logo

bar

दृष्टिकोण

राजनीति गर, षड्यन्त्र होइन

नयाँ पत्रिका , काठमाडौं, १६ पुस - प्रतिनिधिसभा निर्वाचनका समयमा जनतामा एकप्रकारको उत्साह देखिएको थियो । पहिलो त देशमा राजनीतिक संक्रमणकाल अन्त्य होला र स्थायित्व आउला भन्नेमा मानिस आशावादी थिए । यस्तो स्थायित्वसँग सरकारको निरन्तरता मात्र गाँसिएको हुन्न, बरु नीतिगत स्थायित्वमार्फत आर्थिक विकास र वृद्धिको बाटो खुल्ला भन्ने पनि हुन्छ, जसका लागि निजी र सार्वजनिक दुवै क्षेत्रको...

कांग्रेसलाई फेरि उठाउने आधार

बद्री पाण्डे, काठमाडौं, १६ पुस - निर्वाचनमा हारको समीक्षा यसपटकको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन परिणाम कांग्रसका लागि सुखद रहेन । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्ष निर्वाचनतर्फ तेस्रो दलमा खुम्चिन पुग्यो भने समानुपातिक मत परिणामसमेत जोड्दा दोस्रो दलका रूपमा देखियो । पार्टीले व्यहोरेको यो हारको समीक्षा गर्दैगर्दा यसका बहुआयामिक कारण भेटिन सक्छन् ।...

निकासका लागि अध्यादेश

निर्मला क्षेत्री, - कांग्रेस नेतृत्वको सरकारले लामो समयदेखि अस्तव्यस्त भएको राजनीतिक अवस्थालाई सुधार्ने प्रयास गरेको छ । निर्वाचनमा अरू पक्ष बलियो भएको थाहा पाउँदापाउँदै पनि लोकतन्त्रको पक्षमा निर्वाचन गराएर सरकारले गरेको त्यागलाई सामान्य मान्न सकिन्न । सरकारले चाहे निर्वाचन हुने र नचाहे नहुने भएकाले यस्तो अप्ठ्यारो परिस्थितिमा पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर...

‘तीन तलाक’ विधेयकमाथि विरोध

, - एकभन्दा बढी विवाह गर्ने प्रथालाई गैरकानुनी गराइँदैन भने पुरुषले तलाक नदिईकनै पनि त्यही बाटो अपनाउनेछन् । त्यसैले बहुविवाहमाथि पनि कानुन बन्नुपर्छ । केन्द्र सरकारले एकपटकमा दिइने ‘तीन तलाक’लाई अपराध घोषित गर्नेसम्बन्धी विधेयक बिहीबार संसद्मा पेस गरेको छ । यसै वर्षको अगस्टमा सर्वोच्च अदालतले यस प्रथालाई गैरकानुनी घोषित गरेको थियो ।...

सत्यवतीबाट सिक

नयाँ पत्रिका, काठमाडौं, १४ पुस - यसै पनि नेपाल समस्याको थुप्रोमा बसेको देश जस्तो देखिन्छ । समाज जेजे अवयवले बनेको हुन्छ, त्यहाँ जताततै समस्याको चाङ मात्र देखिन्छ । यस्ता समस्या धेरैजसो चाहिँ सरोकारवाला निकाय या समुदाय आफैँले गर्नुपर्ने काम नगरेर या गलत ढंगले गरेर सिर्जिएका छन् । कतिपय चाहिँ समयको चापसँग तालमेल मिलाएर नहिँड्दा उब्जेका छन्...

निर्वाचन परिणामपछिको अलमल

मनीष सुमन, काठमाडौं, १४ पुस - भर्खरै नेपालमा प्रदेश सभा र संघीय संसद्को निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । यस निर्वाचनले नेपाललाई बेथिति नै बेथितिको मुलुकका रूपमा अथ्र्याउनेलाई कडा जवाफ दिएको छ । किनकि, हामीले अत्यन्त छोटो समयमै स्थानीय तहका वडादेखि प्रदेश र केन्द्रसम्मका निर्वाचन समावेशी, समानुपातिक ढंगले सम्पन्न गराएर दुनियाँलाई देखाइदिएका छौँ । यी...

हु इज टु बि ब्लेम्ड ?

झलक सुवेदी, काठमाडौं, १३ पुस - राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी र मानव विकास पहलले मिलेर नेपालमा बहुआयामिक गरिबीबारेको पछिल्लो अध्ययन सार्वजनिक गरेका छन् । प्रतिवेदनले नेपालमा बहुआयामिक गरिबी सबैभन्दा बढी प्रदेश नम्बर ६ मा र दोस्रो सबैभन्दा बढी अहिलेको प्रदेश नम्बर २ मा रहेको देखाएको छ । यससँगै नेपालको सामयिक बहसमा यी...

राष्ट्रपतिले अध्यादेश स्वीकृत किन नगर्ने ?

डा. डिला संग्रौला, काठमाडौं, १३ पुस - नेपाली कांग्रसले नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रिम मोर्चामा रहेर नेतृत्व गर्दै आएको छ । ००७ साल, ०३६ साल, ०४६ सालदेखि ०६२-६३ सालसम्म भएका प्रमुख आन्दोलनको अगुवाइ मात्र कांग्रेसले गरेन, १०४ वर्षीय राणाशासन, २४० वर्षको राजाहरूको शासनलाई परास्त गरेर गणतन्त्र स्थापना र पञ्चायती व्यस्थालाई परास्त गर्ने स्वर्णिम नेतृत्व पनि कांग्रेसले गर्ने सौभाग्य...

अफगानिस्तानमा चीनको चासो

नयाँ पत्रिका, काठमाडौं, १३ पुस - चीनले पाकिस्तानसितको अर्बौं डलरवाला इकोनोमिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म बढाउन आफूले चाहेको बताएको छ । चीनको भनाइ छ कि यसबाट यस क्षेत्रमा शान्ति बहाल गर्न सहयोग पुग्नेछ । तीन देशबीच बेइजिङमा सम्पन्न बैठकपछि चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका छन् कि इकोनोमिक करिडोरबाट समृद्धिको गति तीव्र हुन सक्छ । यी तीन...

आर्थिक अनुशासनहीनता

नयाँ पत्रिका, काठमाडौं, १३ पुस - मन्त्रिपरिषद्का सदस्यहरू नै मनपरी खर्च गरेर जानुअघि ढुकुटी निखार्न कम्मर कसेर लागिरहेका छन् । यो चरम अनुशासनहीनता दण्डनीय छ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरणको तयारी गरिरहेका छन् । समानुपातिकतर्फको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको दिनदेखि उनको दिनगन्ती सुरु हुनेछ । निर्वाचनमा बहुमत पाएको वाम गठबन्धनका नेता देउवालाई सत्ता छिटो...

काम गर्न बजेट कम छ : डा. कृष्ण पौडेल

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, १२ पुस - सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि गरेका डा. कृष्ण पौडेल बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हुन् । मध्यतराईको रणनीतिक बिन्दु मानिने यो उपमहानगरपालिकामा राष्ट्रिय गौरवका आयोजना, औद्योगिक करिडोर छन्, जसले देशकै आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । तराईको वीरगन्ज र भित्री मधेसको हेटौँडासँग जोडिएको जितपुर सिमरा उपमहानगर दक्षिण एसियाकै ट्रान्जिट...

कांग्रेसको हार र अबको बाटो

श्यामकुमार घिमिरे , काठमाडौं, १२ पुस - कांग्रेसको हार र अबको बाटो – सत्तरी वर्षभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टी कांग्रेस अहिले इतिहासमै सबैभन्दा संकटको घडीमा उभिएको छ । राणाशासनलाई ढालेर देशमा प्रजातन्त्रको बिउ रोप्ने, पञ्चायतलाई समाप्त पारेर प्रजातन्त्रको पुनस्र्थापना गर्ने, सशस्त्र द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा लगी देशमा शान्ति र अमनचैन स्थापना गर्ने,...

फौजदारी न्यायका सामान्य सिद्धान्त

महेश शर्मा पौडेल, काठमाडौं, १२ पुस - फौजदारी न्यायका सामान्य सिद्धान्तको व्यवस्था विभिन्न मुलुकका फौजदारी कसुरसँग सम्बन्धित कानुनमा विभिन्न नामले राखिएको पाइन्छ । कतिपय मुलुकमा यसलाई सामान्य अपवादका रूपमा राखिएको पाइन्छ । खासगरी भारतीय दण्डसंहिता र त्यस संहिताबाट प्रभावित मुलुकको अपराध संहितामा सामान्य अपवादका रूपमा राखेको पाइन्छ । [caption id="attachment_9724" align="alignnone" width="840"] महेश शर्मा पौडेल[/caption]   यसरी...

कस्मिरमा आइएसको बढ्दो च्यानल

नयाँ पत्रिका, काठमाडौं, ११ पुस - कथित इस्लामिक स्टेट (आइएस) ले कस्मिरमा आफ्नो पकड बढाउने कोसिस गरिरहेको संकेत प्राप्त भएका छन् । आइएससित सम्बन्धित केही अनलाइन एकाउन्टबाट कस्मिरमा मुजाहिद्दिनले बनाएका संगठनप्रति समर्पणको शपथ लिँदै गरेका केही भिडियो सेयर गरिएका थिए । १३ मिनेट ४६ सेकेन्डको एउटा भिडियो २५ डिसेम्बरमा आइएसको नासिर न्युज नेटवर्कका तर्फबाट म्यासेजिङ एप्लिकेसन...

विवादको सेरोफेरो

नयाँ पत्रिका, काठमाडौं, १२ पुस - परम्परागत सामाजिक आर्थिक तथा राजनीतिक मूल्य छाडेर नयाँ मूल्य अपनाउन अभ्यास थालेको नेपाल यतिवेला अनेक खालका विवादको घेरोमा परेको देखिन्छ । दैनिक समाचारहरू नियाल्दा पनि यसबारे थाहा हुन्छ । राजनीति त विवाद र फरक मतको अर्को नाम नै भइहाल्यो । यहाँ कुखुरा पहिला जन्म्यो कि अन्डा भन्ने विवादले समेत हाम्रा...

दि ट्रेजेडी अफ रामचन्द्र पौडेल

झलक सुवेदी, काठमाडौं, ६ पुस - (पहिले नै पाठकलाई प्रस्ट पारौँ, यो लेख रामचन्द्र पौडेलको राजनीतिक अबिच्युरीचाहिँ होइन । माधव नेपालले ०६४ को निर्वाचनमा दुई ठाउँमा पराजय व्यहोरे । लगत्तै पार्टी महासचिवबाट पनि राजीनामा गरेपछि उनको राजनीतिक अबिच्युरी लेखिएको थियो । तर, १५ महिना बित्दानबित्दा उनै माधव नेपाल चोरबाटोबाट देशका प्रधानमन्त्री नै भएर आए । त्यसपछि...

एमाले–माओवादी एकताका आधार

नहेन्द्र खड्का, काठमाडौं, ११ पुस - यतिवेला एमाले र माओवादी केन्द्र एकताको संघारमा उभिएका छन् । परन्तु सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न बहस तथा विवाद सतहमा देखिएका छन्, जसले एकातिर समग्र एकता प्रक्रियामै सन्देह पैदा गरेको छ भने नेपाली कम्युनिस्टलाई ‘फुटाऊ र राज गर’ भन्ने नीतिका आधारमा विभाजन गरेर सधैँभरि शासनसत्ता आफ्नो हातमा लिन पल्केको...

आगोसँग खेल्दै छ भारत ?

नयाँ पत्रिका , काठमाडौं, ११ पुस - आगोसँग खेल्दै छ भारत ? – ताइवान कार्ड खेल्दै गर्दा भारतीयले भुलिरहेका छन् कि उनीहरू स्वयं कैयौँ संवेदनशील मुद्दासित जुधिरहेका छन् । एक चीन नीतिको सीमा पार गरे पनि भारतीयले यसलाई वहन गर्न सक्दैनन् । यही १४ डिसेम्बरमा ताइवान र भारतबीच औद्योगिक सहयोगलाई लिएर एक एमओयुमा हस्ताक्षर भएको थियो ।...

समावेशी कोटा नघटाऊ

नयाँ पत्रिका , काठमाडौं, ११ पुस - समावेशी कोटा नघटाऊ – प्रतिनिधिसभामै महिलाको ३३ प्रतिशत सिट सुनिश्चित गर । जालझेल गरेर महिलाको प्रतिनिधित्व खुम्च्याउने काम नगर  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको परिणाम आएको दुई साता बितिसक्दा पनि नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसक्दा देशमा एकप्रकारको राजनीतिक अन्योल बढ्दै गएको महसुस गरिएको छ । सामान्यतया सत्तारुढ दलले...

अध्यादेशभित्रको राजनीतिक अन्तर्य

डा. भीमार्जुन आचार्य, काठमाडौँ, ११ पुस - पछिल्लो संवैधानिक संकटको प्रभाव – सरकारले दुई महिनाअघि राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश अझै जारी हुन सकेको छैन । यो अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किरहेको छ । यसरी अध्यादेश अड्किँदा देशमा केही संवैधानिक तथा राजनीतिक प्रभाव देखिन थालेका छन् । पहिलो– यसरी लामो समयसम्म अध्यादेश रोकिँदा भर्खरै सम्पन्न संघीय संसद् तथा...

अन्तर्वार्ता : घोषणापत्रको ५० प्रतिशत पूरा भए ठूलो उपलब्धि

नयाँ पत्रिका , काठमाडाैँ - अन्तर्वार्ता : घोषणापत्रको ५० प्रतिशत पूरा भए ठूलो उपलब्धि – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनमत आएको छ । मुलुकमा जनताले राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षा गरिरहेको सन्दर्भमा यो गठनबन्धनका पक्षमा निकै बलियो बहुमत आउनु निश्चय नै सकारात्मक हो । तर, समाजवादी अर्थव्यवस्थाका पक्षपाती वामपन्थीहरूको ठूलो विजयपछि...

एजेन्डा बुझाउन नसक्दाको परिणाम

दिलथान गिरी, - एजेन्डा बुझाउन नसक्दाको परिणाम : लोकतान्त्रिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हुन्छ । जित्नेले मात्तिनु र हार्नेले आत्तिनु हुँदैन । जनादेशलाई हामीले सम्मान गर्नुपर्छ । जित्नेले जनताको चाहना र भावना पूरा गर्नका निम्ति कार्यकालभरि भगीरथ प्रयत्न गर्नुपर्छ । हार्नेले पनि कहाँनेर कमी–कमजोरी भयो भन्ने समीक्षा गरेर आफ्नो गल्ती सच्याई अगाडि...

पुरातन कांग्रेस, आधुनिक चाहना

बद्री अर्याल, - पार्टीको खस्कँदो साख : कुनै समय यस्तो थियो, जुन वेला म कांग्रेस हुँ भन्दा बडो गौरव हुन्थ्यो । कंग्रेस भनेपछि सम्मान पनि उत्तिकै पाइन्थ्यो । भोट माग्न जाँदा मतदाता घरमा कांग्रेस आएकोमा खुसी मान्थे, देश विकास र जनताका आधारभूत आवश्यकताका लागि लड्ने पार्टीका कार्यकर्ताका रूपमा हेर्थे । कार्यकर्तालाई पनि नेताहरू...

सम्पादकीय : मन्त्रालय नथप

, - मन्त्रालयको संख्या कति राख्ने भन्नेबारे यसअघि भएका अध्ययनले केन्द्रमा जम्माजम्मी १५ वटा मन्त्रालय भए पुग्ने प्रतिवेदन दिएका छन् । विद्यमान प्रशासनिक ढाँचा र मन्त्रालयमार्फत गरिनुपर्ने नेतृत्वका सन्दर्भमा अहिलेसम्मका अभ्यासबाट समेत शिक्षा लिँदै यो संख्याको सीमा निर्धारण गरेर सिफारिस भएको हो । यसका पछाडि मुख्यतया मन्त्रीको संख्या थप्ने राजनीतिक स्वार्थका लागि...

देश परदेश : राष्ट्रसंघीय प्रतिबन्धको अर्थ

, - राष्ट्रसंघीय प्रतिबन्धको अर्थ- उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले ऊमाथि लगाएको पछिल्लो प्रतिबन्धलाई प्रत्यक्ष ‘युद्ध सुरु गर्ने व्यवहार’ भएको बताएको छ । सरकारी समाचार एजेन्सी केसिएनएले उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ– प्रतिबन्धको माध्यमबाट हाम्रो देशलाई आर्थिक रूपमा पूर्णतः ध्वस्त बनाउन कोसिस गरिँदै छ । समाचार एजेन्सीले भनेको छ कि सरकारको...

अध्यादेशमा सहमतिको बाटो

भरतमोहन अधिकारी , काठमाडौं, ९ पुस - भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धन विजयी भएको छ । यो असाधारण विजयका लागि वाम गठबन्धनका सबै नेता, कार्यकर्ता र आममतदाता पंक्ति बधाईका पात्र छन् । यस्तो सफलता हासिल हुनुमा गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

के छ अख्तियारको प्रतिवेदनमा ?

यादवप्रसाद कोइराला, काठमाडौं, ९ पुस - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षदिनभरि गरेका कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिज्यूसमक्ष २८ मंसिर ०७४ मा पेस गरेको छ । प्रतिवेदनमा वर्षदिनभरिका दण्डात्मक, प्रवद्र्धनात्मक कामकारबाहीका साथै सुझाबसमेत समेटिएका छन् । सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन रणनीतिक योजना तथा कार्यक्रमको सुझाबसमेत समेटी प्रतिवेदनमार्फत प्रस्तुत गरिएको छ । देशमा मौलाएको भ्रष्टाचार नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने नीतिगत,...

कर्नाटकमा सल्कँदो साम्प्रदायिक आगो

इमरान कुरेसी, - पछिल्ला दुई–तीन महिनामा हामी देखिरहेका छौँ कि कर्नाटकमा भइरहेका स–साना झगडाको आगोमा घिउ खन्याउने काम भइरहेको छ । अहिले अवस्था मुजफ्फरपुरनगरजस्तो त छैन, तर यो चिन्ताको विषय भने पक्कै हो । कर्नाटकमा पछिल्ला केही साताका केही घटना हिंसात्मक पनि थिए । यी घटनापछि कतै आगामी वर्ष हुने निर्वाचनभन्दा अघि कर्नाटकमा...

जता पनि ढिलाइ

नयाँ पत्रिका, काठमाडौं, ९ पुस - सरकारले राष्ट्रपतिसमक्ष कात्तिकमै राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पठायो, राष्ट्रपति कार्यालयबाट त्यसलाई जारी गर्न अझै ढिलाइ भइरहेको छ । निर्वाचन सकियो, नयाँ सरकार गठनमा ढिलाइ हुँदै छ । अदालतमा कुनै मुद्दा पर्छ, त्यसमा पनि ढिलाइ नै भइरहेको देखिन्छ । हाम्रो देशमा जता हे¥यो, त्यतै ढिलाइ नै ढिलाइ मात्र देखिन्छ । समयमै...

९९ वर्षीय राष्ट्रकविको समीक्षा : देशको भविष्य उज्ज्वल छ

पर्शुराम काफ्ले/कृष्ण कट्टेल, काठमाडौं, ९ पुस - ७ असोज १९७६ मा लमजुङको पुस्तुनमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरे ०७५ वैशाखदेखि (वर्षका आधारमा) जीवनको शताब्दीमा प्रवेश गर्नेछन् । ९९ वर्षको आखिरीमा घिमिरेले राजनीति, समाज, विश्व परिवेश र साहित्यलाई नजिकबाट नियालिरहेका छन् । उनी जन्मेयता विश्वले दोस्रो विश्ययुद्धदेखि शीतयुद्धको अन्त्य हुँदै उत्तरकोरियाको आणविक त्रासदीको अनुभव गरिरहेको छ । छिमेकी भारतसहित...

डोनाल्ड ट्रम्प भर्सेज मध्यपूर्वी शान्ति

दाउद कुत्ताब, - [caption id="attachment_8738" align="alignleft" width="300"] दाउद कुत्ताब[/caption] तीन साताको अवधिमा संयुक्त राज्य अमेरिका सरकारले प्यालेस्टेनी नागरिकलाई तीन मोर्चामा आक्रमण गरेको छ । पहिलोपटक अमेरिकाले प्यालेस्टाइनलाई यसै वर्षको नोभेम्बर १७ मा हमला गर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वासिङ्टनमा रहेको प्यालेस्टेनी स्वतन्त्र संगठनको कूटनीतिक कार्यालयलाई बन्द गर्ने घोषणा गर्‍यो । त्यसको...

प्रेरक प्रसंग : मृत्युपछिको खाली हात

नयाँ पत्रिका, काठमाडौं, ८ पुस - अलेक्जेन्डर महान्लाई धेरैले चिन्छन् । विश्वविजयी बन्ने उनको अभियान र उनको बहादुरीबारे अनेकौँ कथा लेखिएका छन् । सिनेमा बनेका छन् । इतिहासका पानामा उनका गाथा समेटिएका छन्। उनै अलेक्जेन्डरले जीवनको अन्तिम प्रहरमा पुगेपछि एक दिन आफ्ना परिवारका सदस्य र मन्त्रीहरूलाई सभामा बोलाएर भने, ‘मलाई थाहा छ, मान्छे जन्मेपछि मर्नैपर्छ ।...