logo

bar

स्वास्थ्य र जीवनशैली

अनुहार सफा गर्ने नियम

नयाँ पत्रिका , काठमाडौं, ९ चैत - धेरै मानिसले अनुहार सफा गर्न फेसवास वा क्लिन्जर प्रयोग गर्छन् । तर, कस्तो फेसवास कसरी प्रयोग गर्ने भन्नेचाहिँ धेरै कमलाई मात्र जानकारी हुन सक्छ । अनुहार सफा गर्ने पनि आफ्नै नियम छन् । गलत ढंगले अनुहार सफा गर्दा छालासम्बन्धी विभिन्न समस्याको सिकार हुनुपर्ने हुन्छ । अनुहार सफा गर्दा हुने स–साना...

अफिसमा के गर्ने के नगर्ने ?

नयाँ पत्रिका , काठमाडौं, ९ चैत - अफिसमा लाखौँ मानिस काम गर्छन् । हरेक टिममा फरक–फरक प्रकृतिका मानिस हुन्छन् । त्यसैले उनीहरूको काम गर्ने आचरण र तरिका पनि स्वाभाविक रूपमा फरक हुन्छ । कतिपय आफ्नो मुख्य काममा ध्यानपूर्वक लाग्छन् भने कति कामबाहेक अरू कुरामै ध्यान दिन्छन् । यस्ता प्रवृत्तिका मानिसले अफिसमा राजनीति पनि गरिरहेका हुन्छन् । तर,...

स्वास्थ्यसचिव पुष्पा चौधरीले विभेद गरेकाे स्वास्थ्यकर्मीको गुनासो

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - स्वास्थ्यसचिव पुष्पा चौधरीले मनोमानी तरिकाले विभिन्न निर्णय गर्न थालेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका छन् । स्वास्थ्यको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा स्वास्थ्यकर्मीको दरबन्दी कटाएर पब्लिक हेल्थ समूहका कर्मचारी समावेश गरेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका हुन् । [caption id="attachment_33947" align="alignleft" width="300"] स्वास्थ्यसचिव पुष्पा चौधरी[/caption] सचिव भएको तीन महिनामै चौधरीले समग्र स्वास्थ्य क्षेत्रबाट स्वास्थ्यकर्मीलाई हटाउँदै...

अल्कोहलिकले देखाउने व्यवहार

नयाँ पत्रिका, काठमाडाैँ, ८ चैत - मदिरा विश्वभरि प्रयोग गरिने सबैभन्दा पुरानो नशालु पदार्थ हो । यसलाई मानिसले प्रयोग गर्ने तरिका र मात्राले समाज र व्यक्तिलाई पार्ने प्रभावको निर्धारण गर्छ । उसो त मदिराको नियमित प्रयोगले स्वयंलाई मात्र नभएर परिवार, साथी, सहकर्मी र अपरिचित सबैलाई प्रभावित तुल्याउँछ । नियमित सेवन गर्दै जाँदा कुनै समय मानिस मदिरामै...

पानी पिउने आइडिया

नयाँ पत्रिका, काठमाडाैँ, ८ चैत - पानी हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीको कमीले शरीरभित्र मात्र होइन, बाहिरी छालामा पनि नकारात्मक असर पर्छ । धेरै मानिसको लामो समय पानी नपिउने र पाएको वेला बढी नै पिउने बानी हुन्छ । यस्तो बानीले पनि स्वास्थ्यमा नकारात्मक असर पुग्छ । त्यसैले हामीले सही समयमा खाद्यान्न र पानीको मात्रा...

घरमै गर्नुस् पेट सफा

नयाँ पत्रिका, काठमाडाैँ, ८ चैत - हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ । समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ । खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर...

रोटी चिसो हुनबाट यसरी बचाउनुस्

नयाँ पत्रिका, काठमाडाैँ, ७ चैत - गहुँको सुक्खा रोटीको सौखिन धेरै हुन्छन् । अधिकांश नेपालीको भान्सामा यस्तो रोटी तयार हुन्छ । उसो त डाइबिटिजजस्ता रोगका लागि पनि रोटी निकै उपयुक्त हुन्छ । तर, यस्तो रोटी चाँडै सेलाउने र दह्रो हुने भएकाले धेरैलाई चिन्तित बनाएको हुन्छ । यस्तो चिन्ताबाट मुक्त हुन सानो आइडिया पनि पर्याप्त बन्न सक्छ...

चार्मिङ बढाउन पुरुषका लागि ७ टिप्स

नयाँ पत्रिका, काठमाडौं, ७ चैत - आफूलाई सफल बनाउन चाहनुहुन्छ र चार्मिङ बन्ने सोच्नुभएको छ भने जीवनमा स–साना व्यवहारमा ध्यान दिन जरुरी छ । भनिन्छ, स–साना कुरामा ध्यान दिँदा कति वेला ठूलो उपलब्धि हासिल हुन्छ, थाहा नै हुँदैन । त्यसैले आफूमा चार्मिङ बढाउन यस्ता टिप्स फलो गर्दा राम्रो हुन्छ : पर्याप्त निद्रा पर्याप्त निद्राले शारीरिक र...

खाना कसरी खाने ?

नयाँ पत्रिका, काठमाडाैँ, ७ चैत - प्रायः मानिसले खाने शैलीमा त्यति ध्यान दिएको पाइँदैन । तर, खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने वा नलाग्ने कुरामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले खानाको गुणस्तर, मात्रा र समयमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ । हाम्रो तौल र उचाइअनुसार खानाको मात्रा निर्धारण...

सुगम छाडेर दुर्गम रोज्दै डाक्टर, कुन डा. कहाँ ? (नामावली सहित)

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ७ चैत - १०२ डाक्टरले दुर्गम रोजे पनि मेरिट लिस्टका आधारमा पोस्टिङ-  सुगम बस्नेलाई एमडी बन्ने बाटो बन्द दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह)ले दुर्गममा पोस्टिङ...

सिँढी चढ्दाका फाइदा

नयाँ पत्रिका, काठमाडौं, ६ चैत - आजभोलिका मानिससँग एक्सरसाइज गर्ने पर्याप्त समय नहुन पनि सक्छ । यदि यसो हो भने अफिस जाँदा वा घर फर्किएपछि लिफ्टको सट्टा सिँढी चढ्नु फाइदाजनक हुन्छ । किनकि, सिँढी चढ्नु पनि निकै उत्तम एक्सरसाइज हो । यस्ता छन् सिँढी चढ्दाका फाइदा : तौल कम गर्छ क्यानडामा भएको एउटा अनुसन्धानले बताएको छ...

रोगबाट बच्न मुखको सफाइ

नयाँ पत्रिका, काठमाडौं, ६ चैत - मंगलबार विश्व मुख स्वास्थ्य दिवस हो । हामीले खाने खाना र मुखको सरसफाइले नै हामीलाई रोग लाग्ने/नलाग्ने कुरामा ठूलो भूमिका खेलेको हुन्छ । मुख स्वस्थ नभएको अवस्थामा दाँतमा पनि असर पुग्छ । जसका माध्यमबाट शरीरमा रोग प्रवेश गर्छ । [caption id="attachment_33216" align="alignleft" width="150"] डा. अमित खनाल कन्सलट्यान्ट, ओरल म्याग्जिलोफेसियल सर्जन[/caption]...

यसकारण शाकाहारी भोजन उत्तम

डा. ओममूर्ति अनिल, काठमाडौं, ६ चैत - यस विषयमा धार्मिक दृष्टिले बहस हुन सक्छ । तर, स्वास्थ्य र वैज्ञानिक दृष्टिले भने त्यति ठूलो बहस छैन । विभिन्न अनुसन्धानले पत्ता लगाइसकेको कुरा के हो भने मांसाहारीभन्दा कैयौँ गुणा बढी शाकाहारी भोजन फाइदाजनक हुन्छ र शाकाहारीको आयु पनि लामो हुन्छ । [caption id="attachment_25386" align="alignleft" width="150"] डा. ओममूर्ति अनिल, मुटुरोग...

यी हुन् प्रोस्टेट क्यान्सरका लक्षण

नयाँ पत्रिका , काठमाडौं, ५ चैत - प्रोस्टेट क्यान्सर मानिसका लागि निकै खतरनाक हुन्छ । पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्दो छ । प्रोस्टेट एक किसिमको ग्रन्थि हो । यस्तो ग्रन्थि पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ । यसले तरल पदार्थको निर्माण गर्ने काम गर्छ, जसले विर्यलाई हुर्काउन मद्दत गर्छ...

काने केलोइडले बनाउँछ कुरूप

नयाँ पत्रिका , काठमाडौं, ५ चैत - खत वा दाग मानव शरीरको जुनसुकै भागमा देखिन सक्छ । शरीरमा कुनै चोटपटक लागेको घाउ पुरिने क्रममा त्यस्ता खत वा दाग देखा पर्ने गर्छ । त्यस्ता खत वा दाग विशेषगरी राम्रा र नराम्रा गरी दुई प्रकारका हुन्छन् । यसलाई नै मेडिकल भाषामा केलोइड भनिन्छ । यस्तो दागले मानिसलाई कुरूप बनाउन...

बढी देखिने वंशाणुगत रोग र त्यसको समाधान

नयाँ पत्रिका , काठमाडौं, ५ चैत - वेलावेलामा अनौठो प्रकृतिका बच्चा जन्मिएको कुरा बाहिर आउने गर्छ । त्यसपछि अभिभावकलाई चिन्ता हुन्छ कि ‘आगामी पुस्ता पनि यस्तै हुने त होइन ?’ विशेष गरी वंशाणुगत कारणले यस्तो समस्या देखिने गर्छ । सुस्त मनस्थिति, जन्मजात अपांग वा अशक्त, महिलामा बाँझोपना, मृत शिशु जन्मनेजस्ता रोग पनि वंशाणुगत हुन्छन् । यी हुन्...

फेसन ट्रेन्डमा ‘ढाका सारी’

नयाँ पत्रिका, काठमाडाैँ, ४ चैत - सारी हाम्रो मौलिकता झल्काउने पहिरन हो । सारीलाई सभ्य पहिरनका रूपमा पनि लिइन्छ । सारी लगाएपछि धेरै स्मार्ट देखिन्छन् । विगतमा विवाहित महिलाले मात्र सारी लगाउने चलन भए पनि पछिल्लो समयमा अविवाहित महिलाले पनि ढाकाको सारीप्रति निकै रुचि राख्ने गर्छन् । [caption id="attachment_32766" align="alignleft" width="150"] शिल्पा कार्की, फेसन डिजाइनर[/caption]  ...

डेंगुले ज्यान लिन सक्छ

नयाँ पत्रिका, काठमाडाैँ, ४ चैत - डेंगु भाइरसको संक्रमणका कारण लाग्ने रोग हो । डेंगुका भाइरस चार प्रकारका हुन्छन्, जसलाई डेंगु भाइरस १, २, ३ र ४ भन्ने गरिन्छ । डेंगु भाइरसको संक्रमणपछि केही समय मात्र सामान्य हुन्छ र त्यसपछि जटिल समस्याहरू आउने सम्भावना बढेर जान्छ । [caption id="attachment_32757" align="alignleft" width="256"] डा. अरुणकुमार सिंह बिपी कोइराला...

एक्सरसाइजमा ‘नो कम्प्रोमाइज’

, - गायिका कोमल वली अहिले सांसदका रूपमा संघीय संसद् छिरेकी छिन् । तर, उनको परिचय गायिका नै हो । उनले लामो समय रेडियो नेपालमा समाचारवाचिकाका रूपमा पनि काम गरिन् । अहिलेसम्म पनि बिहे नगरेकी कोमल वलीको फिटनेसचाहिँ भर्खरका युवतीकै जस्तो छ । त्यसैले पनि उनले सबैभन्दा बढी सामना गर्नुपर्ने प्रश्न हो,...

नेपालमा १५ वर्षमै १७ प्रतिशत किशोरी गर्भवती

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ४ चैत - कम उमेरमा गर्भवती भएकै कारण विद्यालय छाड्न बाध्य नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गरे कानुनतः दण्डनीय हुनेछ । तर, कानुनलाई सम्बन्धित निकायले परिपालना नगरेका कारण नेपालमा त्यसको ठीक उल्टो छ...

मिर्गौला रोगबाट जोगिन के गर्ने ?

नयाँ पत्रिका , काठमाडौं, ३ चैत - पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै छ । त्यसमा पनि पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिएको छ । महिलामा पुरुषको दाँजोमा पिसाबको संक्रमण धेरै हुने गर्दछ । महिलाको पाठेघर र पिसाबनली नजिक र छोटो हुन्छ । त्यसैले संक्रमण हुने सम्भावना बढी हुन्छ । पिसाब संक्रमणपछि मिर्गौला बिग्रने सम्भावना धेरै हुन्छ...

लक्ष्यप्राप्तिका लागि १० टिप्स

नयाँ पत्रिका , काठमाडौं, ३ चैत - लिथुआनियाकी ज्याभलिन थ्रोअर इन्गा स्टासियुलिओनिटीले आफ्नो २२ वर्षभन्दा लामो खेलाडी जीवनका दौरान ओलम्पिक तथा विश्व च्याम्पियनसिपसहित थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरिन् । दुई दशक लामो खेलाडी जीवनमा विश्वका उत्कृष्ट प्रशिक्षकको रोहवरमा रहेर अभ्यास गरेकी इन्गाले सन् २०१६ यता मोटिभेसनल साइकोलोजीका विषयमा प्रशिक्षण दिनका लागि ‘अन्बोट्रेनिङ’ नाम अनलाइन कम्पनी खोलेकी छिन् ।...

छालाको सुरक्षा कसरी गर्ने ?

नयाँ पत्रिका , काठमाडौं, ३ चैत - उपत्यका तथा बाहिरका सहरमा प्रदूषण बढ्दो छ । सवारीसाधन, उद्योगधन्दा तथा सडकबाट निस्केको धुलोले हाम्रो छालालाई नराम्रो असर पारिरहेको छ । यस्तो धुवाँ–धुलोबाट जोगिन नसके छालामा अनेकौँ रोग निस्कन सक्छन् । यस्तो परिस्थितिमा छालालाई सुरक्षित राख्न हामी विभिन्न उपाय अपनाउन सक्छौँ : डा. आयुष्मान घिमिरे छालारोग विशेषज्ञ बिहान उठेपछि हरेक...

‘रेड मिट’ क्यान्सरको कारक

नयाँ पत्रिका, काठमाडाैँ, २ चैत - मासु शरीरका लागि फाइदाजनक नै छ । यसबाट पर्याप्त मात्रामा प्रोटिन र फ्याट प्राप्त हुन्छ । तर, मासुको बढी प्रयोग भने निकै हानिकारक मानिन्छ । त्यस्तै, मासुको प्रकृतिले पनि स्वास्थ्य समस्यामा भूमिका निर्वाह गर्छ । बेलायतमा भएको २८ वर्ष लामो अनुसन्धानले रातो मासु स्वास्थ्यका लागि निकै हानिकारक भएको निष्कर्ष निकालेको...

यसकारण देखिन्छ सपना

नयाँ पत्रिका, काठमाडाैँ, २ चैत - धेरै मानिसले नियमित सपना देख्ने गर्छन् । सपना पनि फरक–फरक प्रकृतिका हुन्छन् । कहिले रोमान्टिक सपना देखिन्छ त कहिले डरलाग्दो । तर, यस्ता सपनाबारे समाजमा अनेक भ्रम छन् । सपनालाई नै आधार बनाएर भविष्यवाणीसमेत गरिन्छ । सपनाबाट सुखद वा दुःखद दिन भनेरसम्म किटान गरिन्छ । उसो भए किन देखिन्छ त...

स्वास्थ्य जाँचको अवधि

नयाँ पत्रिका,, काठमाडाैँ, २ चैत - नियमित स्वास्थ्य परीक्षणबारे त्यति धेरै ध्यान नदिने प्रचलन छ । तर, स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुन्छ । यसलाई जीवनशैली व्यवस्थापनको पनि निकै राम्रो पक्ष मानिन्छ । यसरी नियमित स्वास्थ्य परीक्षण गर्दा सम्भावित कैयौँ रोगबाट बच्न सकिन्छ । जसले लामो समय र स्वस्थ तरिकाले बाँच्न पनि सहयोग पु-याउँछ...

मसल्स बनाउन के खाने ?

नयाँ पत्रिका, काठमाडाैँ, २ चैत - धेरै मानिस मसल्स बनाउन फिटनेस र जिम धाउने गर्छन् । तर, खानेकुरामा भने अनभिज्ञ हुन्छन् । मसल्स निर्माणका लागि व्यायाम गरेर मात्र पुग्दैन, खानामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । उसो भए के खाने त ? एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री : अन्डा अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ...

पानी पिउने बच्चालाई जन्डिस

नयाँ पत्रिका, काठमाडाैँ, १ चैत - नवजात शिशुलाई ब्रेस्ट मिल्कबाटै ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । यसका साथै बच्चाले आमाको दूधबाट हाइड्रेट पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ । नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ...

सुत्नुअघि बेलीबटनमा घ्यू

नयाँ पत्रिका, काठमाडाैँ, १ चैत - फाइदा बेलीबटन शरीरको फोकस पोइन्ट हो । यसमा घ्यूको प्रयोग गर्दा नसा, कपाल र स्किनमा प्रत्यक्ष प्रभाव पर्छ । यसो गर्दा अनुहारको चमक बढेर जान्छ । किनकि, बेलीबटनको कनेक्सन स्किन र कपालको नसासँग हुन्छ । मसाज गर्दा ब्लड सर्कुलेसनसमेत स्वस्थ हुन्छ । यस्तो बानीले अनुहारको दाग र कालो धब्बाबाट पनि...

सुन्दर छालाका लागि रातमा गर्नुस्

नयाँ पत्रिका, काठमाडाैँ, १ चैत - सबैले छालाको सुरक्षा चाहन्छन् । छालाबाहिर देखिने भएकाले पनि यसको स्याहार गर्नु महत्वपूर्ण हुन्छ । छालालाई स्वस्थ र सुन्दर राख्न रातमा यस्ता गतिविधि गर्न सक्नुहुन्छ : यही हामीले रातमा मेकअप हटाएनौँ भने छालामा निकै ठूलो समस्या देखिन सक्छ । त्यसैले सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअपसमेत राम्रोसँग हटाउन जरुरी हुन्छ ।...

स्टिफन हकिङका प्रेरणा

नयाँ पत्रिका, काठमाडाैँ, १ चैत - संसारका महान् वैज्ञानिक स्टिफन हकिङले भनेका थिए, ‘म मृत्युसँग डराउँदिनँ । तर, मर्न हतार छैन । किनकि मेरा लागि गर्नुपर्ने काम धेरै बाँकी छन् ।’ उनै हकिङ बुधबार ७६ वर्षको उमेरमा संसारबाट बिदा भएका छन् । उनले ब्ल्याक होल पत्ता लगाए, पृथ्वीको आयु नापे । तर, उनका दुईवटा औँला मात्र...

गर्भावस्थामा नलिनुस् औषधि

सतिशकुमार देव, काठमाडाैँ, १ चैत - गर्भवती महिलाले औषधि सेवन गर्दा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । त्यसैले भावी सन्ततिको स्वास्थ्यका लागि पनि गर्भावस्थामा औषधि सेवन निकै हानिकारक छ । धेरै मानिसको सामान्य समस्यामा आफूअनुकूल औषधि सेवन गर्ने बानी हुन्छ । तर, गर्भवती महिलाले भने कहिल्यै पनि चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन । [caption id="attachment_31799"...