logo

bar

न्युज रूम

दलित भन्दै कोठा नदिने घरबेटी प्रहरीद्वारा पक्राउ

विश्वास खड्काथोकी, काठमाडौं - सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । विक्रम सुनार, रिमराज सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि राजधानीस्थित अनामनगरकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् ।...

बजेट, पुर्वाधार र कर्मचारीको अभावले काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

ज्ञानु पंगेनी , नवलपरासी - प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट, भौतिक पुर्वाधार र कर्मचारी अभावमा प्रदेश सरकारले काममा तिब्रता दिन नसकेको बताएका छन् । बुधबारबाट नवलपरासीको कावासोतीमा सुरु भएको नवलपुर महोत्सवमा उनले जनताको आकाक्षा धेरै भएको र योजनासमेत तयारी अवस्थामा रहेको बताए । उनले प्रदेशमा बजेट, कार्यविधि र कर्मचारी नभएकाले तत्काल केन्द्र...

नवीना लामाले अनेरास्ववियू छाड्दै, को बन्ला अध्यक्ष ?

नयाँ पत्रिका, काठमाडौं - अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सांसद भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् । माओवादी केन्द्रसँग एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी...

जिल्लामै एउटा मात्र ब्रेथलाईजर, सुँघेरै जाँचिन्छ मापसे

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ, २३ फागुन - मादक पदार्थ सेवन (मापासे) जाँच्ने ब्रेथलाईजर मेशिन पर्याप्त नहुँदा लमजुङ ट्राफिक प्रहरीलाई चेक जाँच गर्न समस्या परेको छ । मेशिन पर्याप्त नभएका कारण ट्राफिक प्रहरीले सुँघेरै मापासे चेक गर्नु परेको हो । सुँघेर जाँच गर्दा लमजुङका ट्राफिक प्रहरीहरु रोग सर्ने खतरामा परेका छन् । जिल्ला भरका लागि मापासे जाँच्ने ब्रेथलाईजर...

गाउँपालिकाले रकम निकासा नगर्दा विद्यार्थीले पुस्तक पाएनन्

नरजन तामाङ , हुम्ला - हुम्लामा गाउँपालिकाको कार्यालयलले रकम निकासा नगर्दा प्राथमिक तहको कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तक किन्न समस्या भएको छ । पौष महिनामा नै हरेक विद्यालयको खातामा पाठ्यपुस्तकको रकम निकासा गर्नु पर्नेमा मध्य फागुनसम्म पनि रकम निकासा नुहँदा यस्तो समस्या भइरहेको छ । सरकारले प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशूल्क वितरण...

राष्ट्रपतिमा विद्या भण्डारी र लक्ष्मी राईकाे उम्मेदवारी दर्ता

नयाँ पत्रिका, काठमाडाैँ - तस्बिर : अमुल थापा/नयाँ पत्रिका वाम गठबन्धनको तर्फबाट विद्यादेवी भण्डारीले राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छन् । वर्तमान राष्ट्रपतिसमेत रहेकी भण्डारीले कांग्रेसकी लक्ष्मी राईसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।...

अधिकारकर्मी डा. विष्णुमाया परियार अमेरिकामा सम्मानित

नयाँ पत्रिका , काठमाडौं, २३ फागुन - अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अधिकारकर्मी डा. विष्णुमाया परियार अमेरिकामा सम्मानित भएकी छिन् । विश्वका १ सय ५० देशका महावाणिज्य दूतको संस्था द सोसाइटी अफ फरेन कन्सुल इन न्युयोर्कले म्यानहटनमा आयोजित विशेष कार्यक्रममा परियारलाई सम्मान गरेको हो । सन १९२५ मा स्थापित सो संस्थाले मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वलाई वार्षिक...

राष्ट्रपतिकाे निर्णय प्रक्रियाप्रति भुसालको ‘नोट अफ डिसेन्ट’

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - एमालेका उपमहासचिव घनश्याम भुसालले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय प्रक्रियाप्रति 'नोट अफ डिसेन्ट' लेखेका छन् । राष्ट्रपतिको उम्मेदवार, संसदीय दलको नेता तथा पार्टीबाट गत निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया प्रति असहमति राख्दै भुसालले 'नोट अफ डिसेन्ट' लेखेका हुन् । नयाँ पत्रिकासँग उनले भने – ‘मेरो व्यक्ति प्रति होइन, निर्णय प्रक्रियाप्रति...

प्रदेश ७ का मुख्यमन्त्री भट्टलाई विश्वासको मत

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, २३ फागुन - पक्षमा ३८ र विपक्षमा १० मत, कानुन निर्माण प्राथमिकतामा रहेको मुख्यमन्त्रीको भनाइ प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेश सभामा विश्वासको मत पाएका छन् । कांग्रेस र राजपाले प्रस्तावको विपक्षमा मतदान गरे । मुख्यमन्त्री भट्टले प्रदेश सभामा पेस गरेको ‘विश्वासको मत प्राप्त गरियोस्’ भन्ने प्रस्तावलाई एमालेका तारा लामा तामाङ...

पढाइसँगै विद्यालयमै आम्दानी

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका, सुर्खेत, २३ फागुन - व्यवसाय गर्न ३० हजारसम्म ऋण र जमिन उपलब्ध गराउँदै विद्यालय प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई पढाइसँगै शुल्कले पिरोल्छ । मासिक शुल्क त हुन्छ नै, सधैँ प्रयोगात्मक अभ्यासका लागि थप पैसा चाहिन्छ । तर, सुर्खेतको जनज्योति मावि बड्डीचौरका प्राविधिक शिक्षाका विद्यार्थी भने अध्ययनसँगै विद्यालयमै आम्दानी पनि गरिरहेका छन् । १८ महिने कृषि...

राष्ट्रपतिमा भण्डारीविरुद्ध राईलाई भिडाउने कांग्रेसकाे निर्णय

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । लक्ष्मी राई काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् ।...

निवास अस्वीकार गरेर प्रदेश ५ का मन्त्री केसीको होटेलमा वास

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, २३ फागुन - प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले मन्त्रीनिवासमा बस्न अस्वीकार गरेका छन् । मन्त्रीनिवासका लागि भैरहवास्थित भूमिगत जल परियोजना (भैलोभुजा)का भवनमा व्यवस्थापन गरे पनि मन्त्री केसीले अस्वीकार गरेका हुन् । सो भवनमा आठजनासम्म मन्त्री बस्न मिल्ने गरी व्यवस्था गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी भैलोभुजामा व्यवस्थापन...

प्रदेश सरकारले सय दिनमा थाल्ने कामको सूची बनायो

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, २३ फागुन - प्रदेश १ सरकारले आगामी सय दिनमा थालनी गरिसक्ने कामको सूची सार्वजनिक गरेको छ । सरकार गठनको १९ दिनपछि सरकारका सय दिनका प्राथमिक कामको सूची सार्वजनिक भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार औपचारिक कार्यक्रम गरी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक ममिलामन्त्री हिक्मत कार्कीले सूची सार्वजनिक गरे । कार्यक्रममा मुख्यमन्त्री...

प्रदेश २ मा पेचिलो बन्दै भाषा विवाद

रञ्जन भण्डारी/नयाँ पत्रिका, महोत्तरी, २३ फागुन - कामकाजको भाषा मैथिली, भोजपुरी, हिन्दी वा नेपालीमध्येबाट बनाउनेमा सांसदहरू विभाजित प्रदेश २ मा सरकारी कामकाजको भाषा निर्धारण पेचिलो बन्ने भएको छ । सांसद, सभामुख, मुख्यमन्त्री र मन्त्रीहरूले फरक–फरक भाषामा शपथ खाएका थिए । प्रदेश २ का सांसद मैथिली, भोजपुरी, हिन्दी र नेपाली भाषामध्येबाट कामकाजको भाषा बनाउनुपर्ने पक्षमा विभाजित छन् । प्रदेश सभाको २१...

प्रदेश ४ मा पनि निर्वाचनबाटै कांग्रेस दलको नेता चयन

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, २३ फागुन - संघीय संसद्मा निर्वाचनबाट दलको नेता चयन गरेको कांग्रेसले प्रदेश ४ मा पनि निर्वाचनबाटै चयन गर्ने भएको छ । कांग्रेसमा प्रदेश सभाका १५ सदस्यमध्ये चारजनाले दलको नेता बन्ने अडान नछाडेपछि निर्वाचन गरेर टुंग्याउन लागिएको हो । त्यसका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भएको छ । निर्वाचनका लागि कास्की कांग्रेसका सभापति कृष्ण केसीको...

त्रिवि मानविकी संकायमा खेल विज्ञान र पर्यटनमा स्नातकोत्तर

नयाँ पत्रिका , काठमाडौं, २३ फागुन - त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा पहिलोपटक स्पोर्टस् साइन्स र टुरिजम एन्ड हस्पिटालिटी स्टडिज कार्यक्रम सुरु गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले स्पोर्टस् र टुरिजम क्षेत्रमा धेरै अवसर रहेकाले विज्ञ जनशक्ति उत्पादन गर्न कार्यक्रम सुरु गरेको बताए । केन्द्रीय विभागहरूबाट...

डा. केसीलाई अदालतमा उपस्थित हुने आदेश

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा. गोविन्द केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको छ । झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. केसीविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो आदेश दिएका हुन् । मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारण...

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी थपिँदै

सरला कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी थपिने गरेका छन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग देखिएको उल्लेख छ । मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले नेपालमा अन्तर्राष्ट्रियस्तरको सहुलियतपूर्ण डायलाइसिस सेवा प्रदान गर्दै आए पनि बिरामीको...

कान्तिपुरविरुद्धको अवहेलना मुद्दा फुलकोर्टमा

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - कान्तिपुरविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ वृहत् पूर्ण इजलासबाट हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दाका विषयको संवेदनशीलतालाई ध्यान दिँदै वृहत्तर दायरामा हेरिनुपर्ने भएकाले वृहत् पूर्ण इजलासमा लैजाने आदेश जारी गरेको हो । अदालतको अवहेलना मुद्दामा कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया,...

भण्डारीलाई कांग्रेसले सर्वसम्मत हुन नदिने

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - राष्ट्रपतिमा वाम गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । यस विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको छ । ‘हामी वाम गठबन्धनको उम्मेदवार हेरेर राष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने भन्ने टुंगो लगाउँछौँ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘गठबन्धनले विद्या भण्डारीलाई...

अप्ठ्यारो नमानी पुरानै पार्टीमा फर्कन बाबुरामलाई प्रचण्डको आग्रह

नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टी प्रवेश गराउँदै उनले भट्टराईलाई कुनै अप्ठ्यारो नमानी आउन आग्रह गरेका हुन् । ‘आफ्नै हजारौँ लाखौँ साथीहरूसँग आउन किन लाज मान्नुपर्‍यो,’ प्रचण्डले भने, ‘कता हो...

आठ महिनामा विकास खर्च २३ प्रतिशत

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - विकास खर्च ७७ अर्ब मात्रै हुँदा साधारण खर्च तीन खर्ब ८१ अर्ब, मध्यावधि समीक्षा आज आउँदै सरकारले बुधबार चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै छ । आर्थिक वर्षको ६ महिना बितेपछि हुने मध्यावधि समीक्षा राजनीतिक संक्रमणका कारण आठौँ महिनाको अन्तिममा पुगेको हो । बजेट कार्यान्वयनको समीक्षासँगै अबको दिशा तय हुने...

संसदमा शीर्ष नेताहरूको सम्बोधन : संविधान संशोधन, कार्यान्वयन र आर्थिक समृद्धिमा जोड

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - राष्ट्रिय दलको मान्यता पाएका दलका शीर्ष नेताहरूले संविधान संशोधन र कार्यान्वयन गर्दै मुलुकको अर्थतन्त्र विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेताहरूले समृद्धिमा जोड दिएका हुन् । बैठक सुरु हुनासाथ एमाले नेता माधवकुमार नेपालले जनताले बुद्धिमानीपूर्ण ढंगले वाम गठबन्धनलाई जनमत दिएकाले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताएका छन् । नेपालले वामपन्थी...

विद्युत् उत्पादनगृह छेवैका बस्ती सोलार र टुकीको भरमा

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ, २३ फागुन - मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन  भइरहेको छ । तर, उत्पादनगृहछेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन् । नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित...

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न...

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, २३ फागुन - मध्यरातमा एमाले स्थायी समितिको निर्णय राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ...

डढेलो गाउँमा पस्दा तेह्रथुमको सोल्मामा आगलागी, ६ घर ध्वस्त

प्रकाश धौलाकोटी, तेह्रथुम, २२ फागुन - वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका –८, सोल्माका ६ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुईंटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा दिउँसो...

दिक्तेल–हलेसी सडक कालोपत्रे नसकिँदै उप्कियो

केदार लाफा , खोटाङ - मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुंगा कमसल भएको कारण कालोपत्रे उप्किएको हो । तीन वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक खण्डको हलेसी र अर्खौलेकोबीचमा गरिएको कालोपत्रे महिना दिन नपुग्दै उप्किएको स्थानीयले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो...

अध्यक्षविरुद्ध उपाध्यक्षले गरिन् अदालतमा मुद्दा दायर !

जितेन्द्र खड्गा , सप्तरी - तिलाठी–कोइलाडी गाउँपालिकाको बिबाद अदालतसम्म पुगेको छ । गाउँपालिकाकै कार्यालयमा गाउँसभा नगरी छिमेकी नगरपालिका राजविराजको एक होटेलमा गाउँसभाको बैठक बसालेकाले त्यसको खारेजको माग राखी उपाध्यक्ष सुचिताकुमारी यादव अदालतसम्म पुगेकी छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाको मिलेमतोमा विकासीय बजेटसमेत कुम्ल्याउने उद्देश्यले गाउँपालिकाको कार्यालयमा गाउँसभा नगरेको उनको...

पार्टी एकतामा ७०–३० को हल्ला वाहियात : प्रचण्ड

नयाँ पत्रिका, काठमाडाैँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच हुने पार्टी एकतामा ७०/३० को भागवण्डाको हल्ला वाहियात भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित अखिल(क्रान्तिकारी)को केन्द्रीय समितिको पूर्ण वैठकमा उनले भने,‘पार्टी एकतामा ७०/३० भन्ने काहीँ पनि भएको छैन ।’ प्रचण्डले राष्ट्रिय सभा र कुनै प्रदेश अन्तर्गतका विषयलाई लिएर जतासुकै ७०/३०...

४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

गणेश लम्साल, विराटनगर - मोरङ प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नगदसहित पक्राउ गरेको छ । भारतको जोगबनीबाट बिआर ११ एए ६२६५ नम्बरको कारभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । भारतको अररिया जिल्लास्थित फारबिसगन्ज १ का ४५ वर्षीय नारायण शाहलाई मंगलबार विराटनगर नाकामा रहको इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो...

अवैध तरिकाले अमेरिका पुर्‍याइएका बाह्राैँ शताब्दीका मूर्ति फिर्ता हुँदै

रासस, - विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्‍याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्क्स्थित महावाणिज्यदूत...