logo

bar

अर्थ

प्रत्यक्ष वैदेशिक लगानी आगमन दोब्बरले बढ्यो

कृष्ण रिजाल/नयाँ पत्रिका , काठमाडौं, ६ माघ - पाँच महिनामा सवा ११ अर्ब १२ करोड विदेशी लगानी, पौने ९ अर्ब पुँजीगत अनुदान चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा गत वर्षको तुलनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढेको छ । राजनीतिक अवस्था र नीतिगत व्यवस्थामा क्रमिक सुधार आउन थालेपछि प्रत्यक्ष वैदेशिक लगानी आगमन बढ्दै गएको हो । नेपाल राष्ट्र...

साञ्जेन र रसुवागढीको सेयर निष्कासन समय सर्‍यो

नयाँ पत्रिका , काठमाडौं, ६ माघ - साञ्जेन र रसुवागढी जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ । रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन बाँकी रहेको जानकारी दिए । कम्पनीले केही दिनपहिले वार्षिक साधारणसभा सम्पन्न गरेर आइपिओ जारी गर्ने प्रस्ताव पारितसमेत गरिसकेको...

नेपालमै अन्तराष्ट्रिय स्तरको कम्प्युटर तालिम केन्द्र

नयाँ पत्रिका , काठमाडाैँ - गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका संस्थापक पदमराज अवस्थीले नेपाली बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताएका छन् । उनले दक्ष दनशक्ति उत्पादन गरी युवाहरुलाई स्वरोजगार बनार्इ देश विकासमा टेवा पुर्‍याउन आफू लागिपरेको बताए । अवस्थीले गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी मार्फत नयाँ प्रविधि तथा अन्तराष्ट्रिय स्तरको सुचना सञ्चार प्रविधिको...

विमानस्थलमै सड्यो नुन, हुम्लाका जनता अलिनाे खान बाध्य !

नरजन तामाङ, हुम्ला, ५ माघ - नेपाल सरकारले हुम्ली जनताको लागि सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेको छ । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो । नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको छ । विमानस्थल बाहिर रहेका...

तरलता अभावले अर्थतन्त्रमा पार्ने प्रभाव र समाधान

नयाँ पत्रिका, काठमाडौं, ५ माघ - २०७३ को सुरुवाततिर नेपालको वित्तीय प्रणालीमा अधिक तरलताको समस्या थियो । तर, त्यसको ६ महिना नपुग्दै असोजपछि बैंकमा लगानीयोग्य तरलता अभावको समस्या सिर्जना भएको थियो । राष्ट्र बैंकले त्यसवेला मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत कर्जा निक्षेप अनुपातमा लचकता प्रदान गरेको थियो । उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जाको ५० प्रतिशतसम्मको रकमलाई...

तारे होटेलका करिब ३५ प्रतिशत कोठा बिकेनन्

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, ४ माघ - पर्यटक र तारेस्तरका होटेलको अकुपेन्सी दर ६५ प्रतिशत मात्र पर्यटक आगमनको दृष्टिकोणबाट उल्लेख्य प्रगति भएको वर्ष सन् २०१७ मा होटेलको अकुपेन्सी (कोठा उपयोग/बिक्री) दर भने औसत मात्र रहेको छ । होटेल संघ नेपाल (हान)का अनुसार यस वर्ष औसत ६० देखि ६५ प्रतिशतको बीचमा कोठाहरू बिक्री भए भने ३५ प्रतिशत कोठा...

फेरि सलबलायो अवैध क्रिप्टोकरेन्सीको कारोबार

उमेश पौडेल/नयाँ पत्रिका, काठमाडौं, ४ माघ - दूरसञ्चार प्राधिकरणले बन्द गर्‍यो कारोबार हुने वेबसाइट नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको पाइएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरूको उत्पादन (माइनिङ) तथा कारोबार भइरहेको समाचार नयाँ पत्रिकाले बाहिर ल्याएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने...

सिक्लेस जलविद्युत्को परीक्षण उत्पादन सफल

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, ५ माघ - कास्कीको सिक्लेसमा निर्माण भएको १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । करिब दुई महिना परीक्षण उत्पादन भएको आयोजनाको विद्युत् दुई साताभित्रै राष्ट्रिय प्रसारणलाइनमा जोडिने कम्पनीका अध्यक्ष सूर्यबहादुर केसीले जानकारी दिए । उत्पादित विद्युत् आयोजनास्थलबाट करिब २५ किलोमिटर टाढा रहेको पोखरा–लेखनाथ महानगरपालिका–३२ बुढीबजारस्थित १ सय ३२...

सिन्धुलीगढी पुनर्निर्माणमा एनआरएनएले सघाउने

नयाँ पत्रिका , काठमाडौं, ५ माघ - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ऐतिहासिक सिन्धुलीगढीको जीर्णाेद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । सम्झौतापत्रमा एनआरएनए अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआरएनएले ६ महिनाभित्र सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पारेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्नेछ । गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको...

जापान किन लोकप्रियतावादमुक्त छ ?

इआन बुरुमा, - युरोप, संयुक्त राज्य अमेरिका, भारत र दक्षिण एसियाली केही मुलुकलाई दक्षिणपन्थी लोकप्रियतावादले ‘स्विप’ गरे पनि जापानले भने जहाँसम्म यसलाई रोकथाम गर्दैै आएको देखिएको छ । नेदरल्यान्डका नेता ग्रिट विल्डर्स, फ्रान्सेली नेतृ म्यारिन ली पेन, अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र...

सरकारको रकम अब वाणिज्य बैंकमा पनि

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, ४ माघ - ढिलोमा आगामी बजेटमार्फत कानुनी व्यवस्था गरिने, बैंकर र निजी क्षेत्र उत्साही सरकारले आफूसँग भएको रकम अब वाणिज्य बैंकमा पनि राख्ने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य तरलता बढ्ने तथा सरकारलाई ब्याज आम्दानी पनि हुने भएकाले सरकारले वाणिज्य बैंकहरूमा समेत खाता खोली रकम जम्मा गर्ने भएको हो । यसका लागि नीतिगत...

लगातार दोस्रो महिना मुलुक घाटामा

नयाँ पत्रिका , काठमाडौं, ४ माघ - शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना पनि घाटामा गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक बनेको हो । व्यापार घाटा उच्च रूपमा बढ्नु तथा रेमिट्यान्स आय...

फेरि बढ्यो इन्धनको मूल्य

नयाँ पत्रिका , काठमाडौं, ४ माघ - एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ बढाएको हो । परिवर्तित मूल्यसूची बुधबार...

पूर्वतयारी ढिलाइले व्यापारिक मार्ग विस्तारमा बाधा

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, ४ माघ - व्यापारिक मार्गमा पर्ने सबै रूख काट्ने अनुमति लिन मात्रै एक वर्ष लाग्ने नेपाल भारतबीच व्यापारिक साझेदारी र आयात–निर्यातका लागि महत्वपूर्ण मानिएको मोहनापुल–अत्तरिया व्यापारिक मार्ग विस्तारमा बाधा उत्पन्न भएको छ । सुदूरपश्चिम (प्रदेश नम्बर ७)को एक मात्र व्यापारिक मार्गका रूपमा विस्तार भइरहेको उक्त आयोजना क्षेत्रमा पर्ने करिब १ हजार ६ सय...

वैदेशिक रोजगारको क्षेत्रमा राहत तथा उद्धारको अवस्था

नयाँ पत्रिका , काठमाडाैं, ३ माघ - नेपालबाट विभिन्न मुलुकमा हाल २५ लाखभन्दा बढी संख्यामा नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । तीमध्ये ५ देखि १० प्रतिशत कामदारहरूमा विभिन्न किसिमका समस्यामा देखिन्छन् । त्यसमा पनि भनेअनुसारको काम नहुने, तलब, सेवासुविधा नपाउने, कार्यस्थलको लापरबाही, स्वस्थ खानपान र बसोवासको व्यवस्था नपाउनेहरूसमेत जोड्दा त्यो संख्या अझ ठूलो छ । वैदेशिक...

सकारात्मक आर्थिक समाचारको जोखिम

केमाल डेभरिस/जिया कुरेसी, - विश्व अर्थ - सन् २०१८ सुरु हुनेबित्तिकै विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुन थालेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) जस्ता विश्व अर्थतन्त्रको प्रक्षेपण गर्ने निकायले गरेको आर्थिक वृद्धिको प्रक्षेपण पनि गत ६ महिनादेखि मिलेको छ । ती संस्थाले गरेको प्रक्षेपणभन्दा पनि बढी आर्थिक वृद्धि भएको छ । तर, सबै...

दोस्रो किस्ता बुझ्न ६ दिनमा १७ हजार निवेदन

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, ३ माघ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान बुझ्न तोकेको समयसीमा परिवर्तन नहुने बताएपछि पछिल्ला ६ दिनमा मात्र दोस्रो किस्ता बुझ्ने र आवेदन दिने लाभग्राहीको संख्या उल्लेख्य बढेको छ । प्राधिकरणका अनुसार २ माघ ०७४ सम्म दोस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या १ लाख ३८ हजार ५ सय ४२ पुगेको छ । २६...

बैंकमा तरलतामा चाप देखिएन

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, ३ माघ - बैंकर भन्छन् : लगानीयोग्य तरलताको अभाव उस्तै, कर्जा प्रवाह सुस्त - पुस मसान्तमा वित्तीय प्रणालीबाट करिब ५५ अर्ब रुपैयाँ राजस्वका रूपमा सरकारी खातामा गएको छ । लगानीयोग्य तरलताको अभाव भोगिरहेको बैंकिङ क्षेत्रलाई प्रणालीबाट एकैपटक धेरै रकम बाहिरिँदा ठूलो समस्या आउने आकलन गरिएको थियो । तर, आकलनविपरीत मंगलबार बैंकमा तरलतामा चाप...

नेपालको ‘वाइल्डलाइफ टुरिजम’माथि पशु अधिकारकर्मीको धावा

अच्युत पुरी/नयाँ पत्रिका , नवलपरासी, ३ माघ - हात्ती सफारीविरुद्ध सञ्चालित अन्तर्राष्ट्रिय अभियानका कारण नेपालमा खर्चालु पर्यटक भित्राउने मुख्य प्रडक्ट ‘वाइल्डलाइफ’ धरापमा पर्ने खतरा युरोप र अमेरिकामा पछिल्लो एक वर्षयता पशुअधिकारकर्मीले हात्ती सफारीविरुद्ध अभियान चलाएपछि नेपालमा खर्चालु पर्यटक भित्राउने मुख्य माध्यम वाइल्डलाइफ टुरिजम धरापमा पर्ने खतरा बढेको छ । पशुअधिकारकर्मीले ‘हात्तीमाथि चढ्नु जनावरमाथिको अत्याचार हो’ भन्दै अन्तर्राष्ट्रियस्तरबाटै अभियान...

भैरहवा नाकाबाट हुने व्यापारमा वृद्धि

नयाँ पत्रिका, बुटवल, ३ माघ - भैरहवा भन्सार नाकामार्फत हुने वैदेशिक व्यापारको अंशमा उल्लेख्य वृद्धि भएको पाइएको छ । आव २०७४-७५ को पहिलो ४ महिनाको तथ्यांक हेर्दा नेपालबाट भएको कुल निर्यातमध्ये भैरहवा भन्सार नाकाको अंश २६ दशमलव ४७ प्रतिशत छ । नेपाल राष्ट्र बैंक भैरहवाका अनुसार गत वर्षको तुलनामा चालू वर्ष भैरहवा नाकाबाट भएको निर्यात ८...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान निर्वाचित

दीपेन्द्र अधिकारी, चितवन, ३ माघ - उद्योग वाणिज्य संघ, चितवनको नेतृत्वमा सहनलाल प्रधान निर्वाचित भएका छन् । प्रधानले १ हजार ४ सय ४६ मत ल्याउँदै प्रतिस्पर्धी राजु श्रेष्ठलाई ३ सय ४३ मतअन्तरले पराजित गरेको निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले बताए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उद्योगतर्फ उपाध्यक्षमा सुमन श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा भोजराज कौडाल र वस्तुगत उपाध्यक्षमा...

अर्को वर्षदेखि नेपालको बिजुली बचतमा : सन् २०१९ को वर्षादेखि बिजुली बेच्नुपर्ने

उमेश पौडेल/नयाँ पत्रिका, काठमाडौं, ३ माघ - सन् २०१९ को वर्षादेखि बिजुली बेच्नुपर्ने, तर हिउँदमा किन्नैपर्ने आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो...

क्रान्तिकारीले बाढ्यो ३ सय परिवारलाई न्यानो कपडा

नयाँ पत्रिका, राजविराज - माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले कठ्यांग्रिदो जाडो र सितलहरबाट बँच्नका लागि सप्तरीमा राहत वितरण गरेको छ । क्रान्तिकारीले ३ सय पीडित परिवारलाई न्यानो कपडा बाढेकाे हो । राजविराज नगरपालिकाको वडा नंं १३ को विसहरिया टोल र तिरहुत गाँउपालिकाको लोहजारा टोलका १५०/१५० पीडित परिवारलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको क्रान्तिकारीका उपाध्यक्ष...

आइसिपीका लागि ७ सय मिटर सडकलाई ९२ करोड मुआब्जा

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, २ माघ - अर्थले बजेट नदिँदा पहुँचमार्ग निर्माणमा ढिलाइ नेपाल, भारत र तेस्रो देशबीच व्यापारिक सामान आयात–निर्यात सहज बनाउन वीरगन्जको सिर्सियामा निर्माण गरिएको एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आउन सकेको छैन । आवश्यक अन्य पूर्वाधारस“गै ७ सय मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा आइसिपी सञ्चालनमा ल्याउन समस्या भएको हो । धेरैपटक सञ्चालनमा आउने मिति...

तेस्रो मुलुकको कार्गोमा विद्युतीय निगरानी

नयाँ पत्रिका , काठमाडौं, २ माघ - परीक्षण सुरु, अर्को महिनाबाट पाइलोटिङ भारतको बाटो हुँदै नेपाल आउने तेस्रो मुलुकको कार्गोमा विद्युतीय कार्गो निगरानी (इसिटिएस)को परीक्षण सुरु भएको छ । सोमबार भारतको कोलकाताबाट जोगबनी आउने कन्टेनरमा जडान गरिएको विद्युतीय निगरानी प्रणालीमार्फत परीक्षण सुरु गरिएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुले जानकारी दिए । गत २३ जेठमा भारत र नेपालबीच...

रक्सौल नाकाबाट क्लिंकर आयात समस्या यथावत्

सुरेश बिडारी/नयाँ पत्रिका, वीरगन्ज, २ माघ - नेपाली पक्ष गम्भीर नभएको सिमेन्ट उद्योगीको आरोप भारतीय रेल्वे निगमले रक्सौल यार्डमा क्लिंकर लोड अनलोड गर्न रोक लगाएपछि नेपालका सिमेन्ट उद्योगीहरू समस्यामा परेका छन् । रेलमार्गबाट क्लिंकर आयात बन्द भएपछि आयातीत क्लिंकरमा आधारित स्वदेशी सिमेन्ट उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीहरू बताउँछन् । ‘रेलमार्ग बन्द भएपछि स्थल मार्गबाट क्लिंकर ल्याउन...

बेगनासबाट विद्युत् उत्पादन गर्न अध्ययन सुरु

रोहितराज पराजुली/नयाँ पत्रिका , कास्की, २ माघ - ३०० मेगावाटसम्म विद्युत् निकाल्न सकिने, ४ अर्ब खर्च लाग्ने अनुमान पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालबाट पम्प स्टोरेज प्रविधिमार्फत विद्युत् उत्पादन गर्ने अध्ययन सुरु भएको छ । जापानिज सहयोग संस्था जाइकाले तालबाट विद्युत् निकाल्न अध्ययन सुरु गरेको हो । अध्ययन जनवरीभित्र पूरा गरी प्रतिवेदनसमेत आउने गरी काम भइरहेको छ ।...

केराबाट वर्षमा १ करोडभन्दा बढी आम्दानी

मनीष खड्का/नयाँ पत्रिका, रुकुम (पश्चिम), २ माघ - आर्थिक वर्ष ०७३/७४ मा २ सय ६५ मेट्रिकटन केरा उत्पादन थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले केरा खेतीबाटै वर्षमा १ करोडभन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषकले केरा खेतीलाई आम्दानीको मुख्य...

१०२ मेवाको मध्यभोटेकोसी दुई वर्षभित्र सक्न निर्देशन

नयाँ पत्रिका , काठमाडौं, १ माघ - सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम दुई वर्षमा सम्पन्न गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चिता हुने एकीकृत समयतालिका तयार गर्न तथा सोहीअनुसार सबै काम अगाडि बढाउन निर्देशन...

नेपालमा आइसिपी सञ्चालन हुन अझै दुई वर्ष लाग्ने

गणेश लम्साल/नयाँ पत्रिका, विराटनगर, १ माघ - भारतमा एक वर्षअघि सुरु, नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरणले ढिलाइ विराटनगर जोगबनी भन्सार नाकामा भारतले आफनोतर्फ एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) सञ्चालनमा ल्याएको एक वर्ष भइसकेको छ । तर, नेपालतर्फ भने सरकारले भर्खरै आइसिपी निर्माण सुरु गरेको छ । नेपाल–भारत दुवैतर्फ एकैचोटि सन् २०१४ सम्ममै आइसिपी सञ्चालन गर्ने लक्ष्य थियो...

अन्योलमा डिजिटल टेलिभिजन

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, १ माघ - सर्वोच्चमा दायर रिटका लागि तोकिएको पेसी निरन्तर सर्दै एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै मुलुकभर डिजिटल टेलिभिजन अनिवार्य गराउने सरकारी कार्यक्रम अन्योलमा परेको छ । केबल टेलिभिजन प्रसारण रोक लगाउने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटका लागि तोकिएको पेसी निरन्तर सर्दै गएका कारण उक्त कार्यक्रम अन्योलमा परेको हो । राष्ट्रिय एकता मञ्चका...

माघे संक्रान्तिलाई कन्दमूलकाे जाेहाे [फाेटाेफिचर]

शान्ता कमली , लमजुङ ३० पुस - माघे संक्रान्तिमा खाइने तरुल र सखरखण्डको कारोबार लमजुङमा ह्वात्तै बढेको छ । एकसाता अघिदेखि नै लमजुङको सदरमुकाम वेसीशहरसहित सुन्दरबजार, भोटेओडार, खुदी, भूलभूले, उदीपुर, भोर्लेटार, रामबजारलगायतका ठाउँमा तरुल तथा सखरखण्डको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । आठ वर्षदेखि बेशिसहरको शेराचोकको सडक छेउमा तरकारी तथा फलफूलको व्यापार गदै आएकी बेसिशहर नगरपालिका ३...