logo

bar
logo
Advertisment
SKIP THIS

न्युज रूम

अझै केही दिन तापक्रम घट्ने, उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, २३ पुस - अझै केही दिन तापक्रम घट्दै जाने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले २–३ दिनसम्म तापक्रम घट्दै जाने अनुमान गरेको हो । कुहिरो र बाक्लो हुस्सुका कारण दुई दिनदेखि तराईमा घामसमेत नलागेको मौसमविद् वरुण पौडेलले बताए । ‘आइतबार पश्चिमी वायु हल्का चल्न सक्ने भएकाले पूर्वी...

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !

हेमन्त केसी, जाजरकोट - जाजरकोटमा एक सातादेखि फैलिएको प्रकोपबाट दुई सयभन्दा धेरै प्रभावित एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल...

संगीत र पत्रकारिता अक्षयकोष स्थापना गर्ने घोषणा

नयाँ पत्रिका , काठमाडौं, २३ पुस - ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले सचिव योगेश भट्टराईले जिल्लाका संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्न शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोष स्थापनाको घोषणा गरेका हुन् । उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका...

सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपिँदै, तलब–भत्तामै लाखौँ खर्च

निराजन पौडेल, काठमाडाैँ - तलब–भत्तामा लाखौँ खर्च, तीन वर्षमा अनुसन्धानविज्ञ नियुक्त हुन सकेनन् सरकाले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने तयारी गरेको छ । द्वन्द्वकालीन घटना र गम्भीर मानवअधिकार हनन घटनाका दोषीलाई कारबाही गर्न दुवै आयोग गठन गरिएका थिए । तीन वर्षअघि गठन गरिएका आयोगको म्याद यसअघि पनि एक...

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्‍याे : एमाले

शुरोजंग पाण्डे, काठमाडाैँ - एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति अख्तियार गरेलगत्तै एमालेको प्रतिक्रिया आएको हो । प्रदेशको अस्थायी राजधानी नतोकिँदा प्रदेश संसद् बैठक बस्ने भवनको तयारी, प्रमुखहरूको निवास, प्रदेश मन्त्रिपरिषद् कार्यालय, सांसदहरूको शपथलगायतका...

पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

उत्तम पोख्रेल/नयाँ पत्रिका, बेलबारी, २३ पुस - मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड...

जीवन शर्मासँग पुस्तक वार्ता : झोलामा पुस्तक बोकेरै हिँड्छु

नयाँ पत्रिका , काठमाडाैँ - मेरो जीवनशैली एकै ठाउँ बस्ने खालको छैन । घुमिरहनुपर्छ । कहिले महोत्सवमा बोलाउँछन् । देशविदेशतिरका कार्यक्रममा गीत गाउन पनि बोलाइरहन्छन् । त्यसकारण एकै ठाउँ बसेर पढ्ने भन्ने छैन । झोलामा एक–दुईवटा पुस्तक बोकेरै हिँड्छु । अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? अहिले स्टेफेन हकिङको अ ब्रिफ हिस्ट्री अफ टाइम भन्ने पुस्तक भर्खरै पढिसकेँ । पुस्तक छनोट कसरी...

अार्यघाटकाे कथा : ६ वर्ष अरूको किरिया बस्नेदेखि चार पूर्वप्रधानमन्त्रीको शव जलाउनेसम्म

नयाँ पत्रिका , - शब्द : महेश तिमल्सिना तस्बिर : कृष्ण पौड्याल ६ वर्ष अरूको किरिया बस्नेदेखि चार पूर्वप्रधानमन्त्रीको शव जलाउनेसम्मकाे कथा- घाट मानिसको अन्तिम गन्तव्य हो । उसको पार्थिव शरीरको अन्त्येष्टि त्यहीँ गरिन्छ । काठमाडौं उपत्यकामा अन्त्येष्टि गर्ने ठाउँमध्येको एक हो पशुपति आर्यघाट । जहाँ दिनहुँ दर्जनौँ मानिसको अन्त्येष्टि गरिन्छ । अरूको पार्थिव शरीर अन्त्येष्टि (शव दहन)...

रुपन्देहीका व्यवसायीले मागे सुरक्षाको ग्यारेन्टी

विष्णप्रसाद घिमिरे , बुटवल, २२ पुस - रुपन्देहीका उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । उज्ज्वल सःमिल उद्योग देवदहका संचालक युवा उद्यमी एवं समाजसेवी बसन्त पौडेल (बलु) माथि शुक्रवार भएको गोली प्रहार र विभत्स हत्याले व्यवसायी त्रसित बनेका हुन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार...

पाँच वर्ष वामपन्थी बाहेकको सरकार असम्भव : श्रेष्ठ

हरिराम उप्रेती, गाेरखा, २२ पुस - वामपन्थी गठबन्धनको बाहेक पाँच वर्ष नेपालमा कुनै पार्टीको सरकार बन्न नसक्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । वामपन्थी गठबन्धनले साझा घोषणापत्र लिएर चुनावमा गएकाले त्यहि अनुसार जनताले जनादेश दिएको श्रेष्ठको भनाई छ । गठबन्धन तोडेर सरकार बन्ने कुरा कल्पना सम्म गर्न नसकिने श्रेष्ठको भनाइ छ । उनले भने...

प्रविधिको विकाससँगै संकटमा पानीघट्ट

टोपलाल अर्याल, गुल्मी, २२ पुस - कुनै समय कुटानी पिसानीका लागि महत्वपूर्ण मानिएको पानीघट्ट प्रविधिको विकाससंगै संकटमा पर्दै जान थालेको छ । पानीको माध्यमद्वारा संचालन गरिने पानीघट्ट ओझेलमा परेपछि संचालक र उपभोक्ता दुवैलाई चिन्ता परेको छ । मकै, कोदो, जौ, गहुँ, फापर पिस्न प्रयोग गरिने पानीघट्ट दुर्लभ बन्दै गएको मालिका गाउँपालिका ८ का कृष्ण घिमिरेले बताए...

लमजुङमा कोदो खेतीप्रति किसानको आकर्षण घट्दो

शान्ता कमली , लमजुङ २२ पुस - लमजुङमा केही समयअघि कोदोको प्रशस्तै खेती गरिन्थ्यो । मकै, कोदोको ढिँडोफाँडो खाने चलन थियो । तर पछिल्लो समय जिल्लाका किसानले कोदो खेती गर्न छाडेका छन् । युवाशक्ति विदेश पलायन भएसँगै खेती नलगाउँदा गाउँघरका अधिकांश जग्गा बाँझै छन् । खेतीपाती गर्न सक्ने उमेरका शहरबजार केन्द्रीत भएसँगै गाउँघरमा काम गर्न नसक्ने वृद्धवृद्धाहरु...

चिसोबाट जनता बचाउन जुट्दै सेना र प्रहरी [फाेटाेफिचर]

हदिश खुद्दार , जनकपुर, २२ पुस - चिसोबाट जनता बचाउन जुट्दै सेना र प्रहरी [फाेटाेफिचर] – जनकपुरमा चिसोबाट जनता बचाउन सेना र प्रहरी जुटेका छन् । अत्यधिक चिसो बढेपछि नेपाल सेनाले जनकपुरका विभिन्न चोकमा चिया वितरण गरेको छ । शनिबार बिहानैदेखि स्थानीय जनक चोक, रमानन्द चोक, जनकपुर १ मुसहर बस्तीमा नेपाली सेनाले चिया वितरन गरेको छ । त्यस्तै...

प्रदेशको राजधानी माग गर्दै सडकमा काभ्रेली [फोटोफिचर]

राजकुमार गोले, काभ्रे, २२ पुस - काभ्रेलार्इ ३ नम्बर प्रदेशको राजधानीे तोकिनुपर्ने माग राख्दै काभ्रेबासी दवाव स्वरुप सडकमा उत्रेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, काभ्रे उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नागारिक समाज लगायत सर्वसाधारण सडकमा उत्रेका हुन् । सबै राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रेलाई ३ नम्बर प्रदेशकाे...

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

रासस, काठमाडौंं - निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंंले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई...

पौडेल हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्द

विष्णु घिमिरे, बुटवल, २२ पुस - रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट एमाले कार्यकर्ता तथा  व्यवसायी बसन्त पौडेल (बलु)को हत्या भएकाे विराेधमा युवा संघले अनिश्चितकालिन रुपन्देही बन्दको आह्वान गरेको छ । बन्दको कारण यातायात, उद्योग व्यापार सबै ठप्प रहेको छ । बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर हत्याको विरोध जनाउँदै बन्द गराएपछि जनजीवन प्रभावित...

जाजरकोटमा भाइरलको प्रकोप, ९ जनाको मृत्यु

हेमन्त केसी, जाजरकाेट, २२ पुस - जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, सोही गाउँपालिका २ की ५७ वर्षीया आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाही, ८ वर्षीय धनवहादुर विक र अन्य ४ जना बालबालिका...

बैंक ठगी गर्ने रेग्मीको लकरभित्र दुई किलो सुनका गहना

टेकराज थामी/नयाँ पत्रिका , काठमाडौं, २२ पुस - कृषि विकास बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई किलो (१७० तोला) सुनका गहना बरामद गरिएको छ । ३२ वर्षीया रेग्मीले सो गहना बैंकबाट हिनामिना गरेको रकमबाट खरिद गरेकी थिइन् । घरमा हराउने र बैंकमा स्रोत खुल्ने डर भएपछि उनले...

एकता नहुँदै ‘स्पेस’ खोज्दै दोस्रो तहका नेता

शुरोजंग पाण्डे/नयाँ पत्रिका , काठमाडौं, २२ पुस - एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने एकीकृत पार्टीमा दुवै दलका दोस्रो तहका नेताहरूले अहिल्यैदेखि ‘स्पेस’ खोजी गर्न थालेका छन् । वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकताको ‘मोडल’ टुंगो लगाउन निरन्तर अनौपचारिक संवादमा छन् । ओली अस्वस्थ बनेकाले एक सातायता दुई नेताबीच भेटघाट नभए पनि निरन्तर टेलिफोन...

ठगी मुद्दामा जेल परेका क्रिकेटर बाँस्कोटा धरौटीमा छुटे

नयाँ पत्रिका, काठमाडौं, २२ पुस - ठगी मुद्दामा पक्राउ परेका क्रिकेटर पृथु बाँस्कोटालाई काठमाडौं जिल्ला अदालतले ४५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । डेजाभू क्लबका सञ्चालक बाँस्कोटा अमेरिकन डिजे मासैमेलोलाई ल्याउने भनेर टिकट बेचेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । पृथुसहित सञ्चालकहरू जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र आयोजकहरू रितेश मारवाडी र राजेश महर्जनविरुद्ध...

गोठालामा पनि देश चलाउने क्षमता छ : पूर्वराष्ट्रपति

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - पूर्वराष्ट्रपति डा.रामवरण यादवले गोठालाहरूमा पनि देश चलाउन सक्ने क्षमता भएको बताएका छन् । उनले दिनहुँ घाँसदाउरा गरी गाईभैँसी चराउने गोठालामा इमानदारपूर्वक देश सञ्चालन गर्न सक्ने क्षमता रहेको बताए । नेपाल प्रहरी अस्पतालद्वारा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले वर्तमान नेताहरूप्रति लक्षित गर्दै गोठालाको देश सञ्चालनको क्षमताबारे इतिहास सम्झाए । ‘म भैँसी चराएको व्यक्ति हुँ,’...

स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाँदै

नयाँ पत्रिका, काठमाडौं, २२ पुस - स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाँदै – विगत पाँच दिनदेखि अस्वस्थ रहेका एमाले अध्यक्ष केपी ओली थप उपचारका लागि बैंकक जाने भएका छन् । एक्कासि बान्ता र झाडापखाला भएपछि ओली थप स्वास्थ्य परीक्षण गर्न बैंकक जान लागेका हुन् । सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका डा. दिलीप शर्माका अनुसार उनी नियमित स्वास्थ्य परीक्षण...

यसरी हुन्छ राष्ट्रिय सभा निर्वाचन

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - २४ माघमा राष्ट्रिय सभा निर्वाचन प्रदेश प्रमुख नियुक्त गर्न कुनै विवादमा नतानिएका, सर्वस्वीकार्य र सामाजिक प्रतिष्ठा भएका व्यक्तिको नाममा छलफल सरकारले २४ माघमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो । यसअघि निर्वाचन आयोगका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति...

पार्टी एकता कसैले रोक्न सक्दैन : शर्मा

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमालेसँगको पार्टी एकता कुनै तागतले रोक्न नसक्ने बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको १८औँ वार्षिक साधरणसभामा शुक्रबार शर्माले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरे । ‘एकताका लागि निर्वाचनमार्फत जनताबाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘एकतालाई केही शक्तिले बिथोल्न खोजे पनि त्यस्ता शक्तिलाई...

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, २२ पुस - प्रदेश प्रमुख तोकेर सातै प्रदेशका सदस्यको शपथ काठमाडौंमै गराउने तयारी सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ । प्रदेश राजधानी...

पौडेल पक्षको भेलामा नेताका गुनासै–गुनासा

रमेश सापकोटा/नयाँ पत्रिका, - दोस्रो तहका १४ नेताले शीर्ष नेतालाई सोधे– नेतृत्वले गरेको गल्तीमा साक्षी बसिरहने कि राजीनामा दिने ? प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति...

मुख्य रजिस्ट्रार सरकारी वकिलबाट ल्याइए आन्दोलन गर्ने चेतावनी

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार सरकारी वकिलबाट ल्याउन लागेको भन्दै अदालतमा कार्यरत ट्रेड युनियन कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका छन् । सरकारी वकिलबाट मुख्य रजिस्ट्रार नियुक्ति गरे सबै कामकाज ठप्प बनाउने उनीहरूको भनाइ छ । सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई बिहीबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त पदमा न्याय सेवा आयोगले सरकारी वकिल...

मनोज पुनले लिए मिल सञ्चालक पौडेल हत्याको जिम्मेवारी

नयाँ पत्रिका , बुटवल, २२ पुस - रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको हत्या रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले...

मिल्नेलाई मिल्न दिऊँ, फुटाउने कोसिस नगरौँ : प्रचण्ड

दीपेन्द्र अधिकारी, चितवन, २१ पुस - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय विषयमा अझै सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् । शुक्रबार भरतपुर महानगरको पहिलो नगरसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देश अझै सुरक्षित भैनसकेको भन्दै मुख्य दलहरूबीच सहकार्य जरुरी रहेकोमा जोड दिए । जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिए पनि सबैसँग...

पोखरा–लेखनाथ महानगर : शव जलेको खरानी र लुगा धोएको फोहोर पानी पिउनबाट मुक्त !

रोहितराज पराजुली , कास्की (सैंतीघट्ट) - प्रायः सहरहरुको साझा समस्या भनेको पानी हो । नेपालको पर्यटकीय नगरीको रुपमा परिचित पोखरा पनि पानीको समस्याबाट छुटकारा पाउन सकेका छैन । बिगत लामो समयदेखी अशुद्ध पानी प्रयोग गर्न बाध्य पोखरेलीहरुको समस्या अब केही भने दुर भएको छ । पिउनेपानीको मुख्य मुहान मर्दीखोलामा शुद्धिकरण परियोजना अन्र्तगत पहिलो चरणको काम सम्पन्न...

माैलायाे भ्रष्टाचार: ७ नम्बर प्रदेशमा मात्रै ३६ सय बढी उजुरी !

मिलनप्रकाश ढुङ्गाल , बैतडी - चार वर्षको अवधिमा ७ नम्बर प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)मा भ्रष्टाचार सम्बन्धी तीन हजार ६ सय बढी उजुरी परेको छ । ०७० देखि ०७४ साल मंसिर मसान्तसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तीन हजार ६ सय ६३ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको अदुअआको कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रबार बैतडीमा...

२४ माघमा राष्ट्रियसभा निर्वाचन

रमेश सापकाेटा , काठमाडाैँ - राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी र विवाद रहेको राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघमा हुने भएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक/एक वर्ष थप गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । बैठकले प्रदेश...