logo

bar

न्युज रूम

सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनाव २६ र ३० गते

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २० फागुन  - संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सभामुख यही फागुन २६ गते र राष्ट्रियसभाको अध्यक्ष ३० गते चयन हुने भएको छ । संघीय संसदको सचिवालयले तयार पारेको कार्यतालिकालाई आइतबार बसेको सवंदलीय बैठकले अनुमोदन गरेको हो । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज बसेको सर्वदलीय बैठकले सो कार्यतालिका अनुमोदन गरेको हो । संघीय सचिवालयले...

प्रतिनिधिसभाका सांसदलाई सपथ गराउने अवसर अब महन्थ ठाकुरलाई

रासस, काठमाडौं, २० फागुन - प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् । नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो । नेता यादवले शपथमा आफू...

भारतीय सहरमा यसरी ठगिन्छन् नेपाली बिरामी

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, २० फागुन - भारतीय सीमावर्ती सहर पानीट्यांकीमा उपचारको नाउँमा नेपाली बिरामी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा कार्यरत भूपेन्द्र भट्टराई छन् । बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारीले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका भट्टराई झापा शान्तिनगर निवासी...

प्रदेश ७ : नियमावली मस्यौदा र परामर्श समिति बनाउन किचलो

नयाँ पत्रिका, धनगढी, २० फागुन - प्रदेश ७ मा प्रदेश सभा नियमावली मस्यौदा र कार्यव्यवस्था परामर्श समिति बनाउन पनि दलहरूबीच किचलो देखिएको छ । जसका कारण प्रदेश सभा सचिवालयले शनिबार बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । आइतबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको छ । त्यसका लागि प्रदेश सभा सचिवालयले शनिबार सर्वदलीय बैठक आयोजना...

कर्णाली प्रदेशका मन्त्रीको होटेलमै वास

नयाँ पत्रिका, सुर्खेत, २० फागुन - कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई सातापछि पनि मन्त्रीहरूले काम गर्न पाएका  छैनन् । कार्यालयमा उनीहरूका लागि बस्ने कुर्सीसमेत छैन । आवासको व्यवस्था नहुँदा अझै होटेलमै बसिरहेका छन् । आवासको व्यवस्था नहुँदा भौतिक योजना तथा पूर्वाधारमन्त्री खडकबहादुर खत्री सुर्खेतको वीरेन्द्रनगरस्थित राप्ती होटेलमा बसिरहेका छन् । ‘न बस्ने सुविधा छ, न...

अस्वस्थ प्रतिस्पर्धाले पोखरामा पर्यटकको बसाइ छोटो

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, २० फागुन - पोखरामा घुम्ने ठाउँ धेरै भए पनि ‘प्याकेज’ दिन नसक्दा पर्यटक छिटै फर्कने गरेका छन् । सस्तोमा छोटो समय घुमाउने अस्वस्थ प्रतिस्पर्धाले पर्यटकको बसाइ कम हुने गरेको पर्यटन व्यवसायी नै बताउँछन् । अहिले पोखरा आउने पर्यटकको बसाइ औसत २ दिन र केही घन्टा हुने गरेको छ । पोखराभित्रकै स्थान घुमाउँदा पनि...

मदिराले पूर्वी सीमा क्षेत्रमा असुरक्षा

रञ्जन भण्डारी/नयाँ पत्रिका, महोत्तरी, २० फागुन - मदिरा सेवन गर्न आउने भारतीयका कारण सीमा जोडिएका नेपाली बजारमा असुरक्षा बढेको छ । बिहारमा प्रतिबन्धित भएपछि मदिरा सेवन गर्न सीमावर्ती नेपाली बजार आउने भारतीयको संख्या बढ्दो छ । सीमा क्षेत्रका बजारमा मदिरापसल र होटेल खुल्ने क्रम पनि बढेको छ । भारतीयको बाक्लो उपस्थित हुने सीमा क्षेत्रका मदिरा बेच्ने होटलमा...

प्रदेश १ को मुख्य न्यायाधिवक्ता बन्न प्रतिस्पर्धा

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर २० फागुन - प्रदेश १ को मुख्य न्यायाधिवक्ता बन्न एमाले र माओवादीनिकट पाँच कानुन व्यवसायी प्रतिस्पर्धामा छन् । पाँचै अधिवक्ता विराटनगर कार्यक्षेत्र बनाएर काम गरिरहेका कानुन व्यवसायी हुन् । प्रगतिशील कानुन व्यवसायी संघमा आबद्ध जगत थापा, चूडामणि आचार्य र सुरेशलाल श्रेष्ठ मुख्य न्यायाधिवक्ताको चर्चामा छन् । यसैगरी माओवादीनिकट गणतान्त्रिक कानुन व्यवसायी संघमा आबद्ध...

आफ्नै इच्छामा नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, २० फागुन - पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा मंगलबार दिउँसो दुईदिने सद्भावना भ्रमणका क्रममा काठमाडौं आउँदै छन् । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् । आफ्नै विमानमा आउन लागेका पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी केपी...

‘जन्मस्थान’ कास्कीको ढिकुरपोखरीमा घर बनाउँछु : प्रचण्ड

नयाँ पत्रिका, काठमाडौं, २० फागुन - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा घर बनाउने बताएका छन् । शनिबार अन्नपूर्ण काठमाडौं समाजको साधारणसभामा उनले धेरैले आफूलाई जन्मस्थानमा घर बनाउन सुझाब दिँदै आएको बताए । ‘साथीहरूले आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर भनिराख्नु भएको थियो,’ प्रचण्डले भने, ‘म सोच्दै छु, त्यहाँ गएर...

डा. देवकोटा चैत पहिलो साता स्वदेश फर्कने

नयाँ पत्रिका, काठमाडौं, २० फागुन - झन्डै तीन महिनादेखि बेलायतमा उपचाररत वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार आएको छ । डा. देवकोटाको स्वास्थ्यमा सुधार आएसँगै उनी चैत पहिलो साता स्वदेश फर्कने भएका छन् । न्युरो अस्पताल बाँसबारीका प्रशासकीय अधिकृत विद्याकर अधिकारीका अनुसार डा. देवकोटाको स्वास्थ्यमा सुधार आएको छ । १० मंसिरमा निर्वाचनको प्रचारप्रसारका वेला बिरामी परेका...

गायब सुनका विषयमा तस्करबीच विवाद : अपहरण र हत्या अभियोगमा ३ पक्राउ

टेकराज थामी/याँ पत्रिका , काठमाडौं, २० फागुन - तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र...

कांग्रेस संसदीय दलको निर्वाचन : आज उम्मेदवारी, भोलि मतदान

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, २० फागुन - नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका...

दुई दलका सांसदलाई प्रशिक्षण दिँदै के भने ओली र प्रचण्डले ?

नयाँ पत्रिका, काठमाडौं, २० फागुन - सरुवा–बढुवाको होइन, विकास निर्माणका फाइल बोक्नुस् : प्रधानमन्त्री प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सरुवा–बढुवाका फाइल लिएर आफूकहाँ नआउन दुई पार्टीका सांसदलाई निर्देशन दिएका छन् । विकास निर्माणका फाइल बोक्न उनले सांसदहरूलाई सुझाए । ‘आफ्ना नातेदार, दाइभाइ पर्नेलाई प्राथमिकता नदिई विकास र समृद्धिको दिशातिर लाग्नुहोस्, देश विकासका लागि सांसदको ठूलो भूमिका हुने भएकाले...

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, २० फागुन - केन्द्रीय कमिटी १५० कि ३५० सदस्यीय बनाउने भन्ने बहस जारी एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३...

छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, २० फागुन - रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले...

प्रदूषण गर्ने जो कोहीलाई कारबाही हुन्छ: मन्त्री पण्डित

रासस, भक्तपुर, १९ फागुन - जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने दावी गरेका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । मन्त्री पण्डितले आगामी वैशाख १...

एमाले र माओवादी सांसदको प्रशिक्षणमा जे देखियो [फोटोफिचर]

नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षण सम्पन्न भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिएको हो । प्रशिक्षणमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

जब सिलवाल पुगे संसद भवन…

नयाँ पत्रिका , काठमाडौं, १९ फागुन - कुनै बेला प्रहरीको सर्बाधिक खोजीको सूचीमा रहेका सांसद नवराज सिलवाल एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन संसद भवन नयाँबानेश्वर पुगेका छन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतकाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रहरीको गोप्य रहने कार्यसम्पादन मुल्यांकन किर्ते गरेको...

कर्णालीको प्रदेश सभामा चार समिति बनाउने प्रस्ताव तयार

नयाँ पत्रिका , सुर्खेत, १९ फागुन - कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा...

उपमहानगर र व्यवसायीबीच समन्वय नहुँदा बधशाला अलपत्र

विष्णु घिमिरे, बुटवल, १९ फागुन - १० वर्षअघि बुटवलमा निर्माणको काम सुरु गरिएको बधशाला अझै सञ्चालनमा आएको छैन । सरकारी निकाय र व्यवसायीबीच समन्वय नहुँदा निर्माण गरिएका संरचना पनि जीर्ण बन्दै गएका छन् । रुपन्देही पशु सेवा कार्यालय, बुटवल उपमहानगरपालिका र मासु व्यवसायीले ०६५ मै बधशाला निर्माणका लागि सहमति गरेका थिए । तीनै पक्षको लगानीमा बधशाला...

कानुन नबन्दा प्रदेश सुरक्षा व्यवस्थापनमा समस्या

हदिश खुद्दार, जनकपुरधाम, १९ फागुन - प्रदेश २ मा सरकार गठन भएको झन्डै दुई साता बितिसक्दा पनि प्रदेश सुरक्षा समिति गठन हुन सकेको छैन । प्रदेश सरकारमातहत नहुँदा शान्ति सुरक्षाका लागि प्रहरी परिचालनमा समेत समस्या भएको छ ।प्रदेश २ का प्रहरी प्रमुख विजयलाल कायस्थले संघीय प्रहरी ऐन बनेपछि मात्र प्रदेश प्रहरी गठन हुने बताए । [caption...

दृष्टिविहीन नेपालको साउण्ड बक्स र गीत नै बाँच्ने आधार

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, १९ फागुन - ३६ वर्षका हेमप्रसाद नेपाल जन्मजात दृष्टिविहीन हुन् । झापाको सहरेडाँगीस्थित धाइजन स्थायी बसोबास गर्ने उनी ७५ वर्षका बाबुलाई दुई छाक मिठो खुवाउनका लागि दिनभर सडकमा गीत गाउँछन् । बाबुछोरा एउटा ठूलो साउण्ड बक्स बोकेर बिहान घरबाट निस्किन्छन् । मान्छेको जमघट भएको स्थान भेट्नासाथ काँधबाट साउण्ड बक्स ओराल्छन् । र, हेमप्रसाद...

ओली र प्रचण्डले सांसदलाई संयुक्त प्रशिक्षण दिने

नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन् । ओली र प्रचण्डले आफ्नो पार्टीका सांसदलाई शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रशिक्षण दिन लागेका हुन् । एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय...

सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न मेडिकल काउन्सिलमा दबाब नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा...

थरीथरी भाषामा शपथ लिने तयारीमा सांसद

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु...

काठमाडौंमा सात महिनामा तीन अर्बका चेक बाउन्स

टेकराज थामी/नयाँ पत्रिका , काठमाडौं, १९ फागुन - गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए...

देउवालाई निर्विकल्प नेता बन्न नदिन सिंहको उम्मेदवारी

नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा...

कान्तिपुरविरुद्धको अवहेलना मुद्दाको बयान आइतबार

नयाँ पत्रिका, काठमाडौं, १९ फागुन -  सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्दाको बयान आइतबार गर्ने भएको छ । शुक्रबार अदालतको अवहेलना मुद्दाको बयानका लागि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र कान्तिपुर संवाददाता कृष्ण ज्ञवाली अदालत उपस्थित भएका थिए । अवहेलना मुद्दामा अदालतको आदेशअनुसार शुक्रबार बिहान १० बजे बयानका लागि...

एक वर्षभित्र संशोधन नभए पुराना ऐन स्वतः खारेज

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १९ फागुन - नयाँ संविधानले निर्देश गरेका विभिन्न ऐनको मस्यौदा निर्माणमा ढिलाइ भएको छ । संविधानअनुसार संघीय संसद्ले २६, प्रदेशले २२ र स्थानीय तहले ६ वटा ऐन बनाउनुपर्नेछ । ११० कानुन बनाउनुपर्ने निर्देश संविधानले संघीय संसद्लाई गरेको भए पनि ८४ वटा विधेयक भने यसअघि नै व्यवस्थापिका–संसद्ले पारित गरिसकेको छ । केन्द्रीय सरकारले आवश्यक...

भाइबरबाट १० लाख ठग्ने पक्राउ

देवेन्द्र कार्की/नयाँ पत्रिका, धरान, १९ फागुन - भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा विराटनगर र...

तराईको बिभिन्न जिल्लामा यसरी मनाए हाेली (फोटो फिचर)

नयाँ पत्रिका, काठमाडाैँ, १८ फागुन - मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होली मनाइने परम्परा छ । त्यसै अनुसार तराईको कतिपय ठाँउमा आज होली मनाइएको छ भने कतिपय ठाँउमा भोली शनिबार होली मनाउने भएको छ । माध्यमिकी परिक्रमाको अन्तिम दिन लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस...