logo

bar

न्युज रूम

भूकम्पको पाठ न जनताले सिके, न सरकारले

जनार्दन बराल, टेकराज थामी र अच्युत पुरी, काठमाडाैँ, १२ वैशाख - भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?’ काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक...

संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - १ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने - संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो । सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि...

निर्वाचन प्रणाली खर्चिलो भएकाले बेथिति बढ्यो : घिमिरे

नयाँ पत्रिका , काठमाडौं, १२ वैशाख - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेले जनप्रतिनिधिलाई विधि र पद्धतिअनुरूप अघि बढ्न आग्रह गरेका छन् । प्रदेश ३ अन्तर्गतका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रमुखलाई सोमबार सम्बोधन गर्दै उनले विधिसम्मत काममा स्थानीय सरकारलाई आयोगले सहयोग गर्ने उल्लेख गरे । घिमिरेले निर्वाचन प्रणाली खर्चिलो भएका कारण बेथिति...

पार्टी एकीकरणका लागि राप्रपा नेताहरू अनौपचारिक छलफलमा

नयाँ पत्रिका , काठमाडौं, १२ वैशाख - तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनुपर्ने धारणा तीनवटै राप्रपाका नेताले बताउँदै आएका थिए...

कांग्रेस ‘रिफर्म’ का लागि युवा नेताहरुको पहल, ५१ पृष्ठ लामाे लिखित प्रस्ताव पेश

रमेश सापकोटा , काठमाडौं, ११ वैशाख - एक महिनादेखि जारी कांग्रेसको समीक्षा बैठकमा युवा नेताहरुले लिखित प्रस्ताव पेश गरेका छन् । मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको झण्डै २५ खण्ड र ५१ पृष्ठमा तयार पारिएकाे प्रस्तावमा निर्वाचनको परिणामको समीक्षासँगै छायाँ सरकारलाई सक्रिय बनाउँने, सिद्धान्तको पुनःव्याख्या गर्ने, पार्टीलाई चुस्तदुरुस्त बनाउँने, आवश्यक सुधार गर्नेसहितका विषय उल्लेख छन् ।...

शैक्षिक विकृति रोक्न जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाइयो ! 

मोहन विष्ट , कञ्चनपुर, ११ वैशाख - माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरपसाद भट्टको कुर्सी जलाएका छन्। राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृति रोक्न शिक्षा अधिकारीले आलटाल गरेको भन्दै क्रान्तिकारीले कुर्सी जलाएर शिक्षा अधिकारी भट्टको नेमप्लेट फोलेका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले शैक्षिक सुधारका लागि शिक्षा...

‘केपी ओली राजा महेन्द्र भन्दा निरंकुश’

मधुसुधन भट्टराई , काठकाडौं, ११ वैशाख - कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसका दिन सरकारले दिँदै अाएकाे सार्वजनिक बिदा कटाएर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ती प्रतिष्ठान’ ले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा...

प्रदेश २ का मुख्यमन्त्रीको तलब ६१ हजार

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, ११ वैशाख - प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ । आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक...

पुस्ताैँदेखिको करुवा बनाउने पेसा संकटमा

देवेन्द्र कार्की/नयाँ पत्रिका, धरान, ११ वैशाख - लामो इतिहास बोकेको चैनपुरे करुवा यतिवेला बजारमा कम भेटिन्छ । कच्चा पदार्थको अभावमा करुवा उत्पादन हुन छाडेपछि पूर्वी पहाडी बजार चैनपुरले पहिचान गुमाउँदै गएको छ । एक सय वर्षअघिदेखि करुवाबाट चैनपुरले देश–विदेशमा प्रसिद्धि कमाउँदै आएको थियो । यहाँका व्यवसायी चार पुस्तादेखि करुवा बनाउँदै आए पनि यतिवेला संकटमा परेको स्थानीय बताउँछन्...

देशभर तेह्रौँ लोकतन्त्र दिवस मनाइँदैछ

रासस, काठमाडौँ, ११ वैशाख - तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री...

प्रदेश ४ को नाम गण्डक वा गण्डकी राख्न सुझाब

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, ११ वैशाख - प्रदेश ४ को नाम गण्डक वा गण्डकीमध्ये एक राख्न करिब ८० प्रतिशत नागरिकले सुझाब दिएका छन् । राजधानी र नामकरण तोक्न प्रदेश ४ का ११ जिल्लामा गरिएको सुझाब संकलनमा सहभागी ८० प्रतिशतले प्रदेशको नाम गण्डक वा गण्डकीमध्ये एक राख्न सुझाब दिएको सुझाब संकलनमा खटिएका सांसदहरूले बताएका छन् । प्रदेशको स्थायी...

सर्वोच्चद्वारा जलवायु परिवर्तनसम्बन्धी गतिविधिको लिखित जवाफ माग

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, ११ वैशाख - सर्वोच्च अदालतले जलवायु परिवर्तन न्यूनीकरणमाथि भइरहेका गतिविधिबारे वातावरण विभागसँग लिखित जवाफ माग गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन निर्माण हुनपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले विभागसँग नीति तथा कार्यक्रमको प्रतिवेदन पेश गर्न आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश मीरा खड्का र डम्बरबहादुर शाहीको...

राजनीति नगर्न शिक्षकलाई शिक्षामन्त्रीको आग्रह

नयाँ पत्रिका , काठमाडौं, ११ वैशाख -  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीति गर्ने शिक्षकलाई पेसा नै छोडेर लाग्न आग्रह गरेका छन् । सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा सोमबार आयोजित भर्ना अभियान कार्यक्रममा सहभागी मन्त्री पोखरेलले राजनीति गर्ने व्यक्ति शिक्षक हुन नसक्ने बताए । मन्त्री पोखरेलले राजनीति गर्न मन हुने शिक्षकलाई नपढाउन र राजनीतितिरै लाग्न आग्रह गरे...

शिक्षा एकाइ प्रमुख नेपालविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिका, बर्दिया, ११ वैशाख - शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ज्ञानमणि नेपालविरुद्ध यौन दुर्व्यवहार आरोपमा मुद्दा दर्ता भएको छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयले पीडित बालिका र अभिभावकले जाहेरी दरखास्त दिएपछि मुद्दा दर्ता गराएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख...

‘बुद्धिजीवी’लाई प्रधानमन्त्रीको व्यंग्य : जीविका चलाउँदा मुसाले जस्तो सुट नकाट्नु

नयाँ पत्रिका , काठमाडौं, ११ वैशाख - प्रधानमन्त्री केपी ओलीले कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध भ्रम फैलाउने खेतीमा लागेको आरोप लगाएका छन् । एमाले पार्टी कार्यालय, धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले जीविकाका नाममा कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध लागेको गम्भीर आरोप लगाए । ‘मुसाले दाँतमा धार लगाउन थोत्रो कपडा काटे हुन्थ्यो, थाहा नपाउँदा ससुराली जाने सुटै...

मोदी चीनबाट फर्केपछि नेपाल भ्रमणकाे टुंगो लाग्ने

नयाँ पत्रिका , काठमाडौं, ११ वैशाख - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ । मोदीले २७ देखि २९ वैशाखसम्म नेपाल भ्रमण गर्ने कार्यतालिकामा सामान्य छलफल भए पनि अझै निश्चित भइसकेको छैन । भारतीय कूटनीतिक स्रोतका अनुसार २९ वैशाखमा कर्नाटकमा हुने निर्वाचनअघि कि पछि आउने भन्ने टुंगो लाग्न बाँकी छ । यो मितिमा...

विमानस्थलमा ट्राफिक जाम : आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

अच्युत पुरी / टेकराज थामी, काठमाडौं, ११ वैशाख - २८ वर्षअघिको संरचना, अहिले चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा...

कांग्रेस बैठकमा चुनावी बहस जारी

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ११ वैशाख - नेविसंघ अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै महामन्त्रीको धर्ना - कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे । मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई...

फौजदारी मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ११ वैशाख - फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले समेत विवाद समाधान गर्न नसकेपछि शीर्ष नेताहरूसँग छलफल हुने भएको छ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको पद रहनुपर्ने भन्दै राजपा...

नेविसंघ महामन्त्री काफ्लेको नेतृत्वमा सानेपामा धर्ना !

रमेश सापकोटा , ललितपुर, १० वैशाख - समीक्षा बैठक चलिरहेका बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघकाे असन्तुष्ट पक्षले कांग्रेस कार्यालय सानेपामा धर्ना दिँदै पार्टीलाई विधानसम्मत चलाउन माग गरेका छन् । पार्टीले विधान विपरित गरेका निर्णयहरु फिर्ता गर्न माग गरेको छ । विद्यार्थी संघ केन्द्रिय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै केन्द्रीय समितकिो १२ औं महाधिवेशनको...

 अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सासंद गाहा

ज्ञानु पंगेनी , नवलपरासी, १० वैशाख - आमाबाबुु नभएका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै नवलपुरका प्रदेश सासंद रोशनबहादुर गाहाले सोमबार विद्यालय भर्ना गरेका छन् । चार वर्ष अघि बुवाको मृत्यु भएको र आमा वैदेशिक रोजगारीमा गएर वेपत्ता बनेपछि अनाथ बनेका देवचुली नगरपालिकाको दलदले स्थायी घर भई कावासोती ३ अठ्ठाईस विगाहा बस्दै आएका ८ वषीय विशाल न्यौपाने र...

पार्टी एकताकाे घोषणा हुनमात्रै बाँकी छ : मन्त्री थापा

रासस , चितवन, १० वैशाख - गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले मिति घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । चितवनमा पत्रकारहरुसँगको कुरा गर्दै उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए ।   संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन...

प्रदेश ५ मा १० कानुनको मस्यौदा तयार

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, १० वैशाख - प्रदेश सरकारले गठन गरेको कानुन मस्यौदा तथा सुझाब आयोगले कानुन निर्माणलाई तीव्रता दिएको छ । आयोगले एक महिनामा ६ कानुनको मस्यौदा बनाइसकेको छ । आयोग गठन नहुँदै चार कानुनका मस्यौदा मन्त्रिपरिषद्मा पेस भइसकेका छन् । प्रदेश ५ मा २७ वटा कानुन आवश्यक छन् । आयोगका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार...

यस्तो रह्यो कर्णाली सरकारको दुई महिना

खगेन्द्र भट्टराई/नयाँ पत्रिका, सुर्खेत, १० वैशाख - कर्णाली प्रदेश सरकार गठन भएको दुई महिनामा गरेका केही कामले प्रदेशका बासिन्दामा आस जगाएको छ । ‘अरू प्रदेशजस्तो बिस्तारै गरौँला भन्ने छुट यहाँ छैन । दौडिन खोजेका छौँ, अब गति बढाउँछौँ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने । ६ वैशाखमा सरकार गठन भएको दुई महिना पूरा भएको छ । कान्छो प्रदेशका रूपमा...

प्रदेश ७ सरकारले ल्यायो एक अर्ब दुई करोडको बजेट

तेजराज भट्ट/नयाँ पत्रिका, धनगढी, १० वैशाख - प्रदेश ७ सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले आइतबार संसद् बैठकमा बजेट प्रस्तुत गरेका हुन् । उनले संघीयताको कार्यान्वयनका लागि संस्थागत संरचना निर्माण, अल्पकालीन, दीर्घकालीन र मध्यकालीन आवधिक योजना निर्माण तथा...

प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, १० वैशाख - कहिले हुन्छ थप बिदा ? जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी, रामनवमी, पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन र मधेस आन्दोलन स्मृति दिवस ५ माघ तथा फागुपूर्णिमा र छठको अघिल्लो दिन संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न...

प्रदेश सभामा आधा दर्जन विधेयक पेस

देवेन्द्र कार्की/नयाँ पत्रिका, विराटनगर, १० वैशाख - थप दर्जन विधेयकको मस्यौदा बनाउँदै सरकार प्रदेश सरकार धमाधम कानुन बनाउन लागेपछि प्रदेश सभाले बिजनेस पाएको छ । आधा दर्जन विधेयक सदनमा पेस भएका छन् भने सरकारले थप दर्जन विधेयकको मस्यौदा बनाइरहेको छ । प्रदेश सभाले यसअघि दुईवटा विधेयक पास गरिसकेको छ । प्रदेशमा रहने सातवटै मन्त्रालयले करिब दुई दर्जन...

सरकारी कार्यालयमै दलित कर्मचारीमाथि विभेद !

शान्ता कमली , लमजुङ, १० वैशाख - जातीय विभेद कानुनी दृष्टीकोणले दण्डित कार्यभएपनि लमजुङको एक सरकारी कार्यालयमै दलित कर्मचारीहरु विभेदमा परेका छन् । लमजुङको राईनास नगरपालिका–६ स्थित धमिलिकुवा स्वास्य चौकीका कार्यरत तिन कर्मचारीले आईतबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आफुहरु माथि भएको बिभेदबारे जानकारी गराएका हुन् । धमिलीकुवा स्वास्थ्य चौकीका इन्चार्ज सहित ३ जना दलीत समुदायका कर्मचारीले कार्यालयमा...

केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

मधुसुधन भट्टराई/नयाँ पत्रिका काठमाडौं, १० वैशाख, - कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो...

ट्राफिक प्रहरी खनियाले गरे महिलामाथि एसिड प्रहार

दिपेन्द अधिकारी, चितवन, १० वैैशाख - आइतबार भरतपुर -७ त्रिचोकमा प्रहरीले नै महिलामाथि एसिड प्रहार गरेका छन् । चितवनका ट्राफिक प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले भरतपुरको त्रिचोकमा आइतबार दिउँसो ४ बजेको समयमा सोही ठाउँमा डेरी गरी बस्ने एक महिलालाई एसिड प्रहार गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी प्रभुपसाद ढकालले बताए । गोरखा घर भइ सोही स्थानमा डेरा...

सुगममा बस्न बढुवा अस्वीकार गर्दै डाक्टर

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठामाडौं, १० वैशाख - ४६ जना बढुवा हुनुपर्नेमा २० जनाको मात्रै निवेदन - राजधानीबाहिरका जिल्लामा गएर बिरामीको उपचार गर्नुपर्ने भएपछि चिकित्सकले बढुवा हुन इच्छा देखाएका छैनन् । सरकारले केही समयअघि नवौँ तहमा १४० जना कन्सल्टेन्ट डाक्टरको अभाव भएपछि पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये ४६ जना आठौं तहबाट नवौँ तहमा बढुवा हुनुपर्ने...

दुई वर्षमा साढे तीन हजार विद्यालय निर्माण सम्पन्न

भवानीश्वर गौतम/नयाँ पत्रिका , काठमाडौं, १० वैशाख - १७ सय निर्माणाधीन, ४९ सयको स्रोत पहिचान नै भएनन् - तीन वर्षअघि गएको भूकम्पले ध्वस्त पारेका साढे तीन हजार विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले नौ हजार विद्यालय ध्वस्त बनाएको थियो । अहिलेसम्म तीन हजार ६१३ विद्यालयको निर्माण पूरा भएको छ । हाल १७ सय १९ निर्माणाधीन र ३२८...