logo

bar
logo
Advertisment
SKIP THIS

न्युज रूम

‘रअ’को एजेन्ट बनाइदिने भन्दै ठगी

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १ माघ - आफूलाई ‘रअ’को नेपाल प्रमुख भन्दै प्रतिव्यक्ति तीन लाख उठाएर नक्कली नियुक्ति दिने ६ जना पक्राउ भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द नौनिया, दोलखा सुरी–२ का सन्तोष कार्की र विनोद कार्की,...

निवर्तमान सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, १ माघ - सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्नु गैरकानुनी भएको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा निवर्तमानमार्फत खर्च गर्नु कानुनविपरीत...

उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने

योगेश ढकाल/नयाँ पत्रिका, काठमाडौं, १ माघ - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आइतबार बसेको आयोग बैठकले खर्चको सीमा तोकेको हो । प्रत्येक प्रदेशबाट आठजनाका दरले निर्वाचित हुने राष्ट्रिय सभा सदस्यमध्ये हरेक प्रदेशमा एकजना सदस्य अपांगता वा अल्पसंख्यक कोटाबाट निर्वाचित हुनेछन् । तर, अहिलेसम्म सरकारले अल्पसंख्यक समुदाय परिभाषित...

पाेखरामा १२ जुवाडे नगदसहित रंगेहात पक्राउ !

रोहितराज पराजुली , कास्की - कास्की प्रहरीले जुवाखालबाट १२ जना जुवाडेलाई मोटो रकमसहित पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट १ लाख ४० हजार ५ सय ५० रुपैयाँ नगदसहित १२ जना जुवाडे रंगेहात पक्राउ परेका हुन् । अवैधरुपमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पोखरा–लेखनाथ महानगरपालिकाबाट खटिएको प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो । नगरको वडा नम्बर...

थप उपचारका लागि सीता दाहाललार्इ दिल्ली लगियो

नयाँ पत्रिका , काठमाडाैं, ३० पुस - माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाललार्इ थप उपचारका लागि आइतबार बिहान नयाँ दिल्ली लगिएकाे छ । नर्भिक अस्पतालले रिफर गरेपछि थप उपचार गर्न दिल्ली लगिएकाे माअाेवादी केन्द्रका अध्यक्ष  प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।   लामाे समयदेखि सुगर, प्रेसर, थाइराइडकाे उपचार गराउँदै अाएकी सीतालार्इ पछिल्लाे समय समस्या बढेपछि जाँचका लागि...

सिट बाँडफाँट टुंग्याउँदै वाम गठबन्धन

शुरोजंग पाण्डे , काठमाडौं, ३० पुस - वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि ३ माघमा सिट बाँडफाँट टुंगो लगाउने भएका छन् । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको वाम कार्यदलको बैठकले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरेर ३ माघमा सिट बाँडफाँट टुंगो लगाउने समझदारी गरेका हुन् । बैठकमा सात वटै...

माघे संक्रान्तिले बन्यो जुम्ला बजार भिड

मानदत्त रावल , जुम्ला - जुम्ला बजारमा निकै भिडभाँड हुन थालेको छ । माघेसंक्रान्ति पर्वका लागि किनमेल गर्न हिमाली भेगबाट पनि मानिसहरु आउन थालेपछि घुँइचो बढेको हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिएको धार्मिक मान्यता छ । संक्रान्तिमा घ्यूँ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी लगायतका...

जयरामघाटमा पुल बनेपछि हलेसीमा दर्शनार्थीको घुँइचो

केदार लाफा , खोटाङ - खोटाङको जयरामघाटमा पुल बनेपछि पूर्वको पशुपतिनाथ भनरे चिनिने हलेसी महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौं लगायत तराईका जिल्लासँग जोड्ने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको हो । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा मोटरेबल...

संखुवासभाकाे मकालुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

नवीन गुरुङ, संखुवासभा, ३० पुस - संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थमेला बरुणनदि नुहाउन जाने क्रममा मकालु गाउँपालिकाको उवाको सिम्माटार भन्ने ठाउँमा आज दिउँसो १ बजे जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । जीपमा चालकसहित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुबास कुइकेल, स्थानीय सुरेश राई र भुकम्पका प्राविधिक २ जना सवार...

गाउँमा पहिलोपटक बस पुग्दा खुशीयाली

शशिधर भण्डारी, प्यूठान, ३० पुस - विकासको दृष्टिकोणले दुर्गम मानिने प्युठानको गौमुखी गाउँपालिका -४ पुँजा डाडाकटेरीमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुशीयाली मनाए । सडक साघुँरो भएका कारण बस चल्न नसकेको डाडाकटेरीमा नियमित बस सञ्चालनमा ल्याउन थालिएको यातायात ब्यबसायीले बताएका छन् । बस पुग्दा गोब्दी, लिवाङ, रातामाटा, टिमुरचौर, दिहाल्ना, लैसरा र डाडाकटेरीका स्थानीयहरु बाजा बजाएर, बस...

हुम्लामा ऊनी कपडा लोप हुँदै

नरजन तामाङ, हुम्ला, ३० पुस - हिमाली जिल्ला हुम्लामा पुर्ख्यौली पेशा राडीपाखी ब्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्ष अगाडी उनबाट बुनेर लिउ, फेरुवा, बख्खु, राडिपाखी, लाम, दोच्छा लगायत अन्य उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । यतिखेर आधुनिक कपडाको उत्पादन र प्रयोग, युवापुस्तामा यसको कम रुची, महंगो लगानी जस्ता कारणले यो पेशामा...

अस्थायी राजधानी र प्रदेश प्रमुख तीन दिनभित्र : प्रधानमन्त्री

तेजराज भट्ट, धनगढी, ३० पुस - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोक्ने बताएका छन् । कैलालीको गोदावरीमा आईतबार बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताए । उनले भने, ‘दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको हो । अब सहमति भए पनि...

व्यक्ति तोकिएको निर्देशन मान्दैनौँ : त्रिवि उपकुलपति

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले सरकारले डिन बनाउन व्यक्ति तोकेर दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन् । सरकार र केसीबीच भएको सहमतिको दोस्रो बुँदामा आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिन सरकारले त्रिविलाई निर्देशन दिने उल्लेख छ । सहमतिलगत्तै उपकुलपति खनियाँले सरकारले दिएको नीतिगत निर्देशन आफूहरू मान्न तयार भएको, तर व्यक्तिबारे...

पाँच हजार सामाजिक परिचालक कर्मचारी आन्दोलित

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् । ऐेन कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी...

कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङमा सार्वजनिक

भवानीश्वर गौतम/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - कुल विद्यार्थी : ३४७७४८,  अंग्रेजीमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने : १३६४११ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको नतिजामा अंग्रेजी विषयमा सबैभन्दा कमजोर ग्रेड ‘डी’ र ‘ई’ ल्याएका छन् । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले विषयअनुसार ग्रेडमा नतिजा...

दुर्गा तिवारी हत्याका अभियुक्त सिँजाली विमानस्थलबाट नियन्त्रणमा

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - प्रहरीले घटना भएको एक वर्षपछि एमाले युवा नेता दुर्गा तिवारीको हत्यामा संलग्न एक अभियुक्तलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बाबु भनिने तुलबहादुर सिँजालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको छ । कतार एयरवेजबाट काठमाडौं उत्रने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रवक्ता डिआइजी मनोज न्योपानेले सिँजाली दुर्गा...

देशभरका नर्स आन्दोलनमा

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - ११ बुँदे माग अघि सार्दै आन्दोलनमा रहेका नर्सले देशभरका अस्पतालमा शनिबार पनि १ घन्टा काम ठप्प पारे । नर्सले बिहान १० बजेदेखि एक घन्टा अस्पतालमा कुनै पनि काम गरेनन् । नर्सको हकहितका लागि भन्दै नर्सिङ संघको अगुवाइमा आन्दोलन भएको हो । सरकारले मागको सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने नेपाल नर्सिङ...

स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई नागरिक अभिनन्दन

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई नागरिक अभिनन्दन गरिएको छ । नेपाल सितेरियो कराते डो संघले कर्माचार्यलाई नागरिक अभिनन्दन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एमालेका महासचिव ईश्वर पोखरेलले बूढाशनीलकण्ठस्थित डोजो हलमा कर्माचार्यलाई अभिनन्दन गरे । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य...

न्यायिक कामबारे स्थानीय निकायका उपप्रमुख अन्योलमा

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडाैं, ३० पुस - स्थानीय निकायका उपप्रमुखलाई न्यायिक निर्णय गर्ने अधिकार दिएको भए पनि कार्याविधि नबन्दा अन्योल भएको छ । ‘न्यायिक समितिले कसरी काम गर्ने भन्ने विषयमा अझै हामी प्रस्ट्र हुन सकेका छैनाैँ, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले भनिन्, ‘कार्यविधि नबन्दा न्यायिक समिति नै गठन हुन सकेको छैन ।’ संविधानले स्थानीय तहका उपप्रमुखलाई...

उपत्यकाको सडक विस्तार ठप्प

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।...

प्रधानन्यायाधीश पराजुलीलाई जेल हाल्नुपर्छ : डा. केसी

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ?...

पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - ‘मर्न तयार व्यक्तिलाई एक वर्ष जेल सजायले असर गर्दैन’ प्रा.डा. गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । शुक्रबार मध्यरातमा सरकारसँग पाँचबुँदे...

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

याेगेश ढकाल/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग...

वाम गठबन्धनसँग अवसर र चुनौती दुवै छन् – प्रचण्ड

वीरेन्द्र अाेली, काठमाडाैँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् । देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् । उनले वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने पनि बताए । देश सही ट्र्याकमा आयो देशले थुप्रै प्रकारका समस्या...

पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक (नतिजासहित)

भवानीश्वर गाैतम, काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । सनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोडका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन...

डिष्ट्रिलरीमा फेला परेको गोहीको उद्धार

ज्ञानु पंगेनी , नवलपरासी - नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा रहेको श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको गोहीलाई उद्धार गरि नारायणी नदीमा छाडिएको छ । शनिवार मध्यान्ह स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूण खोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले गोहीलाई मधयविन्दु १५ मा पर्ने...

१३ जनाको मृत्युपछि चिकित्सकको टोली जाजरकोटमा [फोटोफिचर]

हेमन्त केसी , जाजरकोट, २९ पुस - जाजरकोटमा भाइरलबाट १३ जनाले ज्यान गुमाएपछि नेताहरुको ध्यानाकर्षण भएको छ ।  औषधि र डाक्टरसहितको टोली यतिबेला जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा पुगेको छ । जाजरकोटबाट प्रतिनिधिसभाका सांसद तथा पूर्वगृहमन्त्री शक्ति बस्नेत औषधि तथा चिकित्सकको टोली लिएर भाइरल प्रभावित क्षेत्र पुगेका छन् । राज्यको वास्ता नगरेको भन्दै स्थानीय रुष्ट बनेका छन् । हरेक वर्ष...

गुरुकुल विश्वविद्यालय सञ्चालन गर्न महायज्ञ

लक्ष्मी काफ्ले , झापा - अर्जुनधारा नगरपालिकास्थित शंकराचार्यपीठ वेदवेदांग संस्कृत पाठशालामा माघ १ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ । सो पाठसालाले २०३३ सालदेखि विद्यार्थीलाई संस्कृत शिक्षा पढाउँदै आएको थियो । हालसम्म गुरुकुलको रुपमा सञ्चालन हुँदै आएको संस्कृत पाठशालालाई महाविद्यालय हुँदै प्रादेशिक गुरुकुल विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ नारद महापुरण अकालमृत्यु निवारण ज्ञान महायज्ञ...

पञ्चायतविरुद्ध लडेका १६ जनालाई सहिद घोषणा

सन्तोष रुचाल , धनकुटा, २९ पुस - २०३६ सालको छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई सरकारले राष्ट्रिय शहिद घोषणा गरेसँग शहिद परिवारमा खुशीयाली छाएको छ । पञ्चायती शासनविरुद्ध लडेका छिन्ताङ, खोकु, आँखिसल्लाका १६ जनालाई सरकारले विहीबार ३८ वर्षपछि शहिद घोषणा गरेको छ । पञ्चायती व्यवस्थाविरुद्ध लडेका आफ्ना अभिभावकहरुलाई शहिद घोषणा गर्न पटक–पटक राज्यसँग अनुरोध गर्दा...

किन आन्दोलित भए देशभरका नर्स ?

सरला कट्टेल , काठमाडौं, २९ पुस - ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएमा नर्सहरुले देशभरका अस्पतालमा आज एक घण्टा काम ठप्प पारे । बिहान १० देखि ११ बजेसम्म नर्सहरुले अस्पतालमा कुनै पनि काम गरेनन् । नर्सहरुको हकहितका लागि नर्सिङ संघले एक विज्ञप्ति जारी गर्दै गत बुधबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । देशभरका नर्सहरुको हकहितको...

कैलालीको लम्कीमा बस दुर्घटना, ४० जना घाइते

दिलबहादुर चौधरी , टीकापुर,२९ पुस - कैलालीको लम्की चुहा नगरपालिक ६ स्याउले गुलरा बजार नजिक शनिबार यात्रुबाहक बस आपसमा ठोक्किदा ४० यात्रु घाइते भएका छन् । महेन्द्रनगरदेखि नारायणगढतर्फ आउँदै गरेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरदेखि धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरको यात्रुबाहक बस आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ...

कक्षा ११ को नतिजा आउँदै

नयाँ पत्रिका , काठमाडौं, २९ पुस - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा सम्बन्धी अन्तिम तयारी गरी बोर्ड सदस्यहरुलाई बैठकका लागि बोलाईसकेको छ । बोडका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ठुलै प्राबिधक समस्या नआएमा केहि समयपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए ।