logo

bar

अर्थ

राष्ट्रिय गौरवका आयोजनाकै प्रगति निराशाजनक

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - २१ मध्ये २० आयोजनाले लक्ष्य हासिल गर्न सकेनन् नेपाल सरकारले उच्च प्राथमिकता दिएका राष्ट्रिय गौरवका आयोजनाहरूकै भौतिक प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो ४ महिनामा कुल २१ वटा गौरवका आयोजनामध्ये २० वटा आयोजनाले लक्ष्य हासिल गर्न असफल भएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले...

हिमालयन हाइड्रो एक्स्पो सुरु

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - ऊर्जा क्षेत्रको विकासमा पुँजी र आधुनिक प्रविधि भित्र्याउने लक्ष्य काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको ‘हिमालयन हाइड्रो एक्स्पो– २०१८’ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एक्स्पोले नेपाली ऊर्जा क्षेत्रको विकासमा आवश्यक पुँजी र प्रविधि भित्र्याउने उद्देश्य राखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट...

सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री–वितरणमा रोक

राजकुमार गोले/नयाँ पत्रिका, काभ्रे, २२ पुस - गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो । सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । तर, ती उद्योगले गुणस्तर कायम...

तीन ग्यास उद्योगमा लगाइयो ‘सिल’

राजकुमार गोले, काभ्रे - काभ्रेको तीन ग्यास उद्योगमा सिल लगाइएको छ । शुक्रबार गुणस्तर तथा नाप तौल विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योग मापदण्ड विपरित रहेको पाइएकाले विक्रिवितरणमा राेक लगाइएकाे निर्देशक उपाध्यायले जानकारी दिए । कुन ग्यास उद्योगमा के भेटियो ?...

उद्योग क्षेत्रका ९ समस्या

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - जुद्ध शमशेरकै पालामा उत्पादन क्षेत्र आंशिक रूपमा अघि बढाइएको भए पनि त्यसले अझै गति लिन सकेको छैन । उद्योग क्षेत्रको विकास अत्यन्तै कमजोर छ । सन् १९६२ मा र त्यसपछि १९९२ मा ल्याइएको औद्योगिक नीति संशोधन भइसकेको छ । तर पनि यसले मुलुकको आवश्यकता र परिस्थितिलाई सम्बोधन गर्न नसकेको अर्थविद्...

धनाढ्यमैत्री अमेरिकी कर कानुन

जोसेफ इ. स्टिग्लिज, काठमाडौं, २१ पुस - कर कटौती र कर प्रणाली सुधार गर्ने यी दुवै काम एकै विधेयकले गर्छ भन्ने मान्यता यसअघि कहिल्यै स्थापित भएको थिएन । तर, क्रिस्मसको केही समय पहिले मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसम्बन्धी संसदले पारित गरेको विधेयकमा हस्ताक्षर (प्रमाणीकरण) गरेका छन् । अमेरिकी संसद्मा रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका सांसदले सो...

दुई दर्जन आन्तरिक विमानस्थल घाटामा

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, २१ पुस - प्राधिकरणले हवाई यात्रुको टिकटबाट २ सय रुपैयाँ विमानस्थल सेवा शुल्क उठाउँछ नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरिरहेका दुई दर्जन विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर सञ्चालनमा रहेका कुल ३० विमानस्थलमध्ये २४ वटा विमानस्थल खुद घाटामा सञ्चालन भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ५...

बुढीगण्डकीको निर्माण माथिल्लो तामाकोसी ढाँचामा हुने

रासस , काठमाडौं, २१ पुस - आयोजनाको कुल लागत २ खर्ब ७० अर्ब, सरकारद्वारा ९४ अर्ब अनुदान बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने आवश्यक प्रक्रिया सुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा ऊर्जा मन्त्रालयले आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएको...

कृष्णनगर नाकामा सुपारी तस्करी मौलायो

डिलाराम भुसाल/नयाँ पत्रिका , कपिलवस्तु, २१ पुस - कपिलवस्तुको कृष्णनगर नाका क्षेत्रमा सुपारी तस्करी पुनः मौलाएको छ । मंगलबार राति कृष्णनगर प्रहरीले सिर्सिहवा नाकाबाट नेपाली सुपारी लिएर भारत जाँदै गरेको युपी५५टी १०६ नम्बरको मिनीट्रक पक्राउ परेको हो । प्रहरीले कडाइ गरेपछि केही महिना सुपारी तस्करी नियन्त्रणमा आएको थियो । प्रहरीले ३४ बोरा (२ हजार ४० किलो) सुपारीसहित सो...

श्रमिक आपूर्तिकर्ता संघ गठन

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - स्वदेशी श्रम बजारमा आवश्यक श्रमिक आपूर्ति गर्दै आएका आउटसोर्सिङ कम्पनीहरू संगठित भएका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रामेश्वर शाहको अध्यक्षतामा श्रमिक आपूर्तिकर्ता संघ गठन भएको हो । निजी क्षेत्रका सुरक्षा गार्ड र श्रमिक आपूर्ति गर्दै आएका कम्पनीहरू सदस्य रहने संघको गठनले आटसोर्सिङ व्यवसायमा संलग्न व्यवसायीहरूको हकहित संरक्षण...

आजबाट ग्यास उद्योगमा अनुगमन : मापदण्ड मिच्ने उद्योगलाई बन्द गराइने

अजित अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २१ पुस - सरकारले शुक्रबारबाट ग्यास उद्योगको अनुगमनलाई तीव्रता दिन लागेको छ । अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने उद्योगलाई बन्दसमेत गराउने तयारी छ । गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगमा गई अनुगमन गर्न लागेको हो । विभाग स्रोतका अनुसार अनुगमन टोलीले धादिङ, काभ्रे र काठमाडौंका उद्योगमा अनुगमन गर्नेछ...

प्रतिमन १० हजारले बढ्यो अलैँचीको मूल्य

सरोज शर्मा, पाँचथर, २० पुस - पूर्वी पहाडी जिल्लाको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा सुधार आउन थालेपछि किसान र ब्यवसायीले पुनः आशा पलाएको बताएका छन् । अलैँची बेचेर विभिन्न काम गर्ने ध्याउन्नमा रहेका कृषक देखि व्यापारको नाफाको सपना देखेका ब्यवसायी सम्मलाई अलैँचीको मूल्यमा आएको गिरावटले चिन्ता पारेको थियो । एक साता अघि सम्म ३० हजार प्रतिमन...

टिम्मुरको उत्पादन घटेपछि म्याग्दीका कृषक निराश

निर्मल खत्री, म्याग्दी, २० पुस - टिम्मुरको जिल्ला भनेर चिनिने म्याग्दीमा यस वर्ष टिम्मुरको उत्पादन घटेको छ । फूल फुलेर फल लाग्ने समयमा पानी र असिनाले क्षती पुर्याएपछि करिब १५ मुरी मात्र टिम्मुर निकासी भएको छ । स्वदेश तथा विदेशबाट भएको टिम्बुरको मागभन्दा आधा उत्पादन नभएपछि कृषक निराश भएका छन् । अन्य अन्नबाली छोडेर खेतबारी, घरआगन,...

सडकमा वैदेशिक सहायता र हाम्रा आयोजना

नयाँ पत्रिका, काठमाडौं, २० पुस - नेपालमा २०३० साल अघिसम्म अधिकांश सडक विदेशी सहयोगमा निर्माण भएका थिए भने प्रविधि, प्राविधिक र निर्माण कम्पनी पनि प्रायः उनीहरूकै छनौटको हुन्थ्यो । तर, समयक्रमसँगै बिस्तारै विदेशी सहयोग रकम मात्र आउन थाल्यो भने निर्माणको जिम्मा नेपाली निर्माण व्यवसायीले नै लिन थाले । पछिल्लो समयमा त शतप्रतिशत जस्तै सडक निर्माण नेपाली...

बैंकको कर्जा घट्नु किन चिन्ताजनक हुन्छ ?

नयाँ पत्रिका, काठमाडौं, २० पुस - बजार विविधीकरण गर्न वितरणमुखी बैंकिङ कर्जा प्रवाह हुनु आर्थिक विकासको अपेक्षा र आर्थिक विस्तारजस्ता क्षेत्रमा तुलनात्मक रूपमा बढी विश्वसनीयता सूचक हुन्छ । प्रायजसो विश्लेषकले पनि तत्कालको औसत आर्थिक वृद्धिदरभन्दा कल्पना र अनुमानका भरमा कुल गार्हस्थ्य उत्पादनको अनुमानित विचारलाई आधार मानी विश्लेषण गर्ने गरेका छन् । विश्वका अन्य राष्ट्रजस्तै भारतका पनि...

साँच्चै संकटमा छ त सरकारी ढुकुटी ?

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, २० पुस - सरकारी ढुकुटी संकटमा परेको भन्दै कतिपय सरकारी अधिकारी तथा विज्ञहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर, सरकारी ढुकुटीको बुधबारसम्मको तथ्यांकले भने त्यस्तो संकेत गर्दैन । बुधबार मध्याह्नसम्म सरकारी ढुकुटीमा ७२ अर्ब रुपैयाँ खर्च गर्न सकिने अवस्थामा रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । ‘बुधबार दिउँसोसम्म सरकारले कुल ४...

दुई निकायमा प्रमुख नियुक्त गर्दै पशुपक्षीमन्त्री

अजित अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २० पुस - आफूअनुकूलका व्यक्तिलाई नियुक्ति दिन प्रक्रिया र योग्यतासमेत खुम्च्याए पशुपक्षी विकासमन्त्री शम्भुलाल श्रेष्ठले मातहतका दुई महत्वपूर्ण निकायको प्रमुख पदमा नियुक्ति प्रक्रिया अघि बढाएका छन् । मन्त्रालयले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक र दुग्ध विकास संस्थान (डिडिसी) को महाप्रबन्धक पदका लागि मंगलबार एक सूचना प्रकाशित गरी दरखास्तसमेत आह्वान गरिसकेको छ ।...

व्यापार घाटा रोक्न आयातलाई निरुत्साहित गर्नुपर्ने

नयाँ पत्रिका , काठमाडौं, २० पुस - एक महिनाभित्रै सेजमा विद्युत् आपूर्ति, उत्पादन लागत घटाइने चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न आयात निरुत्साहित गर्नुपर्ने वाणिज्यसचिव चन्द्रकुमार घिमिरेले बताएका छन् । जथाभावी आयात हुँदा मुलुकमा व्यापार घाटा बढ्नुका साथै उपभोक्ताले गुणस्तरीय सामग्रीसमेत नपाउने अवस्था आएको उनको भनाइ छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा व्यापार घाटाप्रति सम्बन्धित सबै सरोकारवाला...

त्रिपाठीद्वारा उखु खरिदको समर्थन मूल्य तोक्न माग

नयाँ पत्रिका, काठमाडौं, २० पुस - प्रतिनिधिसभामा परासी– १ बाट निर्वाचित सांसद हृदयेश त्रिपाठीले सरकारसँग उखु खरिदको समर्थन मूल्य तोक्न माग गरेका छन् । नेता त्रिपाठीले बुधबार एक वक्तव्य जारी गर्दै उखु उत्पादक किसानले चिनी मिललाई उखु बेच्ने समय भइसक्दासम्म सरकारले समर्थन मूल्य नतोक्नु आश्चर्यजनक भएको बताएका छन् । ‘उखु उत्पादक किसानले चिनी मिललाई उखु बेच्ने...

स्थानीय तहको राजस्व निर्धारणमा मनोमानी

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका, बाँके, २० पुस - गाउँपालिका र नगरपालिकाले आफ्नै तरिकाले राजस्व वृद्धि गरेपछि स्थानीय जनता मर्कामा परेका छन् । स्थानीय नियकाले नागरिकताको सिफारिस, जग्गा–घर कर, चार किल्ला प्रमाणित, प्रतिलिपि सिफारिस करजस्ता काममा दोब्बरभन्दा बढी राजस्व वृद्धि गरेपछि सर्वसाधारण मर्कामा परेका हुन् । खजुरा गाउँपालिकाले नागरिकता प्रतिलिपि सिफारिस ६० रुपैयाँबाट बढाएर २५० रुपैयाँ पुर्‍याएको खजुरा गाउँपालिका–८,...

खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी

सरला कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २० पुस - तरकारी बालीमा ८५ प्रतिशतसम्म विषादी, तराईमा सबैभन्दा धेरै प्रतिहेक्टर ९९५ ग्राम विषादी प्रयोग नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२-७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार...

नेपालमा वैदेशिक लगानी : प्रतिबद्धता दुई खर्ब, लगानी ५५ अर्ब

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, २० पुस - नेपालमा विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेभन्दा एकचौथाइ मात्रै लगानी गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा हालसम्म ५५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । तर, उद्योग विभागमा उद्योग दर्ता गराउँदै विदेशी लगानीकर्ताले नेपालमा २ खर्ब २१ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।...

मर्स्यांदी कृषि र पशु विकासतर्फ ९१ लाख बजेट

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ १९ पुस - लमजुङको मर्स्यांदी गाउँपालिकामा कृषि र पशुविकासतर्फ ९१ लाख बजेट छुट्टाएको छ । स्थानीय तहमा कृषि र पशुसम्बन्धी बजेट हराइरहेका बेला मर्स्यांदी गाउँपालिकाले कृषि र पशु विकासतर्फका योजनालाई प्राथामिकता दिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ का लागि पशुतर्फ ५२ लाख पाँचहजार र कृषितर्फ ३९ लाख ६९ हजार रुपियाँ बजेटसहितको कार्यक्रम...

डिजिटल अर्थतन्त्र निर्माणका लागि चीनका चुनौती

नयाँ पत्रिका, काठमाडौं, १९ पुस - चीनको डिजिटल अर्थतन्त्रले निकै दबाब महसुस गरेको देखिन्छ । विश्वभर हुने विद्युतीय व्यापारिक कारोबार (ई–कमर्स)को करिब ४२ प्रतिशत (करिब एकतिहाइ) सूचना प्रविधिका स्टार्टअप भएको चीनमा अमेरिकाको तुलनामा करिब ११ प्रतिशत बढी मोबाइल भुक्तानी (मोबाइल पेमेन्ट) हुने गरेको छ । तर, पूर्ण डिजिटल प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्न चीनले सामना गर्नुपर्ने...

यसकारण असुरक्षित भइरहेको छ, वैदेशिक रोजगारी

सुदीप पाठक, काठमाडौं, १९ पुस - वैदेशिक रोजगारीको बाढीले धेरै नेपालीलाई छोएको छ । मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानिरहेको छ । तर, वैदेशिक रोजगारमा रगत, आँसु र पसिना बगाउने श्रमिकहरूको पीडामा भने धेरैको ध्यान पुग्न सकेको छैन । केही वर्षयता भने राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारमा जाने कामदारहरूको मानवअधिकारको विषयमा चासो देखाउन थालेको छ । क्षेत्रगत...

लमजुङको मस्र्याङ्दीमा कृषि र पशु विकासतर्फ ९१ लाख बजेट

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ १९ पुस - लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कृषि र पशुविकासतर्फ ९१ लाख बजेट छुट्टाइएको छ । स्थानीय तहमा कृषि र पशुसम्बन्धी बजेट हराइरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले कृषि र पशु विकासतर्फका योजनालाई प्राथामिकता दिएको छ । चालु आर्थिक वर्ष २०७४-०७५ का लागि पशुतर्फ ५२ लाख पाँचहजार र कृषितर्फ ३९ लाख ६९ हजार रुपियाँ बजेटसहितको कार्यक्रम...

तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, १९ पुस - गभर्नर भन्छन्, ‘बैंकले अर्थतन्त्रलाई अप्ठ्यारो पारे, राष्ट्र बैंकले कडा कारबाही गर्नेछ’ बैंक तथा वित्तीय संस्थाले एकपटक कर्जाको ब्याजदर निर्धारण गरेपछि तीन महिनासम्म बढाउन नपाइने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको मौका छोपी बैंकहरूले सामान्य सूचनाका आधारमा ब्याजदर नबढाऊन् भनेर सरकार र राष्ट्र बैंकले यस्तो नियम बनाउन लागेका...

अन्तरिम आदेशकै भरमा क्यासिनो सञ्चालन : करोडौँ बक्यौताबाट उन्मुक्ति

निराजन पौडेल/नयाँ पत्रिका, काठमाडौं, १९ पुस - सर्वोच्च अदालतले चार वर्षसम्म अन्तिम फैसला नगर्दा काठमाडौं उपत्यकाका अधिकांश क्यासिनोहरू पर्यटन मन्त्रालयले दिएको लाइसेन्सकै आधारमा सञ्चालनमा छन् । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बनेको क्यासिनो नियमावली २०७० अनुसार पाँचतारे होटेलमा सञ्चालित क्यासिनोले नयाँ इजाजतपत्र लिनुपर्ने हुन्छ । तर, पर्यटन मन्त्रालयकै अनुपतिपत्रका आधारमा क्यासिनो सञ्चालन गर्न सर्वोच्चले अन्तरिम आदेश...

नेपालभन्दा भारतमा निकै धेरै भोकमरी

नयाँ पत्रिका , काठमाडौं, १९ पुस - सबै दक्षिण एसियाली मुलुक नेपालको तुलनामा बढी भोकमरीग्रस्त छन् । विश्व भोकमरी सूचकांक (जिएचआई)का अनुसार भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान तथा अफगानिस्तानमा नेपालमा भन्दा बढी भोकमरी छ । सन् २०१७ मा सो सूचकांकमा नेपाल ७२औँ स्थानमा छ । भारत नेपालभन्दा २८ स्थान तल १००औँ स्थानमा छ । श्रीलंका ८४औँ र बंगलादेश...

आँखु हाइड्रोमा पाँच अर्ब लगानी गर्ने

रासस , काठमाडौं, १९ पुस - आँखु हाइड्रोमा पाँच अर्ब लगानी गर्ने – हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । मंगलबार आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । आयोजनामा...

काठमाडौंबाहिर तारे होटेल खोल्दै हुनुहुन्छ ? सरकारले बनायो खुकुलो मापदण्ड

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, १९ पुस - नेपाल सरकारले दुर्गम भेगमा खुल्ने एकतारेदेखि पाँचतारे होटेल/रिसोर्टका लागि मापदण्ड खुकुलो बनाएको छ । एकतारेदेखि पाँचतारे होटेल/रिसोर्टसम्बन्धी ४ कात्तिक २०७० मा राजपत्रमा प्रकाशित आदेशमा संशोधन गर्दै सरकारले नयाँ मापदण्ड तोकेको हो । सो आदेशमा सुगम र दुर्गममा खुल्ने सबै होटेलका लागि समान प्रकृतिको मापदण्ड तोकिएको थियो । संशोधित मापदण्डअनुसार अब...

मकवानपुर उद्योग वाणिज्य संघमा कटुवाल

सुदीप शिवाकोटी/नयाँ पत्रिका, मकवानपुर, १९ पुस - मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभाले कृष्ण कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । महेन्द्र राउतलाई १ सय ८८ मतान्तरले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ हजार २६ मत प्राप्त गरेका थिए । साधारणसभाबाट वाणिज्यतर्फ उपाध्यक्षमा कृष्णकुमार...