logo

bar

न्युज रूम

‘बिदा कटौतीका नाममा सांस्कृतिक पर्वमा प्रहार नगरौँ’

नयाँ पत्रिका , काठमाडौं, १५ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिक बिदा कटौतीका नाममा नेपाली पहिचान, गौरव र सांस्कृतिक पर्वमाथि प्रहार नगर्न सरकारलाई सुझाब दिएका छन् । सरकारले सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेपछि उनले बिदा घटाउँदा विशेष ध्यान दिनुपर्ने सुझाब दिएका हुन् । ‘बिदा कटौती आवश्यक छ, हामीकहाँ धेरै सार्वजनिक बिदा भए,’ अध्यक्ष...

प्रदेश ३ को राजधानी सार्न प्रस्ताव

नयाँ पत्रिका, हेटौँडा, १५ चैत - प्रदेश ३ को स्थायी राजधानी बनाउने विषयमा प्रदेश सभा सचिवालयमा चार सांसदले लिखित प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सांसदहरू लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र वसुन्धरा हुमागार्इंले काभ्रेलाई स्थायी राजधानी बनाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् । सो प्रस्तावका प्रस्तावक चन्द्रबहादुर लामा छन् । काभ्रेको आइटी पार्कमा राजधानीको...

०७५ सालमा ८९ दिन सार्वजनिक बिदा

टेकराज थामी/नयाँ पत्रिका , काठमाडौं, १५ चैत - केन्द्रका मन्त्रालयमा दरबन्दी कटौती सरकारले ०७५ सालको सार्वजनिक बिदा व्यापक कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गरेको सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । ‘सबैलाई हुने बिदा १२ दिन कटौती गरिएको छ । १० दिन भने आंशिक बिदा कटौती गरिएको छ...

संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गर्दै छिन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।   प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको...

क्रुर आमा जसले ६ वर्षीय छोरालाई आइरनले डामिन्

गणेश लम्साल, विराटनगर, १५ चैत - छोराले नपढेको भन्दै अमानवीय यातना ६ वर्षीय छोरालाई आइरनले डामेर अमानवीय यातना दिएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेलाई पक्राउ गरेको छ । उनीविरुद्ध बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् । उनको विराट नर्सिङ होममा उपचार...

शिक्षकले कक्षा पाँचमा पढ्ने विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

नयाँ पत्रिका, सिन्धुपाल्चोक, १५ चैत - कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका...

एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - १६ अध्याय र ७८ धाराको अन्तरिम विधान तयार, एकताको अनुपात शीर्ष नेताले मिलाउने एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र...

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

नयाँ पत्रिका , १५ चैत - नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु बाग्लुङबाट नारायण रिजाल काठमाडौंबाट गोपाल साउद म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।...

दसैँअघि नै काठमाडौंमा मेलम्चीको पानी

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । ‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न...

बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप : ६ जना घाइते, १६ जना पक्राउ

नयाँ पत्रिका, काठमाडौँ - काठमाडौँको नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । अवैज्ञानिक रुपमा सडक विस्तार गरेको भन्दै सडक विस्तार पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो । आक्रोशित आन्दोलनकारीको भीडले प्रहरीलाई लक्षित गरी ढुंगामुडा प्रहार गरेका थिए । प्रतिरक्षाका लागि प्रहरीले आन्दोलनकारी प्रति लक्षित गरी केही सेल अश्रुग्यास र पानीको फोहोरा समेत...

प्रधानमन्त्रीले रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

नयाँ पत्रिका, काठमाडौं, १४ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री अ‍ोली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औँ महाअधिवेशनको...

गगनगौंडामा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, १४ चैत - पोखराबाट नारायणगढका लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बसमा सवार ८ जना घाइते भएका छन् । ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा दुर्घटना भएको हो । बिहान ८ः २० बजे गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१ बर्षीय...

मुख्यमन्त्री र मन्त्रीलाई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ

रासस, धनुषा, १४ चैत - प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीाई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको...

‘सुन्दर नगरपालिका’ अभियान, अर्थमन्त्री र मेयरकै घर भत्काइए

श्रवण देउवा/नयाँ पत्रिका, कैलाली, १४ चैत - कैलालीको लम्की चुहा नगरपालिकाले ‘सुन्दर नगरपालिका’ अभियानअन्तर्गत सडक अतिक्रमण हटाउन सुरु गरेको छ । प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा र मेयर महादेव बजगाईंको घरसमेत डोजर लगाएर भत्काइएको छ । ‘ठूलो–सानो भन्ने हुँदैन, मापदण्डविपरीत निर्माण भएका सबै घर भत्काउँदै छौँ,’ मेयर बजगाईंले भने, ‘प्रदेश सरकारका अर्थमन्त्रीज्यूको घर...

सार्थक जीवनका लागि सार्थक शिक्षा

भवानीश्वर गौतम/ नयाँ पत्रिका , काठमाडौं, १४ चैत - यतिवेला विद्यालय तह (कक्षा १–१०) मा भर्ना प्रक्रिया चलिरहेको छ । आफ्ना बालबालिकालाई सार्थक शिक्षा दिने तत्परताका साथ अभिभावकहरू उपयुक्त शैक्षिक संस्थाको खोजीमा छन् । यो महत्वपूर्ण समयमा सही शैक्षिक संस्थाको छनोटले विद्यार्थीको भविष्यलाई नै उज्ज्वल बनाउने उच्च सम्भावना रहन्छ । अर्कोतिर गलत रोजाइले पछुतो गराउनेछ । [caption id="attachment_35261" align="alignleft"...

के हो मनोवैज्ञानिक वातावरण ?

प्रा.डा. शान्ता निरौला, काठमाडौं, १४ चैत - काठमाडौंमा अधिकांश विद्यालयले बालबालिकालाई मनोवैज्ञानिक वातावरणमा पठनपाठन गराइरहेको बताउँछन् । तर, यथार्थमा विद्यालय र विद्यार्थीलाई पनि मनोवैज्ञानिक वातावरणबारे पर्याप्त जानकारी भएको पाइन्न । भन्नका लागि मात्र मनोवैज्ञानिक वातावरणमा पढाउँछौँ भनेर हुँदैन । विद्यालयको वातावरण कस्तो हुनुपर्छ भन्ने धेरै ठूलो विषय हो । यसलाई हलुका तवरले लिन मिल्दैन । सामान्य उदाहरण...

के गरिँदै छ वीरेन्द्रको सम्पत्ति रत्न मन्दिर र हिमागृह ?

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, १४ चैत - पूर्वराजपरिवारको सम्पत्तिका रूपमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहलाई नेपाल ट्रस्टमातहतमा ल्याएपछि विभिन्न चर्चा भए । तर, अहिलेसम्म चर्चाअनुरूप देखिने गरी कुनै काम भएका छैनन् । विगतमा निर्वाचित जनप्रतिनिधि नआउँदासम्म यी सम्पदा जोगाउनुपर्ने भन्दै नागरिक समाज, व्यवसायी र बौद्धिक जगत्बाट खबरदारी हुन्थ्यो । निजी क्षेत्रलाई भाडामा दिने, विशिष्ट पाउनागृहका रूपमा...

यी चार आधारमा छान्नुस् विद्यालय

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - राम्रा विद्यालय हुनका लागि केही आधार छन् । ती आधारलाई हेरेर विद्यालय राम्रो वा नराम्रो भनेर छुट्याउनुपर्छ । शैक्षिक उपलब्धिका हिसाबले चारवटा कुरालाई हेरेर विद्यालय राम्रो मानिन्छ । विद्यार्थीमा कति ज्ञान छ ? के–कस्तो सीप छ ? सिद्धान्तलाई व्यवहारमा र व्यवहारलाई सिद्धान्तमा लैजान सक्ने क्षमता कस्तो छ ? र के–कस्तो...

प्रदेश २ सरकारको सय दिने कार्ययोजना सार्वजनिक

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, १४ चैत - सरकार गठनको ४८ दिनपछि प्रदेश २ सरकारले सय दिनको कार्ययोजना सार्वजनिक गरेको छ । प्रदेश सरकारले आठै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा, स्मार्ट सिटी निर्माण, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै निकायको गठनजस्ता योजना घोषणा गरेको हो । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मंगलबार पत्रकार सम्मेलन गरी सय दिनका कार्ययोजना सार्वजनिक गरेका हुन्...

प्रि–स्कुलले बालबालिकालाई विद्यालय जाऊँ–जाऊँ बनाएको छ

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - प्रि–स्कुल सुरुवाती अवस्था हो । यसको मुख्य उद्देश्य भनेको बालबालिकालाई विद्यालय जाने वातावरण सिर्जना गर्ने हो । उनीहरूलाई कसरी विद्यालय जाने बानी पार्ने, व्यस्त कसरी बनाउने र सुविधा कस्तो दिने भन्ने हुन्छ । जसले बालबालिकालाई सानै उमेरमा विद्यालय जाऊँ–जाऊँ लाग्ने वातावरणको विकास हुन्छ । विद्यालय जाने रुचि बढाउने, त्यहाँ सहज...

लुकाइँदै २० वर्ष पुराना गाडी

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, १४ चैत - ट्राफिक प्रहरीले गाउँसम्म पुगेर २० वर्ष पुराना गाडी खोजी गर्न थाले पनि अहिलेसम्म आठवटा मात्र नियन्त्रणमा लिएको छ । सवारीधनीले पुराना गाडी लुकाउन थालेका छन् । यातायात व्यवस्था विभागले १ चैतबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको...

छोटो दूरीमा राम्रो विद्यालय छान्नुहोस्

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - बच्चाका लागि विद्यालय छान्दा अभिभावकले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो घरपायक विद्यालय छ वा छैन हेर्नुपर्छ । बच्चालाई धेरै लामो दूरीमा आवतजावत गर्ने ठाउँमा भर्ना गर्नु राम्रो मानिँदैन । आफ्नो आर्थिक अवस्थालाई पनि राम्रोसँग ख्याल गर्नुपर्छ। अभिभावकलाई छोराछोरी पढाउन कुन विद्यालयमा भर्ना गर्ने भनेर विद्यालय छनोट गर्ने विषय...

यसरी उत्कृष्ट भए सामुदायिक विद्यालय

वीरेन्द्र ओली/नयाँ पत्रिका , काठमाडौं, १४ चैत - पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेका छन् । शिक्षामा वार्षिक सवा खर्ब लगानी भएको छ । त्यसमध्ये अधिकांश विद्यालय शिक्षामा लगानी रहेको छ । समग्रमा सामुदायिक विद्यालयको गुणस्तर माथि उठ्न सकेको छैन । तर, केही यस्ता सामुदायिक विद्यालय छन्, जहाँ भर्ना पाउनसमेत मुस्किल छ । राजधानीलगायत देशभरिका केही विद्यालयले निजी...

विश्वमा विद्यालय शिक्षा, गुणस्तरका लागि जवाफदेहिता

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - विश्वका मुलुकले विद्यालय शिक्षामा फरक–फरक अभ्यास गरेका छन् । विद्यालय शिक्षालाई अनिवार्य तथा निःशुल्क बनाउनका लागि नगद दिनेदेखि सजाय गर्नेसम्मका अभ्यास गरेका छन् । विकसित देशले विद्यालय शिक्षामा गर्ने लगानी, अनिवार्य शिक्षा कार्यान्वयनका लागि गरेका अभ्यासलगायत सबै प्रयास फरक–फरक रहेका छन् । समग्रमा शिक्षामा गुणस्तर ल्याउन जवाफदेहिता प्रमुख रहेको ठहरसमेत...

साढे तीन लाख बालबालिकाको छैन विद्यालयसम्म पहुँच

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - नयाँ विद्यालय भर्ना, कक्षा थालनी र विद्यालय परिवर्तन गर्ने समयको आगमनसँगै अभिभावक आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन राम्रा शैक्षिक संस्थाको खोजीमा छन् । तर, नेपालमा लाखौँ यस्ता बालबालिका छन्, जसको पहुँच कुनै विद्यालयसम्म पनि छैन । सरकारी तथ्यांकअनुसार अहिले नेपालमा आधारभूत तह (कक्षा ८ सम्म) अध्ययन गर्ने उमेरका सवा तीन...

विद्यालय शिक्षामा पोखरा उत्कृष्ट

गोविन्द सुवेदी/नयाँ पत्रिका, पोखरा, १४ चैत - विद्यालय तहदेखि उच्च शिक्षाका लागि पोखरा उत्कृष्ट रोजाइमा पर्ने गरेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार यहाँ सामुदायिकतर्फ एक सय १८ विद्यालय छन् भने, संस्थागततर्फ एक सय ६९ विद्यालय छन् । केही सामुदायिक र निजी विद्यालय उत्कृष्ट साबित भएका छन् । सामान्यदेखि राम्रो सेवासुविधा र शुल्क भएका विद्यालय पोखरामा...

रौतहटको चन्द्रनिगाहपुर स्थित राहुल हार्डवेयर-फर्निचर उद्योगमा भीषण आगलागी

अशोक पहाडी /नयाँ पत्रिका , रौतहट, १४ चैत - रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा भीषण अागलागी भएको छ । बुधबार बिहान साढे पाँच बजेको समयमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन। पसलमा लागेको आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका र सर्लाहीको हरिऔन नगरपालिकाका तीनवटा बारुण यन्त्रले...

राष्ट्रपतिको शपथविरुद्ध रिट दर्ता गर्ने बाटो खुल्यो

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुवाएको शपथ संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइका लागि बाटो खुलेको छ । अधिवक्ता नारायण खरेलले सर्वोच्च अदालतमा हालेको निवेदनमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट दर्ता गर्न आदेश दिएपछि राष्ट्रपति भण्डारीको शपथबारे सुनुवाइ हुने बाटो खुलेको हो ।...

काठमाडौं प्रहरीले उत्कृष्ट प्रहरीलाई नगदसहित अवार्ड दिने

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - महानगरीय प्रहरी परिसर काठमाडौंले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’बाट पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने प्रहरी परिसर मातहतका मात्रै हुनेछन् । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार प्रहरी जवानलाई १० हजार, प्रहरी हवल्दारलाई १५ हजार, असईलाई २० हजार, सईलाई २५ हजार, इन्सपेक्टरलाई ३५ हजार र डिएसपीलाई ५०...

प्रधानमन्त्री र सांसदबीच महिनामा दुईपटक अनिवार्य प्रश्नोत्तर

नयाँ पत्रिका , काठमाडौं, १३ चैत - संसद्मा अब प्रधानमन्त्री र सांसदबीच महिनाको पहिलो र तेस्रो साता प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनाको पहिलो र तेस्रो साता एक घन्टा सांसदहरूले तत्काल गरेको प्रश्नको प्रधानमन्त्रीले जवाफ अनिवार्य दिनुपर्ने नियम बनाएको छ । प्रधानमन्त्रीसँग हुने एक घन्टाको समयमा बढीमा १० सांसदले प्रश्न सोध्न सक्नेछन्...

इयूको प्रतिवेदनप्रति राष्ट्रिय सभामा चर्को बहस

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १४ चैत - राष्ट्रिय सभामा युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनको विरोध भएको छ । वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले प्रतिवेदनको विरोध गरे । राजपा नेपाल र संघीय समाजवादी फोरमका सांसदले भने इयू प्रतिवेदनको बचाउ गरेका छन् । हस्तक्षेप नगर्न कांग्रेसको माग नयाँ...

शिक्षा ऐनको नवौँ संशोधन खारेज गर्न विद्यार्थी संगठनकाे माग

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा ऐनको नवौँ संशोधन अविलम्ब खारेज गर्न सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै लाखौँ विद्यार्थीको प्रतिस्पर्धाको अधिकारलाई कुण्ठित गर्दै सिंगो शैक्षिक क्षेत्रलाई डामाडोल गराउने गरी ल्याइएको संशोधन प्रस्ताव खारेज गर्न माग...