शैक्षिक सामाग्री वितरण - Naya Patrika
eNaya Patrika
  • ePaper

शैक्षिक सामाग्री वितरण

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ स्थित श्रीदेवि आधारभूत निम्न माध्यमिक विद्यालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । चिल्ड्रेन जोय फाउण्डेशन नेपालले बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

‘हाम्रो लागि माया नै सर्वपरि हाे’ भन्ने नाराका साथ विद्यालयमा सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । वितरण कार्यक्रममा त्यसै वडाका वडा अध्यक्ष तिर्थ बहादुर घलानको अध्यक्षता र फाउण्डेशनका सदस्यहरुको सहभागिता रहेको थियो ।

सो विद्यालयमा शौक्षिक सत्र २०७५/७६ का लागि भर्ना भएका ग्रामिण तथा विपन्न वर्गका ५५ जना विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया