logo

bar
logo
Advertisment
SKIP THIS

अर्थ

जलविद्युतमा लगानीको जोखिम कम हुँदै गएको छ

ज्ञानेन्द्र ढुंगाना, काठमाडौं, २८ मंसिर - केही वर्षअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंकहरूको कुल लगानीको १० प्रतिशत जलविद्युत्मा हुनुपर्ने प्रावधान ल्यायो । बैंकहरूले १० प्रतिशत बढी भएको गुनासो गर्दै आएकाले गत वर्ष त्यसलाई संशोधन गरेर न्यूनतम ५ प्रतिशत भन्ने प्रावधान ल्यायो । जसका कारण बैंकहरूले जलविद्युत्मा उल्लेख्य लगानी गरेको पाइएको...

के युरोप वास्तवमै वित्तीय र राजनीतिक एकता चाहन्छ ?

दानी रोड्रिक, - ग्रिसका पूर्वअर्थमन्त्री तथा कट्टरपन्थी नेता यानिस भारोफाकिसको आफ्नो पदावधिमा ग्रिसको ऋण वृद्धि भएको विषयमा उनका जर्मनेली समकक्षी वल्फग्याङ चाउबलसँग निकै ठूलो मतभेद रहेको थियो । तर, युरोपेली राष्ट्रकोे राजनीतिक र वित्तीय भविष्यसम्बन्धी प्रमुख मुद्दामा भने उनीहरूबीच पूर्ण समझदारी रहेको थियो । मौद्रिक नीतिमा एकरूपता हुनका लागि राजनीतिक रूपमा पनि एकता...

३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोट जलाइयो

कृष्ण रिजाल, काठमाडौं, २८ मंसिर - सवा ४ खर्बका नोट बजारमा, एक वर्षमा ८९ अर्ब निष्कासन - नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ ।...

नेवानिमा रणनीतिक साझेदार स्वीकृति अर्थको जिम्मामा

अच्युत पुरी, काठमाडौं, २८ मंसिर - पर्यटनले तयार पारेको सैद्धान्तिक प्रतिवेदन अर्थ मन्त्रालय पठाइयो - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेवानि)मा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा तयार पारेको विस्तृत प्रतिवेदन अर्थ मन्त्रालय पठाएको छ । प्रतिवेदनमा खासगरी नेवानिलाई ‘किन रणनीतिक साझेदार आवश्यक छ’ भनी विस्तृत व्याख्या गरिएको मन्त्रालय स्रोतको भनाइ छ । पर्यटन...

युटिएलले जिएसएम सेवा अझै सुरु गरेन

गोपाल साउद, काठमाडौं, २८ मंसिर - अनुमतिपत्रको सर्त उल्लंघन गर्दा पनि प्राधिकरण मौन - दूरसञ्चार सेवाप्रदायक कम्पनी युनिफाइड टेलिकम लिमिटेड (युटिएल)ले युनिफाइड लाइसेन्सप्राप्त गरेको १५ महिना बितिसक्दासमेत जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याउन सकेको छैन । ४२ जिल्लामा जिएसएम सेवा विस्तार गरिसक्नुपर्ने सर्त भए पनि कम्पनीले हालसम्म जिएसएम सेवा सञ्चालन नगर्दा प्राधिकरण मौन छ । युटिएलले जिएसएम...

भ्याट छुट नदिए आन्दोलन गर्ने ब्रोकर र लगानीकर्ताको धम्की

नयाँ पत्रिका , काठमाडौं, २८ मंसिर - स्टक ब्रोकरले लिने दलाली सेवामा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लिने निर्णय तत्काल फिर्ता नगरे आन्दोलन गर्ने ब्रोकर र लगानीकर्ताले धम्की दिएका छन् । स्टक ब्रोकर्स एसोसिएसन, नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो धम्की दिएका हुन्...

नेप्सेको भवनमा आगलागी

उमेश पाैडेल, काठमाडौं, २८ मंसिर - नेपाल स्टक एक्सचेन्ज (नेप्स)को भवनमा आगलागी भएको छ । पुतलिसडकमा रहेको नेप्से भवनको दोस्रो तल्लामा रहेको एक कोठामा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट २ वटा कम्प्युटर र झ्यालका सिसामा क्षति पुगेको छ । प्रारम्भिक जानकारी अनुसार आगलागी विद्युत सर्ट भएर भनिए पनि विस्तृत विवरण प्राप्त...

बिआरआईका लागि २३ खर्बको योजना प्रस्ताव

जीवन बस्नेत, काठमाडौं, २७ मंसिर - सडक र रेल पूर्वाधारका ७ आयोजना छनोट- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत निर्माण गर्न ७ वटा पूर्वाधार आयोजनाको प्रारम्भिक छनोट गरेको छ । ती आयोजना थप छलफल र अन्तिम छनोट गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको भौतिक पूर्वाधार मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख राजेन्द्रराज...

घरेलु तथा साना उद्योगको विकासमा गर्नुपर्ने कार्य

, - श्यामप्रसाद गिरि अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ संविधानको कार्यान्वयनको क्रममा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जनताले राजनीतिक स्थायित्वको आस गर्दै वामपन्थी गठबन्धनलाई बहुमत दिएका छन् । अबको समय आर्थिक विकासको हो भनेर राजनीतिक नेताहरूले पनि भन्दै आएका छन् । सम्भावित प्रधानमन्त्री केपी ओलीले वैदेशिक रोजगारीमा रहेकालाई...

विकृत अमेरिकी आर्थिक प्रणाली

जे ब्राडफोर्ड डिलङ, - अर्थतन्त्रका धेरै विषयमा सोच–विचार नै नगरी अमेरिकी रिपब्लिक दलले संसद्मा कर कटौतीसम्बन्धी विधेयक दर्ता गर्नु (र पास गर्नु पनि) धेरै मानिसले सोचेजस्तो ठूलो विषय होइन । यो मध्यमस्तरीय महत्व भएको समाचार मात्र हो । ठूलो क्षेत्रमा प्रभाव पार्ने समाचार सर्वत्र फैलनु स्वाभाविक नै हो । अझ नागरिकलाई चिन्ता थप गर्ने...

लर्ड बुद्धले सुरु गर्‍यो सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर

नयाँ पत्रिका , काठमाडौं, २७ मंसिर - लर्ड बुद्धले सुरु गर्‍यो सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर – लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा कार्यक्रम सञ्चालन गरेको छ । सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तरस्तरको मास्टर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट (एमएससी आइटिएम), मास्टर इन बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) विषयमा अध्यापन सुरु गरेको...

कारोबार रकम ४४ प्रतिशत बढ्यो

नयाँ पत्रिका , काठमाडौं, २७ मंसिर - मंगलबार नेप्से परिसूचक १७ दशमलव ५४ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको परिसूचक अन्तिम समयसम्ममा १ दशमलव १५ प्रतिशत घटेर १ हजार ५ सय १० दशमलव २१ बिन्दुमा पुगेर बन्द भएको छ । बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ४४ दशमलव शून्य ६ प्रतिशत बढेको...

आफ्नो सम्पत्ति खोज्दै प्राधिकरण

अच्युत पुरी, काठमाडौं, २७ मंसिर - नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो नाममा देशभर रहेको चल–अचल सम्पत्तिको वास्तविक मूल्यांकन गर्ने भएको छ । त्यसका लागि चल–अलच सम्पत्ति, पूर्वाधार तथा अन्य स्रोतका रूपमा रहेको सम्पत्ति खोजेर अभिलेखन गर्न लागिएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । प्राधिकरणले चालू आर्थिक वर्ष २०७४-७५ को बजेट तथा कार्यक्रममार्फत यो योजना सार्वजनिक...

आर्थिक विकासमा इयुको सहयोग निरन्तर

नयाँ पत्रिका , काठमाडौं, २७ मंसिर - नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडीले नेपालको समुचित आर्थिक विकासका साथै व्यवसाय प्रवद्र्धनमा युरोपियन युनियन (इयु)को सहयोग निरन्तर हुने बताएकी छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले यस्तो बताएकी हुन् । नेपालको संविधान कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गर्दै राजदूत...

प्रबन्धनिर्देशक नहटाउन टेलिकम कर्मचारीहरूको चेतावनी

नयाँ पत्रिका , काठमाडौं, २७ मंसिर - सरकारले नेपाल टेलिकमकी प्रबन्धनिर्देशक कामिनीराज भण्डारीलाई हटाउन खोजेको भन्दै कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल दूरसञ्चार कर्मचारी संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकम प्रबन्धनिर्देशक फेरबदल गर्न लागिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सरकारले नै जारी गरेको ‘टेलिकम प्रबन्धनिर्देशकको नियुक्ति र...

बहुपक्षीय बेलायती व्यापारको भविष्य

गिआन्कार्लो कोरसेटी /मेरिडिथ ए. क्रोले, - युरोपेली संघ (इयू)बाट बाहिरिने निर्णय गरेको बेलायती नेताको कदम बुद्धिमानीपूर्ण हुन सक्छ । किनकि यससँगै अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार गर्न कस्ता नीति अवलम्बन गरे भविष्यमा सर्वोत्तम ठहरिन सक्छ भन्ने विषयमा बेलायतले आफैँ निर्णय लिन सक्ने भएको छ । बेलायतले दुईपक्षीय व्यापार सम्झौता भएका राष्ट्रको लामो सूची मात्र झुन्ड्याउन चाहन्छ ?...

नेपालमा डाटा सुरक्षाको सवाल

उमेश रघुवंशी सिइओ, इन्फो डेभलपर्स, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकमा १२ वर्ष सूचना प्रविधि विभागअन्तर्गत प्रोग्रामरको अनुभव सँगालेका सूचना प्रविधि क्षेत्रका उद्यमी उमेश रघुवंशीले प्राइम कमर्सियल बैंकको आइटी प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । १४ वर्षअघि इन्फो डेभलपर्स कम्पनी स्थापना गरी सूचना प्रविधिसम्बन्धी उद्यममा हात हालेका उनी ७ वर्षयता भने पूर्ण रूपमा व्यवसायमा केन्द्रित छन् । कोठाको...

स्थानीय तहमा बजेट खर्च हुन सकेन

जनार्दन बराल, काठमाडौं, २६ मंसिर - केन्द्रमा बजेट खर्च लेखियो, स्थानीय तहको खातामा थुप्रियो रकम चालू आर्थिक वर्षको आर्थिक ऐनमा भएको व्यवस्थाअनुरूप स्थानीय तहमा गएको बजेट खर्च हुन सकेको छैन । बजेटमा भएको व्यवस्थाअनुरूप दुई किस्ताबापत १ खर्ब ५० अर्ब रुपैयाँ स्थानीय तहमा जाने गरी अख्तियारी दिइसकेको भए पनि खर्च भने निराशाजनक देखिएको छ । हालसम्म...

साउदी अरेबियामा अड्किएका ३ वटा शव नेपाल ल्याइँदै

नयाँ पत्रिका, काठमाडौं, २६ मंसिर - पदमबहादुर केसी, रमेश विक र भीमबहादुर केसीको शव नेपाल पठाउने विषयमा मन्त्रीसँग सहमति साउदी अरेबियामा लामो समयदेखि अड्किएका ३ जना नेपालीको शव नेपाल आउने भएको छ । साउदी अरेबियास्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूको शव नेपाल पठाउने टुंगो लागेको साउदीस्थित नेपाली राजदूत प्राध्यापक महेन्द्रप्रसाद सिंहले जानकारी दिए । ‘सोमबार साउदी अरेबियाका...

भृकुटीमण्डपमा जुत्ता मेला अवलोकनकर्ता दोब्बर

नयाँ पत्रिका , काठमाडाैँ - नयाँ मोडेलका नेपाली जुत्ताबारेमा ग्राहकलाई जानकारी दिई बिक्री गर्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको जुत्ता महाकुम्भ मेलामा अवलोकनकर्ता भीड ह्वात्तै बढेको छ । जुत्ता मेला सञ्चालन भइरहेको स्थलनजिक राष्ट्रियसभा गृहमा मतगणनाबारे चासो राख्न आउनेहरू मेलामा पुगेसँगै अवलोकनकर्ताको चाप बढेको हो । मेलामा सहभागी सम्राट सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले दैनिक हजारौँ...

खेती भएको जमिन बढ्यो

नयाँ पत्रिका, काठमाडौं, २५ मंसिर - खाद्य तथा अन्य बालीको उत्पादन १०.८ प्रतिशतले वृद्धि, पोखरा र धनगढीमा कृषियोग्य जमिन घट्यो वैदेशिक रोजगारीले कृषियोग्य जमिन बाँझो रहने चिन्ता बढ्दै गएको समयमा नेपाल राष्ट्र बैंकले कृषिमा प्रयोग भएको जमिनको क्षेत्रफल बढेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आव ०७३-७४ मा ५७ जिल्लामा गरेको आर्थिक गतिविधि अध्ययनअनुसार प्रमुख...

इन्धनको मूल्य वृद्धिले बढायो हवाई भाडा

नयाँ पत्रिका, काठमाडौं, २५ मंसिर -   स्रोत : वायुसेवा सञ्चालक संघ नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले हवाई भाडा वृद्धि गरेका छन् । काठमाडौंदेखि मुलुकका विभिन्न गन्तव्यका लागि निर्धारित आधारभूत हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म बढेको छ । वायुसेवा सञ्चालक संघ (आयोन)को आइतबारको निर्णयअनुसार मंगलबार...

नियन्त्रणमुखी अर्थव्यवस्था सम्भव छैन : पशुपति मुरारका

कृष्ण रिजाल, काठमाडौं, २५ मंसिर - पशुपति मुरारका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको राजनीतिक संक्रमण सकिएको छ । अब पाँच वर्षका लागि स्थिर सरकार आउने र जनताले महसुस गर्नेगरी आर्थिक समृद्धि हुने अपेक्षा गरिएको छ । चुनावी नतिजाले अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने प्रस्ट भइसकेको...

कुर्था–जयनगर रेल आउँदो कात्तिकदेखि सञ्चालनमा

जीवन बस्नेत , काठमाडौं - नेपालको कुर्था (जनकपुरदेखि ५ किलोमिटर पश्चिम) देखि भारतको जयनगरसम्म कात्तिक ०७५ देखि रेल गुड्ने भएको छ । यही फागुनदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि ट्र्याक निर्माणलगातयका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको हो । ‘अन्तरदेशीय रेलमार्ग सञ्चालनअन्तर्गत पहिलो चरणमा निर्माणाधीन...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

रासस, काठमाडौँ, २२ मंसिर - काठमाडौँ, २२ मंसिर। नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा तीन र तीन, हवाई इन्धनमा पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ...

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित – काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ हजार ३९७ मत पाएका छन् भने कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरी पराजित भए । विवेकशील साझा पार्टीका पुकार बलमे ४ हजार ४१४...

लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि

शान्ता कमली, लमजुङ २२ मंसिर - लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि – लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६ सय ७७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर...

पश्चिम नवलपरासीमा ११ र पूर्वी नवलपरासीमा १२ बजेदेखि मतगणना शुरु गरिने

ज्ञानु पंगेनी, नवलपरासी, २२ मंसिर - नवलपरासीको बर्दघाट सुस्ता पश्चिम परासीमा ११ बजेबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिएका छन् । परासी क्षेका सबै मतदान स्थलबाट मतपेटिका गएराती नै सदरमुकाम परासी ल्याईएको थियो । अबको केहिवेरमा सर्वदलीय वैठक बसेर मतगणना आचार संहिता निर्माण गरि ११ बजेबाट मतगणना शुरु गर्ने तयारी गरिएको रेग्मीले...

वैदेशिक रोजगारमा आवश्यक सुधार

तेजराज पाण्डे, - स्वदेशमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा ०४२ पछि नेपाली नागरिकहरू औपचारिक रूपमा वैदेशिक रोजगारीमा जान थालेका हुन् । छोटो अवधिमा नै अहिले हरेक परिवारलाई वैदेशिक रोजगारीले छोइसकेको छ । वैदेशिक रोजगारको सिलसिलामा १ सय ७२ भन्दा बढी मुलुकमा नेपाली पुगिसकेका छन् । आन्तरिक रोजगारी सिर्जनामा राज्यको ध्यान नपुग्दा वैदेशिक रोजगारीको...

स्थिर भारतीय सूचनाप्रविधि क्षेत्र

सिपी चन्द्रशेखर /जयती घोष, - सूचना प्रविधि क्षेत्रको विकास गर्न सरकारले विशेष व्यवस्था गर्ने सम्बन्धमा भारतमा सो क्षेत्रको व्यापार विस्तार गर्ने निकाय नासकमसँग लामो समयदेखि छलफल तथा बहस हुँदै आएको थियो । हालै आर्थिक वर्ष सन् २०१७-०१८ मा भारतीय सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवाबाट हुने निर्यात ७ देखि ८ प्रतिशतसम्म वृद्धि गर्ने सरकारले घोषणा...

नलसिङगाढका भ्रष्टाचार आरोपीलाई सफाइ

उमेश पौडेल, काठमाडौं, २० मंसिर - जलाशययुक्त नलसिङगाढ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको मुद्दा खेपिरहेका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । डिपिआरमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० चैतमा तत्कालीन कार्यकारी निर्देशक मोतीबहादुर कुँवर, सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, लेखाअधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका...

सहकारीमा व्यक्तिगत बचत ३ खर्ब २ अर्ब

सुदीपकुमार ढुंगाना, काठमाडौं, २० मंसिर - देशभरका वित्तीय संस्थामा जम्मा भएको व्यक्तिगत बचतको २० प्रतिशत सहकारीमा देशभरका विभिन्न वित्तीय संस्थामा जनताले गरेको व्यक्तिगत बचतमध्ये २० प्रतिशत रकम सहकारीमा निक्षेपका रूपमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंक र सहकारी विभागले आव ०७३-७४ को अन्तिम दिन सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो आवको अन्तिम दिन...