logo

bar

न्युज रूम

त्रिभुवन विमानस्थल अब २१ घन्टा सञ्चालन

नयाँ पत्रिका, काठमाडौं, ८ जेठ - विमानस्थल थप समय सञ्चालनको शुभारम्भ गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलमा आयोजित कार्यक्रममा विमानस्थल थप सञ्चालनको शुभारम्भ गरे । यसअघि यो विमानस्थल १८ घन्टा सञ्चालनमा थियो । जहाज र यात्रुको अधिक चापले विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित...

रक्सी नियन्त्रण अभियानमा गुल्मी कांग्रेसका महिला नेतृहरु

टोपलाल अर्याल , गुल्मी - गुल्मी कांग्रेसका नेतृहरु जाँडरक्सी नियन्त्रण अभियानमा जुटेका छन् । ५० दिने अभियान नै सुरू गरी महिला नेतृहरु जाँडरक्सी नियन्त्रण, विभिन्न खाले हिंसाजन्य तथा आपराधिक क्रियाकलापको अन्त्यका लागि जुटेका हुन् । केहि समय अघिदेखि कांग्रेस गुल्मीले सुरूआत गरेको ‘गाउँ जाऊँ गाऊँमै रमाऔं’ भन्ने ५० दिने महाअभियान अन्र्तगत महिला विभागले रक्सी नियन्त्रण...

पण्डित श्रीनिवासलाई अनुसन्धानका लागि १२ जेठसम्म हिरासतमा राखिने

गणेश लम्साल /नयाँपत्रिका , विराटनगर, ७ जेठ - आफैलाई गोली हान्न लगाउने आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आर्चायलाई १२ जेठसम्म हिरासतमा राख्नका लागि प्रहरीले अनुमति पाएको छ । आफ्ना अंगरक्षकलाई आफैँ गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोेजेको आरोपमा पक्राउ परेका २६ वर्षीय पण्डित श्रीनिवासलाई १२ जेठसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने गरी जिल्ला प्रशासन मोरङले अनुमति दिएको...

गाईपालनबाट लाखौं आम्दानी गर्दै गोरखाका राजेन्द्रराज पन्त

उपेन्द्र खनाल/नयाँ पत्रिका, गोरखा, ७ जेठ - गोरखा पालुङ्टार– ७ च्याङलीका राजेन्द्रराज पन्तले गाई पालेर लाखौं आम्दानी लिएका छन् । कामधेनु गाईपालन केन्द्र दर्ता गरी २०५२ सालदेखि सात वटा गाई पालेर सुरु गरेका उनले पछिल्लो समय मनग्ये आम्दानी गरेका हुन् । पन्तको गाई फाराममा अहिले तीनसय साठी गाई र पैंतालिस बाच्छाबाच्छी छन् । उनले जर्सी र हलस्ट्यान...

गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

पुरुषोत्तम गिरि , सल्यान, ७ जेठ - सल्यानमा गएराती गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुंदा एक महिलाको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । दुर्घटनामा परि बागचौर नगरपालिका –२ चिल्ढाले निवासी ४४ वर्षीया जानकी बुढाथोकी रहेको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै घाईते हुनेमा...

प्रधानमन्त्रीको गृहनगरमा बम विस्फोट

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, ७ जेठ - प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बम विस्फोट भएको छ । दमक नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष भीम पौड्यालको घरअगाडि आइतबार राति बम बिस्फोट भएको हो ।स्थानीयबासीका अनुसार राति साढे ८ बजेको समयमा ठूलो आवाजसहित बम बिस्फोट भएको थियो । वडाध्यक्षको ५ तले घरको चेनगेटमा बम बिस्फोट भएको प्रहरीले जनाएको...

पाँच वर्षपछि चितवनमा फेरि बर्डफ्लु

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका, चितवन,७ जेठ - चितवनमा पाँच वर्षपछि पुनः बर्डफ्लु भेटिएको छ । खैरहनी–९ सुर्तनीका राजन चौधरीको फर्ममा मरेका कुखुराको परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।एक महिनाअघि चौधरीको फर्ममा एक हजार पाँच सय लेयर्स कुखुरा तीन दिनको अन्तरालमा मरेका थिए । सो कुखुराको परीक्षण गर्दा बर्डफ्लु अर्थात् एच ५ एन १ (एभिएन इन्फ्लुएन्जा) जीवाणु भेटिएको राष्ट्रिय...

२२ प्रतिशत बढ्यो नेप्से कारोबार रकम

नयाँ पत्रिका, काठमाडौं,७ जेठ - साताको पहिलो कारोबार दिन नेप्से सामान्य अंक घटेको छ । नेप्से ओरालो लागे पनि अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम २२ प्रतिशत बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से, कारोबारको ४० मिनेटपछि ओरालो लाग्न थालेको थियो । ब्रोकरहरूबाट सेयर कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको कुराले लगानीकर्ताको मनोबल...

आज सरकारको नीति तथा कार्यक्रम आउँदै

कृष्ण कट्टेल, काठमाडौं, ७ जेठ - सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सोमबार संसद्मा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ । सरकारी कार्यक्रममाथि ९ जेठदेखि ३ दिन छलफलको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा....

राजपाको बैठक निष्कर्षविहीन

नयाँ पत्रिका, काठमाडौं,७ जेठ - राजपा अध्यक्षमण्डलको बैठक विनानिष्कर्ष टुंगिएको छ । राजनीति समितिको बैठक मिति तय गर्नका लागि आइतबार दुई घन्टाभन्दा बढी समय छलफल चलेको थियो । तर, कुनै टुंगो लाग्न सकेन । बैठक सोमबार दिउँसो १ बजे फेरि बस्नेछ । राजपा अध्यक्षमण्डलका दुईजना सदस्य महेन्द्र राय यादव र राजकिशोर यादव काठमाडौंबाहिर रहेकाले बैठकमा उपस्थित हुन सकेनन् । अध्यक्षमण्डलका...

५–७ असारसम्म हेटौँडामा कांग्रेस सभापतिको भेला

नयाँ पत्रिका, काठमाडौं, ७ जेठ - कांग्रेसले मकवानपुरको हेटौँडामा जिल्ला सभापतिहरूको तीनदिने भेला गर्ने भएको छ । भेला आगामी ५ देखि ७ असारसम्म आयोजना हुनेछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै भेलाको मिति र स्थानबारे जानकारी गराएका हुन् । के गर्छ सभापतिको  भेलाले ? जिल्ला सभापतिको भेलामा कांग्रेसका ७५ वटै जिल्लाका सभापति, उपसभापति, सचिव,...

स्थानीय तहमा जान आठ हजार कर्मचारी तयार

 नयाँ पत्रिका , काठमाडौं, ७ जेठ - रोजेर स्थानीय तहमा जान सरकारले गरेको आह्वानमा करिब आठ हजार कर्मचारीले मात्र निवेदन दिएका छन् । स्थानीय तहका लागि मात्र ५८ हजार कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारसँग करिब ८० हजार कर्मचारी रहेकोमा जम्मा आठ हजार कर्मचारी मात्र आफ्नो घरपायक स्थानीय तहमा बसेर काम गर्न...

ओली–नेपालले टुंग्याए २४१ केन्द्रीय सदस्य

शुरोजंग पाण्डे, काठमाडौं, ७ जेठ - पूर्वमाओवादीले अझै टुंगो लगाउन सकेन खनाल, रावललगायत नेता असन्तुष्ट नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेबाट केन्द्रीय कमिटीमा मनोनीत हुने ४५ सहित दुई सय ४१ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएका छन् । दुई नेताले शनिबार मध्यरातमा पूर्वएमालेका नाम टुंगो लगाएका हुन् । नाम छनोट गर्ने विषयमा अध्यक्ष...

यस्ता छन् कर्णाली सरकारका निर्णय

खगेन्द्र भट्टराई/नयाँ पत्रिका , सुर्खेत, ७ जेठ - कर्णाली प्रदेश सरकारले कानुन आयोग गठन गर्ने भएको छ । सरकारले निर्माण गर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पु-याउन आयोग गठन गर्न लागेको हो । आइतबार बसेको ६ घन्टा लामो कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले तत्काल प्रादेशिक कानुन आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले...

राप्रपा राष्ट्रिय परिषद् बैठक आजबाट

नयाँ पत्रिका, काठमाडौं, ७ जेठ -  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा र पार्टीको विधान संशोधनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय परिषद् बैठक सोमबारबाट वीरगन्जमा बस्दै छ ।बैठक तीन दिनसम्म चल्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा पाँच प्रतिवेदन पेस हुनेछन् । अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता भुवन पाठकले प्रशिक्षणसम्बन्धी कार्ययोजना...

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट दायर

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ७ जेठ - प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । दुई महिनादेखि प्रधानन्यायाधीश नियुक्त हुन नसकेपछि अधिवक्ता सन्तोष भण्डारीले आइतबार संवैधानिक परिषद्, संघीय संसद् सचिवालय, संवैधानिक परिषद्का अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुखसहितलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरहदका...

१० महिनामा २१ दुर्घटना, ७ को ज्यान गयो

नयाँ पत्रिका, ओखलढुंगा,७ जेठ -  चालू आर्थिक वर्ष ०७४/७५ को १० महिनामा ओखलढुंगामा २१ वटा सवारीसाधन दुर्घटना भएका छन् । सो दुर्घटनामा सातजनाको ज्यान गएको छ । दुर्घटनामा ७४ जना घाइते भएका छन् । जसमध्ये १० जना गम्भीर घाइते भएका छन् । यो अवधिमा सबैभन्दा बढी आठवटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै, एउटा बस,...

पाँच सय विद्यालयको पुनर्निर्माण सुरु नै भएन

रोहितराज पराजुली/नयाँ पत्रिका , कास्की, ७ जेठ - प्रदेश ४ अन्तर्गतका जिल्लामा भूकम्पले क्षति पु-याएका सामुदायिक विद्यालय पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको स्थानीयको गुनासो छ । यद्यपि, भूकम्प गएको ३ वर्षमा प्रदेश ४ का ७२ प्रतिशत सामुदायिक विद्यालय पुनर्निर्माण भइसकेका छन् । पाँच सय सार्वजनिक विद्यालयको भने पुनर्निर्माण सुरु नै भएको छैन । प्रदेश ४ अन्तर्गतका ११ जिल्लामध्ये...

कृषक समूहलाई हाते ट्रयाक्टर र मकै छोडाउने मेसिन

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, ६ जेठ - बिर्तामोड नगरपालिका कृषि विकास शाखाले कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत कृषक समूहलाई हाते ट्रयाक्टर (पावर टिलर) र मकै छोडाउने मेसिन हस्तान्तरण गरेको छ । नगरपालिकाले कृषक समूहलाई ८ वटा पावर टिलर र २० वटा मकै छोडाउने मेसिन हस्तान्तरण गरेको हो । नगरपालिकाभित्रका कृषक समूहलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले यी उपकरण हस्तान्तरण गरिएको...

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक उद्घाटन

अनु आचार्य/नयाँ पत्रिका, रसुवा, ६ जेठ - नेपाल र चीनबिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ । नेपाली सेनाले सडक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको उद्घाटन गरेका हुन् । त्यस्तै आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ-स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण...

प्रदेश ४ मा प्राकृतिक स्रोतको अत्यधिक दोहन

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, ६ जेठ - प्रदेश ४ का ११ जिल्लामा प्राकृतिक स्रोत–साधन र सार्वजनिक जग्गाको अत्यधिक दोहन भइरहेको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले ढुंगा, गिट्टी र बालुवाको दोहन अत्यधिक रहेको पत्ता लगाएको हो । कार्यदलका संयोजक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्राकृतिक स्रोतको दोहनदेखि वन, ताल–तलैयाको...

प्रदेश २ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, ६ जेठ - प्रदेश सभामुख सरोजकुमार यादवले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएका छन् । अब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेश २ का प्रमुख प्रतिपक्षी दलको नेता भएका छन् । प्रदेश सभामुख यादवले प्रदेश सभा नियमावली नबनेसम्म कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएको बताए । ०७३ मा बनेको संघीय सदनको कानुनअनुसार नै कांग्रेसलाई विपक्षी दलको...

पाँचथरमा १६ साना पिलर गायब

सरोज शर्मा/नयाँ पत्रिका, पाँचथर, ६ जेठ - भारतसँगको जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन् । सीमामा पर्ने सबै ९ जंगे पिलर भेटिएको सर्भेबाट फर्किएका प्रहरी हवल्दार काजीमान लिम्बूले जानकारी दिए । तीमध्ये दुई पिलर जीर्ण छन् । एउटा जंगे पिलर पहिरोका...

पूर्व एमालेबाट ४५ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

शुरोजंग पाण्डे, काठमाडौं, ६ जेठ - नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार मध्यरातमा ४५ जना मनोनित गरेका छन् । उनीहरुले पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४५ जनाको नाम मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर...

माओवादीबाट विभाजित पार्टी के गर्दै छन् ?

वीरेन्द्र ओली/नयाँ पत्रिका , काठमाडौं, ६ जेठ - तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट छुट्टिएका नेताहरूले पाँचवटा पार्टी गठन गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ३ जेठमा एमालेसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी बने पनि अन्य पाँच पार्टी भने अस्तित्वमै छन् । अहिले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराई...

उपत्यकावासीले खाने मासु अस्वस्थकर

अर्जुन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - काठमाडौं उपत्यकाका अधिकांश बधशाला तथा मासुपसल दर्ताविना नै सञ्चालमा छन् । जिल्ला पशु सेवा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा वडा नम्बर–३ मा गरेको अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका बधशाला अव्यवस्थित रहेको पाइएको छ । उपत्यकामा दैनिक ६५ स्थानका खुला चौर र चोकमा झन्डै ६ सय राँगाभैँसी काटिने गरिएको तथ्यांक...

डिआइजी र एसएसपीलाई दर्ज्यानी चिह्न

नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआइजीमा बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रमम दर्ज्यानी चिह्न लगाइएको हो । गृह मन्त्रालयले बिहीबार १६ एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै, कार्यक्रममा एसपीबाट एसएसपीमा बढुवा भएका २२ मध्ये २१...

सर्वोच्चद्वारा अवैध क्रसर उद्योग बन्द गर्न आदेश

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो । नुवाकोट बेलकोटगढी नगरपालिका ८ का राजेन्द्र...

ब्लड क्यान्सरपीडित बालकद्वारा सहयोगको अपिल

नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - उनको अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । क्यान्सरको सुरुको अवस्था भएकाले उनको उपचार सम्भव हुने अस्पतालको दाबी छ  ब्लड क्यान्सरपीडित दोलखा जुगुँस्थित उखुबारीका ८ वर्षीय विश्वास कार्कीले उपचारका लागि सर्वसाधरणसँग सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उनले सहयोगकाे अपिल गरेका हुन् । उनको अहिले...

यस्तो बन्दै छ प्रदेशको बजेट

जिल्ला व्युरो/ नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - संघीय बजेट आएको ठीक १५ दिनपछि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । कतिपय प्रदेश केन्द्रबाट गएको वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकमको सिलिङका आधारमा बजेट निर्माणमा जुटिसकेका छन् भने केही प्रदेश अझै पनि अन्योलमै छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा...

बिचौलियाको मारमा किसान : एक करोडको गोलभेँडा बोटमै कुहियो

डिलाराम भुसाल/नयाँ पत्रिका, कपिलवस्तु, ६ जेठ - बिचौलियाका कारण जिल्लाका किसानहरू मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढीको गोलभेँडा बोटमै कुहिएको किसानको गुनासो छ । बोटभरि लटरम्म गोलभेँडा फले पनि मूल्य नपाएपछि किसानले बिक्री गर्न मानेका छैनन् । बिचौलिया व्यापारीहरूले प्रतिकिलो ५...

तीन महिनाभित्र नेकपाका तलैसम्मका कमिटी एकीकरण

शुरोजंग, वीरेन्द्र/नयाँ पत्रिका, काठमाडौं, ६ जेठ - केन्द्रीय र स्थायी कमिटीमा जान आकांक्षीको दौडधुप - नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दै छ । त्यस्तै, भ्रातृसंगठनहरूको एकीकरण पनि तीन महिनाकै बीचमा सम्पन्न गर्ने नेकपाको योजना छ । अध्यक्षद्वय केपी ओली र प्रचण्ड...