logo

bar

कभर स्टोरी

केन्द्रको सुरक्षामा प्रदेशका गृहमन्त्री

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - आन्तरिक मामिला मन्त्रालयका नाममा प्रदेशमा ‘गृह मन्त्रालय’ छन्, तर उनीहरूसँग आफ्ना हवल्दार र सिपाही पनि छैनन्  संविधानको परिकल्पना : हरेक प्रदेशको आफ्नै प्रहरी संविधानअनुसार हरेक प्रदेशका आफ्नै प्रहरी राख्न र केन्द्रसँग समन्वय गर्ने गरी पुनर्संरचनाको सुझाब दिन गृह मन्त्रालयले १२ फागुन ०७२ मै पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा एक कार्यदल...

२५ वर्षे ‘एनजिओ’ यातायात सिन्डिकेटको बिदाइ

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७...

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए...

एमाले–माओवादी एकता : ९ वैशाखको सम्भावना टर्‍यो

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो । बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन...

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ ५ वैशाख - पुतली बगैँचाबाट सेना हट्ने - सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । पुतली बगैँचामा रहेको नेपाली सेनालाई एक महिनाभित्र सार्न सेनासँग छलफल गर्ने र निर्माणस्थलको व्यवस्थापन...

एमाले र माअाेवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता नहुने

वीरेन्द्र अाेली, काठमाडौं, ४ वैशाख - एमाले र माअाेवादी केन्द्रबीच अागामी ९ वैशाखमा हुने भनिएकाे पार्टी एकता पर सरेकाे छ । अाज बसेकाे एकता संयाेजन समितिकाे बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घाेषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पाेखरेलले कार्यदललेदिएकाे प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताकाे घाेषणा केहीदिन पर सरेकाे बताए । बिहान...

स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, ४ वैशाख - सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ । यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना...

यसपालि आर्थिक वृद्धि : बजेटको प्रक्षेपण ७.२%, संशोधित प्रक्षेपण ६%, विश्व बैंक ४.६%

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - विश्व बैंकले चालू आर्थिक वर्ष ०७४/७५ (सन् २०१८) मा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरे पनि मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर ६ प्रतिशतमाथि पुग्ने बताएको थियो । विश्व बैंकले सरकारको अनुमानभन्दा...

सांसदले कार्यकर्तालाई साइकल किनेर बाँडे

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट - सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम...

एमाले स्थायी समितिको निष्कर्ष  : आशंका हटाएर ९ वैशाखमै एकता घोषणा

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडाैँ ४ वैशाख - एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ । ‘आलोपालो अध्यक्षता, दुई सहअध्यक्ष, जबज र माओवादजस्ता सैद्धान्तिक प्रश्नलाई एकता महाधिवेशनसम्म बहसबाट टुंग्याउनेलगायत...

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट

मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, ४ वैशाख - लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान...

वार्षिक तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउँछन्

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडाैँ ३ वैशाख - २० हजार तालिमप्राप्त प्रसूति गराउने स्वास्थ्यकर्मीको आवश्यकता, ८ हजार ६ सय मात्रै कार्यरत आज सुरक्षित मातृत्व दिवस वार्षिक करिब तीन लाख  गर्भवती वार्षिक करिब तीन लाखगर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ । नेपालमा सन् २००१ यता महिलाले गर्भवती...

गाडी दुरुपयोग गर्दै संसद्का कर्मचारी

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ३ वैशाख - टेन्डरविनै लाखौँको सामान खरिद सभामुखभन्दा उपसचिवलाई बढी इन्धन संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐनविपरीत संसद्का सचिव, उपसचिवदेखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन् । कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यकताविना गाडी चढेर दुरुपयोग गरेका छन् । गाडीको इन्धनमा समेत अनियमितता भएको छ । ऐनअनुसार संसद्का पदाधिकारीले एक–एकवटा गाडी...

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग : प्रहरी

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, ३ वैशाख - पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका...

विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी

भवानीश्वर गौतम/नयाँ पत्रिका, काठमाडौं, ३ वैशाख - प्रधानमन्त्री ओलीले गरे मुगुका विद्यार्थीको अभिभावकत्व ग्रहण विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर...

निर्वाचन क्षेत्र कार्यक्रमको नाममा सांसदले मागे १०/१० करोड

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २ वैशाख - निर्वाचन क्षेत्र कार्यक्रमको बजेट ३ बाट १० करोड पुर्‍याउँदा १८ अर्ब लाग्ने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका...

अमेरिकी नेतृत्वमा सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध

एजेन्सी , २ चैत - दमास्कसमा संयुक्त मिसाइल आक्रमण अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको छ । सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको...

कर्णालीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ : प्रधानमन्त्री

खगेन्द्र भट्टराई र नरजन तामाङ, मुगु, २ वैशाख - कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन - प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । शनिबार मुगुको राराताल किनारमा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली प्राकृतिक स्रोत र जडीबुटीको धनी छ । अब यो प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ ।’ उनले रारालाई पुग्नैपर्ने पर्यटकीय गन्तव्य बनाउनुपर्ने...

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री चीन जाँदै

पर्शुराम काफ्ले/नयाँ पत्रिका, काठमाडौं, २ वैशाख - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन...

प्रदेश नं. ७ : विकासको उज्यालो पश्चिमबाट

गाेपाल साउद, काठमाडौं, १ वैशाख - सुदूरपश्चिमका नौवटा जिल्लालाई नै समेटर प्रदेश ७ बनेको छ । प्रतिनिधिसभाका १६ तथा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा ३३ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । मुलुकको १३ दशमलव २८ प्रतिशत हिस्सा ओगटेको यो प्रदेशको क्षेत्रफल १९ हजार पाँच सय ३९ वर्गकिलोमिटर छ । जसमा ३६ प्रतिशत हिमाल,...

नाम राख्नमा अगाडि कर्णाली समृद्धिमा कतिन्जेल पछाडि ?

योगेश ढकाल, १ वैशाख - प्रचुर सम्भावना भएर पनि कर्णाली प्रदेश बहुआयामिक गरिबीको सूचकांकमा सबैभन्दा गरिब प्रदेशमा पर्छ । तैपनि, भौतिक र सामाजिक पूर्वाधारमा लगानी वृद्धि गर्न सकियो भने समृद्धिको ढोका खोल्न सकिन्छ । नयाँ योजना, नीतिभन्दा बढी मनोविज्ञानमा परिवर्तन र व्यवस्थापनमा जोड दियो भने कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । त्यसका लागि पर्यटन, जडीबुटी, वन, जलस्रोत मुख्य...

प्रदेश नं. ५ बुद्धका आँखा समृद्धिको पर्खाइमा

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १ वैशाख - प्रदेश नम्बर ५ को कुल सडक १० हजार ८४० किलोमिटर छ । जसमा रणनीतिक सडक २२८७ र स्थानीय सडक ८ हजार पाँच सय ५३ किमि छ । यस्ता सडकमा कालोपत्रे, ग्राभेल र माटे सडक छन् । जसमा कालोपत्रे १७५२, ग्राभेल ३०१८ र माटे सडक ३०१८ किलोमिटर छ । कालोपत्रे र ग्राभेल गरिएका सडकमा वर्षभरिजसो...

प्रदेश नं. ४ सुन्दर छ समृद्ध बनाउने चुनौती

जीवन बस्नेत, १ वैशाख - खानेपानी : प्रदेश नम्बर ४ मा रहेका कुल ५ लाख ७७ हजार ६८२ वटा घरधुरीमध्ये ४ लाख ६२ हजार २७७ घरधुरीले पाइपबाट आएको पानीलाई खानेपानीको मुख्य स्रोतको रूपमा प्रयोग गरिरहेका छन् । त्यस्तै, १३ हजार १०४ घरधुरीले ट्युबेल वा ह्यान्डपम्प प्रयोग गर्छन् । त्यस्तै, १७ हजार ८१ र २८ हजार ९५९ घरघुरीले...

प्रदेश नं. ३ : जलविद्युत्, पर्यटन र राजनीतिको केन्द्र

वीरेन्द्र ओली/नयाँ पत्रिका , काठमाडौं, १ वैशाख - प्रदेश नम्बर ३ भित्रै संघीय राजधानी काठमाडौं पनि छ । यस प्रदेशमा उपत्यकाका काठमाडौ,ललितपुर,भक्तपुर सहित चितवन, मकवानपुर, धादिङ, रापेछाप, सिन्धुली, काभ्रे, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रसुवागरी १३ जिल्ला पर्छन् । प्रदेशको उपत्यकामा नेवारी समुदायको बाहुल्य छ भने उपत्यकाबाहिरका जिल्लामा तामाङ समुदायको बसोवास धेरै छ । यस प्रदेशमा अल्पसंख्यक जिरेल, थामी, चेपाङ समुदायको पनि बसोवास...

प्रदेश नं. २ पछि परे पनि सम्भावना भएको प्रदेश

कृष्ण रिजाल, १ वैशाख - भौगोलिक दृष्टिकोणले प्रदेश नम्बर २ सबैभन्दा सुगम छ । यहाँका आठओटै जिल्लालाई पूर्वपश्चिम राजमार्गले छोएको छ । रेलमार्गबाट भारतमा जोडिएको एक मात्र प्रदेश पनि २ नम्बर नै हो । सबैभन्दा ठूलो औद्योगिक करिडोर, आधुनिक एकीकृत भन्सार जाँच चौकी (आइसिपी), प्रमुख भन्सार नाका, उर्वर भूमि, सडक तथा विमानस्थललगायत पूर्वाधारको उपलब्धता आदि दुई नम्बर प्रदेशका...

प्रदेश नं. १ : केचनाकवलदेखि सगरमाथासम्म

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १ वैशाख - मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ यसअघिको पूर्वाञ्चल विकास क्षेत्रका सिराहा र सप्तरीबाहेकका जिल्ला समेटिएको प्रदेश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशका १४ वटा जिल्लामा १३७ वटा स्थानीय तह छन् । संविधानअनुसार व्यवस्था गरिएको संघीय संरचनाअनुसार क्षेत्रफलको हिसाबमा प्रदेश नम्बर ६ सबैभन्दा ठूलो प्रदेश हो भने त्यसपछिको दोस्रो...

‘इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन’

नयाँ पत्रिका , काठमाडौं, १ वैशाख - राराको आँगनबाट देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन  काठमाडौं १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे । ‘निर्वाचनको सफलतासँगै हाम्रो देश...

प्रकाशकीय : समृद्धिमा सहयात्रा

नयाँ पत्रिका , काठमाडौं, १ वैशाख - सातै प्रदेशबाट प्रादेशिक संस्करण सुरु गर्ने देशको पहिलो दैनिक पत्रिका ‘नयाँ पत्रिका’ नयाँ वर्ष २०७५ को बिहानीसँगै बाह्रौँ वर्ष प्रवेश गरेको छ । छापा पत्रकारिताको एघार वर्ष लामो चुनौतीपूर्ण, तर सफल यात्राका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता र वितरकहरूप्रति हृदयदेखि नै आभारी छौँ । [caption id="attachment_40429" align="alignleft" width="300"] कृष्णज्वाला देवकोटा[/caption]...

वर्ष ०७५ : आशाको आगमन

सुजित महत/ नयाँ पत्रिका, काठमाडौं, १ वैशाख - संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ । सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ । ‘एउटा दस्तखत गर्न पनि विदेश भ्रमणको आस राख्ने कर्मचारी पनि...

तस्करीको साढे ३३ केजी सुनले लियो तीनको ज्यान

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौँ, १ वैशाख - तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या...

घरेलु काममा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

नयाँ पत्रिका , काठमाडौं, १ वैशाख - गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी...

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, ३० चैत - ६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब...