logo

bar

न्युज रूम

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, ८ पुस - सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ । अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र, त्यस्तो...

प्रदेश १ को मुख्यमन्त्री मै हुँ : शेरधन राई

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, ८ पुस - प्रदेश १ को प्रदेश सभा सदस्य शेरधन राईले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । वाम गठबन्धनले बहुमत ल्याएसँगै प्रदेश १ मा एमालेका तीन नेताको मुख्यमन्त्रीमा चर्चा भइरहेका वेला भोजपुरबाट निर्वाचित एमाले पोलिटब्युरो सदस्य राईले मुख्यमन्त्रीका लागि आफू नै योग्य रहेको भन्दै दाबी प्रस्तुत गरेका हुन् । पूर्वसञ्चारमन्त्रीसमेत...

मापसे चेकिङले ‘हेड इन्जुरी’ घट्यो

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ८ पुस - ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) चेकिङलाई कडाइ गरेपछि ‘हेड इन्जुरी’ (टाउकोको गम्भीर चोट) लागेका बिरामीको संख्या ८५ प्रतिशतले घटेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले मापसे चेकिङलाई कडाइ गरेको थियो । मापसे चेकिङ सुरु भएको ६ वर्षमा ‘हेड इन्जुरी’ का बिरामी अस्पतालमा...

निर्वाचनसम्बन्धी रिटमा सर्वाेच्चले आयोगलाई छलफलमा बोलायो

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ८ पुस - प्रतिनिधिसभा र प्रदेश सभाको मतपरिणामका विषयमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेशका लागि निर्वाचन आयोगलाई छलफलमा बोलाएको छ । कांग्रेसका दुई र माओवादीका एक उम्मेदवारले निर्वाचन परिणामलाई लिएर सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले तीनवटै...

एमाले स्थायी कमिटी बैठक : सरकार गठन र पार्टी एकीकरण तीव्र बनाउने

नयाँ पत्रिका, काठमाडौं, ८ पुस -   सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिने निर्णय नेकपा एमालेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिने निर्णय गरेको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पाँच घन्टा लामो बैठकले सरकार गठन र राष्ट्रिय सभासम्बन्धी...

कांग्रेस शीर्ष नेतासँगकाे भेटमा के भनिन् राष्ट्रपतिले ?

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ८ पुस - प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रिय सभा पहिले गठन नगर्ने हो भने सबै दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संघीय संसद्मा नहुने कांग्रेसको दाबी छ । ‘सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राष्ट्रिय सभा गठनको बाटो खुल्ने र संघीय संसद्का दुवै सदनमा सबै दलबाट एकतिहाइ...

आयोगद्वारा प्रदेशको समानुपातिक सिट सार्वजनिक (सूचीसहित)

नयाँ पत्रिका, काठमाडौं, ८ पुस - समानुपातिकमा एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशील पार्टीले तीन-तीन सिट पाए निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ...

नयाँ सरकारको नेतृत्व आलोपालो : प्रचण्ड

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका, चितवन, ८ पुस - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । कुन दलले अगाडि र कुन दलले पछि नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए । पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने प्रचण्डको भनाइ छ । ‘सरकारको...

सिरहा मालपोत कार्यालयमा बम बिस्फोट

दलिप सिंह, लहान - सिरहा सदरमुकाममा रहेको मालपोत कार्यालय भित्र कुकर बम बिस्फोट भएको छ । मालपोत कार्यालयका कार्यालय प्रमुख राजेश द्घिवेदी मालपोत कार्यालय बारा सरुवा भइसकेका थिए । बिहीबार नै उनी विदाई भएका थिए । तर, शुक्रबार कार्यालयमा प्रहरीको उच्च सुरक्षा हुँदाहुँदै पनि कार्यालय प्रमुखको कक्ष अगाडि राखिएको सोफा मुनीबाट बम बिस्फोट भएको...

कालिकोट तनावग्रस्त : प्रहरीको गोली लागी म्यादीको मृत्यु !

रत्न कार्की, कालिकोट - कालिकोटमा म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ । शुक्रबार म्यादी र प्रहरीबीचको बिबादले उग्ररुप लिएपछि स्थिति तनावग्रस्त भएकाे छ । प्रहरीको गोली लागि एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट जिल्ला शान्नीतिर्बेणी गाउँपालिका तिकुवाका १९ वर्षीय विवेक ऐडि रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

लोप हुँदै दाइँ परम्परा

शान्ता कमली , लमजुङ - गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो । धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको दोर्दी गाउँपालिकाका किसान कमल अधिकारीले बताए ।...

प्रचण्डको खुलासा-सरकार र पार्टी नेतृत्व आलोपालो !

दिपेन्द्र अधिकारी , चितवन - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अव बन्ने सरकार र पार्टीको नेतृत्व आलोपालो हुने विषयमा सहमती भएको खुलासा गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्धान्ति सहमति भएको बताए । ‘को अघि र को पछि तथा...

यसरी हटाइँदैछ सडक अतिक्रमण

नयाँ पत्रिका , झापा - शब्द/तस्बिर : लक्ष्मी काफ्ले विर्तामोड नगरभित्र भएका सडक अतिक्रमण हटाई फराकिलो बनाउन थालिएको छ । डिभिजन सडक कार्यालयको पहल तथा बिर्तामोड नगरपालिकाको अग्रसरतामा बिर्तामोडको मुक्तिचौकदेखि चारैतर्फका सडक खाली गराउन थालिएको हो । वर्षौंदेखि सडक मिचेर राखिएका फुटपाथ पसल हटाउन शुक्रबार बिहानैदेखि डोजर चलाइएको छ । विर्तामोडमा ठूला व्यापारीदेखि ठेलावालासम्मले सडक...

बालुवाटार बैठकमा के-के भयो ?

रमेश सापकोटा, काठमाडाैँ - प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बसेको प्रमुख पाँच दलको बैठक निष्कर्षविहीन टुंगिएको छ । दलीय विवादपछि राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीको अड्किएपछि यसको गाँठो फुकाउन प्रधानमन्त्री देउवाले पाँच दलको बैठक बोलाएका थिए । तर, दलहरु आ–आफ्नै अडानबाट टसकोमस नभएपछि पहिलो बैठक नै निष्कर्षविहीन बनेको हो । निर्वाचनपछि...

तालमेल नहुँदा कांग्रेस–मधेसी दलको १८ सिट गुम्यो

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बन्नेबित्तिकै कांग्रेसले दुई फोरम, राजपा, दुई राप्रपासँग लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति बनाएको थियो । गठबन्धन बनाउन ६ दलको कार्यदल पनि बन्यो । पटक–पटक वार्ता र संवाद पनि भए, तर कांग्रेसले सोचेजसरी लोकतान्त्रिक गठबन्धन बन्न सकेन । प्रतिनिधिसभाका एक सय ६५ मध्ये वाम...

कांग्रेसले देशभर किन हार्‍यो चुनाव ?

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - कांग्रेस युवानेता प्रदीप पौडेल सबैभन्दा कम मतान्तरले पराजित भएका उम्मेदवार हुन् । तनहुँ क्षेत्र नं. २ (क)मा माओवादी उम्मेदवार आशा कोइरालासँग केवल पाँच मतले पराजित भएर उनी प्रदेश सभा सदस्य हुनबाट रोकिए । पौडेलको राजनीतिक जीवनमा यो निर्वाचन किन पनि महत्वपूर्ण थियो भने, आमनिर्वाचनमा उनी पहिलोपटक मैदानमा थिए । जीवनको...

सरकार र पार्टी एकताबारे छलफल गर्न शुक्रबार एमाले बैठक

नयाँ पत्रिका, काठमाडौं, ७ पुस -  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि पहिलोपटक एमाले स्थायी समिति बैठक बस्न लागेको छ । उपाध्यक्ष वामदेव गौतमनिवास भैँसेपाटीमा शुक्रबार बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा, सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभा गठनबारे देखिएको अन्योललगायत एजेन्डामाथि छलफल हुने पोलिटब्युरो सदस्य विष्णु रिमालले जानकारी दिए । ‘अहिलेका सबै समसामायिक एजेन्डामाथि बैठकमा छलफल...

स्थायित्व र समृद्धिको यात्रालाई कसैले उल्ट्याउन सक्दैन : प्रचण्ड

नयाँ पत्रिका, काठमाडौं, ७ पुस - माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र समृद्धिको यात्रालाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा बिहीबार गरेको कार्यक्रममा प्रचण्डले स्थायित्व र समृद्धिको यात्रामा देश अगाडि बढेको बताए । ‘वाम गठबन्धन बनेपछि समृद्धि र स्थायित्वसहितको नयाँ नेपाली समाज निर्माणको चरणमा आइपुगेको छ,’ प्रचण्डले भने, ‘अब...

बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - उपचारका नाममा बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव देखिएको छ । जनताले विश्वास गरेका ठूला र नाम चलेका निजी अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परे पनि नियम अभावमा कारबाही हुन सकेको छैन । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले नियमको अभावले गर्दा बिरामी...

अपराध लुकाउने प्रवृत्ति डरलाग्दो : प्रधानन्यायाधीश

नयाँ पत्रिका, काठमाडौं, ७ पुस - प्रधानन्यायाधीश गोपाल पराजुलीले समाजमा हुने अपराध लुकाउने, जाहेरी नगर्ने र अपराधको सूचना नदिने प्रवृत्ति सबैभन्दा डरलाग्दो रहेको बताएका छन् । फौजदारी कानुनको कार्यान्वयनमा सरकारी वकिल र कानुन व्यवसायीको भूमिका विषय अन्तरक्रियामा उनले अभियुक्तका सम्बन्धमा प्रयोग प्रमाण भएन भने प्राइभेट वकिल एवं अभियोजनमा लागेका सरकारी वकिल एकै ठाउँमा हुनु जरुरी रहेको...

समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - समानुपातिकको परिणाम तत्काल सार्वजनिक गरे असंवैधानिक हुने कांग्रेसकाे ठहर - मतगणना सकिए पनि परिणाम सार्वजनिक नगर्न कांग्रेसले निर्वाचन आयोगलाई दबाब दिएको छ । राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेमा प्रतिनिधिसभाबाट भरथेग गर्नुपर्ने भएकाले पहिले राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने कांग्रेसको अडान छ । संविधानको धारा ८४ उपधारा ८ मा ‘संघीय...

निर्वाचनको १५ दिनपछि शीर्ष नेतालाई मोदीको फोन

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, ७ पुस -   प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का...

प्रदेश राजधानीमा सरुवा हुन निवेदनको ओइरो

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - स्थानीय तहमा जान अस्वीकार गरेका निजामती कर्मचारीले प्रदेश राजधानीमा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिन थालेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्ने गृहकार्य अघि बढाएपछि सामान्यले आवश्यक पर्न सक्ने कर्मचारीको सूची तयार गर्दै छ । सामान्यको अतिरिक्त समूहमा बसेका र स्थानीय विकास मन्त्रालयमा गरिएको सरुवा रद्द गरेर बसेका...

प्रदेश सभाका लागि ४६९ कर्मचारी र वार्षिक साढे २ अर्ब आवश्यक

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - सातवटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतम संयोजकत्वको संघीय संसद् एवं सचिवालय र प्रदेश सभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार प्रत्येक प्रदेशमा ४७ स्थायी र २० करारका कर्मचारीको आवश्यकता पर्नेछ । अघिल्लो संसद् र सचिवालयको...

भारतीय अनुदानका विद्यालय पुनर्निर्माणको काम अझै सुरु भएन

भवानीश्वर गौतम/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - भारतीय अनुदानमा पुनर्निर्माण गरिने भनिएका भूकम्पले ध्वस्त ७० विद्यालयको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । गत असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका वेला पुनर्निर्माणको सम्झौता भएको थियो । ती विद्यालयको छनोट ०७३ मा गरिएको थियो । भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्रोतका...

कारागारमा क्षमताभन्दा ६३% धेरै कैदीबन्दी

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, ७ पुस - कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ, तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । यो संख्या क्षमताभन्दा ६३ प्रतिशतले धेरै हो । करागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ...

ओली, देउवा र प्रचण्डसँग मोदीको फोनवार्ता, के भयाे कुराकानी ?

पर्शुराम काफ्ले , काठमाडौं, ६ पुस - नेपालका प्रमुख तीन दलका अध्यक्षसँग भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले टेलिफाेन संवाद गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी अाेली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज टेलिफोन कुरकानी गरेका हुन् । संविधान कार्यान्वयनकाे क्रममा प्रदेश तथा  प्रतिनिधिसभा निर्वाचित सम्पन्न भएकाे सन्दर्भ पारेर...

ठडिँदै नमुना बस्ती

श्याम खतिवडा , चरिकोट, ६ पुस - जिल्लाको उत्तरी क्षेत्रमा पर्ने विगु गाउँपालिकाका २ वटा वडाहरु ओराङ्ग र बलुङ्गमा निर्माणाधिन  नमुना बस्तीकाे पुनर्निर्माणकाे काम  ८१ प्रतिशत सकिएको छ । पुनर्निर्माण प्राधिकरणको समन्वयमा कारितास नेपाल नामक गैरसरकारी संस्थाले नमुना बस्ती निर्माणको काम अघि बढाएको छ । दोलखाका बुलुङ्ग र ओराङ्गका १२ सय ५९ लाभग्राहीमध्ये एक हजार ३० परिवारको...

रात कटाउन आगोको सहारा लिँदै भूकम्पपीडित

शान्ता कमली , लमजुङ, ६ पुस - पूर्वीलमजुङको ईलमपोखरी ३ ठूलोकाभ्रेका मंगले गुरुङको दम्पती एकबिहानै जस्ताको टहरामा भेटिए । भूकम्प गएको ३० महिना बितिसक्दा पनि भूकम्पपीडित  टहराबाटै गुजारा गर्दै आएका छन् । ‘निकै चिसो छ यहाँ बस्न, मंगलेले भने, ‘रातभरी सितपर्छ, ओढ्ने कपडा त पानीले भिजेजस्तै हुन्छ ।’ सानो टहरा छ, दम्पती अट्ने । त्यही टहरा भित्रै, लत्ताकपडा...

गाउँलेबीच झडप हुँदा ८ जना घाइते, ४ को अवस्था गम्भीर

गगन अयडी , बाजुरा, ६ पुस - बाजुराको गौमूल गाउँपालिका वडा ४ मा बुधबार राती स्थानीयबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । झडपमा तीन राउन्ड गोलीसमेत चलेको थियो । गम्भीर घाइते भएका चार जना भिके कामी, देवे कामी, मनकामी, रमेश रोकायालाई जिल्ला अस्पताल मार्तडीले नेपालगञ्ज रिफोर गरेकोछ...

दुर्घटना न्यूनीकरण गर्ने ‘कन्भेक्स मिरर’ चोरिन थाले

सन्तोष थापा, पर्वत, ६ पुस - पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्वतखण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षा चुनौति देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि भनेर जडान गरिएका ऐना अहिले जडान गरेको एक महिना नवित्दै चोरी हुन थालेका छन् । केही ऐनामा अहिले धुलोले ढाकेर सवारी नै नदेखिने बनेको छ । कात्तिकको अन्त्य तिर सडक डिभिजन कार्यालय...

माटाको ढिस्कोले पुरिएर २ महिलाकाे मृत्यु

हरिप्रसाद शर्मा , बागलुङ, ५ पुस - जिल्लाको जैमिनी नगरपालिका—४ सर्कुवामा माटो खन्न गएका दुई जना महिलाको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ । घर पोत्ने माटो लिन गएका सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णकला नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । सोही स्थानकी तारा सुनार घाइते भएकी छन् । उनलाई हात र खुट्टामा...