logo

bar

न्युज रूम

आईजीपीका दाबेदार रमेश खरेलको राजीनामा स्वीकृत

नयाँ पत्रिका , काठमाडौं, २८ चैत - प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी)रमेश खरेलको राजीनामा स्वीकृत भएको छ । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले बुधबार राजीनामा बुझाएका थिए । बुधबारै उनको राजीनामा गृह मन्त्रालयले  स्वीकृत गरेको हो । खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका हुन् । उनी...

स्वास्थ्य क्षेत्रमा अनुसन्धानको दायरा बढाउन स्वास्थ्य मन्‍‍त्रीको जोड

रासस, काठमाडौँ, २८ चैत  - स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोही अनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताएकी छिन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा बुधबारदेखि सुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भनिन्, 'स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु पर्ने भएपनि त्यसो भएको...

सातवटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिन्छ : मन्‍‍त्री अधिकारी

रासस, पोखरा, २८ चैत - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवर्द्धन गर्ने तयारी भइरहेको बताएका छन् । पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको बुधबार उद्घाटन गर्दै उनले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र...

माथिल्लो तामाकोसीको काम धकेल्ने गतिविधी देखिए कडा कारवाही: प्रधानमन्त्री

श्याम खतिवडा/नयाँ पत्रिका , दोलखा, २८ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीमा निर्माण भैरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम तोकिएको समय भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।   बुधबार स्वदेशी लगानीको सबै भन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय गौरबको आयोजना तामाकोसी कुनै...

प्रधानमन्त्रीकाे भारत भ्रमणले धेरै भ्रम चिरेकाे छ : परराष्ट्रमन्त्री

नयाँ पत्रिका, काठमाडाैं, २८ चैत - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणले धेरै भ्रमहरू चिर्ने काम गरेकाे बताएका छन् । नयाँ पत्रिकाकाे न्युजरूममा जारी छलफलमा परराष्ट्रमन्त्री ज्ञवाली लामाे समयदेखि दुर्इ देशकाबीचमा रहेका कयाैँ भ्रमहरू प्रधानमन्त्री अाेलीकाे भ्रमणले अन्त्य गरेकाे बताएका हुन् । नेपाल पूर्णरूपमा भारतमा अात्मनिर्भर रहेकाे, नेपाल र भारतबीच समानताकाे सम्बन्ध नरहेकाे...

नयाँ पत्रिका न्युजरूममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नयाँ पत्रिका, काठमाडाैं, २८ चैत - नयाँ पत्रिकाकाे न्युजरूममा अाज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीकाे हालै सम्पन्न भारत भ्रमणका उपलब्धिका सम्बन्धमा छलफल भएकाे छ । नयाँ पत्रिकाका सहकर्मीहरूकाबीच भएकाे साे छलफल नयाँ पत्रिकाकाे फेसबुक पेज https://facebook.com/nayapatrikaofficial मा प्रत्यक्ष प्रसारण भएकाे थियाे । https://www.facebook.com/nayapatrikaofficial/videos/928813993951966/     https://www.facebook.com/nayapatrikaofficial/videos/928813993951966/    

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

रासस, काठमाडौँ, २८ चैत - एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ .५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण...

जनप्रतिनिधिलाई एकहप्ता भित्र राजिनामा दिन जनपरिषद्‍को आग्रह

दीपक भट्ट/नयाँ पत्रिका, रामेछाप २८ चैत्र - नौ महिना अघि निर्वाचित भएका रामेछापका ८ वटै स्थानिय तहका प्रमुख, र वडा अध्यक्षहरुलाई एकहप्ता भित्र राजिनामा दिन जिल्ला जनपरिषद् नेपाल रामेछापले सबै तहका प्रमुखहरुलाई बुुधबार दिउँसो पत्राचार गरेको छ । जनपरिषद्ले स्थानीय निकायको निर्वाचन पछि झन देशमा राजनीतिक परिस्थिती गम्भीर संकट एवं अस्थिरता, अन्यौलता र अन्तरविरोधहरुबाट संचालन भइरहेको, जनता...

भोटको नारा मात्र बन्यो टीनको छानो, आकाश हेरेर ओछ्यान लाउँछन् स्थानीय

टोपलाल अर्याल/नयाँ पत्रिका, गुल्मी, २८ चैत - 'खरका छाना मुक्त’ । यो २०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यहि भजन गाएरै विपन्न परिवारसंग भोट माग्नेहरु अहिले जनप्रतिनिधी र सांसद समेत भए । यो नारा पुरा भए विपन्न परिवारका लागि गतिलै उपहार हुन्थ्याे तर निर्वाचित भएकै थुप्रै समयसम्म पनि कामले गति लिन नसक्दा नागरिकमा निराशा...

सर्वेन्द्र र शैलेन्द्र महानिरीक्षक नियुक्त, को हुन् सर्वेन्द्र ?

नयाँ पत्रिका , काठमाडौं, २८ चैत - सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई दुई प्रहरी संगठनको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले...

निर्वाचनमा चरम भ्रष्टाचार: ५० मिटरको यात्रा, प्रतिव्यक्ति दुई हजार ट्याक्सी भाडा

पुष्प ढुंगाना र योगेश ढकाल, काठमाडाैँ, २८ चैत - बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन नयाँ पत्रिकाले प्राप्त गरेको छ । प्रतिवेदन भन्छ– निर्वाचन आयोगमा चरम अनियमितता छ । अनियमितताका केही उदाहरण महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ । असार...

आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

सुजित महत/ नयाँ पत्रिका, काठमाडौं, २८ चैत - यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रिया : नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको...

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, २८ चैत - माघपछि मात्रै पिउन योग्य ‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने ।...

कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालयमा बम विस्फोट

दीपेन्द्र अधिकारी, चितवन, २७ चैत - कालिका कन्स्ट्रक्सनको केन्द्रीय कार्यालय भरतपुरमा बम विस्फोट भएकाे छ । अाज साँझ अज्ञात समूहले बम विस्फाेट गराएको हाे । भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको कार्यालयको कम्पाउन्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेका छन् । विस्फाेटपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलको निरीक्षण गरेको छ । बम कसले विस्फाेट गराएकाे हाे...

नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

नयाँ पत्रिका, काठमाडौं, २७ चैत - नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । अाज दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । खनाल २०४६ माघमा...

प्रेमीकाे जालले पुर्‍यायाे काेठीकाे नर्कमा

विश्वराज पछल्डङ्ग्या , बाँके - प्रेमीकाे मायाजालमा फस्दा एक युवतीकाे नर्ककाे बाँस हुन पुगेकाे छ । भारतको आगरा काश्मिरी बजारमा रहेको एक कोठीबाट नुवाकोटकी एक युवतीलाई ४ अप्रिलका दिन उद्धार गरिएको थियो । आगरास्थित कोठीबाट उद्धार भएकी युवतीले आफू करिब तीन वर्षअघि युवकको मायाजालमा फस्दा कोठीमा बेचिएको बयान भारतीय प्रहरी समक्ष दिएको माइती नेपाल नेपालगन्जका...

मेलम्चीको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ : मन्त्री मगरको दाबी–दसैँअघि पानी आउछ

नयाँ पत्रिका, काठमाडौँ - खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको बताएकी छिन् । पत्रकारहरूसँगकाे कुराकानीमा सम्मेलन कार्यक्रममा मन्‍‍त्री मगरले हेडवर्क्सको मुख्य संरचना र सुरुङको फाइनल फिनिसिङ हुन मात्र बाँकी रहेको बताएकी हुन् । उनले दसैँ अगाडि नै काठमाडौंका बासिन्दाले मेलम्चीको पानी पिउन पाउने दाबी गरिन् । मेलम्ची...

दुर्इ लाख घुस लिने दुर्इजना खरिदार अख्तियारकाे फन्दामा

नयाँ पत्रिका, सुर्खेत, २७ चैत्र - जिल्ला मालपोत कार्यालय सुर्खेतका दुर्इजना कर्मचारी घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले दुर्इ लाख रूपैयाँ घुससहित मालपोत कार्यालयको मुद्धा फाँटका दुर्इजना खरिदारलार्इ पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार छन् । दुवैलार्इ घुस रकमसहित पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

घुस माग्ने वन अधिकृतलाई सेवाग्राहीले कार्यकक्षमै थुने !

दीपक भट्ट , रामेछाप - सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए । आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै...

सिंहदरबारमा सौर्य बत्ती झलल

रासस, काठमाडौँ - मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा मंगलबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे । सौर्य ऊर्जा उत्पादनकानिम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित...

सरकारले अाज पनि छान्न सकेन नयाँ आइजिपी

नयाँ पत्रिका, काठमाडौं - मन्त्रिपरिषद्को आजको बैठकले महानिरीक्षक नियुक्तिको विषयलाई टुंग्याउन सकेन । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख (आइजीपी) नियुक्तिबारे बैठकमा कुनै पनि निर्णय गर्न नसकेको हो । नेपाल प्रहरीका ७ एआइजीको म्याद २८ चैत्रमा सकिने भएसँगै सरकारले प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको थियो भने सशस्त्र प्रहरीका...

सातै प्रदेश सासंदकाे मासिक तलब ४५ हजार प्रस्ताव

रासस, काठमाडौँ, २७ चैत - कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिए । यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक...

प्रवासीद्वारा विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

शान्ता कमली/ नयाँ पत्रिका, लमजुङ, २७ चैत - दुधपोखरी गाउँपालिका १ मा रहेको कल्लावारी माविलाई कतार बस्‍ने युवाहरुले कम्प्युटर र प्रोजेक्टर सहयोग गरेका छन् । कतार बस्‍नेले रकम संकलन गरी कम्प्युटर र प्रोजेक्टर किनेर दिएका हुन् । आईटीको जमानामा गाउँका बालबालिकाले कम्प्युटर शिक्षा पढ्न पाउन् भन्ने उद्देश्यले सानो सहयोग गरिएको हाल कतार रहेका लमजुङ कतार सेवा समाजका अध्यक्ष...

शिक्षाबाट वञ्‍चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्‍वान

रासस, काठमाडौँ, २७ चैत - सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक/एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गरी दिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार...

रामेछापका प्रकाशराजले सगरमाथा आरोहण गर्ने (विज्ञप्तिसहित)

नयाँ पत्रिका , काठमाडौं, २७ चैत - रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेले नेपालको पर्यटन विकासमा...

११ दिनदेखि बेपत्ता डंगोल मारिएको तस्बिर उनकै फेसबुकमा

अनु आचार्य , रसुवा, २७ चैत - तीन साताअघि रसुवाको मोर्डन ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक चित्रमान डंगोलको आफु स्याफ्रुमा होटेल व्यवसाय गर्छु भनेर बताउने राजन नगरकोटीसँग नुवाकोटको बट्टारमा भेट भयो । भेटमा नगरकोटीले आफूले रसुवाको स्याफ्रुमा होटेल व्यवसाय गरिरहेको र घर पनि बेचेकाले कुनै क्षेत्रमा लगानी गर्न चाहेका बताए । नगरकोटीले डंगोलले सञ्चालन गर्दै आएको विद्यालयमा...

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

नयाँ पत्रिका, बुटवल, २७ चैत - प्रदेश ५ सरकारले प्रस्तुत गरेको ७५ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश संसद्को सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । संसद् बैठकमा नीति तथा कार्यक्रममाथि प्रदेश सभाका २२ सदस्यले छलफल गरेका थिए । प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रम अपुरो रहेको बताएका थिए भने सत्तापक्षका...

भोलि प्रदेश–७ को नीति तथा कार्यक्रम प्रस्तुत हुने

तेजराज भट्ट, दार्चुला, २७ चैत - कृषि, जलविद्युत् र जडीबुटी प्राथमिकतामा प्रदेश ७ सरकारले बुधबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । चालू आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री...

यस्ता छन् कर्णाली प्रदेश सभाका चार समिति

नयाँ पत्रिका, सुर्खेत, २७ चैत - सांसदद्वारा सरकारको आलोचना, रारा–लुम्बिनी फास्ट ट्रयाकको चर्चा कर्णाली प्रदेश सभाका चारवटा समिति गठन भएका छन् । सोमबारको सभाले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति सर्वसम्मत रूपमा गठन गरेको हो । अर्थ तथा प्राकृतिक स्रोत समितिमा अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह...

स्थानीय तहका उपप्रमुखलाई मुद्दा किनारा लगाउन कठिन

विश्वराज पछल्डङ्ग्या, बाँके, २७ चैत - दर्ता भएका मुद्दा पनि स्थानीय तहमै थन्किए स्थानीय तहमा धेरै मुद्दा दर्ता भए पनि किनारा लगाउन कठिन भएको छ । स्थानीय तहका उपप्रमुख न्यायिक समितिको संयोजक हुने कानुनी व्यवस्था भए पनि कानुनी ज्ञान र समय अभावले मुद्दा किनारा लाग्न नसकेको हो । छिटो किनारा लाग्नुपर्ने मुद्दाहरू पनि महिनौँसम्म स्थानीय तहमै...

प्रदेश २ को नाम र राजधानीबारे छलफल नै भएन

हदिश खुद्दार, जनकपुरधाम, २७ चैत - मधेसको नामाकरणबारे दलहरूका आ–आफ्नै अडान प्रदेश सरकार गठन भएको झन्डै दुई महिना भइसक्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी अझै भएको छैन । नाम र स्थायी राजधानी प्रस्ताव गर्दा विवादमा फस्ने डरले सरकारले प्रस्ताव तयार गर्न सकेको छैन । नामाकरण र राजधानी तोक्न पहल नभएको भन्दै प्रदेशका मन्त्रीले...

प्रदेश ४ का मुख्यमन्त्रीको तलब ६० र मन्त्रीको ५२ हजार

रोहितराज पराजुली, कास्की, २७ चैत - प्रदेश ४ को सभाले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र अन्य सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । सोमबारको प्रदेश सभाले विधेयक पारित गरेसँगै अब मुख्यमन्त्रीले ६० हजार नौ सय ७० र मन्त्रीले ५२ हजार मासिक पारिश्रमिक लिन पाउने भएका छन् । मुख्यमन्त्रीलाई मासिक तलबका साथै अन्य सुविधाहरू समेत निर्धारण भएको...