logo

bar

जिल्ला

एनसेलको टावरलाई लक्षित गरी वम बिस्फोट

दिपेन्द्र अधिकारी , चितवन, १ फागुन - चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी गएराती कुकर वम विष्फोट भएको छ । राति करिव १२ वजेको समयमा अज्ञात समूहले टावरमा प्रेसर कुकर वम बिस्फोट गर्दा टावरको उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार राती...

२५० केजी रक्तचन्दनसहित चार पक्राउ

नयाँ पत्रिका, काठमाडौं, १६ माघ - प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक धुस्कुन–७ का ३७ वर्षीय जनकबहादुर कार्की, काठमाडोैं बाँसवारीका ६७ वर्षीय कुमार गुरुङ, रुपन्देही सिद्धार्थनगर–८ का ३७ वर्षीय जनक पन्थी र मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय डिल्लीराम लिम्बू छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनीहरूलाई आइतबार सरस्वतीनगरबाट पक्राउ गरेको...

‘देउताको डर’ ले कहाली लाग्दो दिन काट्छन् हुम्लाका महिला

नरजन तामाङ, हुम्ला, ११ माघ  - हिउँदको माईनस् १० डिग्रीको जाडो, खुल्ला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ४ देखि ६ दिन सम्मको बसाई, हुम्लाका महिलाले महिनावारी भएको बेला जिउनु पर्ने एक कहाली लाग्दो वास्तविकता हो । जब महिनावारीको समय आउँछ, उनीहरुलाई मनोडर त्यही र कहाली लाग्दो गोठको वातावरणले सताउँछ । सुत्केरी हुने बेलामा प्रशस्त...

लमजुङमा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ, ४ माघ - भूकम्प गएको ३२ महिना भइसक्दासमेत लमजुङमा पुनर्निर्माणले भने गति लिन सकेको छैन । भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको सरोकारवालाले बताएका छन् । मंगलबार २०औँ राष्ट्रिय भूकम्प तथा सुरक्षा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांशले पुनर्निर्माणले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गाउँमा...

जनकपुर अस्थायी मुकामप्रति वीरगन्जमा असन्तुष्टि

सुरेश बिडारी/नयाँ पत्रिका, वीरगन्ज, ४ माघ - सरकारले जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी मुकाम तोकेपछि वीरगन्जमा आन्दोलन सुरु भएको छ । मधेस आन्दोलनको केन्द्रको रूपमा रहेको वीरगन्जवासी प्रादेशिक राजधानीको विषयलाई लिएर फेरि आन्दोलित भएका हुन् । वीरगन्जलाई प्रदेश २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर १३ दिनदेखि रिले अनशन गर्दै आएको संघर्ष समितिले सरकारी निर्णयको विरोधमा...

वडा अध्यक्ष र सदस्यले नै बालुवा उत्खन्न गरेको खुलासा

राजकुमार गोले/नयाँ पत्रिका , काभ्रे, २ माघ - ० एक सय २२ घरधुरी रहेको बस्ती जोगाउन सिडिओलाई ज्ञापनपत्र साविक गाविस सापिङ–२ का १ सय २२ घरधुरीका माझी सामुदायले बस्ती जोखिममा परेको भन्दै मंगलवार जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापन पत्र बुझाएका छन् । बिष्णुबहादुर लामा, , रेशम बहादुर माझी र सम्झाना माझीको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद...

नर्स आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रभावित

दिपेन्द्र अधिकारी/नयाँ पत्रिका , चितवन, २ माघ - चितवनका नर्सहरु विभिन्न माग राखेर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र र अध्ययन क्षेत्र पनि प्रभावित बनेको छ । विभिन्न स्वास्थ्य संस्थामा सेवारत नर्सहरु, पढाउने नर्सहरु र पढ्ने नर्सहरु समेत सडकमा उत्रदा स्वास्थ्य सेवा प्रभावित बनेको हो । नर्सहरुले सरकारलाई दवाव दिनका लागि माघ ७ गतेबाट सवै सेवा छाडि २४ घण्टे धर्ना...

डडेल्धुराको पोषण पुनर्स्थापना गृहबाट आमा र शिशु लाभान्वित

करन ताम्राकार/नयाँ पत्रिका , डडेल्धुरा, २ माघ - यो दृष्य हो डडेल्धुराको पोषण पुर्नस्थापना गृहको हो । त्यँहा वच्चाहरु खेल्दै रमाउदै खाने गर्छन् । आमाहरु आफना वच्चाहरुले खादै खेल्दै गरेकोमा दंग पर्छन् । तिनै मध्य एक हुन् बैतडी दुगडाकी कलावती सार्की । छोराको साथमा अहिले उनि पोषण पुर्नस्थापना गृहमा वसेकी छन् । साकीलाई यहाँ बसेको दश बर्ष भयो...

सम्झौता भएको ४ वर्षमा स्वास्थ्य चौकी बनेन

नरजन तामाङ/नयाँ पत्रिका , हुम्ला, २ माघ - तिन वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको सर्केगाँड गाँऊपालिका वडा नं. ७ रोडिकोटको स्वास्थ्य चौकी हल सम्म पनि निर्माण हुन सकेका छैन । चार बर्षमा भवनको ४ कुना मात्र सम्पन्न भएको छ । २०७३ जेठ १५ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनि ठेकेदारका लापर्वाहिका कारण उपचारमा आउने...

रोजगारीसहितको एमबिए

नयाँ पत्रिका, काठमाडौं, २ माघ - इस्लिङ्टन कलेजले व्यवस्थापन शिक्षामा स्नातकोत्तर तहको एमबिए कार्यक्रम सुरु गरेको छ । सूचना प्रविधि र व्यवस्थापन शिक्षाको क्षेत्रमा अब्बल रहेको यस कलेजले सुरु गरेको एमबिए अरू संस्थाले सञ्चालन गरेकोभन्दा फरक रहेको छ । त्यो के भने, हामीले रोजगारीसहितको एमबिए सुरु गरेका छौँ । [caption id="attachment_15609" align="alignnone" width="1700"] सुलभ बुढाथोकी सिइओ,...

बजेट अभावको मारमा कपिलवस्तुका ६ सडक

डिलाराम भुसाल/नयाँ पत्रिका , कपिलवस्तु, २ माघ - पर्यटकीय महत्वका कपिलवस्तुका निर्माणाधीन ६ वटा सडक बजेट अभावका कारण अलपत्र परेका छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बजेट अभावका कारण अलपत्र परेको हो । वाणगंगा–७ का कृष्णप्रसाद खनालका अनुसार अर्थ मन्त्रालयले सडक निर्माणमा थप बजेट नदिएको भन्दै निर्माण कम्पनी काम बीचमै रोकेर हिँडेको छ...

प्रदेश नम्बर १ : आफ्नै ठाउँलाई प्रदेश राजधानी कायम गर्न स्थानीयको माग

उत्तम पोखरेल/नयाँ पत्रिका, बेलबारी, ४ पुस - प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनुपर्ने माग गर्दै प्रदेश नम्बर १ अन्तर्गतका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको छ । प्रदेश नम्बर १ का धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । मोरङमा प्रदेश राजधानी बनाउने विषयमा प्रदेश र प्रतिनिधिसभाका सांसदबीच नै विवाद सुरु...

चिसोको कारण तोकेको समयमा मतदान हुन सकेन

मानदत्त रावल , जुम्ला, १० मंसिर - संघ र प्रदेश सभाको निर्वाचन ब्हिान ७ बजेबाटै सुरु हुने भने पनि हिमाली जिल्ला जुम्लामा चिसो कारण करिव ८ बजेबाट मतदान गर्ने कार्य सुरु भएको निर्वाचन क्षेत्र नम्बर २ का मतदाता तथा पर्यवेक्षक दिपेन्द्र उपाध्यायले बताए । उनले भने मतदानका लागि सवै कर्मचारीहरुले तयारी गरेका थिए तर राजनीतिक दलका एजेन्ट...

राजपा नेता मण्डल र भण्डारीको घर नजिकै बम विस्फोट

रंजन भण्डारी , महोत्तरी, १० मंसिर - राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य तथा महोत्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शरत सिंह भण्डारीको घर नजिकै बम विस्फोट भएको छ । गएराती १ बजेर दश मिनेटमा सो विस्फोट भएको हो । नेता भण्डारीले राती गाउँ आउने योजना नरहेको र जनकपुरतिर नै जान लाग्दा जनकपुरमा बम...

प्रचार सामग्री राख्ने र हटाउने प्रतिस्पर्धा

सुरेश बिडारी, वीरगन्ज, १० मंसिर - दलहरूले आचारसंहिताविपरीत प्रचार गरेपछि निर्वाचन कार्यालय पनि हैरान भएको छ । सडक र मुख्य चोकमा तुल, ब्यानर र झन्डा राख्ने प्रतिस्पर्धा नै छ । निर्वाचन कार्यालय र दलबीच प्रचार सामग्री राख्ने तथा हटाउने प्रतिस्पर्धा नै चलेको छ । प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचन ०७४ बारे सञ्चारकर्मीलाई प्रशिक्षण दिन शनिबार...

पौडेलको जिल्लामा ओलीको प्रचार

उपेन्द्र खनाल, तनहुँ, १० मंसिर - हेलिकोप्टरबाट तनहुँ उत्रिनेबित्तिकै पत्रकारले एमाले अध्यक्ष केपी ओलीलाई सोधे, ‘अध्यक्षज्यू तपाईं रामराज्यमा वामराज्य बनाउन आउनुभएको हो ?’ उत्तर दिनुअघि उनी मुस्कुराए । मुस्कुराएरै भने, ‘थाहा पाउनुभएको रै’छ त ।’ दौरासुरुवाल र भादगाउँले ढाकाटोपीमा सजिएका एमाले अध्यक्ष केपी ओली सिम्रिक एयरको हेलिकोप्टरबाट तनहुँ उत्रिएका थिए । बिपी वनवाटिकाको खेलमैदानमा उत्रिनासाथ उनले...

उपेन्द्र यादवको प्रचारमा ठाकुर र महतो

जितेन्द्र खड्का, सप्तरी, १० मंसिर - क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रचारका लागि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो सप्तरी पुगेका छन् । उनीहरूले शनिबार राजविराजमा आयोजित सभालाई सम्बोधन गरे । राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुर उपेन्द्रविरुद्ध उम्मेदवार भएका छन् । ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्...

विप्लवका कार्यकर्ताले गरे एमाले वडाध्यक्षको अपहरण

हेमन्त के.सी., जाजरकोट, ९ मंसिर - जाजरकोट कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका हुन्। शुक्रवार राति २ बजे गाउँपालिका कार्यालय स्याक्री नजिकैबाट नेकपाका चार-पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए । ‘भोलि हुने निर्वाचनको तयारीबारे छलफल गदै थियौं’,...

भोट किन्दै गरेका गोरे वाईसिएलको फन्दामा

हेमन्त के सी , जाजरकोट, ९ मंसिर - भेरी नगरपालिका वडा १ पिपेमा भोट किन्दै गर्दा शुक्रवार बेलुका रिम्नाका गोरे राना पक्राउ परेका छन् । वाईसिएल र स्थानीयले भेरी नगरपालिका १ रिम्नाका गोरे रानालाई रु ७१ हजारसहित पक्राउ गरेको वडा नं १ का वडा अध्यक्ष दिपक रानाले जानकारी दिए । गोरेले कांग्रेसका उम्मेदवारले भोट किन्नका लागि दिएको रकम...

झापामा बम आतंक : टारगेटमा उम्मेदवारका घर

लक्ष्मी काफ्ले , झापा, ९ मंसिर - चुनावविरोधी गतिविधिमा सक्रिय अज्ञात समूहले झापामा उम्मेदवारलाई लक्षित गरी बम विष्फोटका घटना तीब्र पारेका छ । तर, प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । अज्ञात समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरअगाडि बम विष्फोट गराएको छ । शनिबार बिहान ४ बजेतिर दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा...

निर्वाचन सामाग्री जिल्ला भित्रिएसँगै बढ्याे चुनावी चहलपहल

टोपलाल अर्याल , गुल्मी, ९ मंसिर - निर्वाचन सामाग्री जिल्ला भित्रिएसँगै चुनावी रौनक थप बढ्न थालेको छ । दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाका लागि आवश्यक चुनावी सामग्री जिल्ला आएका छन् । साथै कर्मचारी व्यवस्थापन देखि मतदाता शिक्षाका काम तिब्र भएका छन् । एक लाख ९६ हजार तीन सय ४२ मतदाताका लागि आवश्यक मतपत्र, नमुना मतपत्र,...

राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट

जनार्जन खत्री , सर्लाही, ९ मंसिर - पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिवार बिहान ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका पे्रस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए । घर...

महिलामाथि अभद्र व्यवहार गरेको अाराेपमा सहायक मतदान अधिकृत पक्राउ

पदम बडाल , दार्चुला, ९ मंसिर - व्यास गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा खटिएका सुरेशसिंह बिष्टलाई महिलामाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह...

नुवाकाेटकाे निर्वाचन कार्यालय परिसरमा सकेट बम !

नवदीप अजनबी, नुवाकोट, ७ मंसिर - जिल्ला निर्वाचन कार्यालय विदुरमा विहिबार सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली निस्क्रिय बनाएको छ । सकेट वम कसले राख्यो भन्ने पहिचान नभएको र अनुषन्धान गरिरहेको प्रहरी उपरिक्षक वसन्तबहादुर कँुवरले बताए । निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा विहान बम राखेको थाहा भएपछि कर्मचारीहरुलाई हटाइएको...