सर्वाधिक महँगो फिफा विश्वकप आजबाट सुरु हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

सर्वाधिक महँगो फिफा विश्वकप आजबाट सुरु हुँदै

रसियाले विश्वकप सफलतापूर्वक सम्पन्न गर्न १४ खर्ब ८० अर्बभन्दा बढी खर्च गर्दै छ, जुन पछिल्लो ८८ वर्षको सर्वाधिक रकम हो

सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।

९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी
रसियाले पर्यटन र विज्ञापनमा खर्चेको रकम जोडेको छैन । सो खर्च पनि जोड्दा १ लाख ४३ हजार करोड हुन जान्छ, जुन रकम विश्वभरका २ सय ११ मध्ये ९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुन्छ । विश्वभरका १ सय १२ देश मात्रै रसियाले गर्न लागेको खर्चभन्दा गार्हस्थ उत्पादनमा माथि हुनेछन् ।

कहाँ कति खर्च
रसियाको अर्थतन्त्रले विश्वकप आयोजना गरेपछि आउँदो १० वर्षमा ३३ अर्ब डलर फाइदा गर्नेछ । मस्को टाइम्सका अनुसार रसियाले खेल र इन्फ्रास्ट्रक्चर निर्माणका लागि ३० प्रतिशत खर्च गरेको छ । यसैगरी, यातायात, स्वास्थ्य र सुरक्षामा करिब ५० प्रतिशत खर्च गर्दै छ । २० प्रतिशत होटेल तथा अन्य आवश्यक कामका लागि खर्च गर्दै छ । रसियाले विज्ञापन तथा फेसनमा मात्र ४ खर्ब रुपैयाँ खर्चेको छ । यसैगरी, प्रविधि र स्पोर्टस् बियरमा ८० अर्ब रुपैयाँ खर्चनेछ ।

चीनमा धेरै विज्ञापन
रसियाले विश्वकपको प्रचार–प्रसारका लागि विभिन्न राष्ट्रमा लगानी गरेको छ । यस शीर्षकमा २५ हजार करोड नेपालीबराबरको विज्ञापन हुनेछ । सबैभन्दा बढी चीन र अमेरिकामा खर्च हुँदै छ । जब कि दुवै देश विश्वकपमा सहभागी छैनन् । तर, यहाँ फुटबलको लोकप्रियता निकै माथि छ । यो देशमा सपिङको खर्च अत्यधिक रहेको छ । आयोजक रसियामा भने ४ सय ३२ करोड नेपाली खर्च हुँदै छ ।

१५ लाख विदेशी पर्यटक रुसमा
विश्वकपका दौरान रुसमा करिब १५ लाख विदेशी पर्यटक पुग्ने अनुमान गरिएको छ, जुन रुसको पर्यटनमा करिब ४ सय प्रतिशतले बढी हो । त्यस्तै, आन्तरिक रूपमा पनि ठूलो मात्रामा दर्शक देशका धेरै सहर पुग्दै छन् । देश–विदेशका प्रशंसकले करिब २० हजार करोड खर्च गर्दै छन् विश्वकपका लागि शनिबार मात्र फिफाले करिब १.२० लाख टिकट १ घन्टाभित्र बिक्री गरेको थियो । आयोजकले विश्वकपमा छनोट नभएका देशको पनि ठूलो सहभागिता रहेको जनाएको छ ।

वर्ल्डकप २०१८ को खेल तालिका

 

 

 

तपाईको प्रतिक्रिया