logo

bar

मेरो नाम लिँदा सपनाजस्तो लाग्यो : मनिता, मिस नेपाल युनिभर्स

नुनुता राई, काठमाडाैँ - मिस नेपालमा भाग लिन के कुराले प्रेरित ग-यो ? म साधारण परिवारकी छोरी हुँ । पढाइका लागि विदेश गएकी थिएँ । मैले त्यति धेरै मिस नेपालको विषयमा बुझेकी पनि थिइनँ । चार वर्षअघि एकजनाले मिस नेपालमा भाग लेऊ भन्नुभएको थियो । तर, मेरो पढाइ चलिरहेकाले भाग लिइनँ । त्यसवेला म विदेशमा भएकीले सम्भव पनि थिएन ।...

सुन्दरी संवाद : आफ्नो लगनले सफल भएँ : प्रिया सिग्देल, मिस नेपाल अर्थ

नयाँ पत्रिका, काठमाडाैं - मिस नेपालमा भाग लिनुको खास कारण ? मिस नेपालमा भाग लिने इच्छा दुई वर्षअघिदेखिको हो । तर, त्यसवेला पढाइका कारण सम्भव भएन । म सामाजिक काम पनि गरिरहेकी छु । मेरो आफ्नै ‘हात्ती—हात्ती’ नामक सामाजिक संस्था छ । जसले किशोरी महिनावारी स्वास्थ्यको विषयमा काम गर्छ । यस विषयमा धेरै किशोरी अनभिज्ञ छन् । यसलाई प्रभावकारी बनाउन...

सुन्दरी संवाद : पहिचानका लागि मिस नेपालमा भाग लिएँ : राेनाली अमात्य,  मिस नेपाल र्इन्टरनेसल

नयाँ पत्रिका, काठमाडौं, ८ वैशाख - कहिलेदेखि मिस नेपालमा भाग लिन्छु भन्ने लाग्यो ? बच्चैदेखि मिस नेपालमा भाग लिन्छु भन्ने थियो । तर, केका लागि भाग लिने भन्नेचाहिँ ब्याचलर पढ्न बेंग्लोर जाँदा थाहा पाएँ । त्यहाँ समग्रमा सम्बोधन गरिँदा इन्डियन भनेर गरिन्थ्यो, तर म इन्डियन नभएर नेपाली हुँ भन्थेँ । विभिन्न कार्यक्रममा मैले नेपालको प्रतिनिधित्व गरेकी थिएँ । त्यसवेला आफ्नो...

सुन्दरी संवाद : मेरो पहिचानलाई गौण बनाइयो

नुनुता राई, काठमाडौं, ८ वैशाख - मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ? सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल...

शताब्दीपुरुषको फिटनेस…

नयाँ पत्रिका , काठमाडौं, ८ वैशाख - सत्यमोहन जोशी आफैँमा परिचित नाम हो । उनलाई विभिन्न उपनामले विभूषित गरिएको छ । संस्कृतिविद् जोशीलाई नेपाल सरकारले वाङ्मय पुरुष नामको चिनारी दिएको छ । संस्कृति, साहित्य, लोकसाहित्य, संगीत, कला, पुरातत्वमा ज्ञान भएकाले उनलाई नेपाल सरकारले वाङ्मय पुरुष भनेर चिनारी दिएको हो । जोशी पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुन् । तीनपटक मदन पुरस्कारबाट...

‘युवालाई स्वरोजगार र उद्यमशील बनाउँछौं’

प्रेम गौतम, काठमाडाैं - राज्यको प्रमुख शक्तिको रूपमा रहेका युवाको चौतर्फी विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यसहित हामी अगाडि बढ्नेछौँ । युवाको आवश्यकता पहिचान गरी उनीहरूमा विभिन्न किसिमका सीप तथा क्षमता विकास गर्दै स्वरोजगार र उद्यमशील बनाउनुपर्ने आवश्यकता छ । वैदेशिक रोजगारीका नाममा बिदेसिइरहेका लाखौँ युवालाई देशमा नै रोजगारीको अवसर सिर्जना गरी गरिबी...

११ वर्षकै उमेरदेखि राजनीतिमा लागेकी बिना

नयाँ पत्रिका, काठमाडाैं - खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि खानेपानीमन्त्री बिना मगरले दसैँअघि मेलम्चीको पानी उपत्यकावासीले उपभोग गर्न पाउने घोषणा गरेकी छिन् । योसँगै उनको घोषणालाई लोकप्रियताका लागि गरिएको भाषण भनेर खण्डन भएको छ । तर, उनी यसलाई स्वाभाविक मान्छिन् । भन्छिन्, ‘अघिका नेताहरूले काम गर्छु भनेर नगरेका उदाहरणले गर्दा मैले बोलेको कुरा जनताले शंका...

पाइडल खियाएरै काठमाडौंमा घर

नयाँ पत्रिका, काठमाडौँ - तस्बिर : चन्द्रकला क्षेत्री भनिन्छ, ‘एउटै काममा निरन्तर लागिरह्यो भने एक दिन अवश्य सफल भइन्छ ।’ यो भनाइलाई चरितार्थ गरेका छन्, राजधानीको ठमेल क्षेत्रका रिक्साचालक लालबहादुर तामाङले । उनले रिक्साकै कमाइले काठमाडौंमा घर बनाए । छोराछोरी पढाए । छोरालाई स्टुडेन्ट भिसामा अस्ट्रेलिया पठाए । २२–२३ वर्षको उमेरदेखि रिक्सा चलाउन थालेका...

बच्चा जन्माउन आमाको पेटमा कैँची

सरला कट्टेल, काठमाडौँ - दुई दशकयता विश्वभर सिजरियन सेक्सन (अप्रेसन गरेर बच्चा जन्माउने) क्रम ह्वात्तै बढेको छ । जसको प्रभाव नेपालमा समेत परेको छ । सहरी क्षेत्रमा मात्रै नभएर अस्पतालको पहुँच भएका ग्रामीण क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ । गर्भवतीको आवश्यकता, अस्पतालको दबाब, डाक्टरहरूको सुविधा वा तन्नेरीहरूको चाहना जुनसुकै कारण भए पनि अस्पतालमा...

गज्जब! ब्लाे अपमा प्रदीप र जसिता

विनोद विष्ट, काठमाडाैं - स्केपबाट नेपाली चलचित्रमा डेब्यु गरेका प्रदीप खड्काले ‘प्रेमगीत’ चलचित्रको सफलतासँगै स्टारडमको छवि बनाए । ‘प्रेम गीत २’मा उनको अभिनयलाई धेरैले मन पराए । चलचित्रको सफलतासँगै उनी नयाँ पुस्तामाझ चर्चित पनि बने । पोखरामा बाल्यकाल बिताएकी र अहिले बेलायतमा बसोवास गर्ने जसिता गुरुङ डान्सर हुन् । युके डान्स अफ २०१७ मा...

आदर्शवान् पत्रकारको कथा

राजव, आख्यानकार, काठमाडौं, २८ चैत - मलाई वर्षाैँदेखि आदर्श मान्छेबारे उपन्यास लेखौँ भन्ने लागेको थियो । समाजमा आदर्श मान्छे केही छन्। मैले भेटेका सामान्य मान्छेमा पनि त्यो झल्को पाउथेँ । तिनै मान्छेको प्रभावले सोटिट उपन्यासको विषयवस्तु क्लिक भएको हो । यस्ता अदर्श मान्छेलाई राज्यले महत्व दिइरहेको हुँदैन । तर, साहित्यमा यस्तै मान्छेको महत्व हुन्छ । सोटिट...

‘कोरा विवरण र टिपोट नियात्रा होइन’

नयाँ पत्रिका , काठमाडौं, २८ चैत - कृष्ण बजगार्इं लामो समयदेखि बेलायत छन् । उनका निबन्ध, कथा, लघुकथा, हाइकुलगायतका संग्रह गरी आठवटा पुस्तक प्रकाशन भइसकेका छन् । उनको पछिल्लो निबन्धसंग्रह ‘भाया साक्रा’ सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । उनी समकालीन साहित्यडटकमका प्रकाशक तथा सम्पादक पनि हुन् । उनीसँग भाया साक्रा र नियात्रा लेखनबारे गज्जबका प्रकाश गुरागाईंले गरेको संवाद : नियात्रा किन...

शंकर बिसीलार्इ रगतले लेखेकाे “जस्मिन”काे चिठी

नयाँ पत्रिका, काठमाडाैं - शंकर बिसी सफल मोडल एवं नृत्य–निर्देशक हुन् । ०५१ मा ‘चमेलीको तेल’को म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेका उनले २२ सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै, उनले पाँच हजारभन्दा धेरै गीति भिडियोमा नृत्य–निर्देशन गरेका छन् । ९० भन्दा धेरै चलचित्रमा कोरियोग्राफी गरेका छन् । यस क्षेत्रमा दुई दशकभन्दा धेरै समय बिताइसकेका उनका...

मान्छे बन्ने प्रयास गरेको प्राणी हुँ : सुरवीर पण्डित

नयाँ पत्रिका, काठमाडाैं - मानिस एउटा चेतनशील प्राणी हो । त्यसैले हामीमा धेरै कुराको ज्ञान हुनु जरुरी छ । कतिपय मानिस मैले सबै कुरा जानिसकेँ, मजस्तो जान्ने कोही छैन भनेर फुइँ लगाउँछन् । तर, मचाहिँ आफूलाई त्यस्तो ठान्दिनँ । म अझै पनि जीवन जिउन  सिकिरहेको छु । मेरो आकारप्रकार मान्छेको भए पनि धेरै कुरा...

गज्जब! ब्लाे अपमा अभिनेत्री उरुषा पाण्डे

विनोद विष्ट, नयाँ पत्रिका, काठमाडाैँ - छोटो समयमा मोडलको परिचय बनाएकी उरुषा पाण्डेले एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । ‘फिर्के’ चलचित्रमा सानो भूमिका निभाएकी उनले आधा दर्जन छोटा चलचित्र र हास्य टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् । उरुषाले बलिउड गीतमा पनि मोडलिङ गरेकी छिन् । हाल आफ्नै प्रोडक्सन हाउस खोलेकी उनले केही गीतमा कोरियोग्राफी...

एसएलसीमा दुईपटक फेल भएँ : दीपकराज गिरी

नयाँ पत्रिका, काठमाडाैँ, २६ चैत - ८ वर्षको उमेरमा विद्यालय भर्ना भएँ मैले क,ख,ग... घरबाट नै सिकेँ । मेरो बुवा शिक्षित हुनुहुन्थ्यो । जसले गर्दा उहाँले घरमै मलाई ‘क’देखि ‘ज्ञ’सम्म पढाउनुभयो । त्यसवेला अहिलेको जस्तो नर्सरी, एलकेजी हुँदैनथ्यो । आधा कक्षा र एक कक्षा भन्ने हुन्थ्यो । तर, मचाहिँ ८ वर्षको उमेरमा दहचोकको श्रीकृष्ण माविमा कक्षा...

‘फुड हेबिट कन्ट्रोल’ले फिट छु : गौरी मल्ल

नुनुता राई/नयाँ पत्रिका, काठमाडाैँ, २६ चैत - वर्षको ६ महिना वाक गर्छु म वर्षको ६ महिना मर्निङवाकमा निस्कने गर्छु । गर्मी समयमा बिहान मर्निङवाकमा निस्कने गरेकी छु । जाडो मौसममा निस्कँदा छातीमा समस्या हुने भएपछि छोडेकी हुँ । गर्मी समयमा आधा घन्टाभन्दा बढी हिँड्ने गरेकी छु । केही दिनपछि मर्निङवाकमा निस्कने योजना बनाउँदै छु । प्राणायाम गर्छु...

‘टाढा भए पनि माया गाढा छ’

नयाँ पत्रिका, काठमाडाैँ, २६ चैत - इलाम चुलाचुलीको हुँ । इलाममा हुँदा गीत गाउँथेँ, नाटक पनि खेल्थेँ । स्कुल पढ्दादेखि नै गीत गाउन, नाटक खेल्न थालेको हुँ । ०६५ मा गाउँमा नै एउटा कार्यक्रममा मैले गीत गाएको थिएँ । त्यहीवेला सरिताले मलाई देखेको भन्छिन् । सरिता र मेरो एउटै गाउँ हो । मैलेचाहिँ अलि पछिदेखि देखेको हो । नाटक रिहर्सल गर्दा उनी हेर्न...

श्रीमानकाे सरप्राइजले हिट भएकी कविता

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - बहुप्रतिभाकी धनी चर्चित गायिका एवं कलाकार कविता आले इलाममा जन्मेकी हुन् । सानै छँदा परिवार मोरङ झरेपछि उनी त्यहीँ हुर्किन् । सानैदेखि मीठो गीत गाउने कविता विद्यालयस्तरीय कार्यक्रममा गीत गाउन लाउँदा लाजले रुने गरेको स्मरण गर्छिन् । १५ वर्षकी हुँदा उनको विवाह जेबी आलेसँग भयो । विवाहपछि उनी सरकारी जागिरे...

भूकम्पपीडित बालबालिकामा मिर्गौला संक्रमण

सरला कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - भूकम्पपछि बालबालिकामा स्वाथ्य समस्या बढिरहेको छ । भूकम्पप्रभावित जिल्लाका बालबालिकामा मिर्गौलामा संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । २०७२ वैशाखको भूकम्पपछि बेलायतबाट प्रकाशित हुने बायोमेडिकल जर्नलले कान्ति बालअस्पतालमा आएका बिरामीमा कस्तो असर पर्छ भनेर अनुसन्धान गरेको थियो । सो अनुसन्धानको क्रममा मुख्य दुईवटा कुरा भेटिएका छन् । अनुसन्धानमा संलग्न चिकित्सक विष्णुरथ गिरीका अनुसार भूकम्पपछि...

महिलामा प्रतिस्पर्धी क्षमता हुनु जरुरी छ : रेखा थापा, अभिनेत्री

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्पर्धात्मक सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरजस्ता क्षेत्रमा आममहिला दिदीबहिनी आज पनि संघर्ष गरिरहेका छन् । गरिबी, सामाजिक पृष्ठभूमि, राजनीतिक पहुँच र प्रभावका हिसाबले महिलाका चुनौती झनै जटिल बनेका छन् । बाहिर सतहमा...

काले केटा मनपर्छ : एलिसा राई

नुनुता राई/नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - अहिले म आफ्नो पढाइ र काममा नै व्यस्त छु । आजसम्म विवाहबारे केही योजना बनाएकी छैन । यति वर्षमा विवाह गर्छु भनेर पनि सोचेको छैन । विवाह गर्न यस्तो केटा हुनुपर्छ भन्ने कल्पना गरिसकेकी छैन । त्यसमाथि म विवाह गर्नैपर्छ भन्ने मान्यता पनि राख्दिनँ । आफूलाई मन मिल्ने साथी पाएन भने नहुन पनि सक्छ । तर,...

शंकैशंकामा श्रीमतीको हत्या

टेकराज थामी/नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - २३ वर्षीया मृतक नमुना लामा र २१ वर्षीय अभियुक्त प्रकाश तामाङ नुवाकोट बेलकोकटगढी–७ का हुन् । ६ वर्षअघि दुईबीच प्रेम बस्यो । छुट्टिनै नसक्ने भएपछि विवाह गर्ने सहमति भयो । दुवैले घरमा विवाहको कुरा राखे । केटाकेटी नै भएकाले परिवारबाट अवरोध हुने संकेत देखियो । केही दिन खटपट पनि चल्यो...

रामहरि खतिवडाको नजरमा युवा नेताका राम्रा र नराम्रा पक्ष

कृष्ण अाचार्य/नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - कांग्रेस नेता रामहरि खतिवडा प्रखर युवा नेताका रूपमा चिनिन्छन् । दोस्रो संविधानसभामा विजयी भएर संसद् छिरेपछि उनी चर्चामा रहे । तत्काल प्रतिक्रिया जनाइहाल्ने नेताका रूपमा पनि चिनिन्छन् । पार्टीभित्र होस् वा बाहिर खतिवडा चित्त नबुझेको कुरामा खरो रूपमा प्रस्तुत हुने गर्छन् । प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भए । तर पनि, खतिवडाको राजनीतिक सक्रियता भने कम भएको...

नारायणमान बिजुक्छेको नजरमा पाका नेता को कस्ता ?

कृष्ण आचार्य/नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - नेपाली राजनीति लामो समय अस्थिरताबाट गुज्रियो । त्यसको दोष नेतामाथि थोपारिने गरिन्छ । नयाँ संविधान जारी भएपछि प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । जनताले विकास र समृद्धिको सपना देखेका छन् । त्यसका लागि नेताहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ । यस्तो वातावरण बनाउन राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगटेका...

११ खेलाडी जसले डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरे

निर्वान झापाली, काठमाडौँ - इजिप्टका मोहम्मद सलाह अहिले फुटबलका पर्याय बनिसकेका छन् । जहाँजहाँ फुटबलको चर्चा हुन्छ त्यहाँ कुनै न कुनै हिसाबमा सलाह जोेडिएकै हुन्छन् । लिभरपुलले चालू सिजनको समर ट्रान्सफरमा जति अपेक्षाका साथ उनलाई भित्र्याएको थियो । उनको प्रदर्शन त्योभन्दा कैयौँ गुणा बढी रहेको छ । लिभरपुलका लागि डेब्यु सिजनमा सबैभन्दा बढी गोल...

सुनकेशरीले ट्रेन्डलाई ब्रेक गर्छ : अभिनेत्री ऋचा शर्मा

शिवराज योगी, काठमाडौँ - फिल्मी दुनियाँमा ‘गुमनाम’ भएको लख काटिँदै गर्दा ऋचा शर्मा निर्मात्रीका रूपमा उभिइन्, केही समयअघि ‘आधा लभ’मार्फत । आफैँले अभिनय गरेको ‘लुट–२’को प्रचारप्रसारमा उपस्थित नभएपछि उनीबारे अनेक अड्कलबाजी भएका थिए । यतिवेला भने ऋचा चर्चामा छिन्, फिल्मी इन्डस्ट्रीमा । त्यो चर्चा उनले निर्माण गरेको दोस्रो फिल्म ‘सुनकेशरी’ले दिलाएको हो । भूतप्रेतको कथावस्तुमा बनाइएको सुनकेशरीबारे ऋचा...

प्रमोद खरेलको प्रश्न, पारस खड्काको उत्तर

नयाँ पत्रिका, काठमाडाैँ, १८ चैत - प्रमोद : बुद्धनगरको धुलेमैदानमा खेल्ने पारस आज एकदिवसीय देशको सफल कप्तान र विश्वकै ध्यान खिच्ने खेलाडी भयो । यो यात्रा कस्तो लाग्दै छ ? पारस : पहिलो कुरा त म सानो हुँदा बुद्धनगर सफा थियो । अहिलेचाहिँ चारैतिर धुवाँ–धुलो फैलिएको छ । म त्यहाँबाट यहाँसम्म आइपुग्दा खुसी लागेको छ । नेपालका लागि खेल्छु भनेर...

कलेज पढ्दा प्रेमपत्र धेरै आए: रवीन्द्र अधिकारी

महेश तिमल्सिना, काठमाडाैँ, १८ चैत - एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ मैले कास्कीमा रहेको ब्रह्मज्योति प्राथमिक विद्यालयबाट विद्यार्थीजीवनको सुरुवात गरेँ । कक्षा ३ सम्मको शिक्षा त्यहीँबाट हासिल गरेपछि शान्ति उदय माविमा गएर कक्षा ४ मा भर्ना भएँ । त्यहीँबाट ०४१ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसवेला थोरै विद्यार्थी हुन्थे । त्यसैले एसएलसी उत्तीर्ण हुने...

बन्धक, बलात्कार, गर्भनिरोधक चक्की र निर्दोष बालिका

टेकराज थामी, काठमाडाैं - कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि...

अल्लो उद्योग सञ्चालनमा रमाएकी प्रेमकुमारी पुन

नुनुता रार्इ/नयाँ पत्रिका, काठमाडाैँ, १७ चैत - प्रेमकुमारी कुमारी पुन पूर्वशिक्षिका हुन् । माओवादी पक्ष र तत्कालीन सरकारको द्वन्द्वको सिकार बनेकी पुनले ६० सालमा २१ वर्षको शिक्षण पेसा छोडेर रोल्पाबाट विस्थापित भई दाङ झरेकी थिइन् । दाङ झरेपछि बेरोजगार भएकी प्रेम कुमारीले सिलाइकटाइ सिक्न थालेको स्मरण गरिन् । भनिन्, ‘सिलाइकटाइ सिक्न जाँदा अपांग व्यक्तिले घुँडाले टेकेर सिकाइरहेको...

केकी अधिकारीको प्रश्न, पारस खड्काको उत्तर

नयाँ पत्रिका, काठमाडाैँ, १७ चैत - केकी : विश्वकप छनोट खेलमा नेपालले लगातार तीन खेलमा हारको सामना गरेपछि खेलाडीको मनस्थिति कस्तो पाउनुभयो ? पारस : हामी जुन लेभलमा थियौँ, त्यति सजिलो थिएन । खेलको तयारीका कुरामा पनि त्यति राम्रो भएन । केही न केही राम्रो होला भन्ने लागेको थियो । हामीले जुन–जुन टिमसँग खेलेका थियाेँ, ती टिममध्ये बल्लतल्ल एउटा...