logo

bar

न्युज रूम

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

रासस, भीमदत्तनगर - गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो । यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो ।...

काँग्रेस नेता खड्काको पार्थिव शरीर आज राति काठमाडौं ल्याइँदै

रासस, काठमाडौं, १७ चैत - भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौं ल्याइने भएको छ । खड्काको पार्थिव शरीर राति १०ः३० बजे नयाँदिल्लीबाट काठमाडौं आइपुग्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ः०० देखि...

निरक्षरता उन्मूलनमा लाग्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

रासस, काठमाडौं, १७ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका जनप्रतिनिधिलाई निरक्षरता उन्मूलन अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरक्षर र भर्ना नभएका बालबालिका नहुने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । उनले भने, 'आगामी वैशाख ५ गते बालबालिका भर्ना अभियान सञ्चालन...

घोषणा भएको ८ वर्षपछि धनगढीमा मेडिकल कलेज बन्दै

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, १७ चैत - प्रदेश ७ मा मेडिकल कलेज स्थापनाको घोषणा भएको आठ वर्षपछि पूर्वाधार निर्माणको कामले गति पाएको छ । ‘विविध कारणले अल्झिरहेको काम तीव्र रूपमा अगाडि बढेको छ’ मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने । अस्पताल, शैक्षिक, प्रशासनिक भवन, छात्रवास लगायत छवटा ठूला भवन निर्माण भइरहेका छन् ।...

कर्णाली प्रदेश सभामा आर्थिक विधेयक पेस

नयाँ पत्रिका , सुर्खेत, १७ चैत - कर्णाली प्रदेश सभाको शुक्रबारको बैठकमा आर्थिक कार्यविधि विधेयक र संसद् नियमावली पेस गरिएको छ ।  एक महिनापछि बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक र नियमावली मस्यौदा समिति संयोजक सीता नेपालीले नियमावली मस्यौदा संसद्मा पेस गरे । प्रदेश सरकारलाई बजेट निर्माण तथा खर्च गर्नका...

बुटवलमा ‘मिनी सिंहदरबार’ बनाउने अवधारणा

नयाँ पत्रिका , बुटवल, १७ चैत - प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा ‘मिनी सिंहदरबार’ बनाउने अवधारणा अगाडि सारिएको छ । प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले डिभिजन सडक कार्यालय बुटवलमा रहेको करिब १५ बिघा जग्गामा मिनी सिंहदरबार बनाउन गुरुयोजना तयार पार्ने निर्णय गरेको हो । समितिका अध्यक्ष भोजप्रसाद श्रेष्ठले एक हप्तासम्ममा प्रक्रिया अगाडि बढाइने बताए । प्रदेशका...

के हुँदै छ दमक विकास गर्ने प्रधानमन्त्री ओलीको घोषणा ?

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, १७ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा दमक विकासका लागि आधा दर्जन ठूला योजना घोषणा गरे । उनले दुई हजारजना अटाउने सभागृह, २१ तले भ्युटावर, औद्योगिक पार्क, विश्वकै ठूलो बुद्धमूर्ति, आदिवासी रंगशाला निर्माणलगायत योजना सार्वजनिक गरे । रंगशालाबाहेक अन्य आयोजनाको निर्माण प्रक्रिया सुरु भएको छ । अहिले प्रधानमन्त्रीका विकासका योजनाको अगुवाइ...

पूर्वसांसद साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा दर्ता

नयाँ पत्रिका , काठमाडौं, १७ चैत - पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । आफूले आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा थुनामा रहेका साहविरुद्ध...

ठेकेदारलाई अग्रिम भुक्तानी बन्द गर्नुपर्छ : नेपाल

नयाँ पत्रिका , काठमाडौं, १७ चैत - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विभिन्न आयोजनाको कामको जिम्मा लिएर समयभित्रै गुणस्तरीय काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले अग्रिम भुक्तानी दिने काम बन्द गर्नुपर्ने बताएका छन् । ‘अहिले झोलामा खोलाजस्तै सडक र पुल पनि झोलामै सीमित छ, पहिल्यै पेस्की भुक्तानी लिएर गुणस्तरीय काम समयभित्र सम्पन्न नगर्ने प्रवृत्ति बढिरहेको छ,’ शुक्रबार आयोजित...

आयकर छलीविरुद्ध अख्तियारले छानबिन गर्ने

नयाँ पत्रिका , काठमाडौं, १७ चैत - आयल निगमलाई जग्गा बिक्री गर्ने व्यवसायीले करिब ५० करोडबराबर आयकर छली गरेको समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यानाकर्षण भएको जनाएको छ । अख्तियार प्रवक्ता दीर्घराज मैनालीले निगमको जग्गा खरिद अनियमितताको छानबिन भइरहेको र अब कर छलीको विषयलाई पनि अनुसन्धानमा समेट्ने जनाएका हुन् । इन्धन भण्डारका लागि जग्गा खरिद गर्दा चलनचल्तीको...

प्रदेश ४ को संसद् बैठक : विशेष समयमा जनताका कुरा

रोहितराज पराजुली/नयाँ पत्रिका , कास्की, १७ चैत - प्रदेश ४ कोे संसद् बैठकमा विशेष समय लिएर सांसदहरूले जनताका कुरा गरेका छन् । शुक्रबारको बैठकमा सांसदहरूले विशेष समय लिएर आगलागीपीडितलाई क्षतिपूर्ति दिने, विदेशमा अलपत्र परेका नागरिकको उद्धारलगायत विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद इन्द्रलाल सापकोटा र कोपिला बोहराले बाग्लुङ कोठेखोला गाउँपालिका–२ भीमपोखरास्थित बाग्लुङ पशु सेवा स्रोत केन्द्र...

पर्सामा डाँका पक्रन गएका प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, ५ प्रहरी घाइते

सुरेश बिडारी/नयाँ पत्रिका, वीरगञ्ज, १७ चैत - पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ पटनीमा भारतमा डकैती गरेर नेपालमा लुकेर बसेका अभियुक्त पक्राउ गर्न गएको प्रहरी टोली विरुद्ध स्थानीय प्रतिकारमा उत्रिएका छन् । स्थानीयको प्रतिकारबाट ५ जना प्रहरी घाइते भएका छन् । प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेश कुमार यादव, नविन पाल र ऋतुराम सोनार घाईते भएका...

एमाले–माओवादी एकता प्रक्रिया : १३ शीर्षकमा ४२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । ‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल...

प्रधानमन्त्रीको राजकीय भारत भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

नयाँ पत्रिका , १७ चैत - नयाँदिल्लीमा पर्शुराम काफ्ले काठमाडौंमा योगेश ढकाल २३ देखि २५ चैतसम्म राजकीय भ्रमण प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका...

स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - रहेनन् कांग्रेस नेता खुमबहादुर खड्का पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो । ४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।...

संघीय संसदमा अघिल्लो भन्दा धेरै समिति बन्ने

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - संघीय संसद्मा अघिल्लो व्यवस्थापिका–संसद्का भन्दा बढी समिति बन्ने भएका छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा...

प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव बढाउन हो : मन्त्री ज्ञवाली

टोपलाल अर्याल, गुल्मी, १६ चैत - परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्र भएको बताएका छन् । नेपालमा स्थिर सरकार गठन भएपछि भारतले सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए । गुल्मी महोत्सवको उद्घाटन गर्न गृहजिल्ला आएका ज्ञवालीले पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका...

तीन महिनादेखि अवरुद्ध माथिल्लो मैलुङ ‘ए’ सुचारु

अनु आचार्य , रसुवा - तीन महिनादेखि अवरुद्ध भएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । हिमपातका कारण तीन महिनासम्म अवरुद्ध बनेको रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको आयोजनाको काम चैतको पहिलो साताबाट पुनः सुचारु भएको हो । निर्माणस्थलमा हिउँ जमेको कारण आयोजनाको निर्माण कार्य गत पुुसदेखि रोकिएकोमा अहिले...

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकाे निधन

रमेश सापकोटा, काठमाडौं, १६ चैत - पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएकाे छ । भारतकाे नयाँदिल्लीस्थित एपाेलाे अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे कांग्रेस नेता गुरूराज घिमिरेले जानकारी दिए । खड्काकाे केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर, स्वास्थ्यमा सुधार अाउन सकेकाे थिएन । अार्इसियूमा राखेर उपचार गर्दा पनि सुधार नअार्इ...

गाई फार्ममा आगलागी, लाखौंको क्षती

नारायण रिजाल/नयाँ पत्रिका, बागलुङ, १६ चैत - बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखराको एक गाई फार्ममा आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षती भएको छ । बागलुङ पशु श्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको फार्ममा आगलागी हुँदा ७५ लाख बराबरको क्षती भएको संस्थाका उपाध्यक्ष दिपक गौतमले बताए । शुक्रबार बिहान करिब...

प्रधानमन्त्रीको राजकीय भारत भ्रमण चैत २३ देखि २५ सम्म हुने घोषणा

पर्शुराम काफ्ले, नयाँ दिल्ली, १६ चैत - परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । नेपाल र भारतले एकैसाथ भ्रमणको घोषणा गरेका छन् । भारतको बिदेश मन्त्रालयले भ्रमणपछि दुई देशबीचको बहुआयामिक सम्बन्ध...

सक्षम जनशक्ति बिदा गरेर काम रोक्ने पक्षमा सरकार छैन : मन्त्री पण्डित 

जनार्जन खत्री, सर्लाही,  १६ चैत  - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवा प्रभावित हुनेगरी दक्ष जनशक्तिको बिदाई नगरिने जिकिर गरेका छन् । शुक्रबार बिहान सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग कुरागर्दै मन्त्री पण्डितले विकासलाई रोकेर अर्बौँ रुपैयाँ खर्चगरी कर्मचारीलाई बिदा गर्ने पक्षमा सरकार नरहेको बताए । काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले अहिले...

खाडीमै बिते तीन सन्तान : ‘दैव पनि हाम्रा लागि कति कठोर भैदियो’

रासस, बेनी, म्याग्दी, १६ चैत - म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ । बूढेसकालको सहारा छिनिएको छ ।...

प्रदेश ७ : आर्थिक कार्यविधिलाई संसद्मा पेस गर्न स्वीकृति

तेजराज भट्ट, धनगढी, १६ चैत - प्रदेश ७ को मन्त्रिपरिषद् बैठक प्रदेश ७ को आर्थिक कार्यविधि विधेयक संसद्मा पेस हुने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । यो स्वीकृतसँगै आर्थिक कार्यविधि वियेधक प्रदेश सभाको आउँदो बैठकमा पेस हुनेछ । यससँगै...

हिल्सा नाका खोल्ने प्रदेश सरकारको तयारी

नरजन तामाङ/नयाँ पत्रिका, सुर्खेत, १६ चैत - कर्णाली प्रदेश सरकारले तिब्बतसँगको हिल्सा नाका छिटै खोल्ने भएको छ । त्यसका लागि संघीय सरकारमार्फत पहल सुरु गरिएको सरकारले जनाएको छ । चीनसँग मात्रै सीमा जोडिएको कर्णाली प्रदेशका उत्तरी नाका बन्द छन् । दुई वर्षअघि यहाँका तीनवटा नाका खोल्ने सहमति भए पनि अझै अलमल नै छ । नेपालको तर्फबाट पहल...

सम्पत्तिका मालिक भएपछि महिला खुसी

भूपेन्द्र वली/नयाँ पत्रिका, दाङ, १६ चैत - सम्पत्तिको मालिक हुन पाएपछि जिल्लाका महिला निकै खुसी भएका छन् । भूमिमाथि महिलाको अधिकार सुनिश्चित गर्न सरकारले श्रीमान्–श्रीमतीको संयुक्त लालपुर्जालाई प्रोत्साहन गरेपछि महिला खुसी भएका हुन् । सम्पत्ति जोड्नका लागि महिलाको ठूलो भूमिका रहे पनि बेचबिखन र धितो राख्न पाउने अधिकारबाट वञ्चित हुँदै आएका थिए । संयुक्त लालपुर्जाले दुवैलाई समान...

धमाधम बन्दै सिमरा सेज : दुई वर्षभित्र कम्तीमा एउटा ब्लक सञ्चालनमा ल्याउने तयारी

इन्दीप कोइराला/नयाँ पत्रिका, बारा, १६ चैत - सरकारले सिमरा–डुमरवानाको बीचको भागमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ । अबको दुई वर्षभित्र कम्तीमा एउटा ब्लकमा उद्योग सञ्चालन गर्ने सरकारको लक्ष्य छ । सेजलाई पाँचवटा ब्लकमा विभाजन गरी निर्माण भइरहेको छ । आगामी दुई वर्षभित्र ब्लक ए बनाएर उद्योग स्थापनाका लागि आह्वान गर्ने योजना...

खाँदबारी नगरपालिकाको बेरुजु पाँच करोड

नवीन गुरुङ/नयाँ पत्रिका, संखुवासभा, १६ चैत - लेखा अधिकृतका नाममा मात्र साढे ७६ लाख बेरुजु खाँदबारी नगरपालिकाको बेरुजु पाँच करोडभन्दा बढी देखिएको छ । लेखा अधिकृत नवीनकुमार श्रेष्ठको नाममा मात्र झन्डै ७६ लाख ५० हजार बेरुजु छ । बिलभर्पाई पेस नगर्ने अन्य कर्मचारीको नाम भने गोप्य राखिएको छ । महालेखापरीक्षकले लेखापरीक्षण गर्ने क्रममा चालू आर्थिक वर्ष यति ठूलो रकम बेरुजु...

देशको कुल राजस्वमा प्रदेश ३ को आधा योगदान

सुदीप सिवाकोटी/नयाँ पत्रिका, हेटौँडा, १६ चैत - विभिन्न आधारमा प्रदेश ३ मुलुकका अन्य प्रदेशभन्दा अगाडि रहेको एक तथ्यांकले देखाएको छ । मुलुकको कुल राजस्व संकलनमा प्रदेश ३ को योगदान करिब आधा रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो । मुलुकको कुल कृषि उत्पादनमा प्रदेशको ३१ प्रतिशत योगदान छ । सेवा क्षेत्रको उत्पादनमा प्रदेशको ४४.५ प्रतिशत योगदान रहेको जनाइएको...

जलवायु परिवर्तनले थपिँदै नेपालीमा रोगको भार : विकसित देशका कारण नेपालमा दुःख

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, १६ चैत - ६ वर्षयता नेपालमा नयाँनयाँ रोग देखिनुका साथै जोखिम पनि बढिरहेको स्वास्थ्य विज्ञले बताएका छन् । उनीहरूका अनुसार यसरी रोगको जोखिम बढ्नुको प्रमुख कारण विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तन हो । बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने विषयमा राजधानीमा आयोजित कार्यक्रमका सहभागी विज्ञहरूले विकसित देशले गरेको कामबाट नेपालीले दुःख भोग्नुपरेको...

न्यायाधीशमा खुला प्रतिस्पर्धा ३७३ सहभागी, १६ उत्तीर्ण

नयाँ पत्रिका , काठमाडौं, १६ चैत - न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि लिएको लिखित परीक्षामा १६ जना उत्तीर्ण भएका छन् । ३० पदका लागि सूचना निकालिएकोमा ४२४ जनाले आवेदन दिएका थिए । १४ जना अझै अपुग भएको छ । परीक्षामा ३७३ सहभागी थिए। आयोगले परीक्षामा उत्तीर्ण हुनेहरूको अन्तिम सूची सार्वजनिक गरेको छ । न्यायाधीशमा नाम...

मन्त्रीको निर्देशनविपरीत कर्मचारीको हाजिरी

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई तत्काल हटाउन दिएको निर्देशन अवज्ञा भएको छ । मन्त्रीले निर्देशन दिएको एक साता बित्नै लाग्दासमेत वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयमा दरबन्दीमै नरहेका १६ जना कर्मचारीले हाजिरी लगाउँदै आएका छन् । कार्यालयका निमित्त कार्यालय प्रमुख इन्द्रदेव पाण्डेले दरबन्दीभन्दा बाहिर रहेका कर्मचारीको...