सात सय ३० थान लागुऔषध सहित दुई पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

सात सय ३० थान लागुऔषध सहित दुई पक्राउ

जिल्लामा ठुलो परिमाणमा सातसय ३० थान लागु औषध सहित दुई जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कविलास गाउँपालिका ९ का रविन गुरुङ र कपिलवस्तु वाणगंगा नगरपालिका ६ का लालबहादुर चौधरी रहेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत भोर्लेटार चोकमा सवारी चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । सुनौलीबाट पोखरा जाँदै गरेको ना १ ख ७५३२ नम्वरको रात्री वस र वीरगञ्जबाट बाग्लुङ तर्फ जाँदै गरेको ना ३ ख ८३७५ नम्वरको बसमा सवार दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रहरीले उनीहरुमाथि खानतलासी गर्दाे झोलाबाट डाइजेपामको सिसी २ सय ३९ थान, फेनेरागन २ सय ५१ र नुफिन २ सय ४० थान गरी कुल ७ सय ३० थान लागु औषध, नगद १० हजार आठ सय र दुई थान मोवाईल सेट फेला परेको मल्लले बताए । उनीहरुलाई लागुऔषध मद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया