logo

bar

न्युज रूम

अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने कांग्रेस निर्णय

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ६ माघ - कांग्रेसले अहिलेसम्म अवसर नपाएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझाबलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरूलाई उम्मेदवार बनाउने,’ कांग्रेस...

अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका, बाँके, ६ माघ - अस्पतालद्वारा चरम लापरबाही भएको स्वीकार - भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१...

बोलिभियाको कोकिन नेपाल हुँदै युरोपसम्म

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, ६ माघ - दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो । सो परिमाणको कोकिन तेस्रोपटकको अप्रेसनपछि बरामद गरेको ब्युरोले जनाएको छ । करिब साढे १६ करोड मूल्यको कोकिन बरामद...

माध्यामिक शिक्षा स्थानीय तहलाई चुनौति : सांसद गुरुङ

शान्ता कमली , लमजुङ - एमाले नेता तथा लमजुङ प्रदेश सभा ‘ख’ का सदस्य पृथ्बीसुब्बा गुरुङले माध्यामिक तहको शिक्षा स्थानीय तहलाई चुनौति भएको बताएका छन् । २८औं प्याब्सन दिबसको अबसरमा सदरमुकाम बेसीशहरमा नीजि तथा आबासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनले) आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुरुङले सो कुरा बताएका हुन् । ‘स्थानीय तहलाई सबै...

ओली–प्रचण्ड वार्ता : सिट बाँडफाँडमा सहमति, पार्टी एकता टुंग्याउन आइतबार बैठक

शुरोजंग पाण्डे , काठमाडाैँ - एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा सदस्य सिट बाँडफाँट टुंगो लगाएका छन् । बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुई नेताबीच वाम कार्यदलले टुंगो लगाएको सिट बाँडफाँटलाई अन्तिम रुप दिने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । ‘कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा...

राष्ट्रपति कार्यालयमा पत्रकारलाई छिर्न निषेध !

अमुल थापा, काठमाडाैँ - राष्ट्रपति कार्यालय सितलनिवासमा फोटो पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । अपरान्ह ४ बजे नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रमको फोटो खिच्न गएका पत्रकारलाई कार्यक्रम स्थल जान प्रहरीले रोक लगाएको हो । सो कार्यक्रमको नीजि सञ्चारगृहका पत्रकारलाई प्रवेश गर्न निषेध गरेपछि फोटो पत्रकारहरु आन्दोलित भएका छन् ।...

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

योगेश ढकाल, पुष्प ढुंगाना, काठमाडौं, ५ माघ - जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ । २. जग्गाको नामसारी र लालपुर्जा पनि...

डोटीमा रोकिएन आन्दोलन, कर्फ्यु लगाउने तयारीमा स्थानीय प्रशासन

कर्ण चन्द , माघ ४, डोटी - प्रदेश नम्बर ७ को अस्थायी राजधानी डोटीको दिपायललाई बनाईनुपर्ने माग राख्दै आएका डोटेलीहरुले शुक्रबार पनि आन्दोलन जारी राखेका छन् । सरकारले ७ नम्बरको अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकेपछि उनीहरु झन् आन्दोलित भएका हुन् । शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथि...

सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

विश्वराज पछल्डङ्ग्या, बाँके, ५ माघ - अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् । सुत्केरी ब्यथाले च्यापेपछि शिक्षण अस्पताल ल्याइएकी दैलेख चौडाखाकी २२ वर्षीया सीता सिंह शाहीको बिहीबार दिउँसो साढे ४ बजे मृत्यु भएपछि आफन्तले शुक्रबार दिउँसो तोडफोड गरेका हुन् । मृतक सीताका आफन्तले शिक्षण अस्पताल कोहलपुरका...

प्रदेश मुकाम र प्रमुखको निर्णयमा सरकारको बदनियत : बस्नेत

नयाँ पत्रिका , भक्तपुर, ५ माघ - एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा जनमतको कदर नगरेको आरोप लगाएका छन् । शुक्रबार टेक मिडिया प्रालीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रदेशको राजधानी तोक्दा जनमतको अन्याय भएको बताएका हुन् । प्रदेश नम्बर ३ को राजधानी भक्तपुर नै उपयुक्त हँदाहुँदै सरकारले हेटौँडालाई...

राष्ट्रियसभा चुनावका लागि दललाई चुनाव चिह्न प्रदान

रासस , काठमाडौं, ५ माघ - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान...

जात ढाँटेर हैन, आँटेर चलाइन् दलित महिलाले गाउँमै खाजाघर

शान्ता कमली, लमजुङ, ५ माघ - मर्स्याङ्दी गाउँपालिका -८ भुलभुलेमा चटपट व्यवसाय थालेकी चन्द्रमाया परियार झण्डै आधा दशक पछि अहिले खाजाघर सञ्चालन गरेर दैनिक न्युनतम ३ हजार रुपैयाँ कमाउन सक्ने हैसियतमा पुगेकी छन् । गाउँघरमा जातिय छुवाछुत र विभेद अझैपनि कायमै रहेको बताउने चन्द्रमाया सुरुमा आफु दलित समुदायको मान्छेले बनाएको चटपट गैह्रदलितले नखाने हुन् कि भन्ने...

विपन्न बस्तीमा डा. केसी

नयाँ पत्रिका , रौतहट, ५ माघ - त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बिहीबार रौतहटको गढीमाई नगरपालिकाको मुसहर बस्तीमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका छन् । उनी सर्वसाधारणको स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरणका तराई झरेका हुन् । डा. केसीले रौतहटको गढीमाई नगरपालिकाका विभिन्न वडाका चमार, दुसाद, मुसहर, सरभङ, डोमलगायत बस्तीमा न्यानो कपडा पनि वितरण...

मुकाम माग्दै बिभिन्न ठाउँमा आन्दोलन

जिल्ला ब्यूरो, काठमाडौं, ५ माघ - धनकुटामा अनिश्चितकालीन कर्फ्यु सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटावासीले बिहीबार दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनले उग्र रूप लिएपछि बिहान ११ः४५ बाट अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा तीनजना घाइते भए । प्रहरीको लाठी प्रहारबाट कांग्रेस धनकुटाका कोषाध्यक्ष...

प्रदेश ४ को मुख्यमन्त्री को ?

उपेन्द्र खनाल/नयाँ पत्रिका, तनहुँ, ५ माघ - तनहुँका किरण गुरुङ र लमजुङका पृथ्वी सुब्बा गुरुङमध्ये एक मुख्यमन्त्री बन्ने पक्का नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर ४ धनी प्रदेश मानिएको छ । विकासका विभिन्न सम्भावना यस प्रदेशमा रहेका छन् । ऐतिहासिक र धार्मिक दृष्टिकोणले पनि यो प्रदेश धनी छ । प्रदेश नम्बर चार सुन्दर र धनी प्रदेशका रूपमा परिचित...

राष्ट्रपति कार्यालयमा प्रदेश प्रमुखको शपथग्रहण

नयाँ पत्रिका, काठमाडौं, ५ माघ - सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक...

प्रदेश प्रमुख र अस्थायी मुकामप्रति एमालेको सहमति छैन : ओली

नयाँ पत्रिका, काठमाडौं, ५ माघ - एमाले अध्यक्ष केपी ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी मुकामप्रति पार्टीको सहमति नरहेको स्पष्ट पारेका छन् । थाइल्यान्डको बैंककमा स्वास्थ्यपरीक्षण सकेर बिहीबार स्वदेश फर्किने क्रममा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘सरकारले हामीले भनेको मानेन, अन्तिममा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने कुरामा सहमति दिनुहोस् भनेपछि हामीले सहमति दिएका...

सरकार र आन्दोलनरत नर्सबीच ११बुँदे सहमति

नयाँ पत्रिका, काठमाडौं, ५ पुस - मानवअंग प्रत्यारोपण केन्द्रका नर्सको पुनर्वहालीलगायत ११बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको वार्ता टोलीकी सदस्य रमिला चौलागार्इंले बताइन् । उनका अनुसार मानवअंग प्रत्यारोपण केन्द्रबाट नर्स त्रजिता जती र सजना द्यौलालाई गत ४ साउनमा प्रक्रिया नपुर्‍याई निष्कासन गरेको भन्दै नर्सहरू आन्दोलनमा थिए । निष्कासन भएको अवधिको ७५...

कांग्रेस बैठकमा सभापति देउवाको आलोचना

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ५ माघ - राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखे । सभापति देउवाले संविधान...

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

रासस, अछाम, ४ माघ - ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै...

झापामा बढ्यो सवारी दुर्घटना, एक महिनामा १३ को मृत्यु

लक्ष्मी काफ्ले, झापा, ४ माघ - झापामा दिनहुँजसो सवारी दुर्घटना भइरहेको छ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अनेक उपाय अपनाउँदा पनि दुर्घटना हुने क्रम नरोकिएको हो । [caption id="attachment_16233" align="alignnone" width="1700"] बिहीबार बिहान बिर्तामोडमा दुर्घटना भएको बस र ट्रिपर । तस्बिर :  लक्ष्मी काफ्ले/नयाँ पत्रिका[/caption] बाक्लो हुस्सुका कारण बिहीबार बिहानै बिर्तामोडमा दुर्घटना...

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे आन्दोलित हुन आवश्यक छैन : ओली

रासस , काठमाडाैँ, ४ माघ - एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि...

नयाँ पत्रिकाका सम्पादक देवकोटा गोविन्द वियोगी पुरस्कारबाट सम्मानित

नयाँ पत्रिका , काठमाडाैँ, ४ माघ - नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा यस वर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' बाट सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । सम्पादक समाजले बरिष्ठ उद्योगी स्व. मोहनगोपाल खेतानको सहयोगमा स्थापना गरेको उक्त पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ...

उग्र बन्दै धनकुटाको आन्दोलन, निषेधाज्ञा जारी

नयाँ पत्रिका , धनकुटा, ४ माघ - सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि यतिखेर धनकुटामा चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भएको छ । विराटनगरलाई राजधानी तोकेपछि बिहीबार विरोधमा उत्रिएका धनकुटाबासी र प्रहरीबीच धनकुटा ६ भीमनारायण चोकमा दोहोरो झडप समेत भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएका छन् । धनकुटाका...

झापामा सवारी दुर्घटना, १२ जना घाइते

लक्ष्मी काफ्ले , झापा, ४ माघ - झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोक नजिकै पूर्व पश्चिम राजमार्गमा बिहीवार बिहान बस र ट्रिपर आपसमा जुध्दा १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख १६४४ नम्वरको यात्रुबाहक बस र विपरीत दिसाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर आसपमा जुधेका हुन् । बाक्लो हुस्सुका...

डोटीमा प्रहरी र आन्दोलनकारीबीच झडप, ३ जना घाइते

कर्ण चन्द, माघ, ४ डोटी - डोटीमा प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । क्षेत्रिय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुङ्गामुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहारबाट दिसिनपा-४ का ४३ वर्षीय भरत बिक, दिसिनपा -१ का...

जनकपुरलाई राजधानी तोकेपछि वीरगञ्जमा सल्कियो आगो

सुरेश बिडारी, वीरगञ्ज, ४ माघ - प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै बिहीबारदेखि वीरगञ्ज बन्दको आह्वान गरिएको छ । बन्दका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ । सरकारले बुधबार अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आज वीरगञ्ज बन्द गरिएको हो । जनकपुरलाई प्रदेशका अस्थायी राजधानी तोकेपछि वीरगञ्जमा असन्तुष्टी बढेको छ । वीरगञ्जलाई प्रादेशिक...

जित्नेको भन्दा हार्नेको निर्वाचन खर्च धेरै

जिल्ला ब्यूरो, काठमाडाैं, ४ माघ - प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले निर्वाचनमा १६ लाख १३ हजार खर्च भएको विवरण पेस गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डा. शेखर कोइरालाले २२ लाख ८६ हजार खर्च गरेको विवरण पेस गरे । त्यस्तै, मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि...

रौतहटमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या २३ पुग्यो

नयाँ पत्रिका,, रौतहट, ४ माघ - रौतहटमा अत्यधिक चिसोका कारण कठ्यांग्रिएर डेढ महिनाको अवधिमा २३ जनाको मृत्यु भएको छ । मंगलबार नवजात शिशुसहित दुईजनाको मृत्यु भएको छ । गौर नगरपालिकाको सिसवाका भाग्यनारायण दुवेको डेढ महिनाका नवजात नाति अनुरागको मंगलबार मृत्यु भएको हो । त्यस्तै, गरुडा नपाको महम्मदपुरका ५१ वर्षीय तेजा ठाकुर हजामको पनि मृत्यु भएको जिल्ला...

प्रदेश मुकामकाे विरोधमा धनकुटा, दाङ, दिपायल र वीरगन्जमा प्रदर्शन

नयाँ पत्रिका, काठमाडाैं, ४ माघ - धनकुटामा दुई घाइते जिल्लालाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजना घाइते भएका छन् । सरकारले अस्थायी मुकाम विराटनगर बनाएको समाचार फैलिएपछि दिउँसो प्रदर्शनले उग्र रूप लिएको थियो । प्रदर्शनकारी दिउँसो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्न पुगेका थिए । तर, प्रदर्शनकारीमाथि...

यसरी तोकिए प्रदेश प्रमुख र अस्थायी मुकाम

पुष्प, योगेश/नयाँ पत्रिका, काठमाडौं, ४ माघ - अस्थायी मुकाम तोक्दा मन्त्रिपरिषद्मै भएको विवादले राजनीतिक दलका नेता र सर्वसाधारणसमेत प्रभावित लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभामा राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने पाँच दल, कानुन र संविधानका ज्ञातालगायतसँग छलफल गरेका थिए । संविधानमा भएको व्यवस्थाअनुरूप...

विभेदविरुद्ध नर्सहरू सडकमा

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ४ माघ - देशभर ५० हजार नर्स बेरोजगार स्वास्थ्य संस्थामा हुने गरेको विभेदविरुद्ध देशभरिका नर्सहरू आन्दोलित छन् । नर्सिङ संघको अगुवाइमा बुधबार काठमाडौंसहित देशका विभिन्न स्थानमा नर्सहरूले प्रदर्शन गरे । विभेदविरुद्ध आवाज उठाउँदा सुनुवाइ नभएपछि सडक संघर्षमा उत्रनुपरेको नर्सिङ संघले जनाएको छ । सेवा छाडेर नर्सहरू सडक संघर्षमा उत्रँदा बिरामीको उपचार प्रभावित भएको...