२१अाैँ विश्वकप फुटबल प्रतियाेगिता सुरू, मस्काेमा भव्य उद्घाटन - Naya Patrika
eNaya Patrika
  • ePaper

२१अाैँ विश्वकप फुटबल प्रतियाेगिता सुरू, मस्काेमा भव्य उद्घाटन

फुटबलकाे २१औं महामेला अर्थात २१अाैँ विश्वकप फुटबल प्रतियाेगिताको भब्य उद्घाटन भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा अायाेजित विशेष भव्य कार्यक्रमबीच प्रतियाेगिताकाे उद्घाटन भएको हो ।

फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित थिए ।

उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन गरिएकाे थियाे । उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने गाए भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिइन् ।

समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित थिए । उद्घाटन समारोहमा विभिन्न देशका झण्डासँगै मार्चपास गरिएको छ ।

आजदेखि करिब एक महिनासम्म चल्ने विश्वकपमा ३२ देश सहभागी हुँदैछन् । ३२ देशबीच ६४ वटा खेल हुनेछन् ।

रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् ।  रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो ।

 

विश्वकप उद्घाटन खेलमा अहिलेसम्म हारेका छैनन् आयोजक राष्ट्र, के हुन्छ आज ?

तपाईको प्रतिक्रिया