logo

bar

कभर स्टोरी

आतंक फैलाउन खोज्नेहरु जरैदेखि उखेलिन्छन् : गृहमन्त्री

रासस , भक्तपुर, १३ वैशाख - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु-याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन् । गृहमन्त्री बादलले गत शनिबारको सांघातिक आक्रमणमा घाइते भएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए । उनले, ‘अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध...

शुक्रबार पार्टी एकतालाई अन्तिम रुप दिइन्छ : प्रचण्ड

अशोक पहाडी , रौतहट, १३ वैशाख - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भोलि (शुक्रबार) पार्टी एकतालाई अन्तिम रुप दिने बताएका छन् । कार्यकर्ता भेटघाटका लागि रौतहटको चन्द्रपुर पुगेका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएकोले शुक्रबार यसलाई अन्तिम रुप दिने बताए । उनले वाम गठबन्धनको मूल एजेन्डा सुशासन, स्थिरता र विकास भएको...

नेपाल–भारतका सीमास्तम्भ पुनर्निर्माण गरिँदै

तेजराज भट्ट, धनगढी, १३ वैशाख - नेपाल–भारतको संयुक्त टोलीले सीमा क्षेत्रका सीमास्तम्भहरू पुनर्निर्माण र मर्मत गर्न सुरु गरेको छ । कैलाली र कञ्चनपुरसँगको सीमा क्षेत्रका हराएका र टुटफुट भएका स्तम्भ नयाँ राख्ने तथा सामान्य टुटफुट भएका स्तम्भलाई मर्मत गरी रङरोगन गर्न थालिएको हो । दुई देशको सहमतिमा नयाँ पिलर राख्ने, मर्मत तथा रङरोगन गर्ने काम भइरहेको...

कर्णाली सरकारले आज एक अर्बको बजेट ल्याउँदै

खगेन्द्र भट्टराई, सुर्खेत, १३ वैशाख - कर्णाली प्रदेश सरकारले बिहीबार बजेट ल्याउने भएको छ । बुधबार प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि बजेट ल्याउने बाटो खुलेको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा दिउँसो १ अर्ब २ करोडको बजेट प्रस्तुत गर्ने कार्यसूची बनाइएको छ । बजेटका सबै तयारी पूरा भएको मन्त्रालयका...

अहिलेसम्म भएको पुनर्निर्माण निराशाजनक छैन : भुसाल

नयाँ पत्रिका, काठमाडाैँ, १३ वैशाख - भूकम्प गएको तीन वर्ष भइसक्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पनि अढाई वर्ष पूरा भयो । यसबीचमा पाँचपटकसम्म प्राधिकरणको नेतृत्व परिवर्तन भइसक्यो । तर, भूकम्पले भत्किएका सात लाखमध्ये एक लाख ४१ हजार घर मात्र बने । चार हजार त विद्यालय नै बन्न बाँकी छन् । थुप्रै सांस्कृतिक सम्पदा बन्न...

साढे ३३ किलो सुन तस्करी, यसरी मुछियो प्रहरी

टेकराज थामी, कृष्ण रिजाल, सुजित महत, काठमाडौं, १३ वैशाख - सुन तस्करीका ७ घुम्ती  ७ माघ  विमानस्थलबाट तस्करी भयो साढे ३३ किलो सुन फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण...

बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, १३ वैशाख - बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर...

कांग्रेस बैठकमा संस्थापन पक्ष पनि आक्रामक

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १३ वैशाख - चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् । बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस...

विश्वप्रकाशका नजरमा कांग्रेस ‘पराजयका ६ कारण’

रमेश सापकोटा , काठमाडौँ - एक महिनादेखि जारी कांग्रेसको समीक्षा बैठकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारका ६ वटा मुख्य कारण भएको बताएका छन् । आज उनले बैठकमा हारका कारण खोतल्दै लिखित प्रस्ताव पेश गरेका थिए । उनको लिखित प्रस्तावमा ‘मुर्झाएको आत्मियता’, ‘छविमा क्षति’, ‘महत्वपूर्ण मद्धाहरुको महिर्गमन’लगायतका कारण उल्लेख छन् । यसअघि पनि कांग्रेसका युवा...

कांग्रेस पुनर्निर्माण गर्न युवा नेताको योजना

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १२ चैत - कांग्रेसका सात युवा केन्द्रीय सदस्यले पार्टीलाई नवजीवन दिने उपाय भन्दै ५१ पृष्ठको प्रस्ताव ल्याएका छन् । गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारले मंगलबारको चुनावी समीक्षा बैठकमा प्रस्ताव पेस गरेका हुन् । केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न छाया सरकार बनाउनेदेखि तत्काल पार्टीको महाधिवेशन...

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । ‘भ्रमणको मिति औपचारिक रूपमा आएको...

भूकम्पको पाठ न जनताले सिके, न सरकारले

जनार्दन बराल, टेकराज थामी र अच्युत पुरी, काठमाडाैँ, १२ वैशाख - भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?’ काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक...

संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - १ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने - संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो । सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि...

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रधानमन्त्री

रासस , काठमाडौँ, ११ वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथिति अन्त्य गरेरै छाड्ने अठोट गरेका छन् । मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ ।’ प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक...

कांग्रेस ‘रिफर्म’ का लागि युवा नेताहरुको पहल, ५१ पृष्ठ लामाे लिखित प्रस्ताव पेश

रमेश सापकोटा , काठमाडौं, ११ वैशाख - एक महिनादेखि जारी कांग्रेसको समीक्षा बैठकमा युवा नेताहरुले लिखित प्रस्ताव पेश गरेका छन् । मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको झण्डै २५ खण्ड र ५१ पृष्ठमा तयार पारिएकाे प्रस्तावमा निर्वाचनको परिणामको समीक्षासँगै छायाँ सरकारलाई सक्रिय बनाउँने, सिद्धान्तको पुनःव्याख्या गर्ने, पार्टीलाई चुस्तदुरुस्त बनाउँने, आवश्यक सुधार गर्नेसहितका विषय उल्लेख छन् ।...

‘केपी ओली राजा महेन्द्र भन्दा निरंकुश’

मधुसुधन भट्टराई , काठकाडौं, ११ वैशाख - कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसका दिन सरकारले दिँदै अाएकाे सार्वजनिक बिदा कटाएर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ती प्रतिष्ठान’ ले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा...

विमानस्थलमा ट्राफिक जाम : आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

अच्युत पुरी / टेकराज थामी, काठमाडौं, ११ वैशाख - २८ वर्षअघिको संरचना, अहिले चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा...

कांग्रेस बैठकमा चुनावी बहस जारी

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ११ वैशाख - नेविसंघ अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै महामन्त्रीको धर्ना - कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे । मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई...

फौजदारी मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ११ वैशाख - फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले समेत विवाद समाधान गर्न नसकेपछि शीर्ष नेताहरूसँग छलफल हुने भएको छ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको पद रहनुपर्ने भन्दै राजपा...

एकता वार्ता सकारात्मक :  यस्तो छ सहमतिको तयारी

शुरोजंग पाण्डे/वीरेन्द्र ओली, काठमाडौं, १० वैशाख - पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा  यस्तो छ सहमतिको तयारी १० तहको पार्टी संरचना दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी ५० प्रतिशत हाराहारी केन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा...

६१ अर्ब राजस्व : सरकार र न्यायालयबीच प्रश्न–उत्तर

नयाँ पत्रिका , काठमाडौं, १० वैशाख - न्यायालयका आदेशले राजस्व गुमेको र विकास निर्माणमा अवरोध भएको विषयमा मन्त्रीहरूले सर्वोच्चका न्यायाधीशहरूसँग प्रश्न गरेका छन् । आदेशहरूमाथि खुला रूपमा बहस गर्न आफूहरू पनि तयार रहेको सर्वोच्चका न्यायाधीशहरूको भनाइ छ । आइतबार कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित न्यायाधीशहरू, अर्थमन्त्री डा. युवराज खतिवडा, कानुनमन्त्री शेरबहादुर तामाङ र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अदालतको बजेट तथा...

कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप

रमेश सापकोटा, मधुसुधन भट्टराई/नयाँ पत्रिका, काठमाडौं, १० वैशाख - कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो । आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

नयाँ पत्रिका , काठमाडौं, १० वैशाख - सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य गर्न भनेको छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा अधिवक्ता ज्योति बानियाँले यातायातमा भएको सिन्डिकेटविरुद्ध नेपाल सरकार, भौतिक पूर्वाधार तथा...

केबी गुरुङद्वारा देउवालाई दिएको समर्थन फिर्ता

रमेश सापकोटा, काठमाडौं, ९ बैशाख - केबी गुरुगले शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएका छन् । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउनका लागि गुरुङले प्रस्ताव गरेका थिए । तत्कालिन कोइराला गुटबाट यता आएर देउवालाई समर्थन गरेका थिए । यस्ता छन् गुरुङले  शेरबहादुर देउवालाई लगाएका आरोप  १३ औं महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बढो विश्वासका...

कार्यक्रम संयुक्त, दुई पार्टीका आ-आफ्नै ब्यानर !

सन्तोष भट्टराई, काठमाडौं, ९ बैशाख - लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर आयोजित संयुक्त कार्यक्रममा लेनिनकै फोटो छुटेको विवादलाई लिएर उब्जिएको विवाद  सुल्झिएपछि कार्यक्रम सुरु भएको छ । एमाले र माओवादीकाे  आ-आफ्नै ब्यानर राखेर कार्यक्रम सुरू भएकाे हाे । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज आयोजना गरेको संयुक्त कार्यक्रम सुरु नहुँदै विवाद उत्पन्न भएको...

छाउगोठको पीडा : जनावरभन्दा देवताकै डर

हेमन्त केसी, जाजरकोट, ९ वैशाख - जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । 'ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो,...

माओवादी बैठककाे निष्कर्ष : ‘एकताबारे ठ्याक्कै मिति तोक्न सकिन्न’

नयाँ पत्रिका, काठमाडौं, ९ वैशाख - माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक सकिएको छ । पार्टी एकताको सम्बन्धमा विकिसित छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफ्रिङ गरेका थिए । उनले सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले छलफल अगाडि बढेको बिफ्रिङ गरेका थिए । पार्टी एकता बारे...

प्रकाशन गृह र पसलेसँग निजी विद्यालयको मिलेमतो

गोविन्द सुवेदी /नयाँ पत्रिका, पोखरा, ९ वैशाख - पोखराका निजी विद्यालय, प्रकाशनगृह र पुस्तक तथा स्टेसनरी व्यवसायीले मिलेमतोमा अभिभावकलाई आर्थिक भार पारेका छन् । निजी शैक्षिक संस्थाहरूले तोकेको पसलमा पुस्तक तथा स्टेसनरी सामान किन्नुपर्ने बाध्यताका कारण अभिभावक महँगो मूल्य तिर्न बाध्य भएका हुन् । निजी शैक्षिक संस्थालाई रकम दिएर पुस्तक तथा स्टेसनरी सामग्री आफ्नो पसलमा बेच्न लगाउने गरेको...

प्रदेश २ प्रहरीका लागि कानुन बनाउँदै सरकार

हदिश खुद्दार/नयाँ पत्रिका, जनकपुरधाम, ९ वैशाख - प्रहरी निरीक्षकसम्म भर्ना गर्ने, नेपाल प्रहरी पनि समायोजन हुने प्रदेश २ सरकारले प्रदेश प्रहरीसम्बन्धी कानुनको मस्यौदा निर्माण अन्तिम चरणमा पु-याएको छ । नेपाल प्रहरीलाई पनि प्रदेश प्रहरीमा समायोजन गर्ने र तत्काल प्रहरी निरीक्षकसम्मको भर्ना लिने गरी मस्यौदा बनिरहेको छ । सुरक्षा व्यवस्थापनमा प्रदेश सरकारलाई सक्षम बनाउने गरी कानुनको मस्यौदा बनाइरहेको आन्तरिक मामिला...

उपहार दिने एकसिंगे गैँडा खोजी गर्दै चिनियाँसहित नेपाली विज्ञ

वीरेन्द्र ओली/नयाँ पत्रिका , काठमाडौं, ९ वैशाख - चीनलाई उपहार दिने दुई जोडी एकसिंगे गैंडाको खोजी प्रक्रिया सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा चिनियाँसहित नेपाली विज्ञहरूले गत बिहीबारदेखि बिहानदेखि बेलुकासम्म गैँडाको खोजी जारी राखेका छन् । आगामी एक हप्ताभित्र उपहार दिने गैँडा छोपेर बोमा राखिने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत (चिफ वार्डेन) रामचन्द्र कँडेलले जानकारी दिए ।...

यातायातमा २० वर्षको विकास : सडक ५ र गाडी १२ गुणा वृद्धि

पुष्प ढुंगाना, जीवन बस्नेत, काठमाडौं, ९ वैशाख - २० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्थे, अहिले ४१ गुड्छन् - कर्णालीमा ८२२, बागमतीमा ११ लाख सवारीसाधन दर्ता देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा...

चीनलाई नेपालको प्रस्ताव : रेलमार्गमा लगानी गर्नुस्

नयाँ पत्रिका, काठमाडाैँ ९ वैशाख - डिपिआर बनाउन चीन तयार तर लगानीबारे जवाफ दिएन - नेपालले बहुचर्तित केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा सतप्रतिशत लगानी (अनुदान)का लागि चीनलाई प्रस्ताव गरेको छ । चिनियाँ समकक्षी वाङसँग ५ वैशाखमा बेइजिङमा भएको औपचारिक वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘मित्रताको प्रतीक’का रूपमा चिनियाँ लगानीको प्रस्ताव गरेका हुन् । लगानीबारे चीनले जवाफ दिएको छैन, तर सम्भाव्यता अध्ययन...