logo

bar

सप्तरंग

हर्टल्यान्ड मन्टेस्वरीले मनायो अभिभावक दिवस

नयाँ पत्रिका, काठमाडाैँ, २७ चैत - शंखमूलस्थित हर्टल्यान्ड मन्टेस्वरी प्रि–स्कुलले अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसका अवसरमा बालबालिकाले गीत, नृत्यलगायत प्रस्तुत गरेका थिए । प्रि–स्कुलकी प्रिन्सिपल निलम वरुणले प्रि–स्कुल साना बालबालिकाका लागि व्यावहारिक भएको बताइन् । ‘प्रि स्कुल अनौपचारिक विद्यालयबाट औपचारिक विद्यालयतर्फ लैजाने सुरुवाती रेखा हो,’ प्रिन्सिपल वरुणले भनिन्, ‘जसबाट बालबालिकाले भविष्यको रेखा कोर्नेछन् ।’...

अजय देवगणबारे २० तथ्य

एजेन्सी , २६ चैत - बलिउडमा अभिनेता अजय देवगणको आफ्नै स्थान छ । अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय उनी एक्सन, लभ तथा कमेडी जुनसुकै विधामा पनि उत्तिकै फिट छन् । अप्रिल २ मा ४९ वर्ष पुगेका उनै अजयबारे भारतीय अनलाइनले विविध रोचक तथ्य प्रस्तुत गरेका छन् । १. अजयलाई घरमा राजु भनेर...

पोखरामा मुक्तक महोत्सव

रोहितराज पराजुली, कास्की, २६ चैत - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति सरुभक्तलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार २०७४’ प्रदान गरिएको छ । पोखरामा आयोजित तीनदिने मुक्तक महोत्सवको समापनका क्रममा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । पर्यटकीय नगरी पोखरामा तीन दिन चलेको मुक्तक महोत्सव सम्पन्न भएको छ । पोखरालाई मुक्तक सहरका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको...

रोल्पाकी हली संसद्की सभामुख

कृष्ण कट्टेल, काठमाडाैँ, २६ चैत - जोत्दै गरेको हलोको अनौबाट एकैछिन हात हटाइन् । हलोले उप्काएको माटोको डल्ला समातिन् । त्यही डल्लैडल्लाले हानिन्, आफूलाई ‘राक्षसनी’ भनेर थुक्नेहरूलाई । ‘महिलाले हलो जोत्नुहुन्न’ भन्ने समाजसँग उनले काँचो उमेरमै विद्रोह गरिन् । भर्खर किशोरी वयमा पाइला टेकेकी थिइन्, उनले । समयसँगै आँट बटुलिँदै गयो । उमेरले डो-याएर तरुण अवस्थामा...

२.० मा ऐश्वर्या

एजेन्सी , काठमाडाैँ, २५ चैत - अक्षयकुमार र ऐश्वर्या राय बच्चन लामो समयदेखि एकसाथ देखिएका छैनन् । उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम गरेका छैनन् । तर, उनीहरूका फ्यानका लागि खुसीको खबर छ । भारतीय मिडियाका अनुसार अक्षयकुमार र रजनीकान्तको फिल्म २.० मा ऐश्वर्या पनि देखिनेछिन् । उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने...

सलमान धरौटीमा रिहा

एजेन्सी , काठमाडाैँ, २५ चैत - अभिनेता सलमान खानलाई शनिबार जोधपुर अदालतले जमानतमा रिहा गरेको छ । उनी ५० हजार भारतीय रुपैयाँ जमानत तिरेर जेलबाट रिहा भएका हुन् । जेलबाट रिहा भएपछि सलमान निजी विमानबाट मुम्बई फर्किएका छन् । सलमान खानलाई यसपटक जोधपुर सेन्ट्रल जेलमा दुई रात बिताउनुपरेको थियो । करिब २० वर्ष पुरानो हरिण सिकार...

पाँच साहित्यकार सम्मानित

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार पाँचजना साहित्यकारलाई सम्मान गरेको छ । कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन एवं काव्य गोष्ठी गरिएको थियो । गोष्ठीमा एक दर्जनभन्दा बढी सर्जकले रचना वाचन गरेका थिए । सो कार्यक्रममा चार विधामा पाँचजना स्रष्टालाई सम्मान गरिएको छ । कालिगण्डकी साहित्य कला पुरस्कार २०७४ साहित्यिक पत्रकार नवराज रिजाल,...

बागी–२ मा टाइगरको रेकर्ड

एजेन्सी , काठमाडाैँ, २५ चैत - टाइगर श्राफको फिल्म ‘बागी–२’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । प्रदर्शन भएको तीन दिनमै लागत उठाइसकेको फिल्मको सफलताले टाइगरलाई यस्तो ठाउँमा पु-यायो कि बलिउडका दिग्गज कलाकारले पनि उनको प्रशंसा गरिरहेका छन् । फिल्मले ८ दिनमा १ सय १२ करोड रुपैयाँ भारुको आँकडा पार गरेको छ । टाइगरले ‘हिरोपन्थी’, ‘बागी’, ‘मुन्ना...

कार्टुन्ज क्रुको रेलीमाई

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ले अभिनय गरेको नयाँ गीत ‘रेलीमाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकारीको निर्देशनमा बनेको भिडियोलाई सरोजका साथ सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका...

दिवाकरको तिर्खाकी पानी

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - गायक दिवाकर शर्माले सांगीतिक यात्राको २५ वर्षपछि ‘तिर्खाकी पानी’ गीति एल्बम सार्वजनिक गरेका छन् । विसं २०४९ सालमा रडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर गीत गाउँदै आएका शर्माको एल्बममा तिर्खा कि पानी, रुँदै काखमा, मैले बसाइ सरेपछिलगायत पाँच गीत समेटिएका छन् । कमल क्षेत्री र गुरुदेव कामतजस्ता शास्त्रीय संगीतका अग्रजबाट...

ज्ञानुवाकर र अमला सम्मानित

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - गजलकार ज्ञानुवाकर पौडेललाई ‘नन्दकुमारी उप्रेती गजल सम्मान २०७४’ प्रदान गरिएको छ । साहित्य परिवार, मधुवन साहित्यिक प्रतिष्ठान र शब्दघर छापाखानाले आयोजना गरेको कार्यक्रममा पौडेलका साथै गजलकार अमला अधिकारीको ‘आरन’ गजल संग्रहलाई ‘योगराज उप्रेती गजल पुरस्कार २०७४ प्रदान गरिएको छ । सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा गजलरकार पौडेल र अधिकारीले आफ्ना...

लिम्बू भाषाका कलाकर्मी सम्मानित

लक्ष्मी काफ्ले, झापा, २५ चैत - लिम्बू भाषा तथा संस्कृतिमा बनेका चलचित्र तथा म्युजिक भिडियोको संयुक्त अवार्ड वितरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । लिम्बू चलचित्रबाट अवार्ड पाउनेहरूमा निर्देशक किशोर सुब्बा, नायक आशिष लिङ्देन, नायिका नेतिफुङ आङबुङ, गायक गोविन्द आङबुङ, गायिका मनु नेम्वाङ, संगीतमा यासेली योङहाङ, कथातर्फ सागर केरुङ, सम्पादनतर्फ पर्शुराम चौधरी र छाया­कनमा तिलक रिजाल...

धनादेवीले नबिर्सेको कालो बाकस

सरला कट्टेल, काठमाडाैँ, २५ चैत - सेवा मानिसका लागि सन्तुष्टिको आधार हो । जीवनमा कसैलाई सानो उपकार गर्नेहरू पनि निकै प्रफुल्ल हुने गर्छन् । अझ सारा जिन्दगी मानवीय सेवामै समर्पित गर्नेहरू त झन् कति आनन्दमा रमाउँछन् होला ! दुःखी, गरिब र बिरामीकै सेवामा सिंगो उमेर समर्पित गर्नेहरूको मनमा सन्तुष्टिको मीठो भाव कति भरिएको हुन्छ होला ?...

साउदीमा पुनः भित्रिँदै सिनेमा

एजेन्सी , काठमाडाैँ, २५ चैत - ३५ वर्षपछि साउदी अरबमा पहिलोपल्ट सिनेमा हलमा चलचित्र प्रदर्शन सुरु हुँदै छ । १८ अप्रिलमा यसको सुरुआत एक्सन चलचित्र ‘ब्ल्याक प्यान्थर’ को प्रदर्शनसँगै हुन गइरहेको छ । संसारकै सबैभन्दा ठूलो सिनेमा चेन एएमसीका साथ सम्पन्न करारका अनुसार आगामी पाँच वर्षभित्र साउदी अरबका १५ सहरमा ४० सिनेमा हल सञ्चालनमा आउनेछन् ।...

सलमान खान धरौटीमा रिहा, देश बाहिर जान बन्देज

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - बलिउड अभिनेता सलमान खान अन्ततः धरौटीमा रिहा हुने भएका छन् । जोधपुर सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर दुई रात बिताएका सलमानलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपी बिना अनुमति देशभन्दा बाहिर जान नपाउने अदालतको सर्तमा...

सुन्दरताको रहस्य : सोनम कपुर

एजेन्सी , काठमाडाैँ, २४ चैत - सोनम कपुर बलिउडकी स्टाइलिस हिरोइन हुन् । बाहिरी सुन्दरतासँगै उनी आफ्नो स्वास्थ्यलाई लिएर पनि उत्तिकै सजग छिन् । स्वस्थ्य खानपान र जीवनशैलीले उनको आवरणलाई सुन्दर देखाएको छ ।                                            ...

को–को थिए दिशाका प्रेमी

एजेन्सी , काठमाडाैँ, २४ चैत - ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी दिशा पटानीको यात्रा ‘बागी–२’ सम्म आइपुगेको छ । पछिल्लो समय चर्चित युवा अभिनेता टाइगर श्राफकी प्रेमिकाका रूपमा समेत चर्चामा रहेकी छिन् । उनी टाइगरभन्दा पहिले एकजना ‘गे’सँग प्रेममा थिइन् । यो कुरा हालै बाहिरिएको हो । थोरैलाई मात्र थाहा छ कि दिशाको पहिलेको ब्वाइफ्रेन्ड...

सेलेब्रिटीका अनौठा बानी

एजेन्सी , काठमाडाैँ, २४ चैत - बलिउडका केही सेलेब्रिटी निकै खराब बानीको सिकार छन् । युवा पुस्ताका मात्रै होइन, वृद्धावस्थाका सेलेब्रिटीमा समेत खराब बानी छ, जुन सुन्दासमेत अचम्म लाग्छ । भारतीय अनलाइन मिडियाले उल्लेख गरेअनुसार ७६ वर्षीय अभिनेता जितेन्द्र कपुरको ट्वाइलेटमा फलफूल खाने निकै घिनलाग्दो बानी छ । जितेन्द्र आफ्नो घरको ट्वाइलेट पसेपछि भित्र गएर मेवालगायत...

क्वान्टिको–३ मा यस्ती प्रियंका

एजेन्सी , काठमाडाैँ, २४ चैत - भारतीय अभिनेत्री प्रियंका चोपडाको अमेरिकी टिभी सो ‘क्वान्टिको’को तेस्रो सिजन चाँडै सुरु हुँदै छ । जसमा उनीनयाँ अवतारमा देखिने बताइन्छ। नयाँ सोको हालैएउटा भिडियो सार्वजनिक गरिएको छ । अमेरिकाकोे फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) सँग जोडिएको कथामा बनेको क्वान्टिकोको पहिलो र दोस्रो सिजन दर्शकले मन पराएका थिए । जसमा प्रियंकाले...

विज्ञापनमा मानुषी

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - मिस वल्र्ड विजेता मानुषी छिल्लर हालै एउटा विज्ञापनमा अनुबन्धित भएकी छिन् । हरियाणाकी मानुषीले गहना निर्माता समूह मालाबर गोल्ड एन्ड डायमन्डको विज्ञापनकालागि हस्ताक्षर गरेकी हुन् । सात वर्षपछि विश्व सुन्दरीको टाइटल भारत भित्र्याएकी मानुषीले कम्पनीको विश्वव्यापी अभियान र सहयोग अभियानको प्रतिनिधित्व गर्नेछिन् । उनले आफूलाई भारतीय हुनुमा गर्व लागेको बताउँदै...

मलाई आत्मप्रचार ठीक लाग्दैन

नवीन प्यासी, काठमाडाैँ, २४ चैत - विगत तीन दशकदेखि सिक्किममा बसेर साहित्य सिर्जना गरिरहेका कवि बिरु बाङ्देल शुक्रबार राजधानीमा जसराज किराती साहित्य पुरस्कारबाट सम्मानित भए । हालसम्म ‘हाट मानेभञ्ज्याङको’ र ‘कसाईको बस्तीमा’ कवितासंग्रह प्रकाशन गरिसकेका बाङ्देलको ‘सूर्यअघि उभिएको छाया’ प्रकाशोन्मुख छ । बिरुअघि मनु मञ्जिल र श्रवण मुकारुङ जसराज किराती साहित्य पुरस्कारबाट सम्मानित भइसकेका छन् ।...

एक्सपर्टमा आज अस्ट्रेलियन एजुकेसन फेयर

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - राजधानीमा अस्ट्रेलियन एजुकेसन फेयर आयोजना गरिने भएको छ । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले शनिबार आफ्नै कार्यालय पुतलीसडकमा आयोजना गर्ने फेयरमा अस्ट्रेलियाका नौवटा कलेज तथा विश्वविद्यालय सहभागी हुनेछन् । फेयरमा अस्ट्रेलियाको किङ्स ओन इन्स्टिच्युट, टप एजुकेसन, केन्ट इन्स्टिच्युट, सिएसयू स्टडी ग्रुप, एजुकेसन सेन्टर अफ अस्ट्रेलिया, एक्सेलसिया कलेज, मेलवर्न इन्स्टिच्युट अफ...

प्रेरक प्रसंग : स्वाभिमानी कलाम

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै आफ्नो पदको लाभ उठाएनन् । राष्ट्रपति कार्यालयमा आएका आफ्ना निजी पाहुनाहरूको सत्कार गर्ने क्रममा उठेको बिल उनी राज्यकोषबाट नभएर आफ्नै व्यक्तिगत खर्चबाट तिर्ने गर्थे । कतैबाट सम्मानित हुनुअघि उनी धेरैपटक विचार गर्थे । कतै सम्मान दिनेहरूले कुनै लाभ त लिन खोजेका छैनन् । राष्ट्रपतिको कार्यकाल...

जसले डिपिएललाई ब्रान्ड बनाए

प्रकाश कँडेल, काठमाडाैँ, २४ चैत - विश्वमै चर्चित रहेको क्रिकेट खेललाई धनगढीका सुवास शाहीले अलि फरक शैलीबाट सोचे । अल्लारे उमेरमै उनले गरेको परिकल्पना आज प्रशंसनीय बन्दै गएको छ । उनकै पहलमा धनगढी प्रिमियर लिग (डिपिएल) ले आफ्नो बेग्लै ब्रान्ड बनाएको छ । लामो संघर्षपछि डिपिएलले अहिले जुन उचाइ लिएको छ, त्यसको मुख्य सूत्रधार ३३ वर्षीय...

कविता : आदिम खोला

चेतन डर, काठमाडाैँ, २४ चैत - जतिवेला कृषकको गुनासो बगरसँग, खोलासँग थिएछ यतिवेला गुनासो वर्षामा उर्लिने बाढीसँग छ पहिरोसँग छ । यही बर्खाले यही बाढीले त्यही जमिनलाई खोला बनायो त्यही कृषकलाई किनार लगायो हिउँद नलाग्दै सुकिजाने बगर बनायो बनाउने क्रममा किनारै–किनार बनायो बगरै–बगर बनायो साँघुरो पालका बस्ती बनायो ऐलानी जग्गाकै व्यपार दिन–प्रतिदिन बढायो र पनि कृषक...

अमेरिकामा भौँतारिँदै नेपाली लेखक

प्रकाश गुरागाईं, काठमाडाैँ, २३ चैत - राजवलाई डिभी पर्‍यो ! ०५९ साल हिउँदको कुनै साँझ न्युरोडको पीपलबोटमा भेला भएका साहित्यकारमाझ चर्चाको तातो विषय बन्यो । त्यतिवेला राजव औँलामा गनिने साहित्यकारमध्येमा परिसकेका थिए । अर्थात्, चल्तापुर्जा । उनका उपन्यास, कथा र कविताका झन्डै दर्जन कृति प्रकाशित थिए । राजव राष्ट्रिय वाणिज्य बैंकको जागिरे थिए । विशालबजार शाखामा...

कालो हरिण काण्ड, सलमानलाई पाँच वर्ष जेल

एजेन्सी , काठमाडाैँ, २३ चैत - बलिउड स्टार सलमान खान कालो हरिण काण्डमा दोषी साबित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । अदालतले उनलाई वाइल्ड लाइफ प्रोटेक्सन एक्टअनुसार सजाय सुनाउँदै १० हजार जरिबाना पनि तोकेको छ । दोषी साबित भएपछि सलमानलाई बिहीबार नै जोधपुर जेल पठाइएको छ । यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा...

बलिउडमा गुमनाम पहिलो पाइला

एजेन्सी , काठमाडाैँ, २३ चैत - सञ्जय दत्त, आलिया भट्ट, अजय देवगण र करण जौहरजस्ता बलिउड सुपरस्टारबारे सबैलाई थाहा छ । उनीहरूलाई मनपर्नेदेखि मन नपर्ने कुराबारे पनि धेरथोर चर्चा हुने गर्छ । तर, यी कलाकारको पहिलो फिल्मबारे थाहा नहुन सक्छ । बलिउडमा पाइला राख्न त्यति सहज छैन । कि त आफन्त या खानदान त्यस क्षेत्रमा हुुनुपर्छ...

जापानमा शत्रु गते

नयाँ पत्रिका, काठमाडाैँ, २३ चैत - देशमा उत्साहजनक व्यापार गरिरहेकोे फिल्म शत्रु गते जापानमा देखाइने भएको छ । अप्रिल ८ तारिखका दिन जापानको टोकियोस्थित नाकानो जिरो हलमा फिल्म प्रदर्शन हुँदै छ । फिल्मको प्रिमियरका लागि नायक पल शाह जापान जाने भएका छन् । उनलाई नेपालस्थित जापानी दूतावासले जापान जाने अनुमति दिइसकेको बुझिएको छ । ए–वान इन्टरटेन्मेन्टको...

ब्रान्ड बन्दै नाइटिंगेल

नयाँ पत्रिका, काठमाडाैँ, २३ चैत - प्रसिद्ध स्वास्थ्य परिचारिका तथा समाजसेवी फ्लोरेन्स नाइटिंगेलको ‘श्रम गरौँ र सम्मानित होऔँ’ भन्ने मान्यताबाट प्रभावित भएर विसं २०४९ सालमा स्थापित नाइटिंगेल स्कुल धेरैको रोजाइ बन्दै गएको छ । स्वर्णिम २५ वर्षमा आइपुग्दा यो संस्था नेपालभरिमै शिक्षा क्षेत्रको ‘ब्रान्ड’ बन्दै गएको छ । परिश्रम, अठोट, लगनशीलता र आत्मविश्वासका साथ अभिभावक र शुभचिन्तकको...

अपडेट: सलमान खान दोषी ठहर, ५ वर्षको जेल सजाय

नयाँ पत्रिका, काठमाडाैँ, २२ चैत - बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको छ । बीबीसी हिन्दीले उल्लेख गरे अनुसार सलमानलाई हरिणको सिकार मुद्दामा दोषी ठहर गर्दै अदालतले पाँच वर्षको जेल सजाय सुनाएको हो । यद्यपी सलमानका वकिल हस्तीमल सारस्वतले ३ वर्षभन्दा कमको जेल सजाय माग...

कालो हरिण सिकारको मुद्दामा सलमान खान दोषी ठहर

नयाँ पत्रिका, काठमाडाैँ, २२ चैत - बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको एउटा अदालतले दोषी ठहर गरेको छ । फिल्म 'हम साथ साथ हेँ' को छायांकनको क्रममा सन् १९९८ मा जोधपुरको ग्रामीण भेगमा कालो हरिण सिकार गरेको आरोपमा सलमान खानसहित पाँच जना कलाकारमाथि मुद्दा दर्ता भएको थियो । सलमानसँगै अभिनेता सैफ अली खान,...