logo

bar

न्युज रूम

छाडा चौपायाका कारण पोखराको सडक अस्तव्यस्त

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, १ चैत - प्रदेश ४ को मुकाम पोखरामा छाडा चौपायाका कारण सडक जामको समस्या बढ्दै गएको छ । यातायातको चाप हुने भूपि शेरचन राजमार्गको जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सडकखण्ड, सिद्धार्थ राजमार्गको छोरेपाटन–पृथ्वीचोक खण्ड, न्युरोड र नयाँ बजारलगायतका भित्री सडकहरूमा चौपायाका बथान सडकमा ओहोरदोहोर गर्दा सवारी आवागमन नै प्रभावित हुने गरेको छ । यही कारणले...

कर्णालीमा आन्तरिक उडान नहुँदा समस्या

योगेश र मानदत्त /नयाँ पत्रिका, जुम्ला, १ चैत - नेपालगन्ज हुँदै प्रदेश राजधानी वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता, काठमाडौंको यात्रा झन्झटिलो- संघीय राजधानी काठमाडौंबाट सीधा हवाई उडान नभएको कर्णाली प्रदेशमा आन्तरिक उडानसमेत छैन । जसले आवातजावतदेखि व्यापारमा समेत समस्या भइरहेको छ । काठमाडौंबाट सीधा उडान सम्पर्क नभएको एक मात्रै कर्णाली प्रदेश हो । पाँच वर्षदेखि काठमाडौं– सुर्खेतको सीधा उडान रोकिएको हो...

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

मोहन विष्ट/नयाँ पत्रिका, कञ्चनपुर, १ चैत - पीडक राजेश चन्दमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने - कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा...

नेपालबाट ट्रकोमा रोग उन्मूलनको घोषणा

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, १ चैत - नेपालबाट ट्रकोमा (आँखा खस्रो हुने) रोग उन्मूलनको घोषणा भएको छ । विश्वमा अन्धोपनका विभिन्न कारकमध्ये ट्रकोमा पनि प्रमुख कारकको रूपमा थियो । सरकारको लामो प्रयासपछि सो रोग नेपालबाट उन्मूलन भएको हो । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाट ट्रकोमा उन्मूलन गर्ने घोषणा गरे पनि नेपालले २ वर्ष अघि नै...

कांग्रेस प्रशिक्षणको औपचारिक कार्यक्रम २७ मिनेट मात्र !

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, १ चैत - राजनीतिक दलका केन्द्रीयस्तरका कार्यक्रम प्रायः लामै हुन्छन् । यस्ता कार्यक्रम वेलैमा सुरु नहुने र तोकिएको समयमा नसकिने समस्या पनि नौलो होइन । धेरै नेतालाई आसनग्रहण गराउने र पालैपालो बोल्न दिने शैली प्राय राजनीतिक दलहरुमा छ । तर, बुधबार कांग्रेसको एउटा औपचारिक कार्यक्रम विगतका भन्दा नितान्त भिन्न भयो । सभापति शेरबहादुर...

सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

नयाँ पत्रिका, काठमाडाैँ, १ चैत - पर्शुराम काफ्ले, पुष्प ढुंगाना र निराजन पौडेलको रिपोर्ट प्रधानन्यायाधीशमा दुवैको दाबी गोपाल पराजुलीले आफू नै प्रधानन्यायाधीश रहेको र वरिष्ठतम् न्यायाधीश दीपक जोशीले आफू स्वतः कायममुकायम भइसकेको दाबी गरेका छन् । अब प्रधानन्यायाधीशको कुर्सीमा को बस्छ भन्ने अन्योलले सर्वोच्च न्यायालयको इतिहासमा अभूतपूर्व तनाव बढाएको छ । न्यायपरिषद् सचिवको पत्र गत २१...

प्रहरीले पक्राउ गरेका चाँदीतस्कर राजस्वबाट रिहा

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १ चैत - प्रहरीले चाँदी तस्करीको आरोपमा पक्राउ गरेका दुईजनालाई राजस्व अनुसन्धान विभागले धरौटीमा रिहा गरेको छ । विभागले उनीहरूलाई आठ लाख धरौटीमा मंगलबार छाडेको हो । प्रहरीले तस्करी आरोपमा पक्राउ परेका वीरगन्ज–२ का ४० वर्षीय सुरेश सर्राफ र वीरगन्ज–३ का कृष्णा सर्राफमाथि थप अनुसन्धान गर्न भन्दै विभागलाई सोमबार जिम्मा लगाएको थियो ।...

आज प्रदेश ३ को मन्त्रिपरिषद् बस्दै

सुदीप सिवाकोटी/नयाँ पत्रिका, हेटौँडा, १ चैत - विधेयक दर्ताका लागि सिफारिस गरिने प्रदेश ३ मा सरकारले पूर्णता पाएपछि आज (बिहीबार) दोस्रो मन्त्रिपरिषद् बैठक बस्दै छ । यसअघि १६ फागुनमा पहिलो बैठक बसेको थियो । बैठकबाट हालसम्म निर्माण गरिएका कानुनको विधेयक संसद्मा पेस गर्नका लागि प्रदेश सभा सचिवालयमा दर्ता गर्न सिफारिस गर्ने तयारी गरिएको छ । सरकारले पूर्णता...

आजबाट २० वर्ष पुराना गाडी चलाउन नपाइने

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, १ चैत - यातायात कार्यालय गण्डकीमा दर्ता भएका २० वर्ष पुराना सवारीसाधन आज (१ चैत)बाट चल्न नपाउने भएका छन् । सार्वजनिक यातायातका रूपमा सञ्चालन भएका यस्ता पुराना सवारीसधानले वातावरण प्रदूषण गरेको भन्दै सरकारले १ चैतबाट सञ्चालनमा रोक लगाएको हो । सरकारले २ वर्षअघि अर्थात् १ चैत ०७२ मा २० वर्ष पुराना सवारीसाधन हटाउने...

आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

नयाँ पत्रिका, काठमाडौं, १ चैत - प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । ‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी...

गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १ चैत - गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा...

प्रधानन्यायाधीश पराजुली पदबाट बर्खास्त : अब राष्ट्रपतिकाे शपथ वैध कि अवैध ?

नयाँ पत्रिका, काठमाडौँ - प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । न्यायापरिषद् सचिवालयले पराजुलीले उमेरहदका कारण अवकाश पाए पनि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई पद तथा गोपनियातको शपथ ग्रहण गराएका छन् । प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी...

‘किरात प्रदेश’ माग्नेलार्इ प्रचण्डले भने-साझा नाम खाेज्नु !

सन्तोष भट्टराई , काठमाडौँ - प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग उठेको छ । काठमाडाैँस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजक किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक किरात राई संघले वाम गठबन्धनका प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूलाई बधाई दिने कार्यक्रममा सो विषय उठान भएको हो । आयोजकले नै कार्यक्रमको...

राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट लिइन् शपथ

नयाँ पत्रिका, काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दोस्रो कार्यकालको लागि राष्ट्रपति भवन सितलनिवासमा शपथग्रहण गरेकी छिन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरुसहित विभिन्न कुटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रधानन्यायाधीश...

को हुन् राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ?

नयाँ पत्रिका, काठमाडौं, ३० फागुन - राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गरिन्। त्यसअघि उनका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका...

विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोक घोषणा

रासस/सिन्ह्वा, ढाका, ३० फागुन - बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र...

६ किलोमिटर सडक खन्न आठ वर्ष

मनिष खड्का/नयाँ पत्रिका , रुकुम(पूर्व) ३०, फागुन - रुकुम(पूर्व)को भुमे गाउँपालिकामा ६ किलोमिटर सडक खन्न ८ बर्ष लागेको छ । ६ किलोमिटर दुरी रहेको बालुवा–डालिवाङ सडक खण्डको काम सकिन ८ बर्ष लागेको हो । उक्त सडक निर्माणको काम २०६६ सालमा सुरु भएको थियो । तर बजेट अभावका कारण ६ किलोमिटर सडक खन्न नै ८ बर्ष लागेको हो ।...

अल्मुन्नाहर अन्नी भन्छिन्,‘काठमाडौं–पोखरा  घुम्न आएँ, श्रीमान् र छोरी बेपत्ता भए’

नयाँ पत्रिका, काठमाडौँ - तस्बिर : विनाेद बिष्ट/नयाँ पत्रिका काठमाडौं–पोखरा  घुम्न आएँ, श्रीमान् र छोरी बेपत्ता भए म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु धेरै वर्णन गरेका थिए । त्यसैले म...

प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन

रासस / एएफपी, लन्डन, ३० फागुन - ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । ७६ वर्षको उमेरका हकिङको बुधबार निधन भएको उनको परिवारले जनाएको छ । सु-प्रसिद्ध भौतिशास्त्री हकिङले सन् १९८८ मा लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो । भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उनले यस...

‘छोरी जन्मिए फर्सी, छोरा जन्मिए खसी’ : छोराको मोहले ११ छोरीको जन्म

मानदत्त रावल/ नयाँ पत्रिका, जुम्ला, ३० फागुन - कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लामा लैङ्गिक विभेद कायमै रहेको छ । 'छोरी जन्मिए फर्सी, छोरा जन्मिए खसी' भन्ने नेपाली उखान कर्णाली भेगमा चरितार्थ हुने गरेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाईलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म...

अब बलात्कारका घटना रोकिन्छन् : प्रधानमन्त्री ओली

, काठमाण्डौ, ३० फागुन - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘संविधान समयको...

रेसुङ्गा क्षेत्रको आगलागी १८ घण्टापछि नियन्त्रणमा

टोपलाल अर्याल/नयाँ पत्रिका, गुल्मी, ३० फागुन - गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेकाे भीषण आगलागी झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । रेसुङ्गा नगरपालिका १४ पराल्मीको फुलबारी सामुदायिक वनबाट शुरु भएको आगो अहिले नियन्त्रणमा आएको शसस्त्र प्रहरी वल गुल्म, गुल्मीका शसस्त्र प्रहरी निरीक्षक बासुदेव कुवरले बताए । रेसुंगा नगरपालिका ३ भाडगाउँका अध्यक्ष थम्मन केशीका अनुसार...

यस्तो छ कर्णाली प्रदेशका उत्तरी नाका सञ्चालनको तयारी

योगेश ढकाल /अच्युतराज भण्डारी, मुगु ३० फागुन - कर्णाली प्रदेशका चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाका सञ्चालनमा ल्याउने तयारी थालिएको छ । भारतसँग नजोडिएको यो प्रदेशले उत्तरी नाका सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । ‘तीन नाका नहोला, एउटा नाका वर्ष दिनभित्र सञ्चालनमा ल्याउन तयारी गरेका छौँ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने । कर्णाली प्रदेशको काठमाडाैँसँग सीधै...

कुष्ठरोगीलाई अस्पतालमै दुर्व्यवहार

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, ३० फागुन - कुष्ठरोगीको उपचार गर्न स्थापना गरिएको पोखराको हरियोखर्क अस्पतालमा अहिले बिरामीबाटै दुर्व्यवहार हुने गरेको गुनासो आउने गरेको छ । उपचारका लागि आउने नयाँ तथा पुराना बिरामीले अस्पतालमा भर्ना नपाउने र दुव्र्यवहारसमेत हुने गरेको गुनासो गरेका हुन् । अस्पतालको तथ्यांकअनुसार अहिले प्रतिमहिना औसत १० नयाँ कुष्ठरोगका बिरामी उपचारका लागि आउने गरेका छन्...

इँटा उद्योगको धुवाँ र खरानीले स्थानीयलाई सास्ती

बद्रीनारायण यादव/नयाँ पत्रिका, सिरहा, ३० फागुन - सिरहा नगरपालिका–१५ सुखचैनास्थित बस्तीबीचमा खुलेको ऋषि इँटा उद्योगका कारण स्थानीयले सास्ती पाएका छन् । उद्योगको चारैतिर रहेका घरभित्रै धुवाँ र खरानी पुग्ने गरेको छ । उद्योगको पूर्वमा सोनारटोली, प्रसाही, सुखचैना, पश्चिममा मुस्लिमटोल, माडर बजार, खैरटोका र उत्तरमा धनुक टोली, मुसहरटोल, खिरौना पर्छ । दक्षिणतर्फ एक किलोमिटर टाढा भारतीय सीमाक्षेत्र दशगजा...

व्यापारिक केन्द्र बिर्तामोडमा छैन सार्वजनिक शौचालय

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, ३० फागुन - व्यापारिक कम्प्लेक्समा पनि छैन शौचालय, सडकमा बग्छ ढल बिर्तामोडको मुख्य सडकवारिपारि लाइनै पसल र ठुल्ठूला सपिङ मल छन् । भित्री सडकमा पनि व्यापारिक कम्प्लेक्स बनिरहेका छन् । दिनभरजसो बजारमा भिडभाड हुन्छ । तर, पूर्वको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती भइरहेको छ । बढ्दो सहरीकरणसँगै निकै व्यस्त...

अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपतिकाे शपथग्रहण

नयाँ पत्रिका, काठमाडौं, ३० फागुन - राष्ट्रपतिमा भण्डारी पुनः निर्वाचित खसेको मतको ७७% भण्डारीलाई विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । यो...

राष्ट्रिय सभाले आज तिमल्सिनालाई अध्यक्षमा निर्वाचित घोषणा गर्ने

वीरेन्द्र ओली/नयाँ पत्रिका , काठमाडौ, ३० फागुन - राष्ट्रिय सभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमल्सिनाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाले घोषणा गर्न लागेको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नै नउठाएपछि तिमल्सिना निर्विरोध भएका थिए । राष्ट्रिय सभा ५९ सदस्यीय हुने व्यवस्था छ...

ओली सरकारलाई भारतको पूर्ण समर्थन : भाजपा नेता जोली

नयाँ पत्रिका, काठमाडौं, ३० फागुन - भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारत सरकार र भाजपाको पूर्ण समर्थन रहेको बताएका छन् । ओलीको कार्यकालमा नेपालमा शान्ति, विकास, सुशासन र समृद्धि प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिन दिल्लीबाट आएका जोलीले मंगलबार रिपोर्टर्स क्लबमा...

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

नयाँ पत्रिका, काठमाडौं, ३० फागुन - दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न १. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ? पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ ।...

पराजुली इजलासमा, चोलेन्द्र बाहिर, आठ न्यायाधीश अनुपस्थित

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ३० फागुन - मंगलबार सर्वोच्चका ११० मुद्दा प्रभावित प्रधानन्यायाधीश गोपाल पराजुलीकोे अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ न्यायाधीशले मंगलबार आफ्नो अनुपस्थिति जनाए । वरिष्ठतममध्येका न्यायाधीश दीपकराज जोशी बिदामा भएपछि मंगलबार संयुक्त...

प्रदेश ५ मा सरकार विस्तारको तयारी

नयाँ पत्रिका, बुटवल, ३० फागुन - मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको फोरमले २ मन्त्री दाबी गर्ने प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । अब...