logo

bar

न्युज रूम

गोप्य प्रशिक्षणमा नारायणकाजीले भने–पार्टी एकता चैत १९ वा २० गते हुन्छ, तयारीमा जुट्नुस्

सन्तोष भट्टराई , भक्तपुर - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अागामी चैत १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । आज भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् । उनले भने,‘पार्टी एकताको मिति कम्युनिस्ट पार्टी स्थापना...

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगरे हुन्छ : प्रधानमन्त्री

नयाँ पत्रिका, काठमाडौं, १० चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रबन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार...

भारतले सहमति नदिँदा झोलुङ्गे पुल निर्माणमा ढिलाई

रासस, बैतडी, ११ चैत - भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो । महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका...

आज रामनवमी पर्व : रामजस्तै आदर्श शासकको कामना गरी मनाइँदै

रासस, काठमाडौं, ११ चैत - चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी...

कर्मचारी अभावले सिडिओ नै फाँटका काममा

नरजन तामाङ/नयाँ पत्रिका, हुम्ला, ११ चैत - सिडिओलाई नै सेवाग्राही सोध्छन्, ‘सिडिओ सा’ब खै ?’ समयमा कर्मचारी नआए, लापरबाही गरे वा काममा ढिलाइ भए सेवाग्राहीले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग उजुरी गर्छन् । जिल्लाका सबैजसो कार्यालय प्रमुखले समेत सिडिओलाई नै गुहार्छन् । हुम्लाका सिडिओ नेत्रप्रसाद शर्मा भने कर्मचारी अभावमा आफैँ सबै काम भ्याइरहेका छन् । जिल्ला प्रशासन कार्यालय...

एम्बुलेन्स नियन्त्रण निर्देशिका कागजमै सीमित

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ११ चैत - १०२ नम्बरबाट एम्बुलेन्स सञ्चालन हुन सकेन एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएपछि सरकारले एम्बुलेन्स सेवा सञ्चालनमा कडाइ गर्न बनाएको निर्देशिका कागजी प्रक्रियामा मात्रै सीमित बन्न पुगेको छ । एम्बुलेन्सलाई व्यवस्थित र थप प्रभावकारी बनाउने उद्देश्यले पहिलोपटक नयाँ निर्देशिका जारी गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा एम्बुलेन्स नियन्त्रण निर्देशिका कागजमै थन्किन...

युरोपियन युनियनलाई प्रतिवेदन फिर्ता लिन प्रेस काउन्सिलकाे आग्रह

नयाँ पत्रिका , काठमाडौं, ११ चैत - प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले जारी गरेको प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । शनिबार बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिल मात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष...

वैदेशिक रोजगारका कर्मचारीले मानेनन् मन्त्रीको निर्देशन

नयाँ पत्रिका , काठमाडौं, ११ चैत - दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरूले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसारले कर्मचारीलाई नियमित रूपमा हाजिर गराएर काममा लगाएको बताए । मन्त्रीको निर्देशनविपरीत किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने...

अझै ४१ कानुन बन्न बाँकी ६ महिनाभित्र बनाइसक्नुपर्ने

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौ, ११ चैत - संविधान जारी भएको साढे दुई वर्ष बितिसक्दा पनि अझै ४१ वटा कानुन निर्माण हुन सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती कानुनको ड्राफ्ट निर्माणका लागि विभिन्न मन्त्रालयलाई सातपटक ताकेता गरिसकेको छ । तर, सम्बन्धित मन्त्रालयले कानुनको ड्राफ्ट पठाउन नसक्दा ढिलाइ भएको हो । धेरैजसो मौलिक हकसम्बन्धी कानुन...

दिगो शान्तिका लागि १९२ देशमा आज अपराह्न ५ बजे भावातीत ध्यान

नयाँ पत्रिका , काठमाडौं, ११ चैत - चैत्र शुक्ल नवमी अर्थात् राम नवमीको अवसर पारेर आज अपराह्न ५ बजे विश्वभर भावातीत ध्यानसहित सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ । विश्व शान्ति राष्ट्रका प्रधानमन्त्री डा. वेभेन मोरिसको प्रत्यक्ष निगरानीमा दोस्रोपटक विश्वव्यापी रूपमा सामूहिक ध्यान कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमले विश्वको सामूहिक चेतनाको सहसम्बद्धतामा वृद्धि गरी दिगो...

जब देउवाले प्रकाशमानलाई हकारेर चुप लाग्न भने…

नयाँ पत्रिका, काठमाडौं, ११ चैत - कांग्रेस बैठकमा लफडा  - कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले...

माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

नयाँ पत्रिका , काठमाडौं, ११ चैत - माओवादी केन्द्रको शनिबार बसेको पूर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्चार्ज रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र ७ का इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत् राखिएको छ । प्रदेश २ का...

यस्तो बन्दै छ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

शुरोजंग पाण्डे, वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, ११ चैत - एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने,...

सुरक्षाको ग्यारेन्टीसहित लगानीको वातावरण बनाउँछौँ : मुख्यमन्त्री भट्ट

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, ११ चैत - प्रदेश ७ मा आर्थिक बहस- उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाको सहकार्यमा प्रदेश ७ का आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकताबारे बहस [caption id="attachment_34372" align="alignnone" width="1700"] प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच भएको लगानी सम्झौताको सहमतिपत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र महासंघकी भवानी राणा[/caption]   प्रदेश ७ को...

कांग्रेस बैठकको दोस्रो दिन : नेतृत्वलाई खुइल्याउने र जोगाउने प्रतिस्पर्धा

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ११ चैत - कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले कारण देखाएको छ । तर,...

माओवादीले प्रदेश इन्चार्जमा गर्‍यो हेरफेर : को इन को आउट भए ?

नयाँ पत्रिका, काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटरको बैठकले दोहोरो जिम्मेवारीमा रहेकाहरुको पद रिक्त गरेको छ । प्रदेश इन्चार्जको भूमिकामा रहेकाहरुको पद रिक्त गरी त्यो ठाउँमा अर्कोलाई जिम्मेवारी दिएको छ । इन्चार्जबाट आउट को भए ? प्रदेश १ : गोपाल किराती (पार्टीबाट कारबाही भएपछि पद रिक्त) प्रदेश २ :...

मानफ्रेद र भगवतीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने

नयाँ पत्रिका, काठमाडौं, १० चैत - नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावहरूलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने  घोषणा गरेको छ । नइ प्रकाशनले तीन लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोईलाई समर्पण गर्ने निर्णय गरेको छ । विगत चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन...

प्रदेश २ : अस्थायी राजधानी जनकपुरका सडक बिस्तारका लागि घरहरु हटाइदैँ (फोटोफिचर)

हादिस खुद्दार, जनकपुर, १० चैत - प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई सौन्दर्य र व्यवस्थित शहर बनाउन एकैसाथ कयौं घरमा तोडफोड गर्ने कार्य आजबाट शुरु गरिएको छ । एकीकृत शहरी बिकास आयोजना अन्तर्गत सडक बिस्तारका लागि जनकपुरको शिव चोकदेखी भानु चोक सम्मको घरहरु हटाउन केहि महिना अघि सार्बजनिक सुचना जारी गरिएको थियो । तर जनकपुर उपमहानगरपालिकाको...

धनगढी-दिपायल द्रुतमार्गः वनले अनुमति नदिँदा नौ वर्षसम्म ट्रयाकमै अलमल

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, १० चैत - प्रदेश–७ का पहाडी जिल्लालाई तराईसँग जोड्ने धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेको छैन । निर्माण सुरु भएको नौ वर्षसम्म ट्र्याकसमेत खुलेको छैन । धनगढी–दिपायल जोड्ने भीमदत्त र केआइसिंह राजमार्गभन्दा आधा दूरी छोटो हुने द्रुतमार्ग निर्माणमा स्थानीय बासिन्दा, सरकार र ठेकेदारको विवादले ढिलाइ भइरहेको छ । दु्रतमार्गमा पर्ने रूख कटानको अनुमति दिन...

२० वर्ष पुराना गाडी हटाइएपछि ग्रामीण सडकमा सवारी ठप्प

नयाँ पत्रिका, काठमाडाैँ, १० चैत - सरकारले सुरक्षाका कारण २० वर्ष पुराना गाडी हटाउन थालेपछि ग्रामीण सडकमा सवारी ठप्प छन् । ती सडकमा अधिकांश २० वर्ष पुराना गाडी सञ्चालनमा थिए । गाउँ चल्ने सवारी नगुडेपछि  स्थानीयलाई आवत–जावतमा सास्ती भएको छ । चैत १ देखि गाडी गाउँ नगएको सुनसरी यातायात व्यवसायी संघको तेह्रथुम ट्याक्सी काउन्टरका प्रमुख सन्तोष...

अख्तियारले सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने

नयाँ पत्रिका , काठमाडौं, १० चैत - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । यसअघिका क्षेत्रीय रूपमा खोलिएका कार्यालयलाई संघीय संरचनाअनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए । संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्न प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उनको भनाइ छ । उनका...

महाअभियोग लगाउनेबारे संसद्को नयाँ नियम

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १० चैत - संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाअभियोग लगाउनेबारे संसद्ले नयाँ नियम बनाउने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका लागि प्रस्तुत नियमावलीको मस्यौदामा यसअघिको व्यवस्थापिका संसद्को भन्दा केही फरक नियम समेटिएको छ। संघीय संविधानअनुसार प्रदेश सभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसद्ले अघि सारेको छ ।...

अनशनरत शिक्षकको स्वास्थ्य अवस्था गम्भीर

नयाँ पत्रिका , काठमाडौं, १० चैत - अस्थायी शिक्षकबीच नै विभेद गरेको भन्दै तीन दिनदेखि दुईजना अस्थायी शिक्षक काठमाडौंको भद्रकालीमा आमरण अनशन बसेका छन् । बारा कोल्वीस्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक धर्मेन्द्र ठाकुर र नुवाकोट शिवपुरीको स्याउरीभूमि माविका शिक्षक नरबहादुर बस्नेत बुधबार बेलुकादेखि चारबुँदे मागसहित आमरण अनशन बसेका हुन् । उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।...

‘सञ्चारसम्बन्धी डेढ दर्जन कानुन आउँदै छन्’

नयाँ पत्रिका , काठमाडौं, १० चैत - सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रसँग सम्बन्धित डेढ दर्जन कानुनको मस्यौदा बनिरहेको बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रसँग सम्बन्धित ६ वटा नयाँ ऐन मस्यौदा भइरहेको बताएका हुन् । उनले सञ्चार क्षेत्रसँग आधा दर्जन नयाँ ऐन मस्यौदाका क्रममा रहेको र...

संविधानले निर्धारण गरेको आयोग गठनमा ढिलाइ

नयाँ पत्रिका , काठमाडौं, १० चैत - संविधान जारी भएको दुई वर्ष बितिसक्दा पनि आधा दर्जनभन्दा बढी संवैधानिक आयोग अझै गठन हुन सकेका छैनन् । संविधानमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोग गठन गर्नुपर्ने उल्लेख छ । संघ र प्रदेश सरकारको राजस्व बाँडफाँड गर्ने दायित्व...

देउवाविरुद्ध पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला आक्रामक

रमेश सापकोेटा/नयाँ पत्रिका, काठमाडौं, १० चैत - निर्वाचनको समीक्षा पूर्ण रूपमा सुनेर सशक्त जवाफ दिने संस्थापन पक्षको तयारी चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी...

हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेकर्ड, घरेलु काममा खटाइएको गृहको आशंका

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १० चैत - उच्च अधिकृतको घरेलु काममा खटाइएको गृहको आशंका नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।...

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, १० चैत - १० वर्षमा खर्च हुन सकेन साढे ४ अर्ब रुपैयाँ हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन...

गुण र दोष हेरेर सरकारसँग व्यवहार : कमल थापा

राजकुमार गोले ह, राजकुमार गोले काभ्रे - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको गर्ने हरेक कामको गुण र दोषका आधारमा व्यवहार गर्ने गर्ने बताए । शुक्रबार काभ्रेको धुलिखेलमा दुईदिनसम्म चलेको पार्टीकाे उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग थापाले भने,‘हामी प्रतिपक्षा गर्छौँ । केपी ओलीलाई राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको रक्षा र मुलुकको आर्थिक विकास गर्नुहुनेछ भनेर नै...

अज्ञात समूहले गराएकाे बम विष्फोट परी ८ जना घाइते

रासस, लहान - अज्ञात समूहले को लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित ८ जना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी रहेका छन्...

मेलम्चीमा बस दुर्घटना, तीनको मृत्यु, नौ घाइते

रासस, मेलम्ची, ९ चैत - काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको...

हिंसाको बाटो हिँड्ने अवस्था सकियो : प्रचण्ड

नयाँ पत्रिका, काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक मागकै भनेर हिंसाको बाटोमा हिँड्नुपर्ने अवस्था सकिएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो धारणा राखेका हुन् । उनले संविधान संशोधनको बाटो खुल्ला भएकाले हिंसाको बाटो र सडक आन्दोलतमा जानुपर्ने बाध्यता सकिएको जिकिर गरे । दुईचोटी संशोधन भएको र...