logo

bar

न्युज रूम

कञ्चनपुर क्षेत्र नं ३ मा वामकै उम्मेदवार निर्वाचित

मोहन विष्ट कञ्चनपुर, २६ मंसिर काँग्रेसका ‘हेभिवेट’लाई हराउँदै वामका डा. भट्ट बने सांसद कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट वामकै उम्मेदवार निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार ३ नम्बर क्षेत्रबाट प्रतिनिधि र दुवै प्रदेशतर्फ वामका उम्मेदवार निर्वाचित भएका छन् । वामका उम्मेदवार त्रयले झिनो मतको अन्तरले काँग्रेसका उम्मेदवारलाई हराएका छन् । वामका उम्मेदवार...

ओलीले भने, ‘देशमै रोजगारी सिर्जना गर्छौँ, मेनपावर बन्द हुन्छन्’

लक्ष्मी काफ्ले झापा, २६ मंसिर सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाईजहाज नै चार्टर गरेर । अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी...

प्रतिनिधिसभाहल पुस मसान्तअघि तयार नहुने

कृष्ण कट्टेल काठमाडौं, २६ मंसिर नयाँ सरकार गठन माघमा मात्रै - प्रतिनिधिसभाको भवन पुसको अन्तिमसम्म तयार पार्ने गरी संसद् सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ । सरकारले यसअघिको व्यवस्थापिका संसद्लाई संघीय संसद्मा पुनर्संरचना गर्न...

कृषि विकास बैंकमा मुद्रा अपचलनको अभियोगमा तीन पक्राउ

नयाँ पत्रिका काठमाडौं, २६मंसिर प्रहरीले कृषि विकास बैंक न्युरोड शाखामा पाँच करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरी ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहट्टा छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका टोलीले...

मन्त्रिपरिषद्को निर्णयमा एमालेको आपत्ति

नयाँ पत्रिका काठमाडौं, २६ मंसिर निर्वाचनबाट पहिलो ठूलो दल बनेको नेकपा एमालेले सरकारलाई दीर्घकालीन अर्थका कुनै पनि निर्णय नगर्न चेतावनी दिएको छ । सरकारले प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णय गर्न लागेको सूचना प्राप्त भएको एमालेको विज्ञप्तिमा उल्लेख छ । कामचलाउ सरकारले विभिन्न निकाय तथा संस्थानमा राजनीतिक नियुक्त गरेको भन्दै एमालेले आपत्ति जनाएको छ...

सभापति देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको पराजय

रमेश सापकोटा काठमाडौं, २६ मंसिर अन्य चार प्रदेशका प्रतिनिधिसभादेखि प्रदेश सभा सदस्यसम्म कांग्रेसको अवस्था दयनीय प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी बनाउन सकेनन् । रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरले जित्ने कांग्रेसको दाबी गलत...

दुवै राप्रपा अध्यक्ष पराजित

नयाँ पत्रिका काठमाडौं, २६ मंसिर राप्रपा प्रजातान्त्रिकको राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि समाप्त - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पार्टी अध्यक्ष प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेससँगको तालमेलमा निर्वाचनमा होमिएका राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ बाट र राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक–२ बाट पराजित भएका हुन् । थापालाई एमालेका...

बिहीबारभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

पुष्प ढुंगाना काठमाडौं, २६मंसिर सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाद्वारा बिहीबारभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा उनले बिहीबारसम्म प्रदेशको राजधानी तोकिसक्ने बताएका हुन् । अस्थायी राजधानी नतोक्दासम्म प्रदेशका कार्यालय तथा पूर्वाधार व्यवस्थापनमा अन्योल देखिएको छ । सोही...

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

मधुसुधन भट्टराई काठमाडौं, २६ मंसिर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका...

अर्घाखाँची वाम गठबन्धनको कब्जामा

नबिन के.सी अर्घाखाँची, २६ मंसिर वाम गठबन्धनले फराकिलो मताअन्तरले सानदार रुपमा जित्यो अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाका तीन वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेद्वारहरुले फराकिलो मताअन्तरले सानदार रुपमा विजयी हासिल गरेका छन् । यहाँ वाम गठबन्धनले प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा एमालेलाई टुट्टाएर निर्वाचन लडेका थिए । प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी...

भक्तपुर २ काे परिणाम सार्वजिनक भएपछि निस्किएकाे र्‍याली (फोटोफिचर)

नयाँ पत्रिका भक्तपुर वाम गठबन्धनका उम्मेदवार महेश वस्नेत विजयी भएका छन् । उनले ३६ हजार ४१२ मत ल्याएर विजयी भएका हुन् । भने उनको निकटतम प्रतिद्धन्दीका रुपमा कांग्रेसका दमनथान ढुंगाना रहे । उनले १८ हजार ६८७ मत ल्याएर पराजित भए । एमालेका उम्मेदवार बस्नेत पूर्वउद्योगमन्त्री हुन् भने ढंगाना पूर्वसभामुख हुन् । भक्तपुर प्रतिनिधिसभा...

जब विमानस्थलमा ओली र सिटौलाबीच बोलचाल भएन…!

लक्ष्मी काफ्ले झापा   सोमबार एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । ओली सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाइजहाज नै चार्टर गरेर । अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नी खरेल, कलाकारहरु राजेश घतानी र विल्सनविक्रम राईलगायतको...

दोब्बर बढी मतसहित समानुपातिकमा पनि माओवादी पहिलो

मनिष खड्का रुकुम(पश्चिम), २५ मंसिर रुकुम पश्चिममा समानुपातिकमा पनि माओवादी पहिलो भएको छ । गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फ प्रतिस्प्रधामा दोश्रो भएको कांग्रेस भन्दा माओवादी केन्द्रले दोब्बर मत पाएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ४४ दलले मत पाएका छन् । जसमा सबैभन्दा...

काभ्रेमा वाम गठबन्धनको ‘क्लिन स्विप’

राजकुमार गोले काभ्रे, २५ मंसिर काभ्रेको दुई प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो सँगै काभ्रे जिल्लामा बाम गठबन्धनले क्लिनस्विप गरेका छन् ।   कसले कत्ति मत ल्याएर विजय भए ? प्रतिनिधि सभा १ गंगा बहादुर दोङ (माओवादि केन्द्र) ४३६३१ विजयी तिर्थ लामा ( कांग्रेस) ३९६०५ उपविजेता प्रदेश सभा...

मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप

जनार्जन खत्री सर्लाही, २५ मंसिर सर्लाही क्षेत्र न. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् । झडपमा ३५ वर्षका कपलेश्वर मण्डल र ५० वर्षका सुरेन्द्र सिंहलगायत अन्य केही व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही...

कुन प्रदेशमा कांग्रेसले कति जित्यो ?

रमेश सापकोटा काठमाडौं, २५ मंसिर १५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले २१ ठाउँमा मात्र जित हात पारेको छ । मतगणना भइरहेका सुनसरी ३, कन्चनपुर ३, सर्लाहीमा अमरेशकुमार सिंह, स्याङजामा गोपालमान श्रेष्ठ र राजु थापाले नजिते कांग्रेस २१ भन्दा माथि नचढ्ने देखिएको छ । मतगणनामा सुनसरी, कन्चनपुर र सर्लाही २ भने कांग्रेस थोरै मतले पछि छ ।...

कांग्रेसकाे गढ भत्काए लगत्तै वाम गठबन्धनका कार्यकर्ताले देखाए यस्तो हर्कत !

उपेन्द्र खनाल तनहुँ, २५ मंसिर प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचित भए लगत्तै वाम गठबन्धनका कार्यकर्ताले ज्यादती सुरु गरेका छन् । तनहुँको क्षेत्र नम्बर २ स्थित भिमाद नगरपालिका पुरानो बजार निवासी कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि धु्रव कुमार श्रेष्ठका छोरा राजु श्रेष्ठलाई आइतबार साँझ घर आँगनमै हतियार प्रयोग गरी गम्भिर घाइते बनाएका छन् । तनहुँको दमौलीमा...

जितपछि पनि हाँस्न सकेन प्रचण्ड परिवार

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर चुनावकै मुखमा पुत्र गुमाएका प्रचण्ड परिवारले निर्वाचनमा मिलेकाे  पारिवारीक जितमा पनि हास्न सकेनन् । चितवनकाे प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्ड भारी मतले विजयी भए भने कञ्चनपुरबाट बुहारी बिनाले दोब्बर मतले जित हात पारिन् । दाहाल परिवारमा मिलेको यो सफलताले फेरी एक पटक पारिवारमा सन्नाटा छायाे । अध्यक्ष प्रचण्डले  प्रतिस्पर्धी...

अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि

नबिन केसी अर्घाखाँची, २५ मंसिर अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ। प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा. राम बहादुर विसी भन्दा १२१८६ मतले अघि छन् । यसैगरी प्रदेश ‘क’ र प्रदेश ‘ख’मा पनि एमाले नै अघि छ । यहाँ वाम गठबन्धनले प्रतिनिधिसभा...

वामका धामीसँग ८ हजार बढी मतान्तरले पूर्वमन्त्री साउद पराजित

मोहन विष्ट कञ्चनपुर पूर्व सिँचाईमन्त्री एनपी साउदलाई ८ हजार बढी मतको अन्तरले पराजित भए । उनलाई वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामीले पराजित गरेका हुन् । धामीले ८ हजार ३२७ मतको अन्तरले उनलाई पराजित गरेका हुन् । निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ८९३ र साउदले ३३ हजार २२० मत...

चितवन –३ मा भारी मतले प्रचण्ड विजयी

दीपेन्द्र अधिकारी चितवन, २५ मंसिर चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी भएका छन् । भरखसै सकिएको मतगणनाको परिणामअनुसार प्रचण्डले प्रमुख प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २ सय ७६ मत प्राप्त गरे भने पाण्डेले ३८...

स्याङजामा पनि वामपन्थी कै अग्रता

राेहितराज पराजुली स्याङजा दलहरुको लामो रस्साकस्सी साम्य भएपछि मत गणना कार्य सुरु भएको स्याङजाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । वाम गठबन्धन र कांग्रेसका उम्मेदवारले एक अर्काले वुथ कब्जामा लिएर फर्जी मत खसालेको आरोप एक अर्कालाई लगाउदै आएका थिए । अहिले दुवै प्रतिनिधिसभा तर्फ वामगठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रारम्भिक मत...

मलाई हराउन प्रशस्तै षड्यन्त्र भयो : वामदेव गौतम

शुरोजंग पाण्डे काठमाडौं, २५ मंसिर निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ? प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको...

अन्तर्घातको सिकार भएँ : पौडेल

रमेश सापकोटा काठमाडौं, २५ मंसिर २६ वर्षदेखि कुनै पनि निर्वाचनमा पराजय नबोहोरेका कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पराजित भएका छन् । तनहुँ १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग उनी ६ हजार ८०२ मतले पराजित भएका हुन् । पौडेलले २७ हजार ६९० र श्रेष्ठले ३४ हजार ४९२ मत प्राप्त गरे । विगतका निर्वाचनमा प्रायः...

अपडेट : अर्घाखाँचीमा वाम गठबन्धनको अग्रता फराकिलो हुँदै (परिणाम सहित)

नबिन केसी अर्घाखाँची, २५ मंसिर अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ। प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा. राम बहादुर विसी भन्दा अघि छन् । यसैगरी प्रदेश 'क' र प्रदेश 'ख'मा पनि एमाले नै अघि छ । यहाँ वाम गठबन्धनले प्रतिनिधिसभा माओवादीलाई र...

बिना मगर : निर्वाचन जितेर संसदसम्म पुग्ने कञ्चनपुरकी पहिलो छोरी

मोहन विष्ट कञ्चनपुर, २५ मंसिर कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नं १ बाट  वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् । बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा...

काठमाडौंका मतदाता सधैँ ‘लभ एन्ड हेट’को स्थितिमा

टेकराज थामी काठमाडौं, २५ मंसिर ०४८ देखि ०७४ सम्मको निर्वाचन विश्लेषण - काठमाडौंका मतदाता सधैँ अस्थिर देखिएका छन् । ०४८ देखि ०७४ सम्मको आमनिर्वाचनको मतपरिणामको विश्लेषण गर्दा मतदाताले आफ्नो मतमार्फत राजनीतिक दलप्रति ‘हेट एन्ड लभ’को स्थिति देखाएका छन् । सोही कारण काठमाडौंमा राजनीतिक दल ‘क्लिनस्विप’ र ठूलो हुने दुवै क्रमबाट गुज्रिएका देखिन्छन् । माओवादी दुईपटक,...

निर्वाचनबारे बोलेनन् भारत र चीन

पर्शुराम काफ्ले काठमाडौं, २५ मंसिर विगतमा निर्वाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् । तर, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्वाचन शान्तिपूर्ण तथा स्वच्छ रूपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् । भारतले निर्वाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी...

अर्घाखाँचीमा पुन: मतदान गरेपनि वाम गठबन्धनकै बर्चश्व (परिणाम सहित)

नबिन केसी अर्घाखाँची, २५ मंसिर अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।  प्रतिनिधि सभा १) टोप बहादुर रायमाझी (वाम गठबन्धन) ३४९३८ २) डा . राम बहादुर विसी. (नेपाली काङ्ग्रेस) २४०३५ ३)  छन्द बहादुर पन्थी  (नयाँ शक्ति) ४७४ ४) भोजराज दमासे (हलो ) १३२ ५)...

४६ जिल्लामा कांग्रेसको नजिता शून्य

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ४६ जिल्लामा एक स्थान  पनि विजयी हासिल गर्न सकेन । यी जिल्लामा कांग्रेसको नतिजा शून्य भएको छ । प्रदेश १ ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा प्रदेश ३ दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर प्रदेश ४ गोरखा,...

हारे पनि गठबन्धनको सानदार विजयप्रति खुसी छु : नारायणकाजी श्रेष्ठ

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू पराजित भए पनि वाम गठबन्धनको सानदार विजयबाट अत्यन्त खुसी भएको बताएका छन् । ‘मैले सधैँ नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहेँ, व्यक्तिगत रूपमा मेरो पराजय भए पनि वाम गठबन्धनको सानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै...

अन्तर्घातका कारण पराजित भएँ : रामचन्द्र पौडेल

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीभित्रैको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् । अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने उनले बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो । यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन...