logo

bar

कभर स्टोरी

भोलि प्रदेश–७ को नीति तथा कार्यक्रम प्रस्तुत हुने

तेजराज भट्ट, दार्चुला, २७ चैत - कृषि, जलविद्युत् र जडीबुटी प्राथमिकतामा प्रदेश ७ सरकारले बुधबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । चालू आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री...

यस्ता छन् कर्णाली प्रदेश सभाका चार समिति

नयाँ पत्रिका, सुर्खेत, २७ चैत - सांसदद्वारा सरकारको आलोचना, रारा–लुम्बिनी फास्ट ट्रयाकको चर्चा कर्णाली प्रदेश सभाका चारवटा समिति गठन भएका छन् । सोमबारको सभाले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति सर्वसम्मत रूपमा गठन गरेको हो । अर्थ तथा प्राकृतिक स्रोत समितिमा अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह...

स्थानीय तहका उपप्रमुखलाई मुद्दा किनारा लगाउन कठिन

विश्वराज पछल्डङ्ग्या, बाँके, २७ चैत - दर्ता भएका मुद्दा पनि स्थानीय तहमै थन्किए स्थानीय तहमा धेरै मुद्दा दर्ता भए पनि किनारा लगाउन कठिन भएको छ । स्थानीय तहका उपप्रमुख न्यायिक समितिको संयोजक हुने कानुनी व्यवस्था भए पनि कानुनी ज्ञान र समय अभावले मुद्दा किनारा लाग्न नसकेको हो । छिटो किनारा लाग्नुपर्ने मुद्दाहरू पनि महिनौँसम्म स्थानीय तहमै...

प्रदेश २ को नाम र राजधानीबारे छलफल नै भएन

हदिश खुद्दार, जनकपुरधाम, २७ चैत - मधेसको नामाकरणबारे दलहरूका आ–आफ्नै अडान प्रदेश सरकार गठन भएको झन्डै दुई महिना भइसक्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी अझै भएको छैन । नाम र स्थायी राजधानी प्रस्ताव गर्दा विवादमा फस्ने डरले सरकारले प्रस्ताव तयार गर्न सकेको छैन । नामाकरण र राजधानी तोक्न पहल नभएको भन्दै प्रदेशका मन्त्रीले...

उपमहानगरको फोहोरबाट ऊर्जा उत्पादन सुरु

देवेन्द्र कार्की, धरान, २७ चैत - ३० मेट्रिक टन दैनिक क्षमताको प्लान्ट जडान गरी दैनिक पाँच हजार सिलिन्डर ग्यास उत्पादन गर्ने तयारी सहरी फोहोरबाट धरान उपमहानगरले वैकल्पिक ऊर्जा उत्पादन सुरु गरेको छ । धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भेन्चर बेस्ट टु इनर्जीको सहकार्यमा नेपालमै पहिलोपटक धरानमा एनारोबिक डिजेस्टेसन प्रविधिबाट ऊर्जा उत्पादन सुरु गरिएको हो ।...

प्रदेश ४ का मुख्यमन्त्रीको तलब ६० र मन्त्रीको ५२ हजार

रोहितराज पराजुली, कास्की, २७ चैत - प्रदेश ४ को सभाले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र अन्य सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । सोमबारको प्रदेश सभाले विधेयक पारित गरेसँगै अब मुख्यमन्त्रीले ६० हजार नौ सय ७० र मन्त्रीले ५२ हजार मासिक पारिश्रमिक लिन पाउने भएका छन् । मुख्यमन्त्रीलाई मासिक तलबका साथै अन्य सुविधाहरू समेत निर्धारण भएको...

स्थानीय तहमा एकैपटक २० हजार कर्मचारी खटाइँदै

पुष्प ढुंगाना, काठमाडौं, २७ चैत - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताभित्र कम्तीमा २० हजार कर्मचारीलाई एकैसाथ स्थानीय तहमा खटाउने तयारी गरेको छ । गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी पठाउन लागेको उनले बताए । ‘सरुवा मापदण्ड अन्तिम...

कांग्रेसको टिप्पणी : श्वेतपत्रको नाममा ‘लालपत्र’ आयो

मधुसुधन भट्टराइ, काठमाडौं, २७ चैत - सरकारको श्वेतपत्रमाथि कांग्रेसको २४ बुँदे टिप्पणी सरकारले श्वेतपत्रमार्फत मुलुकको आर्थिक अवस्था नकारात्मक रूपमा प्रस्तुत गरेर जनतामा निराशा पैदा गरेको आरोप प्रमुख विपक्षी कांग्रेसले लगाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा श्वेतपत्र प्रस्तुत गरेको १० दिनपछि कांग्रेसले २४ बुँदे आधिकारिक प्रतिक्रिया दिएको हो । अर्थमन्त्री खतिवडाले १६ चैतमा संसद्मा ७४...

फोरम र राजपा कहिले जान्छन् सरकारमा ?

योगेश ढकाल, काठमाडाैँ, २७ चैत - १. प्रधानमन्त्रीको समस्या संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र बाँकी छन् । दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन...

सर्वोच्चले माग्यो, सुन तस्करीका मुख्य आरोपी छाड्ने आदेशको फाइल

नयाँ पत्रिका, काठमाडौं, २६ चैत - सर्वोच्च अदालतले ३३ केजी सुन तस्करका मुख्य आरोपीलाई धरौटीमा छाड्ने आदेशको मिसिल झिकाउन आदेश जारी गरेको छ । जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशलाई चुनौती दिँदै सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले थुनछेक बहसकै क्रममा अभियुक्तलाई छाड्न नमिल्ने भन्दै सर्वोच्चमा निवेदन दायर भएको थियो । सरकारको निवेदनको सुनुवाइ गर्दै आइतबार सर्वोच्चका...

पाँच शुभेच्छुक संस्थामा देउवा पक्ष अल्पमतमा

मधुसुधन भट्टराई, काठमाडौं, २६ चैत - पछिल्लो समय अधिवेशन भएका कांग्रेसका शुभेच्छुक संस्थाहरूमा संस्थापन पक्ष अल्पमतमा परेको छ । पाँच शुभेच्छुक संस्थाको अधिवेशनमा सभापति शेरबहादुर देउवानिकट अधिकांश उम्मेदवार पराजित भए । नेपाल शिक्षक संघको अधिवेशनबाट सुरु भएको संस्थापन पक्षको पराजय यात्रा नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको अधिवेशनसम्म पनि रोकिएको छैन । पाँचवटै संस्थाको नेतृत्व मात्रै होइन, संस्थापन पक्षले केन्द्रीय समितिमा...

भारतीय रेल काठमाडौं आइपुग्न कम्तीमा ६ वर्ष लाग्ने

जीवन बस्नेत, चैत, २६ काठमाडौं - नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई एक वर्षमा सम्पन्न गरी अगाडि बढ्दा पनि अबको ६ वर्षमा मात्र रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिनेछ । ठूला आयोजनाका लागि तयारीको काम गर्न लामो...

यसरी जोडिन्छ नेपालमा जलमार्ग

जनार्दन बराल, चैत, २६ काठमाडौं - नेपाल र भारतबीच जलमार्ग बनाउने विषय नयाँ होइन । सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले नेपाल भ्रमण गर्दा यस विषयमा छलफल भएको र अध्ययन गर्ने भनेर संयुक्त विज्ञप्तिमा उल्लेख भएको जानकारहरू बताउँछन् । यसपटक प्रधानमन्त्री ओलीको भारत भ्रमणका वेला सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा जलमार्गका विषयमा अध्ययन गर्ने विषय...

काठमाडौं उत्रिएपछि ओलीले भने :  भ्रमण यथार्थमै उपलब्धिमूलक

शुरोजंग पाण्डे, काठमाडौं, २६ चैत - प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्र भारतसँगको रेल्वे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण यथार्थमै उपलब्धिमूलक भएको बताएका छन् । तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतले निर्वाचनमार्फत प्राप्त जनअभिमतलाई स्विकार्दै तीन महत्वपूर्ण सम्झौतामार्फत भारतले नेपालसँगको सम्बन्धलाई नयाँ उचाइका साथ अघि...

दिल्ली भ्रमण : के भयो प्रगति ?

दिल्लीमा पर्शुराम काफ्ले, काठमाडौंमा अर्थ ब्युरो, २६ चैत - वर्षौँदेखि चर्चा र वार्ताको प्राथमिकतामा रहेका मूल विषयमाथि प्रगति समीक्षा १.  १९५० को सन्धिमा छलफल भएन इपिजीको प्रतिवेदन कुर्ने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका कूटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध व्यक्ति समूह...

नेपाल अब जलमार्गबाट समुद्रमा जोडिने

जनार्दन बराल/ नयाँ पत्रिका, काठमाडौं, २५ चैत - भारतको जलमार्ग र नेपाल आउने सम्भावित मार्ग नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला नदीमा जलमार्ग निर्माण गरी नेपाललाई समुद्रसँग जोड्ने सम्झौता भएको हो । ‘नेपाल र भारतका प्रधानमन्त्रीले विद्यमान व्यापार...

विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता

पर्शुराम काफ्ले/ नयाँ पत्रिका, नयाँदिल्ली, २५ चैत - प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका...

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

जीवन बस्नेत/ नयाँ पत्रिका, काठमाडौं, २५ चैत - ‘एनजिओ’ यातायात समितिको २५ वर्षे ‘सिन्डिकेट’ यात्रा नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ । तर, व्यावहारिक रूपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिन्डिकेट...

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, २५ चैत - कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता - एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन...

निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २४ चैत - काठमाडौंका अस्पतालमा यस्तो छ अवस्था - केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु...

प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक वार्ता आज, यी हुन् छलफलका एजेन्डा

पर्शुराम काफ्ले/ नयाँ पत्रिका, नयाँदिल्ली, २४ चैत - प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् । रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु...

दुई प्रधानमन्त्रीबीच एकान्त संवाद

पर्शुराम काफ्ले/ नयाँ पत्रिका, नयाँदिल्ली, २४ चैत - असमझदारी छँदै थिएन, अहिले के हट्नु ? बरु विकासमा साझेदारी गर्न तयार भयौँ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ । साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो । मोदीसँग...

कर्णालीका साढे ६ हजार जनताको भागमा एक डाक्टर

योगेश ढकाल/नयाँ पत्रिका, काठमाडौं, २४ चैत - कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ । कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् । १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६...

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भारत प्रस्थान

नयाँ पत्रिका , काठमाडौं, २३ चैत - प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ । नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान पौन नाै बजे भारत प्रस्थान...

प्रधानमन्त्री ओली र मोदीबीच आज साँझ एकान्तवार्ता

पर्शुराम काफ्ले, नयाँ दिल्ली, २३ चैत - प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज एकान्त वार्ता हुने भएको छ । भारतीय समय अनुसार साँझ ६ः३० बजे प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा उनीहरुबीच भेटवार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे...

११ वर्षमा भारतीय सहयोग : प्रतिबद्धता १४० अर्ब, प्राप्त ३२ अर्ब

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, २३ चैत - भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ६१...

कांग्रेसमा गुट अदलबदल : देउवा र पौडेलमा को बलियो ?

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, २३ चैत - पदाधिकारी चयन छाडेर सीधै महाधिवेशनमा जानुपर्ने दबाब - कांग्रेसको १३औँ महाधिवेशनमा पदाधिकारीसहित ६४ खुला केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षका ३६ र रामचन्द्र पौडेल पक्षका २८ निर्वाचित भएका थिए । देउवा पक्षमा खुमबहादुर खड्का समूह पनि सामेल थियो । उनको समूहबाट खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसिया...

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

जितेन्द्र खड्गा/नयाँ पत्रिका, सप्तरी २३ चैत - कोसीको तटीय क्षेत्र १९९ वर्षका लागि भारतलाई लिजमा दिँदा विस्थापित सात हजार परिवारको हितका लागि विभिन्न सर्त राखिएका थिए । तर, अहिलेसम्म पूरा भएका छैनन् । १. विद्यालय र अस्पताल निर्माण सम्झौताको १३ नम्बर बुँदामा कोसीपीडितको सुविधाका लागि भारत सरकारले विद्यालय र अस्पताल निर्माण गर्ने उल्लेख छ । तर, यस विषयमा हालसम्म कुनै...

एमाले–माओवादी एकता सभामा लाखौँ उतार्ने तयारी

शुरोजंग पाण्डे, वीरेन्द्र अाेली/ नयाँ पत्रिका, काठमाडौं, २३ चैत - एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् । एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ताबीच...

नेपालको सदाबहार कमजोरी : हतारमा भ्रमण, फितलो तयारी

सुजित महत/नयाँ पत्रिका, काठमाडौं, २३ चैत - यति छिटो भ्रमण हुन्छन्, नेपालले तयारी गर्न पाउँदैन भ्रमणका लागि निम्त्याउने देशले द्विपक्षीय शिखर वार्तापछि जारी गरिने संयुक्त विज्ञप्तिको मस्यौदा अगाडि नै पठाएको हुन्छ, जसमा भ्रमण गर्ने पक्षले गहन गृहकार्य गर्नपर्ने हुन्छ । केही महिनाअघि शेरबहादुर देउवाको भारत भ्रमणका लागि गृहकार्यमा तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सक्रिय थिए । तर,...

कानुनी व्यवस्थाविपरीत सात महिनामै दोस्रो राजकीय भ्रमण

नयाँ पत्रिका , २३ चैत - तर, भ्रमण निर्देशिका भन्छ– एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ नयाँदिल्लीमा पर्शुराम काफ्ले काठमाडौंमा पुष्प ढुंगाना एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले...

प्रदेश १ काे सरकारले थाल्यो आगामी वर्षको बजेट तयारी

गणेश लम्साल, विराटनगर, २३ चैत - कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई कार्यदल प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर...