logo

bar

न्युज रूम

बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

नयाँ पत्रिका, बागलुङ, २३ मंसिर - बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गरे । पाठकले ३३ हजार ६४५ र उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार...

‘पहिला शेखरजीलाई लड्डु खुवाउछु, र उहाँको साथमा लिएर जनताको काममा जुट्छु’

उत्तम पोख्रेल , बेलबारी - मोरङ ६ मा एमालेको लालबाबु पण्डित विजयी भएका छन् । विजयी भएपछि पण्डितले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका डा. शेखर कोइरालालाई साईकलमा गएर उनकै निवासमा भेट्ने र लड्डु खुवाउने बताए । पत्रकारसँगको कुराकानीमा पण्डितले भने,‘उहाँले मलाई चिन्दिन भन्नुहुन्थ्यो, अब समय मागेर घरमै गएर पहिला चिनजान गर्छु ।’ भावी कांग्रेस सभापातिको रुपमा...

प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि

शशिधर भण्डारी , प्युठान, २३ मंसिर - पुनःनिर्माण प्राधिकरणको सीइओबाट राजीनाम दिएर निर्वाचनमा होमिएका कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोखरेल पछी परेका छन् । प्युठानबाट चुनाव लडेका पोखरेल करिब दुई हजार मतले पछाडि छन् । १२, ३०० मतगणना भइसक्दा वाम गठबन्धनकी दुर्गा पौडेलले ६५५६ मत प्राप्त गरेकी छिन् भने पोखरेलको पक्षमा ४४७७ मत आएको छ ।

दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनका शंकर पोखरेल विजयी

नयाँ पत्रिका, दाङ, २३ मंसिर - प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका छन् । एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत प्राप्त गरे । यसको औपचारिक घोषणा भएको छैन । निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक...

‘सेफ जोन’ मा बाबुराम भट्टराई

हरीराम उप्रेति, नयाँ पत्रिका , गोरखा, २३ मंसिर - गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधिसभा निर्वाचन तर्फ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टरार्इले मतान्तर फराकिलो पार्दै लगेका छन् । बाबुरामले २३,११७ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १९,४७५ मत ल्याएका छन् । श्रेष्ठले भन्दा भट्टरार्इ ३६४२ मतले अगाडि छन् । क्षेत्र नम्वर २ मा...

चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे

नयाँ पत्रिका, चितवन, २३ मंसिर -  चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ । दाहालले ४ हजार २१८ र राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले २ हजार ४९० मत प्राप्त गरेका छन् । पाण्डेले भन्दा दाहालले १ हजार ७२८ मत बढी ल्याएका छन्। सो क्षेत्रमा एक लाख २५ हजार...

भोजपुरको प्रदेशसभा ‘ख’ मा शेरधन राई विजयी, २४३४ मत बदर !

माेहन दुराल, भाेजपुर - भोजपुरको प्रदेशसभा ‘ख’बाट वामगठबन्धनका उम्मेदवार शेरधन राई विजयी भएका छन् । उनले २० हजार ३३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका गोविन्द कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका थिए । ३० हजार ९८९ जम्मा मतदाता रहेको सो प्रदेशमा २७ हजार ५४५ मत सदर भएको थियो...

अर्घाखाँचीको मथुरा मावि केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी

नयाँ पत्रिका, अर्घाखाँची, २३ मंसिर - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेको मथुरा मावि केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको छ। मंसिर २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताले यस केन्द्रमा 'बुथ कब्जा' गरी मतपेटिका फालेका थिए । कांग्रेस कार्यकर्ताले मतदान भइरहेको मतपेटिका 'कब्जा' गरी मतपत्रमा आगजनी र तोडफोड गरेर नष्ट गरेका थिए । जसका...

बागलुङ–२ मा देवेन्द्र पौडेल भारी मतले विजयी

नयाँ पत्रिका, बागलुङ २३ मंसिर - बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उनका निकट प्रतिद्वन्द्वी काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत प्राप्त गरे । नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट...

जुम्ला पनि वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी

मानदत्त रावल , जुम्ला २४ मंसिर - संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा गरेको हो । विजयी उम्मेदवार महतले ८ हजार २४ मतान्तरले उनीका निकटका प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित भएका छन् ।...

प्रारम्भिक नतिजापछि के सोच्दै छ कांग्रेस ?

रमेश सापकोटा, काठमाडौं, २३ मंसिर - प्रारम्भिक नतिजापछि के सोच्दै छ कांग्रेस ? – प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक मतगणनामा कांग्रेसको स्थिति निकै कमजोर देखिएको छ । कांग्रेसले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा धेरै सिटको अपेक्षा गरेको थिएन । तर, परिणाम आइरहेको जस्तो आंकलन पनि गरेको थिएन । यसअघि पकड जमाउँदै र...

कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी

नयाँ पत्रिका, कालीकोट, २३ मंसिर - एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गरे । त्यसैगरी प्रदेशसभा (ख)मा नेकपा (माओवादी केन्द्र)...

डोल्पा वाम गठबन्धनको कब्जामा

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - डोल्पा वाम गठबन्धनको कब्जामा – डोल्पामा वाम गठबन्धनले पूरै स्थानमा जित हात पारेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भए । उनका...

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी

नयाँ पत्रिका, चौतारा, २३ मंसिर - सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नं २ मा एमालेका शेरबहादुर तामाङ ३८...

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी

, - ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी – ललितपुर क्षेत्र नं. ३ मा माओवादी प्रवक्ता पम्फा भुसाल विजयी भएकी छन् । उनी वाम गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मदनलाल अमात्यले २२ हजार ३३६ मत प्राप्त गरेका छन्...

काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी – काठमाडौँ क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत प्राप्त गरेको...

बैतडी प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी

नयाँ पत्रिका, बैतडी, २३ मंसिर - बैतडी प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी – बैतडीमा प्रदेशसभातर्फको मत परिणाम सार्वजनिक भएको छ । गए राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार बैतडी प्रदेशसभा क्षेत्र क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट तथा प्रदेशसभा ख मा नेकपा एमालेका लीलाधर भट्ट विजयी भएका छन् । प्रदेशसभा क मा माओवादी केन्द्रका भट्टले १८ हजार...

रसुवामा कांग्रेसका आचार्य विजयी

रासस, रसुवा, २३ मंसिर - प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन् ।  राति ३ बजे सार्वजनिक अन्तिम मत परिणामअनुसार आचार्यले १४ हजार ४५३ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । यसअघि शुक्रबार प्रदेश 'क'मा नेपाली काँग्रेसका प्रभात लामा...

कांग्रेसलाई काठमाडौंमा दोस्रो सफलता, गगन थापा विजयी, राजन भट्टराई पराजित

रमेश सापकोटा, काठमाडौं, २३ मंसिर - प्रारम्भिक नतिजामा देशका धेरैजसो स्थानमा पछाडि परेको कांग्रेसले काठमाडौंमा भने दोस्रो सफलता पाएको छ । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट चर्चित युवा नेता गगन थापा विजयी भएका छन् । २१ हजार ५ सय ५१ मत ल्याएका थापाले निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पराजित...

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई विजयी

, - ताप्लेजुङबाट प्रतिनिधीसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् । २९ हजार ४७९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै ताप्लेजुङका प्रदेशसभा क र ख मा पनि वाम गठबन्धनकै उम्मेदवारहरु...

प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित

नयाँ पत्रिका, काठमाडौं, २२ मंसिर - प्रतिनिधिसभामा कांग्रेसले खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८१९ मतले पराजित गरे । सिंहले १० हजार ९ सय ३७ मत ल्याए भने प्रमुख प्रतिस्पर्धी मिश्रले १० हजार १ सय १७ मत ल्याएर...

ताप्लेजुङबाट माओवादी नेता टंक आङबुहाङ विजयी

, - पूर्वी हिमली जिल्ला ताप्लेजुङको प्रदेश सभा ‘ख’ मा बामगठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार टंक आङबुहाङ विजयी भएका छन् । प्रदेश नम्बर १ बाट बाम गठबन्धनको तर्पmबाट खाता खोल्ने उनी पहिलो निर्बाचित उम्मेदवार बनेका छन् । आङबुहाङले १२ हजार १९८ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्धन्द्धि लिला देवी...

धादिङको क्षेत्र नं १ को क र ख बाट वाम गठबन्धन विजयी

, - धादिङको निर्वाचन क्षेत्र १ को प्रदेश क का वाम गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले २७ हजार ३ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । यस्तै प्रदेश सभा ख मा...

बागलुङ प्रतिनिधी सभा १ मा बाम गठबन्धनका सुर्य पाठक विजयी

हरिप्रसाद शर्मा , बागलुङ, २२ मंसिर - प्रतिनिधी सभा बागलुङ क्षेत्र नं १ बाट बाम गठबन्धनका साझा उम्मेद्वार एमालेका सुर्य पाठक विजयी भएका छन । पाठकले नेपाली काग्रेस तथा गरिवी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्कालाई १३ हजार ४१ मतान्तरले पराजित गरेका हुन । विजयी पाठकले ३३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन भने खड्काले...

प्रचण्ड र पाण्डेवीचको यस्तो छ मतपरिणाम

, - चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो अग्रता कायम राखेका छन् । राती ११ः५० मिनेटसम्म भएको अपडेटमा प्रचण्डले २ हजार ५७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी विक्रम पाण्डेले १३ सय मत प्राप्त गरेका छन् ।

रूकुम पश्चिमबाट जनादर्शन शर्मा प्रभाकर विजयी

, - पश्चिम रुकुमबाट प्रतिनिधीसभा निर्वाचनमा वामगठबन्धनका उम्मेदवार जनार्दशन शर्मा विजयी भएका छन् । पूर्व गृहमन्त्री जनार्दन शर्मा भर्खरै विजयी भएका हुन् ।

गोरखा २ मा यस्तो छ, बाबुराम र नारायणकाजीविचको प्रतिस्पर्धा

, - सबैको चासो रहेको गोरखा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइले अग्रता कायम गरेका छन् । राती ११ बजेर २० मिनेटसम्म बाबुरामले २५ सय भोटले नारायणकाजीलाई पछि पारेका छन् । अहिलेसम्म बाबुृराम भट्टराईले १५ हजार ६ सय २१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठले १३ हजार...

प्रधानमन्त्रीको जिल्लामै कांग्रेस कमजोर, यस्तो छ मतपरिणाम

, - डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनभन्दा पछि परेका छन् । कुल १२ सय ४० मत गणनामा हुँदा प्रधानमन्त्री देउवा वाम उम्मेदवार खगराज भट्टभन्दा ४ सय ६६ मतले पछि परेका छन् । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले ३ सय ८७ मत पाएका छन् । भने वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ८ सय...

कैलाली ५ मा देउवा पत्नी आरजु १ हजार मतले पछाडि

, - प्रधानमन्त्री पत्नी आरजु राणा देउवा वाम गठबन्धनका उम्मेदवार अघि निकै कमजोर देखिएकी छिन् । अहिलेसम्मको मत गणनामा वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले ३ हजार २ सय २७ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले २ हजार ३ सय ६५ मत ल्याएकी छिन् । प्रधानमन्त्री...

प्रधानमन्त्री देउवा ५ सय मतले पछाडि

, - डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनभन्दा पछि परेका छन् । कुल १२ सय ४० मत गणनामा हुँदा प्रधानमन्त्री देउवा वाम उम्मेदवार खगराज भट्टभन्दा ४ सय ६६ मतले पछि परेका छन् । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले ३ सय ८७ मत पाएका छन् । भने वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ८ सय...

जुम्ला ”क” मा माओवादी केन्द्रका नरेश भण्डारी विजयी

मानदत्त रावल , जुम्ला २२ मंसिर - प्रदेश नम्बर ६ मा मुख्य मन्त्रीको दावी गर्दै आएका बामगठवन्धनका उम्मेदवार नरेश भण्डारी निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभामा विजयी भएका छन् । वामगठवन्धनका उम्मेदवारी भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरी बिजयी भएका हुन् । भण्डारीका प्रतिदोन्दी नेपाली काँग्रेसका राजुसिंह कठायतलाई.४ हजार ३९ मत मतान्तर गरेर...

रुकुम पश्चिममा राताे कामी बिजयी

, - प्रदेश सभा सदस्य क निर्वाचन क्षेत्रमा बाम गठबन्धनका राताे कामी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णबहादुर रोकालाई ८ हजार २ सय ३३ मतले पराजित गरे । कामीले १६ हजार ८ सय १० मत प्राप्त गरे भने रोकाले ८ हजार ५ सय ७७ मत प्राप्त गरे । कुल २७...