समरमा जमसुट - Naya Patrika
eNaya Patrika
  • ePaper

समरमा जमसुट

पछिल्लो समय युवतीको अत्यधिक रोजाइमा पर्ने ड्रेस हो, यो । जमसुटमा हाफ पाइन्ट र टिसर्ट निकै रुचाइन्छ ।

कटन सिफन, रेवन, फेब्रिकजस्ता कपडा प्रयोग गरी यस्तो ड्रेस तयार गर्नुपर्छ । यो मौसममा छिटो सुक्ने र हल्का लगाउनुपर्ने भएकाले यो निकै उपयुक्त विकल्पको रूपमा स्थापित भएको छ ।

जमसुटको प्रयोग गरे पनि खेल्न कुद्न, उफ्रिनका लागि समेत कुनै समस्या हुँदैन । यो टिकाउ र बलियो पनि हुन्छ ।

जमसुटमा लाइट कलरको कपडा प्रयोग गर्दा राम्रो हुन्छ ।

गर्मीमा लाइनिङ, प्रिन्ट, लाइट ब्लु, वाइट, डार्क, पिंक, रातो, निलो कलरको ड्रेस लगाउँदा पनि निकै राम्रो हुन्छ । अँध्यारो र धुम्म परेको मौसममा समेत यस्तो ड्रेसले चम्किलो लुक्स दिन्छ ।

जमसुट लगाउन पनि सहज हुन्छ । यस्तो ड्रेस लगाउँदा सल ओढिरहने झन्झटबाट पनि
मुक्त भइन्छ ।

जमसुटमा वाटरप्रुफ मेकअप लगाएर हिँड्दा थप आकर्षक देखिन मद्दत पुग्छ ।

तपाईको प्रतिक्रिया