logo

bar

न्युज रूम

रोल्पामा माओवादीका वर्षमान पुन झण्डै दोब्बर मतले अगाडि

नवीन लोचनमगर, रोल्पा २२, मंसिर - अहिलेसम्मको मत परिणाम अनुसार रोल्पामा वामगठबन्धन निकै बलियो देखिएको छ ।  १६ हजार ५ सय ६१ मत गन्दा प्रतिनिधिसभामा वाम गठबन्धनका वर्षमान पुनमगर ‘अनन्त’ कांग्रेस उम्मेदवार अमरसिंह पुनको मत परिणामभन्दा झण्डै दोब्बर बढि मतले अगाडि छन् । माओवादीका वर्षमानले ५ हजार ५१ प्राप्त गरेका छन् । कांग्रेसका अमरसिंह पुनले २...

जाजरकोटमा वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै

हेमन्त के सी , जाजरकोट, २२ मंसिर - जाजरकोटमा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादीका शक्तिवहादुर वस्नेतले ५ हजार ९ सय ९ मत प्राप्ग गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजिवविक्रम शाहले ४ हजार १ सय ५१ मत पाएका छन् । त्यस्तै प्रदेश सभा सदस्यका...

पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै

मनिष खड्का, रुकुम (पश्चिम), २२ मंसिर - पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै छ । प्रतिनिधि सभा निर्वाचनमा माओवादीका शर्माले १४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजी जंग शाहले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा मालेका कमलबहादुरले ३२७ मत प्राप्त गरेका...

डोल्पामा बाम गठबन्धनकोे अग्रता कायमै

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) २२ मंसिर - डोल्पामा बाम गठबन्धनको फराकिलो अग्रता बढ्दै छ । बिहिबार बेलुकी ९ बजेर तीस मिनेट देखि यहाँ मत गणना सुरु भएको हो । पछिल्लो मत परिणाम अनुसार बामगठबन्धनका तर्फबाट नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका अंगदकुमार बुढाले १ हजार २ सय...

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता

रामकृष्ण थापा, सिन्धुपाल्चोक, २२ मंसिर - सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा १५ हजार ३ सय ८० मत गणना हुँदा वाम गठबन्धनका अग्नि सापकोटाले नौ हजार ४ सय ३४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले...

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता कायमै

केशबप्रसाद भट्टराई , ताप्लेजुङ - ताप्लेजुङको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ एमालेका सचिव योगेशकुमार भट्टराईले सुरु देखि नै अग्रता लिएका छन् । अहिले सम्म उनको अग्रता फराकिलो बन्दै गएको छ । एमालेका भट्टराईले ८ हजार ३ मत प्राप्त गर्न गरेका छन् । नेपाली काग्रेसका केशवप्रसाद दाहालले ५ हजार ५ सय ५० मत प्राप्त गरेका...

रुकुम (पूर्व)मा बाम गठबन्धनकी कमला रोका विजयी

मनिष खड्का, रुकुम (पूर्व), २२ मंसिर - रुकुप (पूर्व)बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । रोका नेकपा माओवादी केन्द्रका तर्फबाट बाम गठबन्धनकी उम्मेदवार बनेकी थिईन् । उनले नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई पराजित गरिन । शुक्रबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् । कांग्रेसका...

मुस्ताङमा वाम गठबन्धनका इन्द्रधारा डादु विष्ट बिजयी

विष्णु गाैतम , पाेखरा - मुस्ताङको प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्ट निर्वाचित भएका छन् । [caption id="attachment_4823" align="alignnone" width="1250"] Photo:Keshav Bishwa Gotame/Mustang[/caption] बिस्टले कुल ११ सय ६७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन्...

पश्चिम र पूर्वी नवलपरासीमा ७३ प्रतिशत मत खस्यो

ज्ञानु पंगेनी , नवलपुर - नवलपरासीको बर्दघाट सुस्तापश्चिमको पश्चिम नवलपरासीमा ७३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत माधवेन्द्र रेग्मीले ६ वटा मतदान केन्द्रका मतदान अधिकृत सम्पर्कमा नआएको र ति ६ वटाको पछिल्लो तथ्यांक सहित जोडेर ७३ प्रतिशत मत खसेको छ । २ लाख ८ हजार २ सय ३२ जनामतदाता रहेकोमा एक लाख ४५...

अर्घाखाँचीमा कांग्रेसले बुथ कब्जा गरी मतपत्र च्यात्यो

नबिन के.सी , अर्घाखाँची - अर्घाखाँचीमा भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । यहाँ कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका थिए । जस मध्ये ८७ हजार ८ सय ३७ मत खसेको छ । जिल्लामा जम्मा ६४.४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । जिल्लाभर ९३ मतदान स्थलका १...

सिन्धुपाल्चोकमा प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक

नयाँ पत्रिका, सिन्धुपाल्चोक - सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको प्रारम्भिक मत परिणाम अनुसार माओवादीका अग्नि सापकोटाले ७३५ मत प्राप्त गरेका छन् । कांग्रेसका मोहन बस्नेतले ३३५ मत प्राप्त गरेका छन् ।

तस्बिरमा हेर्नुस्, संक्रमणकालको अन्तिम निर्वाचन

नयाँ पत्रिका , - नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा दोस्रो चरणको निर्वाचन पनि छिटपुट घटना बाहेक मतदान सम्पन्न भएकाे छ । आज भएको ४५ जिल्लामा भएकाे मतदानले प्रतिनिधिसभातर्फ १२८ र प्रदेशतर्फ २६५ सांसद चयन गर्नेछ । निर्वाचनपछि कसले बहुमत ल्याउला वा...

जाजरकोटबाट मतगणनाको पहिलो परिणाम सार्वजनिक

हेमन्त केसी, जाजरकोट, २१ मंसिर - पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणनाको कार्य सुरु भएको छ । जाजरकोटमा प्रदेशसभाको मतगणना कार्य सुरु भएसँगै नजिता पनि आउन थालेको छ । प्रारम्भीक मत परिणाम अनुसार यहाँको प्रदेशसभा 'ख' तर्फ रुख चिन्हमा ३५१ मत र सुर्यमा २८८ मत खसेको छ। अहिलेसम्म  ८२ मत वदर भएको छ । यसैगरी ...

गोरखामा बाबुराम र नारायणकाजीको क्षेत्रबाट मतगणना सुरु

नयाँ पत्रिका, गोरखा, २१मंसिर - गोरखामा डा. बाबुराम भट्टराई र नारायणकाजीको क्षेत्र नम्बर २ बाट मतगणना सुरु भएको छ । सो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसको सहयोगमा नयाँ शक्ति केन्द्रका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा कुल ६० हजार एक सय ९ मत खसेको छ ।

दार्चुलामा मतगणना सुरु

पदम बडाल, दार्चुला - प्रतिनिधि सभा सदस्यको २ ठाउँ र प्रदेश सभा सदस्यको एक-एक ठाउँमा मतगणना हुँदै दार्चुलामा मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको दार्चुलामा ५ बजेबाट मतगणना शुरु भएको हो । प्रत्यक्ष तर्फको मतगणना ४ समूह बनाएर सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्यको...

गुल्मीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

अच्युत पुरी/टोपलाल अर्याल, गुल्मी, २१ मंसिर - करिव ६५ प्रतिशत मत खस्यो गुल्मीका दुई प्रतिनिधि तथा चार प्रदेश सभाका लागि भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । केहि ठाउँमा सामान्य विवाद भएपनि दिनभर जिल्लाको जनजीवन शान्तिपूर्ण र उल्लास पुर्ण नै रह्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुरक्षाको अवस्था पनि सामान्य नै रह्यो । जिल्लाको कालिगण्डकी गाउँपालिका...

बैतडीमा आजदेखि निर्वाचनको मतगणना सुरु

नयाँ पत्रिका, बैतडी - बैतडीमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना आज देखि सुरु भएको छ । मतपेटिका भण्डारण गरिएको दशरथचन्द नगरपालिकाको हलमा साँझ ५ बजेबाट मतगणना कार्य सुरु भएको हो । सुरुमा प्रतिनिधि र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना गरिँदै छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकको मतपत्र गणना गरिने छ...

धनुषाकामा भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने

नयाँ पत्रिका, धनुषा - धनुषाका चारवटै निर्वाचन क्षेत्रमा भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार आज रातीसम्म मतपेटिका जम्मा गरिने छ । मतगणनाको लागि सर्वदलीय बैठक आजै ९ बजेपछि बस्ने उनले जानकारी दिए । निर्वाचन अधिकृत उप्रेतीका अनुसार धनुषामा प्रारम्भिक तथ्यांक अनुसार ७० प्रतिशत मत...

मुस्ताङमा मतगणना सुरु, मनाङमा तयारी

नयाँ पत्रिका, काठमाडौं, २१ मंसिर - काठमाडौं, २१ मंसिर । मुस्ताङमा १० मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ । मुस्ताङकमा मतगणना सुरु भएको नेपाली कांग्रेसका प्रतिनिधि पवन तुलाचनले जानकारी दिए । यसैगरी मनाङमा मतगणनाका लागि तयारी भएको छ । मतगण्ना सुरु गर्नका लागि मुचुल्का उठाउने काम भइरहेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिएका...

ओलीले भक्तपुरबाट मतदान गर्दै भने,‘निर्वाचन नगर्ने सरकारको प्रयास असफल भयो’

नयाँ पत्रिका , - झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरस्थित बालकोटबाट मतदान गरेका छन् । उनले मतदानको अन्तिम समयमा मतदान गरेका हुन् । मतदानपछि ओलीले निर्वाचन नगराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असम्भ सावित भएको धारणा राखे ।  ओलीले निर्वाचन रोक्नका लागि देउवाले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र...

पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना सुरु

नयाँ पत्रिका , काठमाडौं, २१ मंसिर - गत मंसिर १० मा सम्पन्न ३२ जिल्लाको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मत गणना   सुरु भएको छ । सरकारले मतगणना स्थलमा हुनसक्ने सम्भावित जोखिमतालाई मध्यनजर गर्दै ३२ जिल्लाका मतगणना स्थल वरपर सर्वसाधारणको आवत जावतसमेत प्रतिबन्ध लगाएको छ । अफिस, स्कूललगायतका नियमित आवातजावतका लागि पाँच जनाको समूहभन्दा बढीलाई पनि  प्रतिबन्ध लगाएको...

दिउँसो ३ बजेसम्ममा ५७ प्रतिशत मतदान

नयाँ पत्रिका, काठमाडौं, २१ मंसिर - निर्वाचन आयोगले दिउँसो ३ बजेसम्ममा ५७ प्रतिशत मतदान भएको जनाएको छ । सबैभन्दा बढी रूपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरंगमा ६२ प्रतिशत मत खसेको आयोगले जनाएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान कार्य सञ्चालन...

सनुसरीमा एउटै मतदान केन्द्रबाट १२ जना क्रियापुत्रीद्वारा मतदान

देबेन्द्र कार्की , धरान, २१ मंसिर - सुनसरीमा एउटै मतदान केन्द्रबाट १२ जना क्रियापुत्रीद्वारा मतदान – सुनसरी क्षेत्र नं. १ अन्तरगत धरान उपमहानगरपालिका वडा नं. –६ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रबाट १२ जना क्रियापुत्रीहरुले मतदान गरेका छन् । उनीहरुले आफ्ना सहयोगिका साथ १ः३० बजे मतदान गरेका हुन । ५ दिन अघि बुवा गुमाएका पत्रकार रणध्वज लोहार,...

बहालवाला मन्त्रीकाे गाडीमा मतदाता ओसार्दै !

उपेन्द्र खनाल, तनहुँ, २१, मंसिर - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदानका क्रममा तनहुँमा बिना विभागीय मन्त्री आशा कोइरालाको बा२ झ २६१६ नम्बरको सरकारी गाडीले आचार संहिता उल्लंघन गरी मतदाता ओसारेको भेटिएको छ । बहालवाला मन्त्रीसमेत रहेकी कोइरालाको गाडीले व्यापक रुपमा आचारसंहिता उलंघन गरेको देखिएको छ । तनहुँ क्षेत्र नम्बर २ मा पर्ने शुक्लागण्डकी...

कास्कीमा शान्तिपूर्ण मतदान जारी

रोहितराज पराजुली , कास्की, २१ मंसिर - दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान कास्कीमा शान्तिपूर्ण रुपमा जारी रहेको छ । कास्कीमा रहेका मतदान केन्द्रमा मतदाताहरुको घुईचो अझैसम्म पनि कम भएको छैन् । बिहान ७ बजेको तुलनामा अहिले मतदान केन्द्रहरुमा जाने मतदाताको संख्या बढेको छ । अहिलेसम्म अधिकास मतदान केन्द्रहरुमा ५५ प्रतिशतभन्दा बढी मतदाताले सपन्न भएको...

अर्घाखाँचीको मथुरा मावि केन्द्रमा मतपेटिकामा आगजनी, मतदान स्थगित

नबिन केसी, अर्घाखाँची, २१ मंसिर - अर्घाखाँचीको मथुरा मावि केन्द्रमा मतपेटिकामा आगजनी, मतदान स्थगित – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेको मथुरा मावि केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेका छन् । मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेका छन् । मतपेटिका फालिएपछि यहाँको मतदान स्थगित भएको छ । मतदानमा...

डडेल्धुरामा दिउसो ३ बजेसम्म ५० प्रतिशत मतदान : अायाेग

करन ताम्राकार , डडेल्धुरा, २१ मंसिर - एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लामा दिउसो ३ बजे सम्म ५० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । दिउसो ३ बजे सम्मको रेकर्ड अनुसार, ५० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साह...

रुपन्देहीका सबै केन्द्रमा उत्साहपूर्ण मतदान जारी

विष्णु घिमिरे , बुटवल २१ मंसिर - आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन रुपन्देहीमा उत्साहजनक रुपमा भइरहेको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीका अनुसार, जिल्लाका सबै मतदान केन्दमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । बुटवलका विभिन्न मतदान स्थल कता केन्द्रहरुमा वृद्धवृद्धा तथा अशक्तहरु पनि मतदानका लागि पुगेका छन । उनीहरुका लागि सहज रुपमा मतदानको ब्यवस्था...

कास्कीमा २:३० बजे सम्ममा ५५ प्रतिशत मत खस्यो

विष्णु गौतम, पोखरा २१ मंसिर - कास्कीमा २:३० बजे सम्ममा ५५ प्रतिशत मत खस्यो – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा दिउँसो २ः३० बजे सम्ममा ५५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान २ः३० बजेसम्म करिब ५५ प्रतिशत मतदान भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। कास्कीका सबै...

पर्यवेक्षकको ज्याकेट र सवारी पासको व्यापक दुरुपयोग

उपेन्द्र खनाल , तनहुँ, २१ मंसिर - आजको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संस्थाहरुबाट सवारीको पास बनार्इ दुरुपयोग भएको छ । तनहुँको ठूलोटार मतदान स्थलबाहिर पर्यवेक्षकको पोशाक तथा पास लिएका सवारी साधनले दुरुपयोग भएको छ । पर्यवेक्षकको भुमिका पाएकाहरुले नै यसको व्यापक दुरुपयोग गरेका छन् । जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले त्यस्तो दुरुपयोग भएको भेटिएमा तुरुन्त कारवाही...

खिलराज रेग्मीद्वारा मतदान

नयाँ पत्रिका, काठमाडौं, २१ मंसिर - अन्तरिम मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । मतदान गरे पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७० सालमा आफ्नो अध्यक्षतामा संविधान सभाको निर्वाचन भएको स्मरण गरे । उनले देशमा राजनीतिक स्थीरता आउनुपर्नेमा जोड दिए । जनप्रतिनिधिले देश र जनताको हितको लागि काम गर्न उनले सुझाव दिए । निर्वाचन...

बिष्टका आमा–छोराद्धारा एकैपटक मतदान, छाेरा प्रधानमन्त्री बनेको हेर्ने आमाकाे धोको

टोपलाल अर्याल , गुल्मी, २१ मंसिर -  एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ वर्षीया चिन्ता कुमारी बिष्टले एकै पटक मतदान गरेका छन् । [caption id="attachment_4605" align="aligncenter" width="840"] फोटो :  टोपलाल अर्याल  / नयाँ पत्रिका[/caption] उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान...