मुख्यमन्त्रीले गरे करातेका खेलाडीलाई बिदाई - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्यमन्त्रीले गरे करातेका खेलाडीलाई बिदाई

प्रदेश नंं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाल क्युरोशिन बुदोकाई करातेका खेलाडीहरुलाई बिदा गरेका छन् । उनले खेलाडीहरुलाई शुभकामना दिँदै बुधबार बिदाइ गरेका हुन् ।
अगामी जेष्ठ २५ र २६ गते काठमाण्डौमा आयोजना हुन लागेको तेस्रो अल नेपाल क्युरेशियन बुदोकाई कराते प्रतियोगिता प्रदेश २ बाट सहभागि हुने खेलाडीलाई बिदाई गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राउतले प्रशिक्षक तथा खेलाडीहरुलाई फुलमाला अविर लगाई बिदाई गरे । मुख्यमन्त्री राउतले खेल र खेलाडीलाई प्रोत्सहान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

उनले अगामी दिनमा खेलकुद विकासका लागि सरकारले हरेक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्रीले अगामी आर्थिक वर्षको बजेटमा खेलकुद विकास कोषको स्थापना गर्न लागेको जानकारी समेत गराए ।

तपाईको प्रतिक्रिया