logo

bar

न्युज रूम

कर्मचारी अभावमा स्थानीय तहको काम प्रभावित

राजकुमार गोले/नयाँ पत्रिका, काभ्रे, २५ चैत - कर्मचारी नहुँदा काभ्रेका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । अधिकांश तहमा कर्मचारी अभाव हुँदा दैनिक प्रशासनिक काम प्रभावित भइरहेको छ । एउटै वडा सचिवले दुई वडा कार्यालय भ्याउनुपर्ने बाध्यता जिल्लाको...

८५ कम्पनीका डाटा नष्ट गर्ने पाठक पक्राउ

नयाँ पत्रिका , काठमाडौं, २५ चैत - ८५ वटा कम्पनीका डाटा (तथ्यांक) चोरी गरी नष्ट गरेको आरोपमा सिनियर सफ्टवेयर डेभलपर कमल पाठकलाई महानगरीय प्रहरी अपराध शाखाले पक्राउ गरेको छ । इ–जोनले विकास गरी ग्राहकलाई उपलब्ध गराइएका सफ्टवेयरबाट डाटा चोरी गरी नष्ट गरेको आरोपमा नवलपरासी स्थायी घर भई काठमाडौं बस्दै आएका पाठक पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका...

बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी

रासस, बुटवल, २५ चैत - बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ । भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ...

योङ स्कलर समिट काठमाडौंमा सुरु

नयाँ पत्रिका , काठमाडौं, २५ चैत - ‘राष्ट्र प्रथम’ भन्ने मूल नारासहित तीन दिवसीय योङ स्कलर समिट शनिबारबाट काठमाडौंमा सुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा चैत २६ सम्म सञ्चालन हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ—आफ्नो देशको महत्वपूर्ण स्थानमा काम गरिरहेका एक सय युवाको सहभागिता छ । सम्मेलनका दौरान उनीहरूले आ–आफ्नो...

नेपाल अब जलमार्गबाट समुद्रमा जोडिने

जनार्दन बराल/ नयाँ पत्रिका, काठमाडौं, २५ चैत - भारतको जलमार्ग र नेपाल आउने सम्भावित मार्ग नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला नदीमा जलमार्ग निर्माण गरी नेपाललाई समुद्रसँग जोड्ने सम्झौता भएको हो । ‘नेपाल र भारतका प्रधानमन्त्रीले विद्यमान व्यापार...

विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता

पर्शुराम काफ्ले/ नयाँ पत्रिका, नयाँदिल्ली, २५ चैत - प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका...

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

जीवन बस्नेत/ नयाँ पत्रिका, काठमाडौं, २५ चैत - ‘एनजिओ’ यातायात समितिको २५ वर्षे ‘सिन्डिकेट’ यात्रा नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ । तर, व्यावहारिक रूपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिन्डिकेट...

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, २५ चैत - कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता - एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन...

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालय !

नरजन तामाङ , हुम्ला - सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर कामकारबाही अगाडि बढाउने बताइरहेको छ । ५ कक्षासम्मको सादा पुस्तकलार्इ विस्थापित गरी रंगिन पुस्तक हुने पनि बताइसकेको छ । तर, आवश्यक दरबन्दीकाे अभावमा गुज्रिरहेका छन्- हुम्लाका अधिकांश सरकारी विद्यालय । हुम्लामा ५५ वटा माध्यामिक तह, ५४ वटा निम्न माध्यमिक तह र...

ईस्टर्न जलविद्युतले गति लियो

मोहन दुराल/ नयाँपत्रिका, भोजपुर, २४ चैत - विविध कारणबस झण्डै पाँच वर्ष निर्माण कार्य रोकिएको जिल्लाको एकमात्र ठुलो जलविद्युत आयोजना ईस्टर्न हाईड्रोपावरको कामले अहिले तीव्र गति लिएको छ । कुल ५ मेघावाट विद्युत क्षमता भएको उक्त आयोजनाको डेढ वर्षमै ६० प्रतिशतभन्दा बढि निर्माण काम सम्पन्न भएको छ । २०६२ सालमा तत्कालिन समयका लागि नेपाल विद्युत प्राधिकरणसँग ४५...

पत्रकार उपचार कोषलाई एक्सेल बैंकको सहयोग

लक्ष्मी काफ्ले/ नयाँ पत्रिका, झापा, २४ चैत - बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलभमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष हेमराज ढकालले बैंकको विशेष साधारणसभा समारोहमा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ झापा शाखाका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज...

थोलेदेम्वा महोत्सव अनिश्चित, राष्ट्रपतिले सुरु गरेको पर्यटकीय अभियान अलपत्र

पूर्णप्रसाद न्यौपाने / नयाँ पत्रिका , ओखलढुंगा, २३ चैत - ओखलढुंगाको थोलेदेम्वा महोत्सव अनिश्चित बनेको छ । ‘प्राकृतिक सुन्दरता, कला संस्कृति र पर्यटन प्रवर्धन, हाम्रो अभियान, स्थानीय भेष–भुषा र रहनसहन, हाम्रो पहिचान’ भन्ने नारासहित पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले गत वर्षबाट सुरु गरिएको अभियान आन्तरिक विवादका कारण यसवर्ष अनिश्चित बनेको हो । हरेक वर्ष बैशाख १ गते पर्यटन महोत्सव गर्ने योजना गतवर्ष...

सलमान खान धरौटीमा रिहा, देश बाहिर जान बन्देज

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - बलिउड अभिनेता सलमान खान अन्ततः धरौटीमा रिहा हुने भएका छन् । जोधपुर सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर दुई रात बिताएका सलमानलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपी बिना अनुमति देशभन्दा बाहिर जान नपाउने अदालतको सर्तमा...

भारतसँग २१ औँ शताब्दी सुहाउँदो नमूना सम्बन्ध चाहन्छौँ : प्रधानमन्‍‍त्री

पर्शुराम काफ्ले/ नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत - प्रधानमन्‍‍त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमूना सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । भारतीय समकक्षीसँग वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्‍‍त्रीले २१ औँ शताब्दी अनुकुलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको सुनाए । मोदीले ८ मिनेट सम्बोधन गरेपछि ओलीले १५ मिनेट सम्बोधन गरेका थिए । प्रधानमन्‍‍त्री...

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत

रासस, चितवन, २४ चैत - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् । नेपाली काँग्रेस चितवनले शनिबार आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे । [caption id="attachment_22440" align="alignnone" width="1700"] डा....

टुँडिखेलमा हुने पार्टी एकिकरणमा लाखौँको उपस्थिति हुन्छ : नेपाल

नयाँ पत्रिका , काठमाडौं, २४ चैत - एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बैशाख ९ गते नेकपा एमाले र माओवादीबीचको एकिकरण निश्चित भइसकेको बताएका छन् । शनिबार एमाले र माओवादी पर्वत-काठमाडौं सम्पर्कमञ्चले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेपालले कम्युनिस्ट नेता लेनिनको जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् ।   नेपालले...

समुन्द्रसम्म नेपालको पहुँच सुनिश्चित : भारतीय प्रधानमन्त्री

पर्शुराम काफ्ले/नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत, - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसम्म नेपालको पहुँच सुनिश्चित भएको बताएका छन् । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सार्वभौम देश नेपालको सरकारले प्राथमिकतामा राखेका योजनाहरुलाई नेपाल सरकारको आग्रहको आधारमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि समावेशी लोकतन्त्र भन्दै आएको भारतले अब भने नेपालको सम्पूर्ण राजनीतिक प्रक्रियामा...

दिल्लीबाटै गरियो ‘अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन’को शिलान्यास

पर्शुराम काफ्ले/नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत, - दिल्लीको हैदरावाद हाउसबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अमलेखगञ्ज(मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । भारतबाट सिधै नेपालको अमलेखगञ्जको डिपोसम्म इन्धन ओसार्न यो पाइपलाइन निर्माण गर्न लागिएको हो । पट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै...

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन जारी

पर्शुराम काफ्ले/नयाँ पत्रिका, - नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको औपचारिक वार्ता सकिए लगत्तै दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

एक करोडको सामुदायिक भवन बनाउन महायज्ञ

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, २४ चैत - हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित ऐतिहासिक सिंहवाहिनी देवीको मन्दिरमा श्रीमद् मत्स्य महापुराण धनधान्याञ्चल विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । मन्दिरमा ५ देखि १३ वैशाखसम्म महायज्ञ आयोजना गरिने भएको हो । अनाथ, असहाय र बृद्धबृद्धाको सेवा–सम्मान गर्न र विभिन्न कार्यक्रम सम्पन्न गर्ने बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नका लागि सहयोग जुटाउने उद्देश्यले...

मोदी-ओलीबीच औपचारिक वार्ता सम्पन्न

पर्शुराम काफ्ले, नयाँ दिल्ली, २४ चैत, - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा औपचारिक वार्ता सम्पन्न भएको छ । राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री ओली हैदरावाद हाउस आएका थिए । अब केहि बेरमा पत्रकार सम्मेलन हुनेछ, जहाँ ओली र मोदीले सम्बोधन गर्ने छन् । मोदी र ओलीबीच पहिला रेस्टीक्टेड वार्ता र...

प्रधानमन्त्री ओली हैदरावाद हाउसमा, मोदीसँग वार्ता सुरु

पर्शुराम काफ्ले/नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत, - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा औपचारिक वार्ता सुरु भएको छ । राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री ओली हैदरावाद हाउस आएका हुन् ।   मोदी र ओलीबीच रेस्टीक्टेड वार्ता शुरु भएको छ । रेस्टिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मात्रिका यादब, प्रधानमन्त्रीका...

विप्लव समूह अतिवादी : गृहमन्‍‍त्री थापा

दिपेन्द्र अधिकारी / नयाँ पत्रिका, चितवन, २४ चैत - गृहमन्‍‍त्री रामबहादुर थापाले नेकपा- विप्लव  समूहलाई अतिवादी समूहको संज्ञा दिएका छन् । शनिबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्‍‍त्री थापाले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको बताए । विप्लव समूहको गतिविधि गैर राजनीतिक भएको टिप्पणी गर्दै मन्त्री थापाले जनसरकारको नाममा पछिल्लो समय भइरहेको गतिविधि अराजकपूर्ण रहेको बताए । मन्त्री...

प्रधानमन्त्रीको उच्चस्तरीय वार्ता सुरु, महत्वपूर्ण वार्ता आजै सकिने

पर्शुराम काफ्ले/नयाँ पत्रिका, दिल्ली, २४ चैत, - राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उच्च नेतृत्वसँग भेटवार्ता प्रारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आज विहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरे भने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच सीमित अधिकारीसहित र औपचारिक प्रतिनिधिमण्डलस्तरीय गरी...

दिल्लीमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’

नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत - भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । त्यस्तै उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतसँगको सम्बन्ध नवीकरण गर्न आएको बताए ।...

प्रदेश ७ को संसद् बैठक दुईपटक स्थगित

नयाँ पत्रिका , धनगढी, २४ चैत - प्रदेश सभा सदस्यलाई जानकारी नै नदिएर शुक्रबार प्रदेश सभा बैठक दोस्रोपटक स्थगित भएको छ । प्राविधिक तयारी नपुगेकाले स्थगित भएको जनाइएको छ । प्रदेश ७ को आर्थिक कार्यविधि विधेयक पारित गर्ने, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले श्वेतपत्र पेस गर्नेलगायतका कार्यसूची रहेको प्रदेश सभा बैठक दुईपटक स्थगित भएको हो ।...

कर्णाली प्रदेशमा यस्तो छ पर्यटन वर्षको तयारी

खगेन्द्र भट्टराई/नयाँ पत्रिका, सुर्खेत, २४ चैत - कर्णाली प्रदेश सरकार आगामी १ वैशाखदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारीमा जुटेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर तयारी तीव्र पारिएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालमै आयोजना गरिने विशेष कार्यक्रममा पर्यटन वर्षको उद्घाटन गर्ने तय गरिएको छ । प्रधानमन्त्रीले...

प्रदेश ५ को नीति तथा कार्यक्रम तयार

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, २४ चैत - प्रदेश ५ को अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति तथा कार्यक्रम तयार भएको छ । प्रदेश ५ सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष ०७४/७५ को नीति कार्यक्रम स्वीकृत गरेको हो । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले...

प्रदेश ४ : ११ महिनापछि जनप्रतिनिधिलाई पारिश्रमिक लिने बाटो खुल्यो

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, २४ चैत - निर्वाचित भएको करिब ११ महिनापछि प्रदेश ४ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक र सेवा सुविधा लिने बाटो खुलेको छ । ११ जिल्ला रहेको प्रदेश ४ मा ११ जिल्ला समन्वय समिति, १ महानगर, २५ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने...

प्रदेश २ : प्रदेशस्तरीय सार्वजनिक बिदाका लागि कानुन बन्ने

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, २४ चैत - प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशस्तरीय सार्वजनिक बिदा दिनेसहित दुई विधेयक बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सैद्धान्तिक सहमति मागेको छ । मन्त्रालयले सार्वजनिक बिदा दिने र लिखित प्रमाणीकरणसम्बन्धी विधेयक बनाउने प्रस्ताव शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले विधेयक निर्माणका लागि सैद्धान्तिक...

तेह्रथुममा न्यायिक समिति बनाउनै अलमल

प्रकाश धौलाकोटी/नयाँ पत्रिका, तेह्रथुम, २४ चैत - जिल्लाका दुई स्थानीय तहमा न्यायिक समिति गठन भएकै छैन भने अन्य चार तहमा गठन भएपनि सक्रिय छैनन् । स्थानीय तहका पदाधिकारी समिति गठन र काम कारबाहीबारे अझै अनभिज्ञ छन् । स्थानीय तह उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति बनाउने संवैधानिक व्यवस्था छ । तर, मेन्छ्यायेम र फेदाप गाउँपालिकामा अझै पनि समिति गठन...

एन्टिरेबिज भ्याक्सिन एक साता अभाव हुने

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २४ चैत  - कुकुर वा अन्य जनावरले टोकेमा लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) एक साता अभाव हुने भएको छ । सरकारले अनेक प्रयास गर्दा पनि समयमा भ्याक्सिन खरिद गर्न नसकेपछि एक साता अभाव हुने भएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीका अनुसार अनेक प्रयास गर्दा पनि एक साता एन्टिरेबिज भ्याक्सिन...