काठ तस्करीका आरोपित सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बित - Naya Patrika
eNaya Patrika
  • ePaper

काठ तस्करीका आरोपित सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बित

गृह मन्त्रालयले काठ तस्कारीमा संलग्न शसस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरेको छ ।

संखुवासभास्थित चैनपुर सशस्त्र प्रहरी बेसक्याम्पका प्रमुख भण्डारीसहित प्रहरी जवान दीपक कट्टेल, मिलनकुमार राई र चालक दीपेन्द्रकुमार चर्माकारलाई निलम्बन गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी नियमावली अनुसार निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार भण्डारीसहितको टोली बा १ ग १६६९ नम्बरको ट्रक प्रयोग गरी करिब १ सय क्युफिट सालको काठ तस्कार गरी लैजाने क्रममा पक्राउ परेका थिए ।

संखुवासभाको चैनपुरबाट काठ तस्कार गरी सुनसरीको इटहरीतर्फ लैजाँदै गर्दा धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकास्थित सुरक्षा बेसक्याम्पबाट खटिएको सशस्त्रको टोलीले मुलघाटबाट उनीहरूलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालयले तस्कारीमा संलग्न ४ जना विरूद्व कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

यस्तै पक्राउ परेको काठ जिल्ला वन कार्यालय धनकुटामा रहेको र जिल्ला वन कार्यालय धनकुटाले पनि उनीहरूविरूद्व कारबाही प्रकृया अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया