logo

bar

न्युज रूम

मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालय भर्ना

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, ६ वैशाख - प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । बुधबार बिहान धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय मावि पुगेर उनले कान्छी छोरी १४ वर्षीया पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन् । पुष्पाले डोटीको केआइसिंह गाउँपालिका–६ फलेडीस्थित देवस्थल माविबाट कक्षा ७ उत्तीर्ण गरेकी हुन् । उनकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिंह गाउँपालिका–६,...

कर्णाली प्रदेशमा घटाएर पारिश्रमिक प्रस्ताव

नयाँ पत्रिका, सुर्खेत, ६ वैशाख - कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम गर्ने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको विधेयकको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारी र सदस्यको सेवासुविधा संघीय सरकारले तोकेको मापदण्डभन्दा कम तोक्न लागिएको हो । कानुन मन्त्रालयले...

बालुवाटारमा अाेली–प्रचण्ड भेटवार्ता, पार्टी एकताकाे गाँठाे फुकाउने प्रयास

नयाँ पत्रिका, काठमाडौं, ६ वैशाख - पार्टी एकताकाे गाँठाे फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेकाे छ । एकता संयाेजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खाेज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच...

फेवातालको अतिक्रमित जग्गा दर्ता खारेज गर्न निर्देशन

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, ६ वैशाख - एक हजार ६ सय ९२ रोपनी जग्गा व्यक्तिको नाममा, महालेखाद्वारा जग्गाको दर्ता खारेज गर्न निर्देशन महालेखा परीक्षकको कार्यालयले पोखराको फेवातालको अतिक्रमित जग्गा फिर्ता गर्न निर्देशन दिएको छ । व्यक्तिको नाममा भएको एक हजार ६ सय ९२ रोपनी तालको जग्गाको दर्ता बदर गर्न सरकारलाई निर्देशन दिएको छ । तालमा पानीको सतह...

मुख्यमन्त्री, मन्त्री र सांसदलाई पेस्कीमा तलब

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुर, ६ वैशाख - मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी कानुन नबन्दा पेस्कीमा तलबभत्ता उपलब्ध गराइएको छ । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सांसदलाई फागुन र चैत महिनाको तलबभत्ता पेस्कीस्वरूप खुवाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्रीलाई ६० हजार ९७०, मन्त्रीलाई ५२ हजार र राज्यमन्त्रीलाई ४९ हजार उपलब्ध गराइएको छ...

सुनसरीका अधिकांश स्थानीय तह दमकलविहीन

देवन्द्र कार्की/नयाँ पत्रिका, धरान, ६ वैशाख - गत महिना सुनसरीको बराहा क्षेत्र र भोक्राहामा आगलागीका ठूला घटना भए । आगलागीबाट बराहा क्षेत्रको इक्राइमा ७० र भोक्राहामा १७ घर जलेर खरानी भए । दुवै ठाउँमा आगलागीबाट बढी क्षति हुनुमा स्थानीय तहमा दमकल नहुनु नै हो । सुनसरीका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग मात्र...

कांग्रेस केन्द्रीय समिति बैठक : पार्टी सुदृढीकरणका लागि युवा नेताको संयुक्त प्रस्ताव

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, ६ वैशाख - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यले पार्टी सुदृढीकरण गर्ने योजनासहित संयुक्त लिखित प्रस्ताव पेस गर्ने भएका छन् । सकभर वैशाख ७ गते नै नभए ८ गते पार्टी सशक्त बनाउने योजनासहितको संयुक्त लिखित प्रस्ताव पेस गर्ने तयारीमा जुटिरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । पार्टीलाई वाम गठबन्धनसँग...

साउनदेखि सार्वजनिक यातायातमा सिन्डिकेट रहँदैन

नयाँ पत्रिका, काठमाडाैँ ६ वैशाख - [caption id="attachment_41610" align="alignleft" width="300"] रुपनारायण भट्टराईमहानिर्देशक,यातायात  व्यवस्था विभाग[/caption] मंगलबारको मन्त्रिपरिषद् बैठक निर्णयले सिन्डिकेट तोडियो कि तोडिएन ? कानुनमा तोडियो । तर, व्यावहारिक रूपमा यातायात समिति खारेज नभई तोडिँदैन । यसका लागि असार मसान्तसम्म पर्खनुपर्छ । सरकारले तत्कालै किन खारेज गर्न सकेन ? तत्कालै खारेज गर्न कानुनी अवरोध भयो । संस्था दर्ता ऐन २०३४ ले...

कर्णालीका जनप्रतिनिधिको पारिश्रमिक घटाएर प्रस्ताव

नयाँ पत्रिका, सुर्खेत, ६ वैशाख - कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम गर्ने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको विधेयकको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारी र सदस्यको सेवासुविधा संघीय सरकारले तोकेको मापदण्डभन्दा कम तोक्न लागिएको हो । कानुन मन्त्रालयले...

नेपालमा स्थिरता र सद्भाव चाहन्छौँ : चीन

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, ६ वैशाख - परराष्ट्रमन्त्री ज्ञवाली चीनमा चीनले नेपालमा राजनीतिक स्थिरता र सामाजिक सद्भाव चाहेको बताएको छ । औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भेटवार्तामा चीनका उपराष्ट्रपति वाङ छिसानले चिनियाँ अनुभव भन्दै स्थायित्व र विकासका तीन सूत्रसमेत सुनाएका छन् । ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र निरन्तर सुधार नेपालका लागि आवश्यक छ,’ उपराष्ट्रपति छिसानले...

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

पुष्प ढुंगाना, जीवन बस्नेत, टेकराज थामी र प्रदेश ब्युरो, ६ वैशाख - व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन् सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले...

सिंहदरबारभित्र एकैचोटि काटिए सयौँ टेलिफोन लाइन

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ ६ वैशाख - प्रधानमन्त्री कार्यालयले ५ लाख बुझाएर खोल्यो, संसद्को ६० लाख बक्यौता - पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । कतिपय कार्यालयले बुधबार अबेर रकम बुझाएर लाइन खुलाए...

मनोज पुनको अपराधलाई नेताको साथ

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, ६ वैशाख - प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा...

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

रासस, काठमाडौँ - युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उजले राजीनामा दिएको जानकारी गराए । गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले...

भुसाल कांग्रेसको सचेतकमा मनोनित

मधुसुधन भट्टराई , काठमाडौं, ५ बैशाख - कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको सचेतक पदमा सांसद पुष्पा भुसाल (गौतम) लाई मनोनयन गरेका छन् ।  सभापति देउवाले बुधबार कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा (२) बमोजिम सचेतक पद मनोनयन गरेका हुन् । अर्घाखाँचीकी भुसाल समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् । उनलाई...

६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री मगर

रासस , काठमाडौं, ५ वैशाख - खानेपानी मन्त्री बिना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री मगरले राजधानीलगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको बताइन् । उनले भनिन्, ‘६ महिनापछि मेलम्चीको पानी वितरण सुरु भएपछि राजधानीको खानेपानी...

३० हजार घुससहित प्राधिकरणका २ कर्मचारी पक्राउ

रंजन भण्डारी , महोत्तरी, ५ वैशाख - महोत्तरीमा ३० हजार घुससहित नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका दुई जना कर्मचारीलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । एक सेवाग्राहीसँग थ्री फेज लाईन जडान गरिदिएवापत घुस लिँदै गर्दा जलेश्वर नगरपालिका वडा नं. २ स्थित एक घरमा उनीहरु पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका शाखा अधिकृत प्रकाश थापाले...

पानी थाप्न पँधेरामै बास !

पूर्णप्रसाद न्यौपाने/नयाँ पत्रिका , ओखलढुंगा, ५ वैशाख  - ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन् । ‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनुपर्छ’ गहभरि आँसुपार्दै नयाँपत्रिकासँग देवीमायाले भनिन् ‘पानी भर्दै...

‘स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायकको सुविधा’

नयाँ पत्रिका , विराटनगर, ५ वैशाख - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए । मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै...

झापाका महेन्द्र गिरी बने उत्कृष्ट नागरिक

लक्ष्मी काफ्ले , झापा, ५ बैशाख - झापाका सामाजिक व्यक्तित्व महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको छ । वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले गिरीलाई मंगलबार सामुहिक रुपमा उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका हुन् । आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पु¥याएको भन्दै बिर्तामोड–२ चारपाने निवासी ४८ वर्षीय गिरीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको...

सिन्डिकेट खारेजको विरोधमा अनिश्चितकालीन यातायात बन्द

जीवन बस्नेत, काठमाडौं, ५ वैशाख - सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले संयुक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले बुधबार वानेश्वरमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका विभिन्न १३ बुँदे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जनकारी नआएसम्म...

चुनाव चिह्नको विषय टुंगिएको छैन : प्रचण्ड

रासस  , चितवन, ५ वैशाख - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै...

बेवारिसे बम बिस्फोटमा घाइते बालकको अवस्थाबारे प्रदेश सरकार उदासिन

गणेश लम्साल/नयाँपत्रिका, बिराटनगर, ५ वैशाख - बेवारिसे बम बिस्फोटमा परेर गम्भीर घाइते भएका उदयपुरका १४ वर्षीय बालक सागर राईको स्वास्थ्य अवस्थाबारे प्रदेश सरकार उदासिन देखिएको छ । २८ चैतमा उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित हवाई फिल्डमा राखिएको बेवारिसे बम बिस्फोट हुँदा घाइते भएका बालक राईको हाल बिराटनगर वरगाछी स्थित लाईफ गार्ड अस्पतालमा उपचार भैरहेको छ ।...

खोटो संकलनमा विवाद: केन्द्रको अनुमति, स्थानीय सरकारको रोक

बैतडीबाट अमर भट्टराई/ धनगढीबाट तेजराज भट्ट, ५ वैशाख - प्रदेश ७ मा खोटो संकलनका विषयमा विवाद सुरु भएको छ । संघीय सरकारको अनुमतिमा खोटो संकलन गरिरहेका कम्पनीलाई स्थानीय सरकारले रोक लगाएको छ । जिल्ला वन कार्यालय, बैतडीले अनुमति दिएको भए पनि पाटन नगरपालिकाले खोटो संकलनमा रोक लगाएको हो । नगरपालिकाले वन पैदावारसम्बन्धी आवश्यक कार्ययोजना बनाउने जनाउँदै तत्काल खोटो संकलन...

गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी

उपेन्द्र खनाल/नयाँ पत्रिका, गोरखा, ५ वैशाख - तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको छ । प्रदेश ४ कै ठूलो उद्योग सञ्चालनमा आएमा आर्थिक समृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा छ । उद्योगमा आबद्ध कर्मचारीलाई अवकाश दिन लाग्ने खर्च र...

शृंखलाबद्ध अपराध बढेकामा प्रदेश १ का सांसदको चिन्ता

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, ५ वैशाख - शृंखलाबद्ध आपराधिक घटना भइरहेको भन्दै प्रदेश १ का सांसदहरूले चिन्ता व्यक्त गर्दै  सुरक्षामा सचेत हुन सरकारको  ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको मंगलबारको  बैठकमा सांसदहरूले अपराध बढिरहेको र अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएका हुन् । विशेष र शून्य समयमा बोल्ने अधिकांश सांसदले आरोपीलाई तत्काल पक्राउ गरी कारबाही गर्न...

महन्थ ठाकुरको स्वास्थ्य अवस्थामा सुधार

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएपछि आइसियूबाट नर्मल बेडमा सारिएको छ । नियमित चेकअपका लागि गत २७ चैतमा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल पुगेका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि थप उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो । ठाकुरको शरीरमा रगत प्रवाहमा समस्या देखिएपछि...

देउवाले मुख्यमन्त्री पौडेललाई भने, ‘हेटौँडाबाट प्रदेश राजधानी नसारौँ’

सुदीप शिवाकोटी/नयाँ पत्रिका, हेटौँडा, ५ वैशाख - कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह गरेका छन् । मंगलबार पौडेलसँगको भेटमा देउवाले सबै किसिमले हेटौँडा राजधानीका लागि उपयुक्त रहेकाले आफ्नो सरकारले अस्थायी राजधानी तोकेको स्मरण गराउ“दै अन्यत्र नसार्न आग्रह गरेका हुन् । देउवाले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी...

राष्ट्रपतिको शपथ वैधानिक

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथविरुद्ध परेको रिट खारेज गरेको छ । उमेर विवादका कारण बहिर्गमन भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति भण्डारीलाई खुवाएको शपथ संवैधानिक कि असंवैधानिक भन्ने विषयमा गत मंगलबार सर्वोच्चमा रिट दर्ता भएको थियो । सर्वोच्चले सो रिटमा सुनुवाइ गर्नु नपर्ने आदेश दिएको छ । न्यायाधीश सपना मल्ल...

केन्द्रको सुरक्षामा प्रदेशका गृहमन्त्री

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - आन्तरिक मामिला मन्त्रालयका नाममा प्रदेशमा ‘गृह मन्त्रालय’ छन्, तर उनीहरूसँग आफ्ना हवल्दार र सिपाही पनि छैनन्  संविधानको परिकल्पना : हरेक प्रदेशको आफ्नै प्रहरी संविधानअनुसार हरेक प्रदेशका आफ्नै प्रहरी राख्न र केन्द्रसँग समन्वय गर्ने गरी पुनर्संरचनाको सुझाब दिन गृह मन्त्रालयले १२ फागुन ०७२ मै पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा एक कार्यदल...

पेट्रोलियम पाइपलाइन विस्तार तीव्र गतिमा

इन्दीप कोइराला/नयाँ पत्रिका, बारा, ५ वैशाख - बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । भारतबाट आयातीत पाइप वेल्डिङ गरी खाडलमा हाल्ने काम भने मंगलबारबाट सुरु भएको छ । प्रजिअले गरे शिलान्यास मंगलबार सिमरामा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप...

२५ वर्षे ‘एनजिओ’ यातायात सिन्डिकेटको बिदाइ

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७...