हुम्ला जिल्लाकै नमुना सिँचाइ कुलो निर्माण - Naya Patrika
eNaya Patrika
  • ePaper

हुम्ला जिल्लाकै नमुना सिँचाइ कुलो निर्माण

हुम्ला जिल्लामा एक वर्ष भित्रै जिल्लाकै नमुना सिँचाइ कुलो निर्माण गरिएको छ । २०७४ जेठमा सम्झौता गरिएको सर्केगाड गाउँपालिकामा रहेको ‘सर्केगाड थाहा सिँचाइ’ निर्माण तोकिएको समय भन्दा एक वर्ष अघि नै सम्पन्न भएको हो ।

गल्वा निर्माण सेवा कम्पनीले सो निर्माणको जिम्मा लिएको थियो । कम्पनीका प्रतिनिधि कर्ण रावलका अनुसार दुई वर्षमा सक्ने सम्झौता भएको भएपनि एक वर्ष अघि नै जिल्लाकै नमुना सिँचाई कुलो निर्माण सव डिभिजन कार्यालय हुम्लालाई बुझाएको जानकारी दिए ।

प्रशस्त मात्रामा खेतियोग्य जमिन भएपनि भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका कृषकले व्यवसायिक खेती गर्न सकेका थिएनन् । योजनाको काम समयमै सम्पन्न गरिएपछि स्थानीयबासीहरु सहज सिँचाइ पाउनेमा ढुक्क छन् । सिचाई कुलो निर्माण गरिएपछि झण्डै ३ सय घरधुरी लाभाम्वित हुने भएका छन् ।

तपाईको प्रतिक्रिया