logo

bar

सप्तरंग

३५ वर्षमुनिका विश्व अर्बपति

नयाँ पत्रिका काठमाडाैं विश्वमा नगन्य भाग्यमानी हुन्छन्, जो सानै उमेरमा सफलताको सिँढी चढ्न सक्छन् र अथाह सम्पत्ति आर्जन गर्छन् । कसैले पैतृक सम्पत्तिको सहारामा सफलताको पाइला चाल्न सकेका हुन्छन् त कोहीले केवल आफ्नै बलबुतामा । युवा उमेरमै अर्बौं डलर सम्पत्तिको मालिक बनेका विश्वका सीमित व्यक्तिमध्ये नौ अनुहार यस्ता छन् : मार्क जुकरबर्ग इन्टरनेटउद्यमी...

१२ करोडको सेटमा खिचिँदै केदारनाथ

नयाँ पत्रिका काठमाडौं, २० मंसिर अभिनेता सैफअली खानकी छोरी सारा अलि खानको डेब्यु फिल्म ‘केदारनाथ’को पहिलो सुटिङ सेड्युल पूरा भएको छ । फिल्ममा साराका साथमा सुशान्तसिंह राजपुत मूख्य भूमिकामा छन् । केदारनाथ फिल्मको अब मुम्बई फिल्म सिटीमा झन्डै १२ करोड रुपैयाँ खर्चिएर एउटा भव्य सेट लगाएर खिच्ने तयारी गरिएको छ । सो सेटमा केदारनाथ मन्दिर...

महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन्

वरिष्ठ साहित्यकार श्यामदास वैष्णव ९४ वर्षमा यात्रारत छन् । उनका ‘रातको आँसु’, ‘पत्कर’, ‘अन्तरध्वनि’, ‘उपहार’लगायत आधा दर्जनभन्दा बढी कवितासंग्रह प्रकाशित छन् । रेडियो नेपालदेखि नेपाल प्रज्ञाप्रतिष्ठान हुँदै नेपाल टेलिभिजनमा समेत रहेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका वैष्णवले लघुनाटक तथा गीतिकवितासमेत लेखेका छन् । वैष्णवले युवावस्थामा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग राम्रै...

अभिनेता–अभिनेत्री एक्सनमा को कस्तो ?

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर राजेन्द्र खड्गी नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेका द्वन्द्व निर्देशक हुन् । ०४० मा ‘विश्वास’ चलचित्रबाट फिल्मी करिअर सुरु गरेका खड्गीले पाँच सयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन र अभिनय गरका छन् । फिल्मी क्षेत्रमा ३५ वर्ष लामो संघर्षमा उनले थुप्रै कलाकारसँग काम गरे । थुप्रै अभिनेता–अभिनेत्रीको द्वन्द्व अभिनयमा...

१७ वर्षपछि अनिल र माधुरी सँगै

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर एक समयको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित १७ वर्षपछि एकपटक फेरि सँगै अभिनय गर्दै छन् । उनीहरूलाई निर्देशक इन्दर कुमारले ‘टोटल धमाल’ नामक फिल्ममा अभिनय गराउन लागेका हुन् । पछिल्लोपटक अनिल र माधुरी सन् २०००मा ‘पुकार’ फिल्ममा सँगै देखिएका थिए । त्यसअघि उनीहरूले ‘बेटा’, ‘परिन्दा’, ‘तेजाब’ र ‘राम...

नेपोलियनको टुथब्रस

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर हामी सबै टुथब्रस प्रयोग गर्छौं । तर, एउटा टुथब्रसको बारेमा कमैलाई थाहा होला, जसमा प्रयोग गर्ने व्यक्तिको नाम नै लेखिएको थियो । तस्बिरमा देखिएको टुथब्रस फ्रान्सका शासक नेपोलियन बोनापार्टको हो । नेपोलियनका लागि सिल्भर गिल्टको विशेष टुथब्रस बनाइएको थियो । सिल्भर गिल्टबाट बनेको सामान चाँदीको हुन्छ, तर सुनको जलप लगाइएको...

आर्ट काउन्सिलमा नेचर अनर्‍यापिङ कला प्रदर्शनी

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर नेपाल आर्ट काउन्सिल बबरमहलमा नेचर अनर्‍यापिङ कला प्रदर्शनी भइरहेको छ । गत शुक्रबारबाट सुरु भएको प्रदर्शनीमा नेपाल तथा नेपालबाहिरका चित्रकारहरूका चित्र राखिएको छ । देविना आर्टस् प्रमोसनको आयोजना र नेपाल इन्भेस्टमेन्ट बैंकको प्रायोजनमा सुरु भएको प्रदर्शनीमा ९० वटा चित्र राखिएका छन् । चित्रकला हेर्न दर्शकहरूको उपस्थिति उल्लेख्य रहेको र सकारात्मक...

७९ बर्षको उमेरमा शसी कपुरकाे निधन

एजेन्सी काठमाडाैं भारतीय चर्चित अभिनेता शसी कपुरको निधन भएको छ । ७९ बर्षीया शसीको सोमबार मुम्बईस्थित कोकिलाबेन अस्पतालमा सांझ ५ः२० मा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका शसीले छातीमा समस्या भएको बताएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । रोमान्टिक हिरोको छबि बनाएक शसीको जन्म सन् १९३८ मे १८ मा कोलकतामा...

उम्मेदवार छविलालको चुनावी दैनिकी

नयाँ पत्रिका काठमाडौं अहिले देश निर्वाचनको माहोलमा छ । यतिवेला निर्वाचनको गफ नहुने ठाउँ सायदै छ । दलहरू चुनावी प्रचार प्रसारमा खटिइरहेका छन् भने उम्मेदवारका दैनिकी पनि उस्तै व्यस्त छ । प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट छविलाल विश्वकर्मा प्रत्यक्षतर्फको चुनावी मैदानमा छन् । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वकृषिमन्त्री पनि...

प्रकाशजी तपाईंसँग समय नै रहेनछ

नयाँ पत्रिका मंसिर २ गते दिउँसो १२ बजेतिर प्रकाशजीलाई फोन गरेँ । फोन अफ थियो । तर, मैले त्यसमा फिक्री मानिनँ किनकि फोन सम्पर्क नहुनासाथ उहाँ फेसबुक मेसेन्जरमा सहजै भेटिनुहुन्थ्यो । प्रकाशजी हरपल अनलाइनमा उपलब्ध हुनुहुन्थ्यो । लगत्तै च्याटमा सम्पर्क गरेँ । मैले लेखेँ– यहाँ झापाको एउटा टेलिभिजनलाई क. प्रचण्डको अन्तर्वार्ताको टाइम...

याहुमा बढी खोजिए सनी र विनोद

नयाँ पत्रिका काठमाडौं, १७ मंसिर याहुबाट यो वर्ष बढी खोजिएका बलिउड सेलेब्रिटीमा सनी लियोन र विनोद खन्ना सबैभन्दा अगाडि छन् । सनी चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै खोजीको शीर्ष स्थानमा रहेकी छिन् । यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि उनी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा...

‘हिमालको काखमा’ उत्कृष्ट म्युजिक भिडियो

नयाँ पत्रिका युएईमा म्युजिकल अवार्ड - कृष्णकुमार गुरुङको ‘हिमालको काखमा’ बोलको गीतले युएईमा नेपाली म्युजिकल अवार्ड जितेको छ । गुरुङको शब्द र संगीत तथा राजेशपायल राईको स्वर रहेको गीतले उत्कृष्ट म्युजिक भिडियो अवार्ड जितेको हो । शुक्रबार युएईमा भएको दोस्रो नेपाली म्युजिकल अवार्डमा गीतको भिडियोका छायांकार प्रकाश गुरुङले उत्कृष्ट सिनेमाटोग्राफर अवार्ड जिते...

जब बमझैँ पड्कियो कोकाकोलाको बोतल

अस्ट्रेलियामा एक लाइभ टेलिभिजन सोमा कोकाकोलाको बोतल पड्किएर तीनजनाको हालत झन्डै खराब भएन । लाइभ टेलिकास्टका क्रममा एक साइन्स एक्सपर्टले कोकाकोलाको बोतल प्रयोग गरेर केही अनुसन्धान गरिरहेका थिए । तर, अनुसन्धानकै क्रममा बोतल पड्किँदा कार्यक्रम सञ्चालकसहित तीनजनाको ज्यान झन्डै खतरामा पर्‍यो । साइन्स एक्स्पर्ट ज्याकोब स्ट्रिकलिङले लिक्विड नाइट्रोजन भरेर नताशा...

पोखरा टु घान्द्रुक

गजेन्द्र चालिसे काठमाडौं, १७ मंसिर ‘हेर्दा राम्रो घान्द्रुके गाउँ छ बस्ने भए मायालु दिलमा ठाउँ छ’ गायक तिलक बम मल्लको यो गीत कति सुनेँ कति । अनि, घान्द्रुकलाई आँखामा सजाउने मन कति भयो कति । अवसर जुर्‍यो, अघिल्लो साता । पोखरासम्म पुग्नु कुनै नौलो यात्रा थिएन । काठमाडौंबाट निस्केको पहिलो रात पोखरामा शरीर बिसाउँदा पनि...

सन्दीप क्षेत्रले शिक्षकलाई ४५ मिनेट ट्वाइलेटमा थुने

महेश तिमल्सिना काठमाडाैं सन्दीप क्षेत्री नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि अरूलाई हँसाउने कला भएका उनी विद्यार्थी जीवनमा आफू निकै बदमास भएको बताउँछन् । वास्तवमा उनको विद्यार्थी जीवन कस्तो रह्यो त ? गज्जबका महेश तिमल्सिनालाई उनले सुनाएका छन् । पहिलो अक्षर लेख्न बुवाले सिकाउनुभयो मलाई पहिलो अक्षर लेख्न मेरो बुवाले...

‘मलाई राजा महेन्द्र मारेको आरोप लगाइयो !’

डा. मृगेन्द्रराज पाण्डे चर्चित डाक्टरमध्येका एक हुन् । मुटुरोग विशेषज्ञ डा. पाण्डे स्व. राजा महेन्द्रका निजी चिकित्सक थिए । राजा महेन्द्रकी आमा कान्ती राज्यलक्ष्मीदेवी शाहको उपचारमा संलग्न हुँदै गर्दा उनले पूरै राजपरिवारका सदस्यको उपचार गर्नुप¥यो । ०२८ सालमा राजा महेन्द्रको हृदयाघातका कारण मृत्यु भयो । त्यतिवेला राजपरिवारभित्रैबाट डा. पाण्डेलाई राजा...

जुही चावलाका ८ फ्लप फिल्म

एजेन्सी काठमाडौं, १५ मंसिर निर्देशक इन्द्रकुमारको कमेडी फिल्म ‘इश्क’ रिलिज भएको २० वर्ष पुगेको छ । सन् १९९७ मा बनेको सो फिल्ममा आमिर खान, जुही चावला, अजय देवगण र काजोल मुख्य भूमिकामा थिए । इश्क सुपरहिट भएको थियो । त्यो फिल्मबाट अभिनेत्री जुहीको चर्चा अझै चुलिएको थियो । बलिउडकी सुन्दरी अभिनेत्रीमा पर्ने जुहीले थुप्रै...

‘कुक’ प्रधानमन्त्री थेरेसा

एजेन्सी काठमाडौं, १५ मंसिर बेलायती प्रधानमन्त्री थेरेसा मेलाई विश्वले शक्तिशाली राजनीतिक महिलाको रूपमा चिनिन्छ । बेलायतकी दोस्रो महिला प्रधानमन्त्री मेको व्यक्तित्व राजनीतिबाहिर बेग्लै छ । फेसनमा उनको रोचक लगाव छ । प्रधानमन्त्री पदमा रहेकै कारण उनी आफ्नो फेसन प्रस्तुत गर्ने सवालमा कहिल्यै पछाडि हटिनन् । कपाल च्याप्ने काँटादेखि जुत्ताको डिजाइनसम्ममा उनको चासो रहन्छ ।...

फिल्म सम्पादनमा गौतमको दशक

नयाँ पत्रिका काठमाडौं, १५ मंसिर म्युजिक भिडियो निर्देशक बन्ने चाहनाले फिल्म क्षेत्रमा प्रवेश गरेका गौतमराज खड्का अन्ततः फिल्म सम्पादक बने । ०६४ सालमा अञ्जानमै फिल्म क्षेत्रप्रति आकर्षित भएका उनले बिस्तारै भिजुअल एडिटिङको महत्व र ज्ञान हासिल गरे । फिल्म क्षेत्रमै कार्यरत उत्तमकुमार खड्काको माध्यमबाट फिल्म सम्पादक विपीन मल्लकोमा पुगेका गौतमले सुरुको ६ महिना कम्प्युटर छुन...

सेलेब्रिटीलाई प्रश्न : मागी विवाह ठीक कि प्रेम विवाह ?

महेश तिमल्सिना करिश्मा मानन्धर, अभिनेत्री वास्तवमा भन्नुपर्दा मलाई प्रेमविवाह नै मनपर्छ । मेरो पनि पे्रमविवाह भएको हो । प्रेममा एक–अर्कालाई राम्रोसँग चिन्न पाइन्छ । एकले अर्काको कमीकमजोरी र राम्रो पक्षलाई पनि बुझ्ने मौका पाइन्छ । तर, मागकीविवाहमा भने कोही अपरिचित व्यक्तिसँग एक्कासि सम्बन्ध गाँस्नुपर्छ । साथै, मागीविवाहमा चाहिँ परिवार बढी जिम्मेवार हुन्छ...

म थाकेको छैन अभियान जारी छ : धीरज राई

बुद्ध वाज बर्न इन नेपाल भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले केही दिनअघि भगवान् गौतम बुद्धको जन्मबारे विवादास्पद अभिव्यक्ति दिए । उनले बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको दाबी पेस गरे । लामाको अभिव्यक्तिले आमनेपालीलाई उत्तेजित बनायो । सामाजिक सञ्जालमार्फत विरोध ओइरियो । नेपालमा जन्मिएका बुद्धबारे विश्वभर प्रचार गर्ने...

अन्तर्राष्ट्रिय बी–ब्वाई प्रतियोगितामा नेपाली युवा

नयाँ पत्रिका काठमाडौं, १४ मंसिर द सोल्मेट्ज क्रिउका प्रिन्स तुलाचन ‘कानेकी’ ताइवानमा हुने अन्तर्राष्ट्रिय बी–ब्वाई प्रतिस्पर्धामा सहभागी हुँदै छन् । ‘अन्डिसप्युटेड ताइपेई बी–ब्वाई सिटी २०१७ वल्र्ड’ फाइनलमा प्रतिस्पर्धा गर्न कानेकी नेपालको प्रतिनिधित्व गर्दै विश्वका उत्कृष्ट १५ युवाबीच प्रतिस्पर्धामा उत्रिनेछन् । उक्त प्रतियोगितामा जानका लागि कानेकीले काठमाडौंमा भएको ‘बी–ब्वाई सिटी २०१७’ एकल प्रतियोगितामा जितेका थिए ।...

सातै प्रदेशमा महादान मञ्चन

नयाँ पत्रिका काठमाडौं, १३ मंसिर निर्वाचन आयोगले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन तथा आरोहण गुरुकुलको सहकार्यमा तयार गरेको मतदाता शिक्षासम्बन्धी नाटक ‘महादान’ मंगलबार पनि देशका सातवटै प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिएको छ । नाटकले सर्वसाधरणमा मतदानसम्बन्धी यथेष्ट जानकारी दिइरहेको राष्ट्रिय नाचघरका प्रबन्ध निर्देशक राजेश थापाको दाबी छ । महादान मञ्चन गर्न देशभर २२ वटा नाट्य...

जो बने मोडलबाट हिरोइन

एजेन्सी काठमाडौं, १३ मंसिर मोडलिङ, फेसन सो तथा टेलिसिरियलबाट करिअर सुरु गरे तापनि अन्ततः हिरोइन बनेर बलिउडमा नाम चम्काएका युवती थुप्रै छन् । पूर्वविश्वसुन्दरी ऐश्वर्या राय, प्रियंका चोपडा, लारा दत्तालगायत थुप्रै सुन्दरी बलिउडमा क्रियाशील छन् । तीमध्ये कोही हिरोइनमा सफल छन् त कोही असफल साबित भइसकेका छन् । भारतीय अनलाइनले मोडल हुँदै हिरोइन बनेका...

निर्माण पूरा नभएका सलमानका दर्जन फिल्म

एजेन्सी काठमाडौं, १२ मंसिर बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म टाइगर जिन्दा है डिसेम्बर २२ मा प्रदर्शन हुँदै छ । सन् १९८९ मा बिबी हो तो ऐसीमा सहायक भूमिकाबाट डेब्यु गरेका सलमानले थुप्रै सुपरहिट फिल्म दिएका छन् । पछिल्लो एक दशकयता सलमानका अधिकांश फिल्म सुपरहिट भएको पाइन्छ । त्यसकारण सन् २०१२ को एक था...

चोरेको चामल किनिदिने साहुजी

सुरवीर पण्डित, कलाकार काठमाडौं, १२ मंसिर सानो छँदा : साथीभाइ मिलेर चलचित्र हेर्न सिनेमाघर खुबै गइन्थ्यो । सिनेमा हेर्ने रहर सानैदेखि औधी थियो मलाई । तर, पैसा कहाँ पाउनु ? पहिलो त घरमा थाहा दिएर सिनेमा हेर्न जानै पाइन्नथ्यो, दोस्रो पैसा हुन्नथ्यो । हामी तीन–चारजना साथीहरू मिलेर जुक्ति निकाल्थ्यौँ र सिनेमा हेर्ने बजेट जुटाउँथ्यौँ । चार–पाँच...

गीतामा के छ ? र धर्मग्रन्थका कथा सार्वजनिक

नयाँ पत्रिका काठमाडौं, १२ मंसिर प्यासिफिक पब्लिकेसनले आफ्नो छैटौँ वार्षिक अवसर पारेर ‘धर्मग्रन्थका कथा’ र ‘भागवत गीतामा के छ ?’ नामक दुई पुस्तक बजारमा ल्याएको छ । पुस्तकको सोमबार प्रज्ञा प्रतिष्ठानमा पूर्वउपराष्ट्रपति परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले संयुक्त रूपमा विमोचन गरे । पुस्तक विमोचनसँगै राजदूत मारिया टेरेसा, शिक्षासेवी उपेन्द्रराज शास्त्री कँडेल,...

ट्रम्पको साथमा सधैँ हुन्छ “सेनेटाइजर”

नयाँ पत्रिका काठमाडौं, १२ मंसिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा सधैँ हुने एउटा चिज हो, ‘ह्यान्ड सेनेटाइजर’ । उनी कुनै पनि हालतमा सेनेटाइजर साथमा राख्न भुल्दैनन् । खासमा ट्रम्पलाई कीटाणुदेखि निकै डर लाग्छ । त्यसैले त सेनेटाइजर बोकेकै हुन्छन् । हतारमा लिफ्टको बटन थिच्न पनि डराउँछन्, उनी । हातमा सेनेटाइजर प्रयोग गरेपछि मात्रै बटन थिच्छन्...

साथीहरुले “स्याङ्जामा कांग्रेस पाल्ने गोपालमान हो” भन्थे

रमेश सापकोटा काठमाडौं, १२ मंसिर कांग्रेस उपसभापति भइसकेका गोपालमान श्रेष्ठसँग पटक–पटक मन्त्री पद सम्हालेको अनुभव छ । अहिले उनी उपप्रधानमन्त्री तथा शिक्षामन्त्री छन् । प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका श्रेष्ठले नयाँ पत्रिकाका रमेश सापकोटासँग आफ्नो राजनीतिक यात्रा सुनाए : निबन्ध लेखेर पहिलो पुरस्कार स्याङ्जामा हुनेखाने परिवारमै जन्मिएँ । बाबु–आमा व्यापार...

सुटिङ स्पटमै निदाउँछन् सेलेब्रिटी

नयाँ पत्रिका काठमाडौं, ११ मंसिर बलिउडमा धेरै स्टारहरू दैनिक १५ घन्टासम्म लगातार काम गर्नै गर्दछन् । अलि चल्तीका कलाकारको त सुटिङको वेलामा खाने, आराम गर्ने तथा सुत्ने समय नै गडबड हुन्छ । कामको वेलामा डटेर काम गर्ने गरेका केही सेलेब्रिटीले आफू थाकेको, सुटिङ सेट या कारमै निदाएको, आराम गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका...

यस्तो पनि : बीच बाटोबाटै दुलही लापत्ता…

नयाँ पत्रिका काठमाडौं, ११ मंसिर मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो । बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए । तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन् । रातभरिको यात्राले गर्दा भुसुक्कै...

शिल्पीमा उदाए भानु

नयाँ पत्रिका काठमाडौं, ११ मंसिर मञ्चको बायाँतिर भानुभक्त र दायाँतिर घाँसीको सालिक छ । सालिकमा माल्यार्पण गर्नेको घुइँचो छ । तर, माल्यार्पण भानुको सालिकमा मात्र हुन्छ । घाँसीको सालिक उदास छ । न गलामा फूलको माला छ, न अनुहार फूलजस्तै हाँसेको छ । तर, एकाएक एकजना शुभेच्छुकको प्रवेश हुन्छ । उसले भानुलाई पनि र घाँसीलाई...

12