logo

bar

न्युज रूम

राजनले गगनलाई ४०० मतले पछि पारे

, काठमाडौं, २२ मंसिर - काठमाडौं क्षेत्र नम्बर ४ को मत परिणाममा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले अग्रतालाई निरन्तरता दिएका छन् । भट्टराईले २ हजार ८ सय ३९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गगन थापाले २ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् । थापालाई भट्टराईले ४ सय...

लिङ्देनभन्दा सिटौला ६ सय २४ मतले पछि

, झापा, २२ मंसिर - झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देनले ६ सय २४ मतले पछि पारेका छन् । २२ सय मत गणना सम्पन्न हुँदा लिङ्देनले १२ सय ९९ मत पाएका छन् भने सिटौलाले ६ सय ७५ मत पाएका छन् ।

बाबुराम र नारायणकाजीको क्षेत्रबाट आयो ताजा मत परिणाम

नयाँ पत्रिका , गोरखा, २२ मंसिर - प्रतिनिधिसभातर्फ गोरखा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पक्षमा ११३३९ र वाम गठबन्धनका नारायणकाजीको पक्षमा ९७४९ मत आएको छ । पछिल्लो समय सो क्षेत्रमा बाबुरामले आफ्नो अग्रता कायम राखेका छन् ।

धनकुटामा सुनिल थापा पछि परे

सन्तोष रुचाल, नयाँ पत्रिका , धनकुटा, २२ मंसिर - धनकुटाको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता सुनिलबहादुर थापा पछि परेका छन् । बहालवाला उद्योगमन्त्री थापाले २ सय ९६ मत पाएका छन् । थापालाई कांग्रेसको समर्थन छ । वाम गठबन्धनबाट उठेका एमाले उम्मेदवार राजेन्द्र राईले ३ सय ४३ मत ल्याएका छन् ।

रुपन्देहीमा विष्णु पौडेलको दोब्बर मतको अग्रता

दीपेश पछाई, नयाँ पत्रिका , रुपन्देही, २२ मंसिर - रुपन्देही क्षेत्र नम्बर २ मा वाम गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ । गठबन्धनका उम्मेदरवार विष्णु पौडेल १७३६ मतका साथ अग्रस्थानमा छन् । उनलाई ७२४ मतका साथ कांग्रेसका युवराज गिरीले पच्छ्याइरहेका छन् ।

कैलालीमा नारदमुनीले आरजुलाई पछि पारे

नयाँ पत्रिका , कैलाली, २२ मंसिर - कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले अग्रता लिएका छन् । रानाको ३०७ मत आएको छ । कांग्रेस उम्मेदवार आरजु राणाको पक्षमा २ सय २४ आएको छ ।

अमात्यको अग्रता तोडियो, पम्फा भुसालको ‘कमब्याक’

नयाँ पत्रिका , ललितपुर, २२ मंसिर - ललितपुर ३ मा मतगणना सुरु भएदेखि पछि परेकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसालले अग्रता लिएकी छिन् । भुसालको ८९६९ मत रहेको छ भने कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ८७९३ मत ल्याएका छन् ।

सिटौलाभन्दा लिङ्देन दोब्बर मतले अगाडि

नयाँ पत्रिका , झापा, २२ मंसिर - झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १२०० मतगणना हुँदा राप्रपाका राजेन्द्र लिङ्देनको पक्षमा ६५७ मत आएको छ । अर्का प्रत्यासी कांग्रेसका कृष्णप्रसाद सिटौलाको ३२३ मत छ । सो क्षेत्रमा लिङ्देनलाई वाम गठबन्धनको समर्थन रहेको छ ।

बर्दियामा बामदेवको अग्रता

यज्ञप्रसाद सापकोटा, नयाँ पत्रिका , बर्दिया, २२ मंसिर - बर्दिया प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकमा २६२२ मत गणना सकिदा एमालेका बामदेव गौतम १५२९ र कांग्रेसका संजयकुमार गौतमले ९२४ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर दुईतर्फ २९४४ मत गणना...

यस्तो छ खोटाङको पछिल्लो मत परिणाम

नयाँ पत्रिका , खोटाङ, २२ मंसिर - खोटाङको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । यस्तो छ, प्रतिनिधि तथा प्रदेशसभाको मत परिणामः प्रतिनिधिसभा विशाल भट्टराई, वाम गठबन्धनः ११५६७ सरस्वति बजिमय, कांग्रेसः ७३९२ प्रदेश क राजन राई, वाम गठबन्धनः ५८९७ सुवासकुमार पोखरेल, कांग्रेसः ३८११ प्रदेश ख रामकुमार राई, वाम गठबन्धनः...

कालिकोटमा वामपन्थी गठबन्धनकै अग्रता कायमै

रत्न कार्की, कालिकोट,२२ मंसिर - शुरु देखि नै कालिकोटमा प्रतिनिधि र प्रदेश सभा दुबैमा वामपन्थी गठबन्धनले अग्रता कामयमै राखेको छ । प्रतिनिधि सभामा वामपन्थी गठबन्धनबाट दुर्गा रावतले ६ हजार ७ सय ६८ मत प्राप्त गरेका छन भने कांग्रेसका भुपेन्द्रजङ शाहीले ५ हजार ९ सय ११ मत प्राप्त गरेका छन् । कुल १४ हजार २ सय...

गुल्मीमा ६ स्थानबाट शुरु भयो मतगणना

टोपलाल अर्याल, गुल्मी, २२ मंसिर - चर्चित नेताहरुबीच प्रतिस्पर्धा रहेको गुल्मीमा एक साथ ६ स्थानबाट मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर एकतर्फ प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई स्थानबाट तथा जिल्ला प्रशासन कार्यालयमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको मतगणना शुरु भएको हो । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र...

कास्कीमा मत गणना सुरु

रोहितराज पराजुली, कास्की - कास्कीमा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतगणना शुक्रबार दिउँसोबाट सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय लगाएत राजनीतिक दल र उम्मेदवारहरुबीच बसेको सर्वदलीय बैठक पछि मतगणना सुरु भएको हो । मतगणनाका लागि ३ वटा छुटाछुटै कार्यालयमा व्यवस्था गरिएको कास्कीका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र...

प्युठानमा दलहरुबीच विवाद चुलियो, सुरु भएन मतगणना

शशिधर भण्डारी, नयाँ पत्रिका , प्युठान, २२ मंसिर - प्युठानमा दलहरुबीचको विवादका कारण  मतगणना सुरु हुन सकेको छैन । दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिए तापनि मतदानका दिन २१ मंसिरमा भेटिएका साइन नगरेको मतपत्र मतगणनाका बेला भेटिए के गर्ने भन्ने विषयमा कुरा नमिल्दा सहमति हुन नसकेको हो । झिमरुक गाउँपालिका ३ स्थित प्रभात मावि आहाल खोलाको मतदान...

हुम्ला प्रदेश ‘ख’मा दल रावल विजयी

नरजन तामाङ, हुम्ला - हुम्ला प्रदेश सभा ‘ख’बाट बामगठबन्धनका दल रावल विजयी भएका छन् । बामगठबन्धनका रावलले ७ हजार १ सय ५८ मत ल्याएका छन भने निकटम प्रतिस्पर्धी कांग्रेसका ठान बहादुर रोकायाले ४ हजार ८ सय ११ मत ल्याएका छन्  । रावलसंग रोकाय २ हजार ३ सय ४७ मतले पराजित भए । रावल एमाले...

काठमाडौं–१ मा अग्रता बढाउँदै प्रकाशमान

नयाँ पत्रिका , काठमाडौं, २२ मंसिर - प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा लोकतान्त्रिक गठबन्धनका प्रकासमान सिंहले आफ्नो अग्रता बढाइरहेका छन् । उनको पक्षमा १७०७ मत आएको छ । दोस्रो स्थानमा रहेका विवेकशिल साझाका रविन्द्र मिश्रको १०६८ मत छ भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको ६५६ मत छ ।

काठमाडौं–४ मा गगनभन्दा राजन अगाडि

नयाँ पत्रिका , काठमाडौं, २२ मंसिर - काठमाडौं–४ मा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले सुरुवाती अग्रता लिएका छन् । भट्टराईले १२ सय ३९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गगन थापाले १ हजार ६८ मत प्राप्त गरेका छन् । थापा भट्टराईभन्दा १ सय ७१ मतले पछि छन् ।

मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछिपछि

नयाँ पत्रिका , मोरङ, २२ मंसिर - मोरङ क्षेत्र नं ६ मा वाम गठबन्धनका लालबाबु पण्डितले अग्रता लिएका छन् । लालबाबुको २६२४ मत रहेको छ भने उनका प्रतिद्धन्द्धी लोतान्त्रिक गठबन्धनका शेखर कोइरालाको २२८७ मत रहेको छ ।

रुपन्देहीका तीन क्षेत्रको मतगणना सुरु

दीपेश पछाई, नयाँ पत्रिका , रुपन्देही, २२ मंसिर - रुपन्देहीको तीन वटा निर्वाचन क्षेत्रमा मतगणना हुरु भएको छ । अहिले भैरहवा बहुमुखी क्याम्पसमा प्रतिनिधिसभा क्षेत्र न. १, २ र ३ को मतगणना भइरहेको छ । ४ र ५ नम्बर क्षेत्रको शैक्षिक तालिम केन्द्रमा मतगणना गर्ने तय भएपनि अझै सुरु हुन सकेको छैन । १, २ र ३ नम्बर क्षेत्रको...

परासीमा मतगणना सुरु

ज्ञानु पंगेनी, नयाँ पत्रिका , नवलपरासी, २२ मंसिर - नवलपरासीका २ निर्वाचन क्षेत्रमा नै मतगणना सुरु भएको छ । सदरमुकाम परासी बजारमा रहेको आदर्श माविमा गणना सुरु भएको हो । परासीको क्षेत्र नं १ मा कांग्रेसबाट देवकरण कलवार र वाम गठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर हृदयश त्रिपाठी उम्मेदवार छन् । ०७० को संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार रहेका त्रिपाठीलाई कलवारले...

काठमाडौं ५ मा ईश्वर पोखरेल ८०० मतले अघि

नयाँ पत्रिका , काठमाडौं, २२ मंसिर - काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ५ वाम गठबन्धन, ईश्वर पोखरेलः १४०० लोकतान्त्रिक गठबन्धन, डा. प्रकासशरण महतः ६१३

धादिङमा वाम गठबन्धनलाई दोब्बर अग्रता

नयाँ पत्रिका, धादिङ - धादिङको प्रतिनिधिसभा र प्रदेशसभा दुवैको मत परिणाममा वाम गठबन्धनले अग्रता हासिल गरिरहेको छ । क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भूमी त्रिपाठी दोब्बर मतले अघि छन् । उनले १८ हजार ४ सय ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार विश्व अर्यालले ८ हजार ७ सय...

माधव नेपालको दोब्बर मतको अग्रता

, काठमाडौं, २२ मंसिर - काठमाडौं–२ को मतपरिणाम सार्वजनिक भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दोब्बर मतका साथ सुरुआति अग्रता लिएका छन् । वाम गठबन्धनका उम्मेदवार नेपालले १ हजार ३३ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार दिपक कुईंकेलले ४ सय ६९ मतसहित पछ्याइरहेका छन् । साझा विवेकशीलका डा. सूर्यराज...

धनुषामा निधिभन्दा महतो अगाडि

नयाँ पत्रिका , धनुषा, २२ मंसिर - धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिलाई उछिनेका छन् । महतोको पक्षमा १३५५ र निधिको १०६० मत रहेको छ ।

पाल्पामा शुरु भयो मतगणना

नारायण न्यौपाने , पाल्पा, २२ मंसिर - दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा मतगणना शुरु भएको छ । पाल्पामा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेपाली कांग्रेसका विजयराज घिमिरे र बाम गठबन्धनका दलबहादुर राना प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर दुईमा भने नेपाली कांग्रेसका हरिप्रसाद नेपाल र बाम गठबन्धनका सोमप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् । पाल्पा दरबार संग्रहालयमा कूल ८ स्थानबाट...

के हुँदैछ प्रधानमन्त्रीको गृह जिल्लामा ?

करन ताम्राकार, डडेल्धुरा, २२ मंसिर - डडेल्धुराका विकट पशुराम नगरपालिका र आलिताल गाउँपालिका क्षेत्रका ११७ केन्द्र मध्ये ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम आझै आइपुगेको छैन । नेपाली सेना र नेपल प्रहरीको स्कटिङ्गमा सदरमुकाम ल्याउन काम भइरहेको छ । मतपेटिका सदरमुकाम आएपछि आज सर्वदलीय बैठक बस्ने छ । दिउँसो २ बजे देखी मतगणना सुरु हुने मुख्य निर्वाचन...

पर्सामा मत गन्नै आएनन् दलका प्रतिनिधि

सुरेश बिडारी, नयाँ पत्रिका, पर्सा, २२ मंसिर - पर्सामा प्रतिनिधिहरु समयमा नआउँदा मतगणना सुरु हुन सकेको छैन । दिउँसो १ बजेबाट मतगणना हुने भनिए तापनि १ः३० बजिसक्दा पनि प्रतिनिधि आएका छैनन् । उम्मेदवारका प्रतिनीधिहको पास बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तो छ काठमाडौं १ मा प्रकाशमान, रविन्द्र र अनिलको मत परिणाम

नयाँ पत्रिका , काठमाडौं, २२ मंसिर - काठमाडौं–१ प्रतिनिधिसभामा कांग्रेसका प्रकाशमान सिंहले सुरुवाति अग्रता लिएका छन् । २००८ मत गणणा हुँदा सिंहले ९ सय २५ मत प्राप्त गरेका छन् । उनलाई विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६ सय मतका साथ पछ्याइरहेका छन् । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २ सय ५१ मत प्राप्त गरेका छन् ।

काठमाडौं ५ मा ईश्वर पोखरेल दोब्बर मतले अगाडि

नयाँ पत्रिका , काठमाडौ, २२ मंसिर - काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ५ को मतपरिणाम सार्वजनिक भएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ईश्वर पोखरेलको ६८० मत आएको छ । उनलाई लोकतान्त्रिक गठबन्धनका डा. प्रकाशसरण महतले पछ्याइरहेका छन् । उनको २९८ मत आएको छ ।

आमात्यले उछिन्दा पम्फा भुसाललाई ‘टेन्सन’

नयाँ पत्रिका , काठमाडौ, २२ मंसिर - ललितपुर क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार मदनबहादुर अमात्यले आफ्नो अग्रता कायम राखेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई पछि पार्दै अमात्यले ६ हजार २ सय ४३ मत ल्याएका छन । भुसालको ५ हजार ५ सय २२ मत छ ।

‘हेभिवेट’ भिडन्त रहेको गुल्मीमा १ बजेदेखि मतगणना सुरु हुने

टोपलाल अर्याल, नयाँ पत्रिका , गुल्मी, २२ मंसिर - ‘हेभिवेट’ प्रतिस्पर्धा रहेको गुल्मीमा १ बजेबाट मतगणना सुरु हुने भएको छ । द्ुई निर्वाचन क्षेत्र हरेको गुल्मीमा सर्वदलिय बैठकले प्रतिनिधिसभाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र प्रदेश सभाको मणना जिल्ला प्रशासन कार्यालयमा गर्ने निर्णय गरेको हो । गुल्मीको क्षेत्र नम्बर एकमा बाम गठबन्धनका तर्फबाट प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी...

गोरखामा नारायणकाजीलाई पछि पारेर अघि बढ्दै बाबुराम

हरिराम उप्रेती, गोरखा, २२ मंसिर - गोरखामा नारायणकाजीलाई पछि पारेर अघि बढ्दै बाबुराम – सर्वाधिक चासो र रुचि रहेको गोरखा क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रीक गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले मतान्तर बढाएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, भट्टराई भन्दा १ हजार...