँग मेरो जोडी मिल्छ । मानिसहरूले पनि...

हजार वर्ष पुराना साक्षी

योगेश ढकाल/विष्णु शर्मा , काठमाडाैँ, ८ चैत - बाइसे/चौबिसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार बजारको बीच भागमा छ । अहिलेको दुल्लु बजार त्यसवेला सिंगो राज्यको केन्द्र थियो । त्यसैले त यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् । हुन त, द्वन्द्वकालसम्म यो दरबारको संरक्षणमा सरकारले सुरक्षाकर्मी नै खटाएको थियो । सायद, अहिले त्यसको...

नेपालमा असीमित सम्भावना छन् : सोफिया

नयाँ पत्रिका, काठमाडाैँ, ८ चैत - स्त्री रूपधारी सोफिया रोबोट बुधबार काठमाडौंमा देखिइन् । नेपाल सरकार र युएनडिपीको आयोजनामा बुधबार काठमाडौंको याक एन्ड यती होटेलमा उनलाई प्रस्तुत गरिएको हो । साउदी अरबको नागरिकताप्राप्त सोफियालाई कार्यक्रममा छोटो मन्तव्य राख्न लगाइएको थियो । कार्यक्रम आयोजकमध्ये संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल संयोजक रोनार्ड मायर र सोफियाबीच सवाल–जवाफ भएको थियो...

फान अवार्डका मनोनयन सार्वजनिक

नयाँ पत्रिका, काठमाडौ, ८ चैत - दोस्रो फान अवार्ड २०७३ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको अवार्ड चैत १६ गते वितरण हुनेछ । २०७३ सालमा रिलिज भएका चलचित्रमध्ये ‘छक्का पञ्जा’ २० वटा विधामा मनोनयनमा परेको छ...

करोडले हेरे माछीले खाने खोलीको लेउ

नयाँ पत्रिका, काठमाडौ, ८ चैत -  सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युज पाएको छ । नायिका प्रियंका कार्की, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतले करोड भ्युज पाएकोमा बुधबार राजधानीमा केक काटिएको छ ।   महिना दिनअघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाइक र ३५...

प्रेमपूर्णको सम्झनामा मैले चिनेको स्मृतिग्रन्थ

नयाँ पत्रिका, काठमाडाैँ, ८ चैत - ‘जिँ म्हस्युम्ह’ अर्थात् ‘मैले चिनेको’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । समाजसेवी प्रेमपूर्ण कर्माचार्यको सम्झनामा प्रेमपूर्ण सानुमैया असहाय सेवा कोषले तयार पारेको स्मृतिग्रन्थ बुधबार लोकार्पण गरिएको हो । प्रमुख अतिथि तथा अखिल नेपाल भिक्षु महासंघका संघउपनायक ज्ञानपूर्णिक महास्थवीरले ग्रन्थ लोकार्पण गरेका हुन् । लोकार्पित ग्रन्थमा सत्यमोहन जोशी, कवि दुर्गालाल श्रेष्ठ, शिक्षाविद्...

दोषी बच्चा कि बाबुआमा ?

नयाँ पत्रिका, काठमाडाैँ - कुनै वेला महात्मा गान्धी चम्पारणमा पुगेका थिए । एक दिन उनी बिहानै आफ्नो कुटीबाहिर बसेर चर्खा कातिरहेका थिए । यो उनको जहाँ पुगे पनि चलिरहने दैनिकी थियो । त्यतिखेर उनी बसेको स्थाननजिकै दुई बच्चा आपसमा खेलिरहेका थिए । मिलेरै खेलिरहेका ती दुवै बालक एकैछिनमा आपसमा चर्काचर्की गर्दै झगडा गर्न थाले...

उमा बादी : सपनाभन्दा दूरको यात्रा

बच्चु विक/ नयाँ पत्रिका , काठमाडौं, ७ चैत - सपना नदेख्ने सायदै हुन्छन् । र, देखेका जति सबै सपनालाई यथार्थमा बदल्न सक्ने अझ विरलै हुन्छन् । कतिपय यस्ता पनि हुन्छन्, जो सपनाभन्दा परको यात्रा तय गर्छन् । त्यो यात्रामा बटुल्ने अनुभव, अनुभुति र मुटुको धड्कन कस्तो हुन्छ होला ? नापजाँच गरियो भने त्यसले जन्माउने खुसीको संसार कत्रो होला ?...