logo

bar

डायस्पोरा

टोपबहादुर विकको लागि आवश्यक ब्लडमनी तयार

लक्ष्मण खनाल,  युएई, १२ वैशाख - चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्कन आवश्यक एक लाख युएई दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) ब्लडमनी संकलन भएको एनआरएन युएईले जनाएको छ । ‘टोपबहादुर बचाऊ अभियान’ अन्तर्गत एनआरएन युएईको संयोजकत्वमा १६ मार्च २०१८ देखि सुरु भएको रकम संकलन अभियान आजैका दिनदेखि बन्द गरिएको घोषणा गर्दै एनआरएन युएईले आफ्नो फेसबुक...

युएईको राष्ट्रिय खेलमा नेपाली खेलाडीलाई पदक

लक्ष्मण खनाल , युएई, १० वैशाख - युएईमा सम्पन्न एक दिवसीय १४ औं राष्ट्रिय कराँते च्याम्पियनसिप जेकेएस (जापान कराँते सोतोकान) कप २०१८ मा एभरेष्ट मार्शल आर्ट क्लवका नेपाली खेलाडीहरुले ६ स्वर्ण, पाँच रजत र एक काश्य पदक जितेका छन् । अप्रिल २० मा दुवईमा रहेको शबाव अल अलिक क्लबको हलमा सम्पन्न उक्त कपको प्रतियोगितामा १० वर्ष मुनिको...

श्रमिकका समस्याप्रति संवेदनशील छौँ : राजदुत

लक्ष्मण खनाल , युएई, ९ बैशाख - नेपाली राजदुतावास युएईले बैदेशिक रोजगारीको लागि युएई आउने नेपाली श्रमिकहरुका समस्याप्रति राजदुतावास संवेदनशील भएर लागि परेको बताएको छ । नेपाल पत्रकार महासंघ युएई शाखाको समन्वयमा गत शुक्रबार युएईमा क्रियाशील नेपाली पत्रकार र दुतावास पदाधिकारीबीच भएको भेटघाट कार्यक्रममा कार्यबहाक राजदुत सागर फुँयालले नेपाली कामदारकारका सानादेखि ठूला समस्याप्रति आफूहरु संवेदनशील भएर लागेको...

नेपाली मूलका अमेरिकीले जिते ‘क्लार्क अवार्ड’

एजेन्सी , अमेरिका - नोबेल पुरस्कारपछि दोस्रो ठूलो मानिने क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु¥याए बापत उनलाई उक्त सम्मान प्रदान गरिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ । ४० वर्ष भन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो...

युएईका जेलमा १८५ नेपाली, यस्ता छन् जेल पर्ने कारण

लक्ष्मण खनाल , युएई, ७ बैशाख - वैदेशिक रोजगारीको शिलशिलामा युएई आएका नेपालीमध्ये १८५ जना नेपालीहरुले विभिन्न अभियोगमा संयुक्त अरब इमिरेट्स (युएई)का अाठ वटा जेलमा जेल भुक्तान गरिरहेका छन् । युएईस्थित नेपाली राजदुतावासले युएईको सात वटै इमिरेट्सहरुमा रहेका जेलहरुको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो । राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार, विभिन्न मुद्दामा १७३...

रोकिएन बैदेशिक रोजगारीमा व्यथिति, युएईमा अलपत्र ४ युवा स्वदेश फर्किए

लक्ष्मण खनाल , युएई, ६ बैशाख - चार महिना अघि काठमाडौंस्थित दिपज्योति ओभरसिस्मार्फत सेक्युरिटी गार्डको रुपमा काम गर्न युएई आएका नेपाली युवा चार मिहना अलपत्र परेर  मंगलबार स्वदेश  फर्किएका छन् । तीन लाख ५० हजार प्रतिव्यक्तिका दरले रकम बुझाएका काठमाडाै‌का महेश गौतम, हेटौडाका गणेश श्रेष्ठ, बर्दियाका अर्जुन देवकोटा र दाङका भिमसेन नेपालीलाई युएईमा कम्पनीले काम नदिएनको र...

युएईमा बुद्ध जयन्तीकाे तयारी तिव्र

लक्ष्मण खनाल , युएई, ४ बैशाख - भगवान गौतम वुद्धको २५६२ औं बुद्ध जयन्ती मनाउनको लागि नेपाल आदिवासी जनजाति महासंघ युएईले तयारी गरेको छ । महासंघको बैठकले भव्य रुपमा बुद्ध जयन्ती मनाउनको लागि पूर्वअध्यक्ष डेरराज गुरुङ्गलाई २५६२ औं बुद्ध जयन्ती कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको वर्तमान अध्यक्ष पासाङ शेर्पाले बताए । एसियाका ज्योती, नेपालका राष्ट्रिय विभुति, शान्तिका अग्रदुत...

अष्ट्रेलियामा अध्ययनरत सन्ध्याले गरिन् विश्वविद्यालय टप

नयाँ पत्रिका, काठमाडौँ - अष्ट्रेलियामा अध्ययनरत नेपालकी सन्ध्या लुइटेलले विश्वविद्यालय टप गरेकी छन् । उनी काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पुरा गरेर अष्ट्रेलिया थप अध्ययनका लागि गएकी थिइन् । त्यहाँको सन साइन कोष्ट युनिभर्सिटीमा उनले इनफरमेसन अफ टेक्नोलोजीमा मास्टर गरिरहेकी थिइन् । प्रथम सेमेष्टरमा अध्ययनरत उनले टप गरेकी हुन् । उनलाई अष्ट्रेलियाको शिक्षा...

आइसिसीले भन्योः ‘धरम केसीको मनोनयन वैधानिक’

लक्ष्मण खनाल, युएई, २१ चैत - गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को विधान व्याख्या समितिले साउदीबाट आइसिसी सदस्यमा मनोनित धरम केसीको मनोनयन वैधानिक भएको ठहर गरेको छ । संघको विधान व्याख्या समितिले चैत्र १६ मा आइसिसी, मध्यपूर्व र एनसीसी साउदीलाई सो कुराको जानकारी गराउँदै पत्रचार गरेको थियो । आइसिसीका महासचिवमार्फत ६ जनवरी २०१८ मा...

आईसिसी सदस्य धरम केसीलाई पदमुक्त गर्न एनआरएन साउदीको सिफारिस

लक्ष्मण खनाल, युएई, १७ चैत्र - गैर आवासीय नेपाली संघ साउदी अरेबियाले अफ्नो तर्फबाट आईसिसी सदस्यमा मनोनित सदस्य धरम केसीलाई एनआरएन साउदीको पदीय जिम्मेवारीबाट मुक्त गर्दै आईसिसी सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको छ । एनआरएन साउदी अरेबियाको ३० मार्च २०१८ मा बसेको बैठकले आईसिसीको आठौँ विश्व सम्मेलनको समीक्षाबारेको प्रस्तावमा एनआरएन साउदी अरबका संरक्षक तथा आईसिसी सदस्य...

एनआरएन युएईले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

लक्ष्मण खनाल,  युएई, १६ चैत - गैर आवासिय नेपाली संघ युएईले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । दुबईको अबुहेलमा रहेको नुर अल अस्पतालको सहकार्य तथा प्राविधिक सहयोगमा आगामी अप्रिल १३ मा विभिन्न क्षेत्रका स्वास्थ्य विषेशज्ञ सेवासहित नेपालीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण गरिने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार उक्त...

हेटौँडामा सञ्चालित मदरसालाई युएईबाट आर्थिक सहयोग

लक्ष्मण खनाल, युएई, १५ चैत - मकवानपुर मुस्लिम समुदायद्वारा हेटौँडामा सञ्चालित मदरसा दारुल कुरान विद्यालयलाई युएईमा रहेका नेपाली युवाहरुले एक लाख साठी हजार नेपाली रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा चैत १३ मा मकवानपुर मुस्लिम समुदायद्वारा आयोजित प्रदेश नं. ३ मकवानपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यहरुलाई स्वागत...

युएईका नेपाली व्यवसायीद्वारा नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान

लक्ष्मण खनाल, युएई, १५ चैत - युएईमा व्यवसाय गर्दै आएका ओम उप्रेतीले नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान गरेका छन् । दुबईमा प्राथमिक उपचार प्रदान गर्ने कम्पनी डिस्कोभरी रोयल स्पोर्टस एलएलसीका मालिक चितवन निवासी ओम उप्रेतीले देशका बिभिन्न ७ जिल्लाका १४ स्थानहरुमा गएर तालिम दिएका थिए । चैत १ गते चितवनबाट तालिम शुरु गरेका उप्रेतीले तनहुँ,...

भिजिट भीषामा युएई पुगेका नेपाली युवाहरु अलपत्र

लक्ष्मण खनाल, युएई, १५ चैत - राम्रो जागिर र कमाईको प्रलोभनमा परि भिजिट भीषामा युएई आएका नेपाली युवाहरु अलपत्र परेका छन् । उनीहरुको खान बस्न र जागिरको व्यवस्था गर्ने जिम्मा लिएका चितवन घर भई युएईको अबुधावीमा बस्दै आइरहेका सालिकबहादुर केसी सम्पर्क बाहिर भएपछि उनीहरु अलपत्र परेका हुन् । दुई महिनादेखि केसीले जागिर लगाउने भन्दै अबुधावीमा उनीहरुलाई...

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

नयाँ पत्रिका , १५ चैत - नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु बाग्लुङबाट नारायण रिजाल काठमाडौंबाट गोपाल साउद म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।...

अवैधानिक बाटो हुँदै युएई पुगेकी नेपाली महिलाको उद्धार

लक्ष्मण खनाल/नयाँ पत्रिका, युएई, १० चैत - वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा भारतको बाटोबाट कुवेत हुँदै युएई पुर्‍याइएकी कास्की भरतपोखरी–३ की अञ्जना चन्दलाई उद्धार गरी नेपाल पठाइएको छ । आफन्तले क्लिनिङ कम्पनीमा काम लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाएर वनारस हुँदै चन्दलाई कुवेत पठाइएको थियो। युएईस्थित अलएनमा रहेको अल तवान रिक्रुटमेन्टको एजेन्टको रूपमा भारतमा रहेर महिला कामदार विभिन्न...

टोपबहादुरलाई नेपाल फर्काउन सहयोग संकलन

लक्ष्मण खनाल /नयाँ पत्रिका , युएई, ४ चैत - युएई अदालतको फैसलाअनुसार ब्लडमनी एक लाख युएई दिराम (करिब २८ लाख नेपाली रुपैयाँ) तिर्न नसकेका चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्काउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ । अभियानअन्तर्गत एनआरएन युएईले शुक्रबार युएईमा क्रियाशील विभिन्न संघसंस्थाको भेला राखेर आर्थिक सहयोग संकलन अभियान सुरु गरेको हो । कार्यक्रममा उपस्थित विभिन्न...

पत्रकारमाथि आक्रमणको महासंघले थाल्यो अध्ययन, मध्यपूर्वले बुझायो आईसिसीलाई प्रतिवेदन

लक्ष्मण खनाल, युएई, १ चैत्र - कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको भौतिक आक्रमणको नेपाल पत्रकार महासंघले अध्ययन सुरु गरेको छ । समाचार लेखेकै आधारमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि गत फेब्रअरी १८ मा एनआरएन कुबेतका अध्यक्ष अर्जुन तामाङले भौतिक आक्रमण गरेका थिए । तामाङको आक्रमणबाट पत्रकार न्यौपानेको निधार, नाक र मुखमा गम्भीर चोट...

युएईमा नेपाली युवाले गरे आत्महत्या

लक्ष्मण खनाल, युएई, २० फागुन - युएईको मिडिल इष्ट कम्पनिमा कार्यरत झापा दमक -४ का जित रार्इले झुण्डिएर आत्महत्या गरेका छन्। बिगत ४ बर्ष देखि उक्त कम्पनिको सेक्युरिटी गार्डका रुपमा कार्यरत रार्इ १५ दिन पहिले मात्र घरबिदाबाट फर्किएका थिए । उनी सन्चो नभएको भन्दै २ दिन देखि काममा गएका थिएनन् । शनिबार बेलुका कोठामा नै साथीहरुसँग...

‘ब्लडमनी’ जुटाउन नसक्दा टोपबहादुरको नेपाल फिर्ती अनिश्चित

लक्ष्मण खनाल/नयाँ पत्रिका, युएई, १८ फागुन - थाइल्यान्डका एक नागरिकको मृत्युमा संलग्न रहेको आरोप लागेका टोपबहादुर विक ब्लडमनी तिर्न नसक्दा उनको नेपाल फर्काइ अनिश्चित बन्दै गएको छ । विकलाई युएईको अदालतले हत्या अभियोगमा एक लाख दिराम (२८ लाख नेरु) तिर्नुपर्ने फैसला गरेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकलाई सहयोग गर्न नसकिने भन्दै युएईस्थित नेपाली दूतावासलाई पत्राचार...

टोपबहादुरलाई नेपाल फर्काउन एनआरएन युएईले आर्थिक संकलन गर्ने

लक्ष्मण खनाल, युएई, १४ फागुन - युएईको अदालतले फैसला सुनाएको ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकलाई आर्थिक सहायता जुटाउन एनआरएन युएईले अभियान थाल्ने भएको छ । विकलाई रिहाइका लागि युएईको अदालतले एक लाख युएई दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) तोकेको छ । पैसा जुटाउन नसक्दा उनी नेपाल फर्कन पाएका छैनन् ।...

पत्रकार कुट्ने अध्यक्षको बचाउ गर्दै एनआरएन कुवेतले भन्यो ‘संस्थालाई बदनाम गर्न खोजियो’

लक्ष्मण खनाल, युएई, ११ फागुन - गैरआवासीय नेपाली संघ कुवेतले संघलाई म्यानपावर व्यवसायसँग जोडेर समाचार आएको भन्दै खण्डन गरेको छ । संघका महासचिव हरि लावतीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन समाजिक सञ्जालहरूमा विना आधिकारीक समाचार, सत्य तथ्य नबुझी अफवाहरूमा फैलाएको समाचारप्रति...

अष्टमी गुरुङ प्रकरण के सेलाएको हो ?

लक्ष्मण खनाल, युएई, ११ फागुन - वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका वेला कम्पनीको सुपरभाइजरबाट बलात्कार भएको र त्यसपश्चात आत्महत्या गर्नुपरेको भन्ने भिडियो सार्वजनिक भएपछि दोषीलाई कारवाही प्रक्रिया निरन्तरअगाडि बढिरहेको नेपाली दूतावास युएईका द्वितीयसचिव कृष्ण अर्यालले बताएका छन् । उनका अनुसार अष्टमीले आफ्नो आत्महत्यापूर्व रेकर्ड गराएको भिडियोमा आरोपित व्यक्तिहरूलाई स्थानीय प्रशासनले हिरासतमा लिएको थियो । अहिले युएईको...

युएईमा अलपत्र नौ महिला फर्काइए

लक्ष्मण खनाल/नयाँ पत्रिका, युएई, २ फागुन - अवैध रूपमा महिला लैजान युएईमा नेपाली नै दलाल - अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नौजना नेपाली महिलाको एनआरएनए युएईको पहलमा उद्धार भएको छ । उद्धारपछि सबैलाई नेपाल पठाइएको छ । एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बू र रीता सुनारलाई...

युएईबाट आठ महिलाको उद्धार

लक्ष्मण खनाल/नयाँ पत्रिका, युएई, २ फागुन - पीडितहरूका अनुसार एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा बन्द गरेर राखेका थिए । अवैधानिक बाटो हुँदै युएई पुगेर अलपत्र परेका नेपाली महिलाहरूलाई एनआरएन युएईको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । उद्धार गरिएका आठजना महिला नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना...

साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंदै

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, २ फागुन - साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् । साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो ।...

ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका टोपबहादुरलाई एनआरएनले १० प्रतिशत सहयोग गर्ने

लक्ष्मण खनाल , युएई - ब्लडमनी तिर्न नसकेर घर फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकको गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले १० प्रतिशत सहयोग गर्ने भएको छ । टोपबहादुरको लागि कुल रकमको दश प्रतिशत करिब २ लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार एनआरएन मध्यपुर्व...

निःशुुल्क प्राथामिक उपचार तालिम लिएर नेपाली युवा देश फर्कंदै

लक्ष्मण खनाल, युएई,२८ माघ - विदेशमा सिकेको सीप र क्षमतालाई देशमा लगानी गर्ने उद्देश्यका साथ युएईमा व्यवसाय गरिरहेका व्यवसायी ओम उप्रेती निःशुल्क प्रथामिक उपचार तालिम लिएर नेपालका विभिन्न सात जिल्लामा जाने भएका छन् । शुक्रबार बरदुबईमा पत्रकार सम्मेलन गरेर उनले उक्त कुरा जानकारी गराएका हुन् । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा उप्रेतीद्वारा युएईमा सञ्चालित...

स्याङ्जा सहयोग समाज युएईको सातौँ वार्षिकोत्सव

लक्ष्मण खनाल, युएई, २७ माघ - स्याङ्जा सहयोग समाज युएईको साताैँ वार्षिकोत्सव कार्यक्रम बरदुबईको सिल्भर स्पुन रेष्टुरेष्टमा शुक्रबार सम्पन्न भएको छ । समाजका अध्यक्ष खगेन्द्र गैरेको सभापतित्व र नेपाली राजदुतावासका द्वितिय सचिव विष्णुकुमारी अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएन युएर्यका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ युएईका...

सिस्नुपानी र एनआरएनको आयोजनामा ‘दुई थोपा हाँसो’ युएईमा

लक्ष्मण खनाल, युएई, २० माघ - सिस्नुपानी नेपाल र एनआरएन युएईको सहआयोजनामा युएईमा रहेका नेपाली श्रमीकहरूलाई लक्षित गरी ‘दुई थोपा हाँसो’ नामको हास्यव्यङ्ग्य यात्रा सञ्चालन भइरहेको छ । हास्यव्यङ्ग्य यात्रा लिएर कलाकार तथा सिस्नुपानी नेपालका उपाध्यक्ष मनोज गजुरेल युएई आइपुगेका छन् । उनको साथमा सिस्नुपानीका अध्यक्ष तथा व्यङ्ग्य कवि लक्ष्मण गम्नाङ्गे, महासचिव टंक आचार्य, सल्लाहकार डा....

एनआरएन युएईको वनभोजमा सचेतना कार्यक्रम

लक्ष्मण खनाल, युएई, २२ पुस - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । संघले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषणा गर्दै युएईमा रहेका विभिन्न क्षेत्रहरुमा नेपाली श्रमिकहरुलाई भैपरिआउने समस्याहरुको न्यूनीकरण र समाधान गर्न सचेत बनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको संघका प्रवक्ता मनु क्षेत्रीले बताए...

थानेश्वरको उद्धारका लागि आवश्यक ब्लडमनी जुट्याे

लक्ष्मण खनाल, युएई - चार बष देखि साउदी अरबियाको जेलमा रहेका मध्यबिन्दु नगरपालिका नवलपरासीका थानेश्वर भुषालको उद्दारको लागि आवश्यक ब्लडमनी संकलन भएको छ । एकलाख पचास हजार साउदी रियल (करिब ४५ लाख नेपाली रुपैयाँ) संकलन भएको हो । प्रवासी नेपाली समन्वय समितिको सक्रियतामा सुरु भएको थानेश्वर भुषाल बचाउ अभियानले ब्लडमनी तिर्न आवश्यक रकम संकलन...

12