logo

bar

न्युज रूम

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए...

एमाले–माओवादी एकता : ९ वैशाखको सम्भावना टर्‍यो

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो । बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन...

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - पुतली बगैँचाबाट सेना हट्ने - सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । पुतली बगैँचामा रहेको नेपाली सेनालाई एक महिनाभित्र सार्न सेनासँग छलफल गर्ने र निर्माणस्थलको व्यवस्थापन...

रक्सौल-अमलेखगंज पाइपलाईन : १५ महिनामा पाइपबाट तेल

इन्दिप कोइराला , बारा, ४ बैशाख - बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनामा पाईप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाईप गाड्ने कार्यको शिलन्यास गरे । गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट...

जनप्रतिनिधि नै उठाउँछन मनपरी शुल्क [फोटोफिचर]

राजकुमार गोले , काभ्रे, ४ बैशाख - भुम्लु गाउँपालिका–६, आपघारबेसीका राजेन्द्र माझी बैशाखको चर्काे घामको प्रवाह नगरी बालुवा चालिरहेका थिए । खोलाको बगरमा बालुवा चालेर पसिना नबगाए राजेन्द्र माझी परिवारलार्इ हातमुख जोर्न मुस्किल पर्छ । राजेन्द्रले तीन जनासँग मिलेर बालुवा भिक्ने र बेच्ने काम गर्छन । बगरको बालुवा निकालेर बेच्नको लागि एक टिप बालुवा पु¥याउन चर्काे घाममा...

एमाले र माअाेवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता नहुने

वीरेन्द्र अाेली, काठमाडौं, ४ वैशाख - एमाले र माअाेवादी केन्द्रबीच अागामी ९ वैशाखमा हुने भनिएकाे पार्टी एकता पर सरेकाे छ । अाज बसेकाे एकता संयाेजन समितिकाे बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घाेषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पाेखरेलले कार्यदललेदिएकाे प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताकाे घाेषणा केहीदिन पर सरेकाे बताए । बिहान...

विपक्षीको मौन समर्थनमा नीति तथा कार्यक्रम पारित

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, ४ वैशाख - विपक्षी दलको मौन समर्थनमा प्रदेश ७ सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार संसद्बाट पारित भएको छ । यससँगै चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउने बाटो खुलेको छ। प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्ललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव निर्णयार्थ पेस...

स्थानीय सरकारले सुरु गर्‍यो विद्यालय मर्ज अभियान

विष्णु शर्मा/नयाँ पत्रिका, दैलेख, ४ वैशाख - एकै गाउँपालिकाका २४ विद्यालय मर्ज गरेर १२ बनाइए मापदण्ड तथा पूर्वाधारविना जथाभावी खोलिएका विद्यालयलाई स्थानीय सरकारले मर्ज गर्न सुरु गरेको छ । दैलेखको भगवतीमाई गाउँपालिकाले २४ विद्यालय मर्ज गरी १२ बनाएको छ । यसै शैक्षिक सत्रदेखि मर्ज भएका विद्यालयको नामबाट कार्यक्रम चलाइनेछ । शैक्षिक अवस्था सुधार गर्न र शिक्षा क्षेत्रमा...

प्रदेश ४ सरकारद्वारा ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, ४ वैशाख - प्रदेश ४ सरकारले ९५ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवले सोमबारको प्रदेश सभा बैठकमा चालू आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पर्यटन, ऊर्जा, कृषि, उद्योग र पूर्वाधार विकासका कामलाई सरकारी कार्यक्रममा उच्च प्राथमिकता दिइएको छ । प्रदेशलाई विश्वकै पर्यटकीय गन्तव्य...

३३ केजी सुन गायब प्रकरण : पञ्चायतकालदेखिको गिरोहको संलग्नता

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, ४ वैशाख - तेस्रो मुलुकबाट भित्रिएको ३३ केजी सुन गायब प्रकरणमा पञ्चायतकालदेखिका अवैध कारोबारीहरू संलग्न रहेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार हालसम्म तीनजनाको ज्यान गुमिसकेको उक्त प्रकरणमा पञ्चायतकालदेखि अवैध सुन कारोबारमा संलग्नहरूको मुख्य संलग्नता पाइएको छ । भारतीय नागरिकसमेत रहेका एमके भनिने मोहनकुमार अग्रवाललगायत एक दर्जनभन्दा बढी व्यक्ति पञ्चायतकालदेखि नै...

युवासंघमा राजीनामा विवाद, समानान्तर कमिटीको चेतावनी

नयाँ पत्रिका , काठमाडौं, ४ वैशाख - एमालेको भ्रातृसंगठन युवा संघभित्र अध्यक्ष राजीव पहारीको राजीनामा विवाद चर्किएको छ । ललितपुरको तुलसीलाल प्रतिष्ठानमा सोमबारसुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पहारीले तत्काल राजीनामा दिएर बिदा लिने कि महाधिवेशन गरेर भन्नेमा विवाद देखिएपछि बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकै उपस्थितिमा पूर्वअध्यक्ष महेश बस्नेत र निरु...

कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो : देउवा

सुदीप सिवाकोटी/नयाँ पत्रिका, हेटौँडा, ४ वैशाख - प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशमा अधिनायकवाद सुरु गरेको आरोप लगाएका छन् । सरकारले मनोमानी ढंगले काम गरिरहेको बताउँदै प्रतिपक्ष दलसँग कुनै छलफल नगरेको उल्लेख गरेका छन् । नेपाल तरुण दलको आयोजनामा हेटौँडामा सुरु प्रदेश ३ स्तरीय प्रशिक्षण भेलाको सोमबार उदघाटन गर्दै उनले भने, ‘सरकारले एकलौटी...

कम्युनिज्म ल्याएको हेर्न मन छ : पौडेल

नयाँ पत्रिका , पोखरा, ४ वैशाख - कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिस्ट पार्टी मिलेको हेर्न चाहेको बताएका छन् । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने बाचा गरेर जनतासँग मत मागेकाले दुवै दलबीच एकता हुनुपर्ने उनको भनाइ छ । पोखरामा सोमबार नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश ४ को पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विश्वमा फेल...

गृहमन्त्रीको ५० दिने प्रगति विवरण सार्वजनिक

नयाँ पत्रिका , काठमाडौं, ४ वैशाख - गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको कार्यभार सम्हालेयताका प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालय सम्हालेको ५० दिनमा ५० वटा महत्वपूर्ण काम गरेको उनले जनाएका छन् । प्रतिवेदनमा गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधारका काम भएको उल्लेख छ । प्रतिवेदनअनुसार ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक...

परराष्ट्रमन्त्री चीन प्रस्थान, बुधबार उच्चस्तरीय भेटवार्ता

नयाँ पत्रिका , काठमाडौं, ४ वैशाख - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । ग्वान्जाउ हुँदै उनी बेइजिङतर्फ लागेका हुन् । ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट चीनका प्रधानमन्त्री लि खछियाङ र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । चीन जानुअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नयाँ...

स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, ४ वैशाख - सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ । यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना...

यसपालि आर्थिक वृद्धि : बजेटको प्रक्षेपण ७.२%, संशोधित प्रक्षेपण ६%, विश्व बैंक ४.६%

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - विश्व बैंकले चालू आर्थिक वर्ष ०७४/७५ (सन् २०१८) मा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरे पनि मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर ६ प्रतिशतमाथि पुग्ने बताएको थियो । विश्व बैंकले सरकारको अनुमानभन्दा...

सांसदले कार्यकर्तालाई साइकल किनेर बाँडे

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट - सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम...

एमाले स्थायी समितिको निष्कर्ष  : आशंका हटाएर ९ वैशाखमै एकता घोषणा

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ । ‘आलोपालो अध्यक्षता, दुई सहअध्यक्ष, जबज र माओवादजस्ता सैद्धान्तिक प्रश्नलाई एकता महाधिवेशनसम्म बहसबाट टुंग्याउनेलगायत...

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, ४ वैशाख - लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान...

गृहमन्त्री बादलद्वारा ५० दिनका ५० काम सार्वजनिक

नयाँ पत्रिका, काठमाडौँ - रामबहादुर थापा बादलले गृहमन्त्रालयको जिम्मेवारी पाएको ५०औँ दिनसम्म गरेका ५० कामको फेहरिस्त सार्वजनिक गरेका छन् । उनको सचिवालयले महत्वपूर्ण ५० कामका विवरण आज सार्वजनिक गरेको हो । बादल गत १४ फागुनमा गृहमन्त्री भएका थिए । गृहमन्त्रीको ५० दिनको ५० काम यस्तो छ : गृह प्रशासन सुधार र सुशासनतर्फ १) गृहमन्त्रीले...

९ वैशाखमा एमाले-माओवादीबीच एकता होला ?

सन्तोष भट्टराई, काठमाडौँ - गत दसैँको छेको पारेर एमाले–माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०/४० को भागवण्डामा तालमेल गर्ने र दुवै पार्टीलाई मर्ज गरी एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्घोष गरेका थिए । सोही आधारमा कम्युनिस्ट पार्टीको स्थापना भएको तिथि र लेनिन जयन्तीलाई साक्षी राखेर आगामी ९ वैशाखमा पार्टी एकता गर्ने निर्णय गरेका थिए ।...

प्रदेश ३ सरकारलाई विधेयक बनाउने चटारो

सुदीप शिवाकोटी/नयाँ पत्रिका , हेटौंडा, ३ वैशाख - प्रदेश ३ को मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृत लिएर प्रदेश सरकारले धमाधम विधेयक बनाउने प्रक्रिया अघि बढाएको छ । चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट मात्र ५ वटा विधेयक निर्माणका लागि सैद्धान्तिक स्वीकृत लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाइएको छ । चैतभित्र १० वटा कानून निर्माण गर्ने उद्देश्य राखेर विधेयक निर्माणमा...

ग्रामिण पर्यटनका ‘क्रस बोर्डर’ अभियन्ता

गणेश लम्साल । नयाँ पत्रिका , बिराटनगरऽ ३ वैशाख - ग्रामिण पर्यटनमा सिमाना बाधक बन्नुहुँदैन भन्दै नेपाल र भारतका दुई पर्यटन अभियन्ताहरु सञ्जाल बिस्तारमा सक्रिय छन् । भारतको पश्चिम बङगालस्थित सिलिगुडी बस्ने डा.राज बसु र झापाको मेचीनगर–४ बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामिण पर्यटनको विकासमा एक भएर सञ्जाल बिस्तारमा सक्रिय भएका हुन् । संस्था मार्फत वकालत राज...

पढ्ने उमेरमा विहे, २० वर्षमै दुई सन्तानकी आमा !

हेमन्त केसी, जुम्ला, ३ वैशाख - जिल्लाको कनका सुन्दरी –१ की बिनिता भण्डारी अहिले २० वर्षकी मात्र भइन्, तर उनले ६ वर्षअघि नै बिहे गरिसकेकी छन् । उनी दुई सन्तानकी आमा समेत बनिसकेकी छिन् । गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै थिइन् उनी । उमेर भर्खर १५ वर्षको थियो, गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो ।...

सरकारले अधिनायकवाद शुरु गरिसक्यो: देउवा

रासस, चितवन, ३ वैशाख - काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताएका हुन् । उनले भने, 'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।' अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, 'अब विकास...

चौरजहारी नगरपालिकाले ५ हजार विद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्दै

मनिष खड्का/नयाँ पत्रिका , रुकुम(पश्चिम) ३, वैशाख  - रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले पाँच हजार विद्यार्थीलाई निशुल्क विद्यालय पोषाक वितरण गर्दैछ । नगरपालिकामा रहेका ४१ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ मा अध्यनरत करिब पाँच हजार विद्यार्थीलाई नगरपालिकाले निशुल्क विद्यालय पोषाक उपलब्ध गराउन लागेको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकर्षित गर्न तथा नगरपालिका भरीका विद्यालयको पोषाकमा एकरुपता ल्याउन विद्यालय...

प्रदेश ७ का मुख्यमन्त्रीले गरे विद्यार्थी भर्ना

तेजराज भट्ट र कर्ण चन्द, धनगढी, ३ वैशाख - प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा र सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्कुलमा गएर विद्यार्थी भर्ना गरेका छन् । विद्यालय भर्ना अभियानको सुरुवात गर्दै उनीहरूले एक–एक विद्यार्थीलाई भर्ना गराएका हुन् । मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिका–७ मनोहरास्थित सरस्वती माविमा नम्रता राना, साभामुख थापाले धनगढी–५ स्थित पञ्चोदय माविमा गंगा रोकाया...

विकास नक्सा बनाउँदै प्रदेश ५ सरकार

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, ३ वैशाख - सूचना प्रविधियुक्त नक्सामा धेरै क्षेत्र समेटिने - सरकारले प्रदेशको समग्र विकासका लागि प्रादेशिक विकास नक्सा बनाउन सुरु गरेको छ । देशकै पहिलो प्रादेशिक विकास नक्सा बनाउने गरी विज्ञसहित सरोकारवालासँग सुझाब लिएर सरकारले काम सुरु गरेको हो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीका अनुसार आइतबार मुख्यमन्त्री शंकर पोखरेलसहित...

सिन्डिकेट टिकाउन पोखरामा बखेडा झिक्दै यातायात व्यवसायी

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, ३ वैशाख - मनपरी गर्न नपाउने भएपछि पोखराका व्यवसायीले यातायात अस्तव्यस्त बनाउने तयारी गरेका छन् । पोखरामा सबै सार्वजनिक यातायात सडकमा उतारेर सिन्डिकेट कायम गराउन दबाब दिने तयारीमा व्यवसायी छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले जारी गरेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ (संशोधित) को विरोधमा व्यवसायी उत्रिने भएका हुन्...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको भीड (फोटोफिचर)

नयाँ पत्रिका, काठमाडौं, ३ वैशाख - चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर...

प्रदेश २ सरकारले ५ वैशाखमा बजेट ल्याउँदै

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, ३ वैशाख - कृषि र आन्तरिक व्यवस्थापन प्राथमिकतामा प्रदेश २ सरकारले ५ वैशाखमा बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइने बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । [caption id="attachment_40949" align="alignleft" width="300"] विजय यादव, योजनामन्त्री[/caption] यसका लागि आर्थिक मामिला मन्त्रालयले चैत...