logo

bar

न्युज रूम

जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण निस्कियो, संघीयतको अवलोकन गर्ने !

मानदत्त रावल , जुम्ला - संघीयता अवलोकन तथा अध्ययन गर्नका लागि गुठिचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमणमा निस्किएकाे छ । सरकारी पैसाको दुरुपयोग गर्दै तत्कालिन आवश्यकता विपरित गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमणमा निस्किएको हो । गाउँपालिकाको साढे ११ लाख रुपैयाँ लिएर जम्बो टोली संघीयता अवलोकन तथा...

कर्मचारी अभावले स्थानीय तहमा समस्यै–समस्या

शान्ता कमली , लमजुङ - बेँसीसहर नगरपालिका अहिले निमित्त प्रमूख प्रशासकीय अधिकृत राजेश सिलवालको भरमा चलिरहेको छ । उनी मात्रै होइन नगरपालिकाका लेखापाल नै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका लेखापाल रमेश बस्नेतको सहयोगी बनिरहेका छन् । ११ वटा वडा नगरपालिकामा ५ वटा वडामा सचिव पद रिक्त छ । नागरिकको सेवाप्रवाहमा तल्लो तहमा महत्वपूर्ण प्रभाव...

शरद गौचन र दुर्गा तिवारी हत्याकाण्डका मूख्य अभियुक्त पक्राउ

नयाँ पत्रिका, काठमाडाैँ - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डका मूख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बाराको गढीमाई नगरपालिका–१ पथलैया स्थायी घर भएका ३२ वर्षीय श्यामबहादुर गोम्बी उर्फ बागमारेलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङ चितवनको भरतपुर महानगरपालिका–१३ चम्पानगरमा डोरामा बस्दै आएका थिए । डेरा गरी बस्ने ३२ बर्षीय बागमारे भन्ने श्याम...

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रण बाहिर, ८ हजार हेक्टर वन जलेर खरानी

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) - शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ । २५ मंसिरमा लागेको आगो नियन्त्रण बाहिर गएको निकुञ्जको कार्यालय डोल्पाले जनएको छ । शे–फोक्सुण्डो तालको नजिकै रहेको रानी वनमा भीषण आगलागी भएपछि बन्यजन्तुको वसोवास पनि खरानीमा परिणत भएको छ । तालको छेउमा रहेको रानी वनमा कस्तुरी, मृग, डाँफेलगायतका अन्य बन्यजन्तुहरु तथा चराचुरुङ्गीहरुको...

माओवादी केन्द्रबाट काे-काे बने राष्ट्रिय सभाका उम्मेदवार ?

सन्ताेष भट्टरार्इ, काठमाडाैँ - आसन्न राष्ट्रिय–सभाको निर्वाचनका लागि माअाेवादी केन्द्रले १३ जना उम्मेदवारको अन्तिम नाम टुंगो लगाएको छ । माओवादी शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठबीच बसको बैठकले अन्तिम नाम टुंगो लगाएको हो । माओवादीले प्रदेश नम्बर ३ को खुल्ला सदस्यबाट बादललाई पठाउने सोमबार नै निर्णय गरेको थियो भने बाँकी १३...

गौचन हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

नयाँ पत्रिका , काठमाडौं, ९ माघ - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य अभियुक्त भनिएका सुटर श्याम गुरुङ पक्राउ परेका छन् । गुरुङलाई चितवनबाट केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको श्रोतले जनाएको छ । काठमाडौंको बानेश्वरस्थित खरीबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गएको असोज २३ गते गोली हानी हत्या गरिएको थियो । हत्याका...

तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - बेपत्ता हुनेमा दश हजारभन्दा बढी महिला र तीन हजारभन्दा धेरै बालबालिका - दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । धेरै...

सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - १० वर्षमा आधा घटाउने लक्ष्य, ७ वर्षमै डेढ गुणा वृद्धि - सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै...

कांग्रेसले प्रदेश नम्बर ७ बाट चार उम्मेदवारको नाम टुंगो लगायाे

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ७ बाट चार उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको संसदीय समिति बैठकले उम्मेदवार टुंगो लगाएको छ । प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने...

सिलवालको नाममा ‘रेड कर्नर नोटिस’ प्रति एमालेकाे आपत्ति

नयाँ पत्रिका, काठमाडौं, ९ माघ - सिलवाललाई पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने एमालेकाे चेतावनी - एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै...

एमालेले प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगायाे

शुरोजंग पाण्ड/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले तीनवटा प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता हुँदै छ । एमालेले प्रदेश ५ मा चार, ६ मा पाँच...

उम्मेदवार छान्ने जिम्मा प्रचण्डसहितका तीन नेतालाई

नयाँ पत्रिका, काठमाडौं, ९ माघ - माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवार छनोटको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेतालाई दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्ड र नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिएको हो । संगठन विभागका प्रमुख बादलसहित प्रदेश इन्चार्जहरू बैठकमा सहभागी भए पनि...

जापानको रोजगारी गुम्ने खतरा

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस,...

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

भवानीश्वर गौतम/नयाँ पत्रिका, काठमाडौं, ९ माघ - त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन...

राष्ट्रिय सभामा बादललाई पठाउने माओवादीको निर्णय

सन्तोष भट्टराई, नयाँ पत्रिका - माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले बादलको नाम अनुमोदन गरेको हो । बादल प्रदेश नं. ३ बाट उम्मेदवार बन्नेछन् । एमाले–माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो ।...

नेपालगन्जबाट सुरु भयो ‘अक्सिजन र नाइट्रोजन ग्यास’ उत्पादन

विश्वराज पछल्डङ्ग्या , बाँके - नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त ‘अक्सिजन ग्यास प्लान्ट’ उद्योगले अक्सिजन ग्यासको उत्पादन सुरु गरेको छ । ग्यास प्लान्टबाट ४७ लिटर क्षमताको १ हजार सिलिण्डर अक्सिजन ग्यास दैनिक उत्पादन हुनेछ । भने, दैनिक १ हजार २ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन गर्ने क्षमता रहेको रहेको ग्यास कम्पनीको दाबी छ । यस्तै,...

३२ जिल्लाका कांग्रेस सभापतिकाे निष्कर्ष : पार्टीलाई सुद्धिकरण र सुदृढिकरण गर्नुपर्छ

केदार लाफा , खोटाङ - कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीलाई सुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको छ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सोमबार बसेको जिल्ला सभापतिहरुको भेलाले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर गर्दै पार्टीलाई तत्काल सुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचनको समिक्षा, भावी...

सल्यानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३० घाइते

पुरुषोत्तम गिरी, सल्यान, ८ माघ - सल्यानमा सोमबार दिउँसो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । रुकुमबाट दाङका लागि छुटेको कालिकामालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यलय लुहामका...

२ सय चेलीबेटी बेचबिखनका आरोपित सुनबहादुर ५ लाख धरौटीमा रिहा, रिहापछि पुनः पक्राउ

निराजन पौडेल, काठमाडौं, ८ माघ - चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । भारतको बम्बईमा आफ्नै कोठी सञ्चालन गरेर दुई सय नेपाली महिला बेचबिखन गरेको अभियोग तामाङमाथि लागेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको...

विवादित जमिनबारे भारतीय राजदूतलाई परराष्ट्र सचिवले के भने ?

पर्शुराम काफ्ले, काठमाडौं, ८ माघ - परराष्ट्र सचिव शंकरदास बैरागीले आइतबार भारतीय राजदूत मञ्जिब सिंह पुरीलाई नेपाल भारत सीमा व्यवस्थापन 'फिक्स्ड बाउन्डरी प्रिन्सिपल' अन्तर्गत रहेको र अर्को व्यवस्था नभएसम्म पर्साको जमिन यथास्थितिमा राख्नुपर्ने बताएका छन् । सचिव बैरागी र भारतीय राजदूत पुरीबीच आइतबार अपरान्ह टेलिफोनमा सम्वाद भएको थियो । नेपाल ब्राजिल द्धिपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन...

श्रीपञ्चमीमा देखिएको अक्षर मोह [फोटोफिचर]

नयाँ पत्रिका, काठमाडौं, ८ माघ - आज श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीका दिन उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । आजकै दिन...

‘जनप्रतिनिधिको पहिलो उपहार, जेष्ठ नागरिकलाई ओछ्यानमै उपचार’

मनिष खड्का, रुकुम(पश्चिम) ८, माघ - रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिकामा ‘जनप्रतिनिधिको पहिलो उपहार, जेष्ठ नागरिकहरुलाई ओछ्यानमै उपचार’ नामक पाँच वर्षे कार्यक्रमको सुरुवात भएको छ । आठविसकोट नगरपालिका १०बाट यस कार्यक्रमको सुरुवात भएको हो । उपप्रमुख गीता नेपालीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । यस कार्यक्रम अन्तरगत प्रत्येक महिनामा एक पटक घरमै गएर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण,...

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

रासस, नुवाकाेट, ८ माघ - पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५ नं. को मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

रासस, काठमाडाैँ, ८ माघ - प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ...

हुलाकी राजमार्ग निर्माण तीन महिनादेखि ठप्प

मोहन विष्ट/नयाँ पत्रिका, कञ्चनपुर, ८ माघ - पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्गको कञ्चनपुर खण्ड निर्माण तीन महिनादेखि रोकिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडक खण्ड निर्माणमा निकुञ्जले अवरोध गरेपछि कञ्चनपुरको दैजीदेखि बेल्डाँडी–बेलौरी–डोकेबजार खण्डको काम रोकिएको हो । हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनियर वीरबहादुर ओलीले दैजीदेखि बेल्डाँडीसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले काम गर्न नदिएपछि सडक निर्माणको काम रोकिएको बताए ।...

विदेश नीति र रक्षा नीति बुझ्दै प्रधानमन्त्री

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, ८ माघ - प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक कार्यकालको आखिरीमा रक्षा र परराष्ट्र मामिलासँग सम्बन्धित दुई प्रतिवेदन बुझ्दै छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘टास्क फोर्स फर फेरन पोलिसी रिभ्यु अफ नेपाल’ तथा रक्षामन्त्रीको तहबाट गठित प्रतिरक्षा नीतिको अन्तिम मस्यौदा तयार भएको छ । ‘प्रतिरक्षा नीतिसँग सम्बन्धित प्रतिवेदन तयार छ, मेरो तहमा अध्ययन भइसकेको...

‘विचाराधीन मुद्दाको पहिल्यै समाचार दिँदा न्यायालयमाथि आँच पुग्यो’

नयाँ पत्रिका , काठमाडौं, ८ माघ - प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाहरूलाई प्रभावित पार्ने गरी समाचार प्रकाशन–प्रसारण गर्दा न्यायालयको गरिमामाथि आँच आउने गरेको बताएका छन् । नेपाल प्रेस काउन्सिलको अनलाइन उजुरी प्रणाली सञ्चालन कार्यक्रममा आइतबार उनले अदालतमा हरेक मुद्दामा एउटाले जित्ने र हार्ने हुने भए पनि मिडियाले हार्नेको पक्ष लिएर उचाल्ने गरेको गुनासो गरे...

मानवअधिकार आयोगद्वारा फर्जी बिमा दाबी

नयाँ पत्रिका , काठमाडौं, ८ माघ - मानवअधिकार आयोगले बिमा कम्पनीलाई सवारी दुर्घटनाको फर्जी बिमा दाबी गरेको छ । ०७२ मंसिर १७ गते सर्लाहीको तत्कालीन नत्रगन्ज गाविस ५ को मलंगवा कच्ची सडकमा मधेसी मोर्चा आन्दोलनकर्ताले गाडीमा आगो लगाई पूर्ण रूपमा क्षति पुर्‍याएको र त्यसको क्षतिपूर्ति पाउन आयोगले हिमालयन जनरल इन्स्योरेन्समा बिमा दाबी गरेको थियो । तर, सो...

गठबन्धन सरकारको कार्यक्रम बनाउन गौतमको नेतृत्वमा कार्यदल

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, ८ माघ - पार्टी एकता संयोजन समिति बैठक एमाले र माओवादी केन्द्र एकताका लागि गठित पार्टी एकता संयोजन समितिले अब बन्ने वाम गठबन्धन सरकारको कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट भीमबहादुर रावल र डा. विजय...

प्रदेश सभाका सांसदको ऐतिहासिक शपथ

नयाँ पत्रिका , काठमाडौं, ८ माघ - हतारमा आयोजित कार्यक्रम भेट्टाउन प्रदेश प्रमुखलाई नै सास्ती, हेलिकोप्टर चढेरै जाँदा पनि समयमै कार्यक्रम हुन सकेन प्रदेश १ एक घन्टा अलपत्र परे सांसद प्रदेश १ का सांसदलाई आइतबार बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो । सांसद र अन्य आगन्तुक समयमा नै पुगे । सभाहलबाहिर ठूलै भिड जम्मा भइसकेको...

यस्ताे छ, बालकाेट बैठककाे तीन बुँदे निर्णय

नयाँ पत्रिका, काठमाडाैँ - एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो । पार्टी एकता र नयाँ सरकार गठनलगायतका विवादित विषयलार्इ सुल्झ्याउनका लागि बैठक बसेको थियो । आजको बैठकले पनि ति विवादित विषयलार्इ किनारा लगाउन सकेन ।...

अाेली निवासमा एमाले-माअाेवादीकाे बैठक सुरू

नयाँ पत्रिका, काठमाडाैँ - एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा सुरु भएको छ । बैठकले पार्टी एकताको मोडालिटी र सरकार गठनबारे धारणा तय गर्ने बुझिएको छ । बैठकमा एकता संयोजन समिति र कार्यदलका नेताहरु रहेका छन् ।