logo

bar

न्युज रूम

होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

नयाँ पत्रिका , काठमाडौं, २५ पुस - सर्वोच्च अदालतले काठमाडौंको होटेल मल्लमा सञ्चालनमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विभागको उक्त निर्णयविरुद्ध बेल्लिज नेपाल २० पुसमा सर्वोच्च गएको थियो । रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक...

अध्यक्ष राणाले दिए तीन नेतालाई जिम्मेवारी

नयाँ पत्रिका , काठमाडौं, २५ पुस - राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी महामन्त्री राजाराम श्रेष्ठलाई पार्टीको सचिवालय सम्हाल्ने जिम्मेवारी दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीको संगठन सुदृढीकरण गर्न पहिला केन्द्रीय कार्यालयको सचिवालय चुस्तदुरुस्त बनाउन भन्दै अध्यक्षले श्रेष्ठलाई सचिवालय हेर्ने जिम्मेवारी दिएको प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए । राणाले पार्टीको प्रदेश नं...

देउवालाई दबाब दिन कांग्रेसमा भेलैभेला

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, २५ पुस - प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोर्दा पनि बैठक बोलाएर छलफल नगरेको भन्दै कांग्रेसमा गुटगत भेला भइरहेका छन् । नेता रामचन्द्र पौडेलपक्षधर दोस्रो तहका नेताले आफ्नै पक्ष र सभापतिलाईसमेत दबाब दिन चारपटकसम्म भेला र कार्यक्रम गरेका छन् । पौडेलपक्षका १४ जना दोस्रो तहका नेताले सोमबार पनि भेला गर्दै छिटो...

एमालेले एमालेकै नेतालार्इ दियाे यस्ताे निर्देशन

शुरोजंग पाण्डे, काठमाडौं, २५ पुस - एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले निकट...

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, २५ पुस - पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए । पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र...

पक्राउ पर्दा डा. केसीले भने, ‘आदेश मान्दिनँ, प्रधानन्यायाधीशविरुद्ध लड्छु’

अर्जुन अधिकारी, निराजन पौडेल/ नयाँ पत्रिका, काठमाडौं, २५ पुस - सर्वोच्चको आदेशमा डा. केसी पक्राउ आइओएमका दुई प्राध्यापक : डा. शशि शर्मा डिनको कुर्सीमा, डा. गोविन्द केसी हिरासतमा सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको बलात्कार गरिरहेको...

यसरी पक्राउ परे डा. गाेविन्द केसी (फाेटाेफिचर)

कृष्ण कट्टेल, कृष्ण पाैड्याल, - सर्वोच्च अदालतकाे अवहेलना गरेकाे अभियाेगमा पक्राउ पूर्जी जारी हुँदै गर्दा प्रा. डा. गोविन्द केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको सदाबहार अनसन कक्षमा १४अाैँ अनसन सुरू गरिसकेका थिए । उनले अनसन सुरू गरेकाे केही घण्टा मात्र भएकाे थियाे,  साेमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीकाे नेतृत्वमा प्रहरीकाे एउटा टाेली उनलार्इ  पक्राउ गर्न अनसन...

BREAKING NEWS : डा. केसी पक्राउ

कृष्ण कट्टेल , काठमाडाैं, २४ पुस - प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । साेमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएकाे छ । सर्वोच्च अदालतकाे अवहेलना गरेकाे अभियाेगमा अनुसन्धानका लागि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । स्वास्थ्य क्षेत्रमा रहेकाे विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै अाएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा...

प्रधानमन्त्री देउवालाई नेविसंघको ७२ घण्टे अल्टिमेटम !

नयाँ पत्रिका, काठमाडौं, २४ पुस - नेविसंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थीका लागि स्वास्थ्य विमासँगै युवा बेरोगगार भत्तालगाएतका माग गर्दै अल्टिमेटम दिएको छ । आफ्नै माउ पार्टी कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई आठ बुँदे माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको हो । नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलगाएतका पदाधिकारीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अल्टिमेटमसहितको ज्ञापनपत्र देउवालाई...

अदालतको अवहेलना मुद्दामा डा. केसीलाई पक्राउ पूर्जी

नीराजन पाैडेल , काठमाडौं, २४ पुस - सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा. केसीको पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका...

न्यायालयको मर्यादा बचाउन भ्रष्ट र माफियाविरुद्धको लडाइँ : डा. केसी

नयाँ पत्रिका , काठमाडौं, २४ पुस - प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् । पराजुलीसहितको इजलासले डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्ने आदेश दिएलगत्तै डा. केसीले १४ औं अनसन सुरु गरेका हुन् । पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए ।...

काठमाडौंको ढल्यो, रत्ननगरमा ठडियो ‘धरहरा’

रासस , रत्ननगर, २४ पुस - गोरखा भूकम्प (२०७२ वैशाख १२) ले राजधानी काठमाडौं सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को बन्न संकेत छैन् । तर, चितवनवासीले रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरेका छन् । तर, दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देखि यहाँ सुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने...

हत्याको ४औँ दिनमा व्यवसायी पौडेलको शव उठाइयो

बिष्णु घिमिरे, रुपन्देही - रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु)को शव सोमबार उठाइएको छ । स्थानीय प्रशासनसँग आइतबार साँझ सहमति भएपछि सोमबार पौडेलको शव उठाइएको हो । गत शुक्रबार बलुको हत्यापछि शनिबारदेखि थालिएको अनिश्चित कालिन बन्द आइतबार विभिन्न विषयमा सहमति भएपछि साँझबाट स्थगित गरिएको हो । एमाले उपमहासचिव...

निर्वाचन खर्च विवरण : जनार्दनको भन्दा गोपालजीको बढी

मनिष खड्का, रुकुम(पश्चिम) २४, पुस - रुकुम(पश्चिम)मा प्रतिनिधि र प्रदेश सभा सदस्यका सबै उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाई सक्नुपर्ने व्यवस्था रहेकामा जिल्लाका सबै १३ जनै उम्मेदवारहरुले ३१ दिनमा खर्च विवरण बुझाएका हुन् । जिल्लामा पहिलो चरणमा गत मंसिर १० गते दुवै सभाको निर्वाचन भएकामा प्रत्यक्ष तर्फको...

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलार्इ राष्ट्रपतिको सुझाव

नयाँ पत्रिका , काठमाडौं, २४ पुस - राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी राजधानी तोक्न सुझाव दिएकी छन् । सोमबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगको प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले यसतो सुझाव दिएकी हुन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको वाहाना बनाउँदै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी...

एमाले स्थायी कमिटीकाे बैठक बस्दै, एकताको मोडालिटीबारे छलफल हुने

नयाँ पत्रिका , काठमाडौं, २४ पुस - माओवादी केन्द्रसँग पार्टी एकताको मोडालिटी, सरकार गठनलगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीकाे बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए । [caption id="attachment_13208" align="alignright" width="1700"] फाइल फाेटाे[/caption] पार्टी एकताको विषयमा आइतबार साँझ अध्यक्ष ओली र...

मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो

शान्ता कमली , मनाङ, २४ पुस - देशभर नै चिसो बढिरहेको बेला मनाङको तापक्रम भने माइनस १६ डिग्री पुगेको छ । [caption id="attachment_13197" align="alignnone" width="840"] फाइल तस्बिर[/caption] अत्यधिक न्यून तापक्रमकै कारण रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान...

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश

नयाँ पत्रिका, काठमाडाैँ - सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्न आदेश दिएको छ । सरकारले ८ माघ ०७० मा शर्मालाई आइओएमको डिनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा १ फागुन ०७० मा सर्वोच्च पुगेका थिए । आफूलाई सुनुवाइको मौकासमेत...

अटेरी राजपा र राप्रपा : सच्याएनन् प्रदेश सांसदको नामावली

नयाँ पत्रिका, काठमाडाैँ - निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूचीमा ‘क्लस्टर’ नमिलाई पठाएको भन्दै सच्याउन दिएको समयमा पनि दुई राजनीतिक दलले पुरानै नामावली पठाएका छन् । आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई प्रदेश नम्बर २ मा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रदेश नम्बर ३ मा पठाएको नामावलीमा समावेशी समूह र बन्दसूचीको क्रम आबद्धता नमिलेको भन्दै सच्याउन...

शीतलहरले तराईमा २३ को मृत्यु

नयाँ पत्रिका , काठमाडौं, २४ मंसिर - १० पुसदेखि तराईमा नियमितजसो हुस्सु सप्तरीमा १४ को मृत्यु शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का...

काठमाडाैं अाएलगत्तै बालकोट पुगे प्रचण्ड

शुराेजंग पाण्डे, काठमाडौं, २३ पुस - काठमाडाैं अाएलगत्तै बालकोट पुगे प्रचण्ड – वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले ओली निवास बालकोटमा छलफल चलिरहेको छ । आजै चितवनबाट  काठमाडौं आएका माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको स्रोतले जनाएको छ । बैठकमा पार्टी एकता, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भइरहेको...

शीतलहर पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको आग्रह

रासस , काठमाडौँ, २३ पुस - उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्न आग्रह  गरेका हुन् । सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न...

वाम गठबन्धनमा भाँजो हाल्न मधेसवादी दल सक्रिय: बिजुक्छे

रासस, - नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई तोड्न बाह्य शक्तिको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, - 'एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको...

पूर्वसांसद डा. पोखरेलको निधन

रासस , काठमाडौँ, २३ पुस - निवर्तमान सांसद डा. बाबुराम पोखरेलको आज निधन भएको छ ।  मुटुरोगबाट पीडित डा. पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ । प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा. पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी...

चिसोका कारण मोरङका सबै सामुदायिक विद्यालय बन्द

गणेश लम्साल, बिराटनगर, २३ पुस - जाडो अत्याधिक बढेपछि मोरङका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङको २३ पुसमा बसेको आकस्मिक बैठकले जाडोले गर्दा विद्यालयमा पठनपाठन गर्न आउने बिद्यार्थीहरुलाई सकस परेको भन्दै २८ पुस सम्मका लागि सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । २९ गते शनिबार भएकाले...

संघीय संसद्काे तयारी तीव्र, प्रदेश सभाको टुंगो छैन

रासस , काठमाडौँ, २३ पुस - नेपाल सरकार र व्यवस्थापिका–संसद सचिवालय तथा प्रदेशसभा संसद सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ । संघीय संसद र प्रदेशसभा संसदबीच कामको प्रकृति मिल्दोजुल्दो भएको हुँदा कर्मचारी व्यवस्थापन यसरी गर्ने भनी सरकारबाट समयमै समन्वय र पत्राचार नहुँदा अहिले यो विषय...

शून्यमा झर्यो काठमाडौंको तापक्रम, जुम्लामा माईनस ८

रासस, - काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको...

भम्केनीलाई ‘धार्मिक पर्यटकीय धाम’ को रुपमा विकसित गर्न महायज्ञ

मोहन विष्ट, कञ्चनपुर - ७ नम्बर प्रदेश कञ्चनपुरको चुरे फेदमा रहेको भम्केनीलाई ‘धार्मिक पर्यटकीय धाम'को रुपमा विकसित गर्नका लागि महायज्ञ आयोजना गरिएको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा माघको तेस्रो सातादेखि भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनीमा महायज्ञ आयोजना गरिएको हो । भम्केनीलाई नेपालकै धामका रुपमा पहिचान गराउने र अष्ठ घातुबाट ७५ फिट...

जाडोले बेहोस हुँदा धामीझाँक्रीको भर, एक बालकसहित तीनको मृत्यु

रासस, - अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी...

पार्टी एकता : विकल्पहीन विकल्प

रवीन्द्र अधिकारी, काठमाडाैँ - जनताबाट अनुमोदित गठबन्धन यतिवेला नेपालमा दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीबीचको पार्टी एकता र सरकार निर्माणको सन्दर्भ राष्ट्रिय राजनीतिको चासो र चर्चामा छ । वाम गठबन्धन बनाएर निर्वाचनमा जान जति सजिलो थियो, पार्टी एकता गरेर अघि बढ्न भने त्यति सजिलो पक्कै छैन । त्यसैले पनि यस प्रक्रियाले केही समय लिनु...

अनौठा माओ

, - चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा कस्तो थियो ?...

गिरिजाको महत्वाकांक्षाले कांग्रेस बर्बाद भयो : प्रसाईं

रमेश सापकोटा, काठमाडाैं - तस्बिर : चन्द्रकला क्षेत्री प्रसाईं परिवार झापा बिर्तामोडका भए पनि विराटनगरका कोइरालाहरूको संगतमा पुग्दै कांग्रेस राजनीतिमा सक्रिय भए । खानदान राजनीतिक नभए पनि कोइरालाहरूको नेतृत्व स्विकार्दै प्रसाईं परिवारले राजनीतिमा सक्रियता देखाए । यही परिवारका ९६ वर्षीय रामबाबु प्रसाईं (सिके प्रसाईंका दाइ) २०४६ देखि २०४८ सम्म झापा कांग्रेसका सभापति, मेची र...