logo

bar

न्युज रूम

हिल्सा नाका सञ्चालन गर्ने कर्णाली सरकारको निर्णय

नयाँ पत्रिका , मुगु, १ वैशाख - कर्णाली प्रदेश सरकारले चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मुगुको रारा तालछेउमा शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले तत्काल हिल्सामा भन्सार कार्यालय स्थापना गरी काम अघि बढाउने निर्णय गरेको हो । सरकारले डोल्पाको मोरिङ्ला र मुगुको नाङ्चे नाका पनि सञ्चालनमा...

तस्करीको साढे ३३ केजी सुनले लियो तीनको ज्यान

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौँ, १ वैशाख - तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या...

घरेलु काममा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

नयाँ पत्रिका , काठमाडौं, १ वैशाख - गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी...

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने

गगन अयडी , बाजुरा - बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिकाले सरकारी सेवामा कार्यरत सबै कर्मचारीले अनिवार्यरुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुन बनाएको छ । यसै शैक्षिक सत्रबाट लागु हुने गरी नगरपालिकाको दोस्रो नगरसभाले कानुन बनाएर सो बाध्यात्मक निर्णय गरेको हो । नगरपालिकाले सरकारी बेतनभोगीहरुले र नीजि क्षेत्रको प्रर्र्वद्धन गर्ने नपाइने ठहर गरेको छ...

डोल्पा ट्रेकमा तीन भारतीय पूर्वराजदूत

, त्रिपुराकोट (डोल्पा), ३० चैत - नेपालका लागि तीन भारतीय पूर्वराजदूत डोल्पाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यअवलोकन गर्न डोल्पा पुगेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, श्याम सुन्दर, देब मुखर्जी रहेका छन् । यहाँको भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैबिक बिबिधताले मनै लोभ्याउने भएकाले आफूहरु पनि डोल्पाको सौन्दर्यताको स्वादपान गर्नका लागि १५ दिने यात्रामा डोल्पा...

सात दिन भित्र सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको परिपत्र

रासस, काठमाडौं, ३० चैत - गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता...

भोलिदेखि रारा पर्यटन वर्ष : स्थानीय उत्पादनलाई प्राथमिकता

अच्युत राज भण्डारी , मुगु, ३० चैत - बैशाख १ गते उद्घाटन हुने कर्णाली रारा पर्यटन बर्षको कार्यक्रममा सहभागी हुने आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई रारा आसपासका गाउँमा बासको ब्यवस्था गरिएको छ । रारामा आउने पर्यटकहरुलाई मुगुका गाँउहरुमा उत्पादन हुने स्थानीय अन्न बालीको परिकार खुवाउनुका साथै देश बिदेशमा उक्त स्थानीइ बालीबाट उत्पादित चिजहरुको प्रचार प्रसारको अपेक्षा राखेर रारामा आउने...

पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छ : बस्नेत

नयाँ पत्रिका, काठमाडाैँ, ३० चैत - अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अबको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने बताएका छन्।बस्नेतले अहिलेको संविधान कार्यान्वयन गर्नलाई विद्यालय तहमा निजी शिक्षा बन्द गर्नैपर्ने धारणा राखेका छन्। राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन गरेर नपुग्ने भन्दै बस्नेतले भने - 'संविधानले नै विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क भनेर किटानी गरेको...

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो गल्ती : प्रचण्ड

रासस, चितवन, ३० चैत - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए । अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका...

एक साताका लागि संयोजक भट्टराई भारत जाँदै

नयाँ पत्रिका, काठमाडाैं, ३० चैत - नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर तर्फ जाने भएका हुन् । संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनेछन् । एक सातासम्म भारतमा रहने भट्टराईले त्यसक्रममा...

समृद्धिको यात्रा : सरकारका ५ प्राथमिकता

नयाँ पत्रिका , काठमाडौं, ३० चैत - ०७४ साल नेपालको इतिहासमा एउटा महत्वपूर्ण वर्षका रूपमा हामीबाट बिदा भएको छ । अघिल्लो सालले संविधान कार्यान्वयनलाई गुणात्मक चरणमा विकास गर्दै तीनै तहका निर्वाचन सम्पन्न गरेर देशलाई निर्वाचित जनप्रतिनिधिको हातमा हस्तान्तरण गरेको छ । निर्वाचनसँगै लामो पट्यारलाग्दो संक्रमणकाल अन्त्य भएको छ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएर तीनवटै तहमा...

‘प्रजातान्त्रिक समाजवादमाथि धावा बोल्ने समूह हाबी’

नयाँ पत्रिका , काठमाडौं, ३० चैत - कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रजातान्त्रिक समाजवादको अभियानमाथि धावा बोल्ने समूह हाबी भएको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न इन्टरनेसनल पोलिटिकल फोरमको बैठकमा उनले प्रजातान्त्रिक समाजवादको अभियानलाई कमजोर बनाउने गिरोहविरुद्ध विशेष रणनीतिसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनको विचारप्रति सहभागीहरूले समर्थन जनाएका थिए । प्रजातान्त्रिक समाजवादको अभियानलाई अझ सशक्त...

१९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, ३० चैत - नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को आठौँ बैठक दिल्लीमा सुरु भएको छ । शुक्रबार सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन...

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, ३० चैत - ६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब...

अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट !

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, ३० चैत - सर्वोच्चका १३ पूर्वन्यायाधीशबाट चार करोड  ४९ लाखका गाडी खोस्न महालेखाको निर्देशन बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले...

कांग्रेस उपसभापतिमा गोपालमानको दाबी

नयाँ पत्रिका , काठमाडौं, ३० चैत - कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ । १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल...

पोखरा लेखनाथ महानगरले बनायो १७ वटा कानुन

रोहितराज पराजुली, कास्की - देशकै ठुलो महानगरको रुपमा रहेको पोखराको लेखनाथ महानगरपालीकाले आवश्यक नीति, ऐन, निर्देशिका र कार्यविधि निमार्णको काम सुरु गरेको छ । महानगरको दोस्रो नगर सभाले विभिन्न १७ वटा नीति, ऐन, निर्देशिका र कार्यविधि पारित गरेको हो । १९ नम्वरका वडा अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा गठित बिधायन समितीले ति नीति, ऐन, निर्देशिका...

नागरिक उड्यन राज्यमन्‍‍त्रीलाइ नागरिकको प्रश्न : सहज हवाई सेवा कहिले पाउँछौँ

रामचन्द्र न्यौपाने , डोल्पा, २९ चैत्र - वर्षौदेखि हवाई सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाई जहाजको सहज सुविधा पाउने भएका छन् । प्रधानमन्‍‍त्रीको त्रिपूरा सुन्दरी भ्रमणको बिशेष व्यवस्थापनका लागि गृह जिल्ला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढाले डोल्पाको त्रिपुराकोटमा संञ्चारकर्मीहरुसँग यस्तो कुरा बताएका हुन । इतिहासमै पहिलो पटक नेपालमा स्थायी सरकार बनेकोले डोल्पाली...

‘खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा’

रासस, महोत्तरी, २९ चैत - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् । विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिए ।...

सरकारले गल्ती गर्ने कसैलाई छाड्दैन : खनाल

रासस, काठमाडौँ, २९ चैत - पूर्वप्रधानमन्‍‍त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । बिहीबार मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको ३९ औँ शिक्षक दिवस एवं सम्मान समारोहमा उनले भने, ‘सरकार सधैं देशको नोकरको रुपमा काम गर्छ । देश विकासमा सरकार...

अवसर पाउँदा अब्बल बने चेपाङ विद्यार्थी

दिपेन्द्र अधिकारी / नयाँ पत्रिका, चितवन, २९ चैत - अवसर पाए केही गरेर देखाउन सकिन्छ भन्ने कुरालाई दुर्गम ठाउँमा घर भइ हाल शहरी क्षेत्रमा बसेर अध्ययन गरिरहेका चेपाङ विद्यार्थीले पुष्टि गरिदिएका छन् । सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाले पढ्ने अवसरलाई सदुपयोग गर्दै उत्कृष्ट नतिजा निकालेका छन् । १ देखि ७ कक्षासम्म दुई फरक विद्यालयमा पहिलो, दोस्रो र तेस्रो चेपाङ विद्यार्थी...

सक्रिय हुँदै नेपाल-भारत संयन्त्र, पञ्चेश्वरबारे दिल्लीमा बैठक हुँदै

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, २९ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतबीच विभिन्न विषयका द्विपक्षीय संयन्त्रको बैठक बस्ने भएको छ । पञ्चेश्वरलगायत मामिलामा छलफल गर्न जलस्रोत सचिवस्तरीय बैठकदेखि गृहसचिवस्तरीय बैठकको तयारी भइरहेको छ । आगामी वैशाख २ र ३ गते जलस्रोत सचिवस्तरीय स्टेरिङ कमिटीको बैठक दिल्लीमा बस्ने तय भएको छ । नेपाली कार्यवाहक राजदूत भरतकुमार...

हिलारी स्टेप पुग्यौँ, अब सगरमाथाको चुचुरोमा पुग्छौँ: खानेपानी मन्त्री

नयाँ पत्रिका, मेलम्ची, २९ चैत - खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगतिबारे बोल्दै आफूहरु हिलारी स्टेपमा पुगेको र केही महिनामा सगरमाथाको चुचुरोमा पुग्ने बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मगरले भनिन्, 'सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर चढेको अनुभूति...

जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदी

गगन अयडी , बाजुरा, २९ चैत - जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ। कारागारको अवस्था समेत जीर्ण रहेको बेला क्षमता भन्दा बढी कैदी राखिँदा आफुहरुलाई बस्न समस्या हुने गरेको कैदीहरुले गुनासो गरेका छन् । २५ कैदी राख्ने क्षमता भएपनि हाल सो कारागारमा ३१ कैदी राखिएको जिल्ला कारागार बाजुराले...

आतंककारी गतिविधी अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री

नयाँ पत्रिका, काठमाडौं, २९ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रममा आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा, अर्थतन्त्र...

जनतामा शिक्षाको समान पहुँच हुनुपर्छ : मुख्यमन्‍‍त्री राउत

रंजन भण्डारी , महोत्तरी,२९ चैत - प्रदेश नं २ का मुख्यमन्‍‍त्री लालबावु राउतले मुस्लिमको शिक्षामा चासो देखाएका छन् । जिल्लाको एकडारा गाउपालिका वडा नं. ४ हल्खोरीमा भएको फैजाने मुस्तफा समारोह (जल्सा)मा बाेल्दै मुख्यमन्‍‍त्री राउतले प्रदेश नं २ मा मुस्लिमहरु शिक्षामा दलितभन्दा पनि पछाडि रहेकोले प्रदेश सरकारको प्राथमिकता मुस्लिम, दलित लगायतका सम्पूर्ण जातजाति र वर्णका जनतामा शिक्षाको...

बैशाख २ बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गरिदैँ

प्रज्वल पौडेल/ नयाँ पत्रिका, काठमाडौँ, चैत्र २९ - निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा विवरण अद्यावधिक गर्ने भएको छ । बिहिबार आयोगले प्रेस विज्ञप्तिमार्फत २०७५ साल बैशाख २ गतेदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । आयोगका उपसचिव एवं सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको...

प्रदेश ७ : सर्वसाधारणका गुनासा सुन्न हेलो सिएम कार्यक्रम

नयाँ पत्रिका, धनगढी, २९ चैत - प्रदेश ७ सरकारले कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सर्वसाधारणको गुनासो सुनुवाइ र समाधानका लागि हरेक मन्त्रालयमा टोल फ्री नम्बर राखिने भएको छ । यससँगै मुख्यमन्त्री...

नेपालगन्ज नाकाबाट आयात बढ्दै, निर्यात घट्दै

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका, बाँके, २९ चैत - राजस्व बढाउन भन्सारमा कडाइ - भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल भित्रिने सामानको परिमाण प्रत्येक दिन बढ्दै गए पनि नेपाली वस्तुको निर्यात भने घटिरहेको छ । भारतबाट नेपालमा सामान आयात गर्न नौ हजार दुई सयले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल चार सय १६ ले...

प्रदेश ४ सरकारको सयबुँदे नीति तथा कार्यक्रम तयार

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, २९ चैत - वैशाख पहिलो साता प्रदेश सभामा पेस गरिने - प्रदेश ४ को मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले चालू आर्थिक वर्षका लागि सयबुँदे नीति तथा कार्यक्रमलाई सैद्धान्तिक स्वीकृति दिएको हो । सरकारले वैशाख पहिलो साता प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत...

कर्णाली प्रदेशमा पर्यटन वर्षले बजेटमा ढिलाइ

नयाँ पत्रिका, सुर्खेत, २९ चैत - कर्णाली प्रदेश सरकारले चैतभित्रै ल्याउने तयारी गरेको चालू आर्थिक वर्षको बजेट पर्यटन वर्षको कार्यक्रमले प्रभावित गरेको छ । आगामी वैशाख दोस्रो सातापछि मात्रै कर्णालीको बजेट आउने देखिएको छ । आगामी १ वैशाखदेखि ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट पर्यटन वर्षको उद्घाटन गर्ने...

प्रदेश २ सरकारले ल्यायो नीति तथा कार्यक्रम

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, २९ चैत - सरकारी प्राथमिकतामा सयदिने कार्यक्रम प्रदेश २ सरकारले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बुधबारको प्रदेश सभामा प्रस्तुत कार्यक्रममा सरकारले यसअघि नै सार्वजनिक गरेको सय दिनमा सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यसपछि...