logo

bar

न्युज रूम

स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाँदै

नयाँ पत्रिका, काठमाडौं, २२ पुस - स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाँदै – विगत पाँच दिनदेखि अस्वस्थ रहेका एमाले अध्यक्ष केपी ओली थप उपचारका लागि बैंकक जाने भएका छन् । एक्कासि बान्ता र झाडापखाला भएपछि ओली थप स्वास्थ्य परीक्षण गर्न बैंकक जान लागेका हुन् । सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका डा. दिलीप शर्माका अनुसार उनी नियमित स्वास्थ्य परीक्षण...

यसरी हुन्छ राष्ट्रिय सभा निर्वाचन

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - २४ माघमा राष्ट्रिय सभा निर्वाचन प्रदेश प्रमुख नियुक्त गर्न कुनै विवादमा नतानिएका, सर्वस्वीकार्य र सामाजिक प्रतिष्ठा भएका व्यक्तिको नाममा छलफल सरकारले २४ माघमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो । यसअघि निर्वाचन आयोगका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति...

पार्टी एकता कसैले रोक्न सक्दैन : शर्मा

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमालेसँगको पार्टी एकता कुनै तागतले रोक्न नसक्ने बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको १८औँ वार्षिक साधरणसभामा शुक्रबार शर्माले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरे । ‘एकताका लागि निर्वाचनमार्फत जनताबाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘एकतालाई केही शक्तिले बिथोल्न खोजे पनि त्यस्ता शक्तिलाई...

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, २२ पुस - प्रदेश प्रमुख तोकेर सातै प्रदेशका सदस्यको शपथ काठमाडौंमै गराउने तयारी सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ । प्रदेश राजधानी...

पौडेल पक्षको भेलामा नेताका गुनासै–गुनासा

रमेश सापकोटा/नयाँ पत्रिका, - दोस्रो तहका १४ नेताले शीर्ष नेतालाई सोधे– नेतृत्वले गरेको गल्तीमा साक्षी बसिरहने कि राजीनामा दिने ? प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति...

मुख्य रजिस्ट्रार सरकारी वकिलबाट ल्याइए आन्दोलन गर्ने चेतावनी

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार सरकारी वकिलबाट ल्याउन लागेको भन्दै अदालतमा कार्यरत ट्रेड युनियन कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका छन् । सरकारी वकिलबाट मुख्य रजिस्ट्रार नियुक्ति गरे सबै कामकाज ठप्प बनाउने उनीहरूको भनाइ छ । सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई बिहीबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त पदमा न्याय सेवा आयोगले सरकारी वकिल...

मनोज पुनले लिए मिल सञ्चालक पौडेल हत्याको जिम्मेवारी

नयाँ पत्रिका , बुटवल, २२ पुस - रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको हत्या रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले...

मिल्नेलाई मिल्न दिऊँ, फुटाउने कोसिस नगरौँ : प्रचण्ड

दीपेन्द्र अधिकारी, चितवन, २१ पुस - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय विषयमा अझै सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् । शुक्रबार भरतपुर महानगरको पहिलो नगरसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देश अझै सुरक्षित भैनसकेको भन्दै मुख्य दलहरूबीच सहकार्य जरुरी रहेकोमा जोड दिए । जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिए पनि सबैसँग...

पोखरा–लेखनाथ महानगर : शव जलेको खरानी र लुगा धोएको फोहोर पानी पिउनबाट मुक्त !

रोहितराज पराजुली , कास्की (सैंतीघट्ट) - प्रायः सहरहरुको साझा समस्या भनेको पानी हो । नेपालको पर्यटकीय नगरीको रुपमा परिचित पोखरा पनि पानीको समस्याबाट छुटकारा पाउन सकेका छैन । बिगत लामो समयदेखी अशुद्ध पानी प्रयोग गर्न बाध्य पोखरेलीहरुको समस्या अब केही भने दुर भएको छ । पिउनेपानीको मुख्य मुहान मर्दीखोलामा शुद्धिकरण परियोजना अन्र्तगत पहिलो चरणको काम सम्पन्न...

माैलायाे भ्रष्टाचार: ७ नम्बर प्रदेशमा मात्रै ३६ सय बढी उजुरी !

मिलनप्रकाश ढुङ्गाल , बैतडी - चार वर्षको अवधिमा ७ नम्बर प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)मा भ्रष्टाचार सम्बन्धी तीन हजार ६ सय बढी उजुरी परेको छ । ०७० देखि ०७४ साल मंसिर मसान्तसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तीन हजार ६ सय ६३ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको अदुअआको कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रबार बैतडीमा...

२४ माघमा राष्ट्रियसभा निर्वाचन

रमेश सापकाेटा , काठमाडाैँ - राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी र विवाद रहेको राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघमा हुने भएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक/एक वर्ष थप गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । बैठकले प्रदेश...

प्रधानमन्त्रीको गृह जिल्लामा प्रादेशिक राजधानीको ‘माग राखी बन्द हड्ताल’

करन ताम्राकार , डडेल्धुरा - प्रदेशको राजधानीको माग राखी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनु पर्ने माग राखी उद्योग व्यवसायी तथा स्थानीयहरुले दिउँसो १२ बजे देखि ३ बजेसम्म मुख्य राजमार्गहरुका यातायात बन्द गरे । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढीलाई बनाउने...

राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल

रासस, इलाम २१ पुस - पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताएका छन् । इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् । एमालेका पूर्वअध्यक्ष...

मन्त्रिपरिषद् बैठक अपरान्ह बस्दै, के होला निर्णय ?

नयाँ पत्रिका, काठमाडौं, २१ पुस - सरकारले आज राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्दैछ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । निर्वाचन आयोगले दिएको सुझाबका आधारमा सरकारले २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । मन्त्रिपरिषदको बैठकमा प्रदेशको अस्थायी मुकाम...

झण्डै दुई महिनापछि खुल्यो अमरगढी नगरपालिकाको तालाबन्दी

करन ताम्राकार , डडेल्धुरा,२१ पुस - अमरगढी नगरपालिका कार्यालय डडेल्धुरामा लगाईएको ताला ५० दिन पछि खुलेको छ । बजेट विनियोजन तथा नगरपालिकाको आफ्नै भवन मापदण्ड विपरित निर्माण भएको भन्दै नेपाली काँग्रेस निकटका वडा अध्यक्षहरुले नगर प्रमुख विपिन ओझा, कार्यकारी प्रमुख र आर्थिक प्रशासन फाँटमा मंसिर १ गते लगाएको ताला ५० दिन पछि सहमतिमा खुलेको ८ नम्बर...

रुपन्देहीमा व्यवसायीमाथि गोली प्रहार

विष्णु घिमिरे, बुटवल, २१ पुस - रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह -२ ढेकारका बलु पौडेलमाथि गोली प्रहार भएको हो । इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराईका अनुसार ३५ वर्षीय पौडेल फर्निचर व्यवसायी हुन्। गोली प्रहार गर्ने दुईजनाको खोजी...

शीतलहरले मध्यतराईको जनजीवन कष्टकर

इन्दीप कोइराला/नयाँ पत्रिका, बारा, २१ पुस - केही दिनदेखि चलेको शीतलहरले मध्यतराईका बारा, पर्सा, रौतहटलगायत जिल्लाको जनजीवन कष्टकर बनेको छ । शीतलहरका कारण हिँडडुल गर्न समस्या भएपछि मानिसहरू घरबाट बाहिर निस्कन छाडेका छन् भने बजार क्षेत्र सुनसान बनेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिरामी पर्न थाले  बालबालिका र वृद्धवृद्धा शीतलहर र...

प्रदेश राजधानीका लागि भवन सिफारिस

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुर, २१ पुस - जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी मुकाम बनाउन आवश्यक भौतिक संरचना व्यवस्थापनको तयारी थालिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभा, विभिन्न मन्त्रालयलगायतका लागि भवन व्यवस्थापन गर्न थालिएको हो । करिब एक महिनाअघि प्रधानमन्त्री कार्यालयले क्षेत्रीय प्रशासक राजेन्द्रमान सिंहको संयोजकत्वमा प्रदेश राजधानी अध्ययन तथा सिफारिस समिति गठन गरेको थियो ।...

बाँदरले रामेछापका किसान आतंकित

नयाँ पत्रिका , रामेछाप, २१ पुस - खेतबारीमा लगाएको अन्नपात र घरमै राखेको अन्नमा समेत बाँदरले क्षति पुर्‍याउन थालेपछि मन्थली नगरपालिकाका किसान आतंकित भएका छन् । घरभित्र पकाएर राखेको खानासमेत बाँदरले बोकेर हिँड्न थालेपछि मन्थली नगर क्षेत्रका बासिन्दा आतंकित भएका हुन् । किसानले पटक–पटक बाँदर नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो...

कञ्चनपुरमा दलित दम्पत्तिमाथि छुरा प्रहार

मोहन विष्ट, कञ्चनपुर, २१ पुस - कञ्चनपुरमा एक दलित दम्पत्तिको घाँटीमा छुरा प्रहार गरेर हत्या गर्ने प्रयास भएको छ । बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका ३५ वर्षीय गोबिन्द लुहार र ३० बर्षीया सरस्वती लुहारको घाँटीमा गएराती छुरा प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले छुरा प्रहारबाट दलित दम्पत्ति गम्भिर घाईते भएको जनाएको छ । जिल्ला प्रहरी...

घरबाटै पानी लिएर आउन विद्यालयको निर्देशन

दीपक भट्ट/नयाँ पत्रिका, रामेछाप, २१ पुस - मन्थली नगरपालिका– ३ ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयले विद्यार्थीलाई खानेपानी अनिवार्य रूपमा लिएर आउन निर्देशन दिएको छ । लामो समयदेखि खानेपानीको अभाव भएकाले विद्यार्थीकै हितका लागि यस्तो निर्देशन दिएको प्रधानाध्यापक चन्द्रबहादुर केसीले जानकारी दिए । निर्देशनपछि बालबालिकाले मिनरलको बोतलमा पानी ल्याउने गरेका छन् । गाउँमा नै पानी अभाव भएपछि विद्यालयवरपरका...

सुन धरौटी राखेर सडक निर्माण

नयाँ पत्रिका , जाजरकोट, २१ पुस - त्रिवेणी नलगाड नगरपालिका–३ का ६१ वर्षीय गोरे सार्की घरनजिकै जिप आएपछि निकै खुसी छन् । सुन धरौटी राखेर स्थानीयले खनेको बाटोमा बुधबारबाट सवारीसाधन गुड्न थालेपछि गोरे सार्की मात्रै होइन, त्रिवेणी नलगाडका अधिकांश खुसी भएका छन् । दल्लीबाट चारवटा जिप लिएर कैना पुगेका नगरप्रमुख टेकबहादुर रावललाई सवारीसाधन नियमित चलाउन स्थानीयले आग्रह...

कस्ता कस्ता उम्मेदवार ! निर्वाचन खर्च विवरण पनि चाेरी ?

ख्याम भुजेल, इलाम, २१ पुस - २१ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारले भटाभट निर्वाचन खर्च विवरण निर्वाचन आयोगलाई बुझाउँदै छन् । निर्वाचनअघिको उम्मेदवारको तामझाम, खर्च र अहिले आयोगमा बुझाएको विवरण हेर्दा पत्याउने आधार कतै भेटिँदैन । अझ कतिपय उम्मेदवारले त खर्च विवरण पनि हुबहु बुझाएको फेला परेको छ । नयाँ शक्ति नेपाल...

बेसीसहरमा २८ करोड लागतको खानेपानी आयोजना बन्दै

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ, २१ पुस - बेसीसहरका उपभोक्तालाई खानेपानी समस्याबाट मुक्त गर्न बेसीसहर नगरपालिका–१० भाचोक खोलाबाट खानेपानी ल्याइने भएको छ । २८ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने भएको हो । सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजना निर्माण हुने भएको हो । कुल २८ करोड ८३ लाख ५ हजार ३...

सप्तरीमा चिसोका कारण बिरामी बढे, विद्यालय बन्द

रासस, सप्तरी, २१ पुस - विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला...

विद्यालयमा प्रभावकारी बन्दै सुरक्षित महिनावारी शिक्षा

टोपलाल अर्याल/नयाँ पत्रिका, गुल्मी, २१ पुस - १३ सय छात्रालाई प्याड वितरण महिनावारीलाई ‘पाप’ सम्झने मान्यता समाजमा कायमै छ । बहुसंंख्यक महिला महिनावारी भएको समयमा छुट्टै स्थानमा बस्ने परम्परा छ । जसका कारण महिनावारीलाई ‘प्रकृतिले दिएको वरदान’ भनेर बुझाउन निकै कठिन छ । तर, गुल्मीको इस्मा गाउँपालिकाले भने यो धारणा परिवर्तनका लागि गाउँदेखि विद्यालयसम्मको अभियान थालेको छ...

दार्चुलाका स्थानीय तहले पाए ६८ करोड

पदम बडाल/नयाँ पत्रिका, दार्चुला, २१ पुस - दार्चुलाका नौवटै स्थानीय तहले दोस्रो किस्ताबापतको ६८ करोड २२ लाख ६ हजार ६ सय ६५ रुपैयाँ पाएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दोस्रो किस्ताको बजेट निकासा गरेपछि स्थानीय तहले उक्त रकम पाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन ०७४ को प्रावधानअनुसार दोस्रो किस्ता निकासा गरिएको कोलेनिका दार्चुलाका...

केन्द्र सार्ने तयारी भएपछि तालाबन्दी

नयाँ पत्रिका , गोरखा, २१ पुस - गोरखाको भीमसेन गाउँपालिका अन्तै सार्ने तयारी गरिएको भन्दै बगुवाका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । बिहीबार गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले सरसल्लाह नगरी गाउँपालिका सार्ने निर्णय गरेको आरोप लगाएका छन् । ‘अध्यक्षले किर्ते कागजात पेस गरेर केन्द्र सार्ने...

निर्वाचन आयोगलाई राष्ट्रपतिको ध्यानाकर्षण

शुरोजंग पाण्डे/नयाँ पत्रिका , काठमाडौं, २१ पुस - दलहरूसँगको संवादबाट निकास खोज्नुस् - राष्ट्रपति विद्यादेवी भण्डारीले ताजा जनादेशपछि निर्वाचन परिणाममा भइरहेको ढिलाइप्रति जिज्ञासा राख्दै तत्काल सर्वदलीय संवादमार्फत निकास खोज्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छिन् । परिणाम प्रकाशनमा आयोगले अग्रसरता नदेखाएकोप्रति घुमाउरो असन्तुष्टि राख्दै बिहीबार राष्ट्रपति भण्डारीले दलहरूलाई बोलाएर सर्वदलीय संवादमार्फत चाँडो निकास खोज्न आयोगको ध्यानाकर्षण गराएकी हुन् । राष्ट्रपति भण्डारीले...

१० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्तिको बैठक सम्पन्न

नयाँ पत्रिका , कास्की, २१ पुस - नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको तीनदिने पूर्ण बैठक १० बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि कास्कीको माछापुछ्रे गाउँपालिका ल्वाङमा बसेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास र विस्तार गर्ने, १०, ११ र १२ फागुनमा संघीय परिषद्को बैठक बस्नेलगायतका निर्णय गरेको छ । साथै पार्टीको...

काठ कुहिए, तर भूकम्पपीडितले पाएनन्

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका, चितवन, २१ पुस - भूकम्पपीडितलाई घर बनाउन ९० प्रतिशतसम्म छुटमा काठ दिने भनिएको थियो गोरखाका भूकम्पपीडितलाई घर बनाउन लगिने भनिएको १० हजार क्युफिटसहित १८ हजार क्युफिट काठ जिल्ला वन कार्यालय र चितवनको जंगलमा नै कुहिन थालेका छन् । दुई वर्षदेखि जंगलमा अलपत्र छाडिएका ती काठ गोरखा र चितवनका भूकम्पपीडतलाई दिने योजना थियो । भूकम्पपीडितलाई घर बनाउन...

सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, २१ पुस - सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि ‘इन्क्वायरी’ थालेको छ । सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो । सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ । सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा. विष्टमाथि इन्क्वायरी सुरु...